अमेरिकी बहुराष्ट्रिय कम्पनी जोन्सन एन्ड जोन्सनले पनि कोरोनाभाइरस भ्याक्सिनको परीक्षण रोकेको छ । कोरोनाभाइरस भ्याक्सिनको सम्भावित औषधी भनिएको यो उत्पादनका अहिले अस्थायी रुपमा रोकिएको हो । कम्पनीका अनुसार यसअघि परीक्षणमा भाग लिएका एक व्यक्तिमा थप समस्या देखिएपछि यो भ्याक्सिनको परीक्षण अहिलेलाई रोकिएको हो ।ती व्यक्तिलाई कस्तो समस्या देखिएको हो भन्ने अझै पुष्टि भइसकेको छैन । तर, एक स्वतन्त्र सुरक्षा समिति तथा कम्पनीले आफ्नो बिरामीको हेरचाह गरिरहेको बताइएको छ ।

यसअघि यो कम्पनीले बनाएको भ्याक्सिनको परीक्षणका लागि ६० हजार मानिस सामेल हुनसक्ने बताइएको थियो । यसका लागि अनलाइनबाट आवेदन पनि लिने भनिएको थियो । तर, अहिलेलाई अब यो परीक्षणको चरण रोकिएको छ ।जोन्सन एन्ड जोन्सनले आफ्नो विज्ञप्तिमा ठूलो परीक्षणमा यस्तो रुकावट आएको बताएको छ ।यसअघि गत साता पनि बेलायतमा ऐस्ट्राजेनिकले एक व्यक्तिलाई बिरामी भएको पुष्टि भएपछि आफ्नो भ्याक्सिनको परीक्षण रोकेको थियो । तर, यो कम्पनीले फेरि आफ्नो परीक्षण सुरु गरेको छ ।

READ MORE NEWS

विदेशी मदिरा: चाडपर्वको मुखमा नेपाल सरकारलाई किन आयो आफैँले आयातको रोकेको वस्तुको याद

गत चैत महिनाको १६ गते सरकारले विदेशी मदिराको आयातमा रोक लगाउँदा युवराज खतिवडा अर्थमन्त्री थिए।

प्रधानमन्त्रीका प्रियपात्र मानिएका उनको बहिर्गमनपछि गत असोज २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले त्यो रोक हटाउने निर्णय गर्‍यो।नेपालमा दशैँ र तिहारजस्ता ठूला चाडपर्वमा मदिरा र मासुको खपत निकै बढ्ने गर्छ।ती चाड सँघारमै आइपुगेका बेला सरकारले विदेशी मदिरामा यसअघि लगाएको अस्थायी बन्देज हटाएको छ।व्यवसायीहरूका अनुसार विदेशबाट ल्याइने मदिराको करिब एकतिहाइ खपत यही बेला हुने गर्छ।

अर्थले कोल्टे फेर्दा

अधिकारीहरूका अनुसार कोरोनाभाइरसको महामारी सुरु भएपछि विदेशी मुद्राको सञ्चितिमा कुनै अप्ठेरो नहोस् भनेर विदेशी मदिरा किन्दा बाहिरिने रकम रोक्न त्यो उपाय अपनाएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ,विमानस्थलमा जफत मदिरा

त्यसैले नेपालस्थित विदेशी कूटनीतिक नियोगका निम्ति मात्रै खुला गर्ने सरकारको मनस्थिति थियो।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका अनुसार अर्थले राजस्व सङ्कलनमा टेवा पुग्ने अपेक्षा देखाएपछि पूरा आयात खुला गरिएको हो।उनले भने, “अर्थ मन्त्रालयले राजस्वमा सङ्कुचन भयो, विदेशी मुद्राको पनि त्यति समस्या छैन भनेपछि खुला गरिएको हो।अर्थात् देशको ढुकुटीमा परेको असरसँगै अर्थ मन्त्रालयले कोल्टे फेरेको उनको भनाइबाट बुझिन्छ।आयातमा रोक जारी रहे चोरबाटोबाट भित्रिने क्रम बढ्ने अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्।

कति आउँछ विदेशी रक्सी

उद्योग मन्त्रालयले विदेशी मदिराको आयात त्यति ठूलो मान्दैन। उसको बुझाइमा विदेशी मुद्रा बाहिरिने मात्राभन्दा त्यसले राष्ट्रको ढुकुटीमा दिने योगदान बढी छ।भन्सार विभागमा महानिर्देशक सुमन दाहालले बीबीसीलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/७५ मा पाँच लाख ४१ हजार ९९६ लिटर विदेशी मदिरा आयात भएको थियो।त्यसको आयात मूल्य ९० करोड रुपैयाँभन्दा केही बढी छ।तर आर्थिक वर्ष २०७५/७६ मा एक अर्ब १४ करोड मूल्यको छ लाख ४० हजार लिटर आयात भयो। जुन आयातित परिमाणमा झन्डै १८ र मूल्यमा २७ प्रतिशत वृद्धि हो।चैतमा रोक लगाउँदा त्यसले सिङ्गो वर्षको तथ्याङ्कमा ठूलो गिरावट देखायो। आर्थिक वर्ष २०७६/७७ मा करिब ८८ करोड रुपैयाँ मूल्यको चार लाख ९३ हजार लिटर विदेशी मदिरा नेपाल भित्रियो।

‘ढुकुटीमा सङ्कट पर्दा मदिराको सम्झना’

उक्त आर्थिक वर्षको करिब तीन महिना बन्देज लाग्दा परिमाण र मूल्य दुवै हिसाबले अघिल्लो वर्षभन्दा करिब २३ प्रतिशत कम आयात भयो।अनि त्यसले कोरोनाभाइरसको महामारीले प्रभावित तुल्याएको ढुकुटीमा थोरै भए पनि सहारा दिन सक्ने आशा विदेशी मदिरा पनि बन्यो।सरकारका एकजना उच्च अधिकारीले ठट्यौलो पारामा भने, “देशको ढुकुटीमा गडबडीको छाँट (देखिए)पछि विदेशी मदिराको याद आयो भन्दा पनि हुन्छ।”ती अधिकारीका अनुसार बजेटको लक्ष्य भेट्टाउन यो आर्थिक वर्षको पहिलो त्रैमासिकमा करिब सवा दुई खर्ब रुपैयाँ राजस्व सङ्कलन हुनुपर्ने थियो। तर त्यो अङ्क डेढ खर्बभन्दा कम छ।कोरोनाभाइरसको सङ्क्रमण पछिल्ला साताहरूमा देशभरि व्यापक रूपमा बढ्न थालेकाले राजस्वमा आगामी दिनमा थप मार पर्ने सम्भावना देखिएका सन्दर्भमा ती अधिकारी भन्छन्, “त्यसैले राजस्व सङ्कलनका ससाना स्रोत जेजति भेटिन्छन् त्यसको उपयोग नगर्ने हो भने आउँदा दिन निकै चुनौतीले भरिएर आउने सम्भावना छ।”तर यसअघि मदिरा उत्पादक सङ्घले स्वदेशी उत्पादनलाई प्रवर्धन गर्न विदेशी आयातमा लगाइएको रोक थप लम्ब्याइनुपर्ने माग गरेको थियो।त्यसबारे प्रतिक्रिया लिन प्रयास गर्दा सङ्घका अध्यक्ष रवि केसी राजधानीबाहिर भएकाले उपलब्ध भएनन्।

इटालियन क्लबको खर्च भन्दा रोनाल्डोको आम्दानी बढी

एजेन्सी – युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डो इटालियन सिरि ए सबैभन्दा बढी कमाउने खेलाडी हुन् भन्दा कसैलाई अच्चम लाग्ने छैन । तर, अर्को तथ्याङ्कले भने आश्चार्यमा पार्न सक्छ ।

इटालीको शीर्ष डिभिजन लिग सिरि एका ४ भन्दा क्लबको भन्दा बार्षिक खर्च भन्दा बढी रोनाल्डोले एक वर्षमा कमाउँदै आएका छन् । ३५ वर्षे फरवार्डले युभेन्ट्सबाट बार्षिक ३१ मिलियन युरो पारिश्रमिक लिदै आएका छन् । ४ क्लब युडिनेजी, हेलास भेरोना, स्पेजिया र क्रोटोनेले वार्षिक रुपमा या त रोनाल्डो कमाई बराबर वा त्यो भन्दा कम खर्च गर्दै आएका छन् ।

सिरि एमा रोनाल्डोका कमाई वरिपरि कुनै खेलाडी छैन । सबैभन्दा नजिक भनिएका युभेन्ट्सकै माथिस डि लिट्ज छन् । जसको कमाई भन्दा रोनाल्डोका ४ गुणा बढी छ । डच रक्षकले बार्षिक ८ मिलियन युरो कमाउँछन् । त्यसबाहेक उनले बार्षिक १.५ मिलियन बोनसका रुपमा प्राप्त गर्छन् ।

इन्टरका रोमेलु लुकाकुले बार्षिक ७.५ मिलियन युरो पारिश्रमिक प्राप्त गर्छन् ।इन्टरका क्रिस्टियन इरिक्सन र रोमाका स्ट्राइकर इडिन डेकोले समान ७.५ मिलियन, इन्टरका फरवार्ड एलेक्सिस सान्चेज र एसी मिलानका फरावर्ड याल्टान इब्राहिमोभिचले समान ७ मिलियन युरो प्राप्त गर्छन् ।

त्यस्तै इन्टरका अर्टुरो भिडालले ६.५ मिलियन र मिलानका जियानलुइजी डोनारुमाले बार्षिक ६ मिलियन युरो पारिश्रमिक लिन्छन् । सिरि एको सर्वाधिक कमाई गर्ने युभेन्ट्सले खेलाडीका लागि पनि सबैभन्दा बढी खर्च गर्दै आएको छ । अल्भारो मोराटा, जुवान क्वाडराडो, फडेरिको किएसा र आर्थर मेलोले समान ५ मिलियन, एलेक्स सार्डोले ६ मिलियन युरो प्राप्त गर्छन् ।

वोजचिएक सेचेज्नी, लियोनार्दो बोनुकीले ६.५ लिमयन, आरोन रामसे, एड्रिन राबियोनले समान ७ लाख र पाउलो डेबालाले ७.३ मिलियन युरो बार्षिक रुपमा पारिश्रमिकका रुपमा बुझ्दै आएका छन् । सिरिएमा इन्टरका एन्टोनियो कोन्ट सबैभन्दा बढी कमाउने प्रशिक्षक हुन् । उनले १२ मिलियन युरो बार्षिक रुपमा लिन्छन् ।

रोमाका पाउलो फोनसेकाले २.५ मिलियन र एट्लान्टनाका गिइन पेर्लो गसपेरिनीले २.२ मिलियन युरो लिन्छन् । चाख लाग्दो पक्ष युभेन्ट्सका प्रशिक्षक आन्द्रे पिर्लोले बार्षिक १.८ मिलियन युरो लिन्छन् । जुन मिलानका स्टेफानो पिओली, बोलोग्नाका सिनाका हिाजलोभिक र लाजियोका सिमवन इन्जाघीले भन्दा कम आम्दानी हो । तीन प्रशिक्षकले बार्षिक रुपमा समान २ मिलियन पाउन्ड प्राप्त गर्छन् ।


Your Views
Related News