जापानी समाज आधारभुत रुपमा परम्परागत समाज मानिन्छ । जापानी समाजमा परम्परागत मूल्य मान्यताहरु प्रसस्तै पाइन्छ । त्यहीँ जापानमा हालैका दिनहरुमा एउटा अनौठो फेसन ट्रेण्डिङ भैरहेको छ ।जापानी युवतीहरु आजकल लतपतिएका कपडाहरु लगाएर हिड्न थालेका छन् । रगतका धब्बा भएका कपडा मात्र होइन आँखाको तलपट्टि कालो धब्बा र गलामा रगतयुक्त सिरिन्जको चित्र बनाउने फेसन पनि खुबै चलेको छ । उनीहरुले लगाएका रगताम्मे कपडाहरुमा ‘म मर्न चाहन्छु’ भन्ने सन्देश पनि लेखिएको देखिन्छ ।आखिर विश्वकै सम्वृद्ध देशमध्येको एक जापानमा किन यस्तो अनौठो तथा हृदयविदारक फेसन चलिरहेको छ त ?जापानमा चल्तीमा रहेको यो फेसन ट्रेण्डलाई स्थानीय भाषामा यामी कावाई भनिन्छ । यो फेसन युवायुवतीहरुमा बढिरहेको डिप्रेसन तथा आत्महत्यासँग सम्बन्धित छ ।

के हो यामी कावाई ?

यामी कावाई दुईवटा शव्द मिलेर बनेको छ । यामीको अर्थ विरामी र कावाईको अर्थ सुन्दर अर्थात् क्यूट भन्ने हुन्छ ।जापानी युवतीहरु यामी कावाईको फेसन चलाउँदै जापानी समाजमा बढिरहेको आत्महत्या र डिप्रेसनका बारेमा जनचेतना जगाउन चाहन्छन् । आफुहरुमा डिप्रेसन रहेको र आत्महत्या गर्ने सोँच पलाउने गरेको जानकारी दिँदै उनीहरुले आफुलाई सहयोग खाँचो रहेको खुलासा फेसन मार्फत् गर्ने गर्दछन् । यस्तो फेसनमार्फत् उनीहरु जापानी युवायुवतीहरुमा बढिरहेको मानसिक स्वास्थ्य समस्याको बारेमा आम मानिस तथा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।यद्यपि यामी कावाई भन्ने शव्दावलीको उत्पत्ति जापानमा सन् २०१५ मै भएको थियो । तर पछिल्ला दिनहरुमा मात्र यसले लोकप्रियता पाएको हो।

जापानमा युवायुवतीहरुमा डिप्रेसन तथा आत्महत्याको दर दिनानुदिन बढिरहेको छ । एक रिपोर्ट अनुसार गत अगष्ट महिनामा मात्रै जापानमा १ हजार ८५४ जनाले आत्महत्या गरे । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १६ प्रतिशतले बढि हो । ती मध्ये ४० प्रतिशत महिला रहेका छन् ।अर्को अनौठो तथा फरक तथ्य के भने कोरोना महामारीको उच्चतम अवस्थामा चाहीँ जापानमा आत्महत्या दरमा कमी आएको देखियो । गत फेब्रुअरी देखि जून महिना सम्मको आँकडा अनुसार जापानमा आत्महत्याको दरमा साढे १३ प्रतिशतले कमी आएको थियो ।यो तथ्यको आधारमा विज्ञहरुले जापानमा कामकाजी मानिसहरुमा कामको अत्यधिक दबाब तथा लतका कारण डिप्रेसन बढ्ने र त्यसले आत्महत्या सम्म पूराउने गरेको आँकलन गरेका छन् । कोरोना महामारीका क्रममा धेरै मानिसहरुले कामबाट छुट्टी पाएका कारण उनीहरुले हलुका महसुस गरेको र त्यसबेला आत्महत्यामा कमी आएको पाइएको हो ।

READ MORE NEWS

उड्दै गरेको विमानभित्र शिशु जन्मिएपछि… (भिडियो)

विश्व रोचक र आश्चर्यजनक परिवेशले भरिएको छ । जसका कारण कोरोनाको कहरकाबीच आउने कतिपय रोचक प्रसंगले हामीलाई खुसी तुल्याउँछ ।

हालै भारतको एयरवेज इण्डिगोको उडानका क्रममा विमानभित्रै एउटा रोचक घटना भयो । जसले मानिसहरुले खुलेर खुसी साटासाट गरे ।

इण्डिगोको दिल्ली–बेंगलुरुको एक उडठानका क्रममा बुधवार एक महिलाले शिशुलाई जन्म दिइन् । इण्डिगो एयरलाइन्सले यस घटनाको पुष्टि गर्दै दिल्लीबाट बेंगलुरुका निम्ती उडान भरेको ६ ई १२२ विमानमा उमेर नपुगी एक नवजात शिशुको जन्म भएको बताएको छ । तथापी आमा र बच्चा दूबैको स्वास्थ्य राम्रो रहेको छ ।

साझ ६ बजेर १० मिनेटमा उडानको क्रममा शिशु जन्मिएपछि एयरपोर्टमा विमान उत्रिनासाथ एक विशेष दलले यस खुसीलाई उत्सव झै मनाएका थिए । एयरपोर्टमा इण्डिगो फ्लाइटका कर्मचारीले महिला र शिशुको भब्य स्वागत गरेका थिए ।

कोरोना भाइरस र रूघाखोकीमा समानता र फरक के छ? [भिडियो]

विस्तारै जाडो मौसम सुरु हुन थालेको छ। मौसममा आएको यो परिवर्तनसँगै धेरै मानिसहरुलाई मौसमी रुघाखोकीको समस्या पनि देखिन थालेको छ।

कोरोना भाइरस संक्रमण र मौसमी रुखाखोकी गराउने इन्फ्लुएञ्जा भाइरस संक्रमणको लक्षण उस्तैउस्तै हुने भएकाले के भएको हो भन्ने अलमल हुनसक्छ।

कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिरहेको अहिलेको अवस्थामा मौसमी रुघाखोकीको संक्रमण भयो भने पनि धेरै मानिसलाई कोरोना भाइरसको संक्रमण नै भयो कि भन्ने लाग्न सक्छ।

त्यसैले कोरोना भाइरस वा इन्फ्लुएन्जा भाइरसमध्ये के भएको हो भनेर कसरी थाहा पाउने? कुन भाइरसको संक्रमण भएको हो भनेर थाहा पाउने लक्षण के–के हुन्?

यही प्रश्न हामीले सरुवा रोग विशेषज्ञ र नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसँग सोधेका छाँै।

कोरोना र इन्फ्लुन्जा दुवै भाइरस भए पनि फरक भाइरस भएको बताउँछन् नेपालस्थित विश्व स्वास्थ्य संगठनका पूर्वप्रतिनिधि डा जोस भ्यान्देलियर।

उनले दुवै भाइरसले लाग्ने रोगका लक्षण पनि केही हदसम्म समान हुने बताए। उनका अनुसार रुघाखोकी लाग्नु, ज्वरो आउनु, जिउ दुख्नु, थकाइ लाग्नु र पसिना आउनु जस्ता लक्षण कोरोना भाइरस र इन्फ्लुन्जा भाइरसका समान लक्षण हुन्। त्यसबाहेक यी दुवै संक्रमण मानिसले खोक्दा र थुक्दा निस्कने छिटाका माध्यमबाट सर्छ।

लक्षण र सर्ने तरिका समान भए पनि कोरोना भाइरस र इन्फ्लुन्जा भाइरसबीच भिन्नता पनि छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन यदि मानिसले स्वाद र गन्ध थाहा पाउने शक्ति गुमाएको छ वा कमै हुँदै गएको छ भने कोरोना संक्रमण हुनसक्ने बताउँछन्।

नेपालस्थित विश्व स्वास्थ्य संगठनका पूर्वप्रतिनिधि डा भ्यान्देलियरले कोरोना भाइरस र  इन्फ्लुञ्जा भाइरस मानिसको उमेरका आधारमा पनि फरक रहेको जानकारी दिए।

उनले भने, ‘कोरोना भाइरसभन्दा इन्फ्लुन्जा भाइरस छिटो अरुलाई सर्छ। रोगको गम्भीरताका आधारमा पनि यी दुई रोग फरक छन्। कोरोना भाइरस संक्रमणले व्यक्तिलाई धेरै नै गम्भीर बनाउँछ भने यसका तुलनामा फ्लु संक्रमण भएर गम्भीर बिरामी पर्नेको अनुपात निकै कम छ।’

उनका अनुसार कोरोना भाइरस संक्रमणले सबै उमेर समूहका बिरामी गम्भीर भएका देखिन्छन् र यस्तो अवस्था फ्लुमा पनि देखिन्छ। तर गर्भवती र बालबालिकामा फ्लुको जोखिम बढी हुन्छ भने यस्ता व्यक्ति कोरोना भाइरस संक्रमणको कम जोखिममा देखिएका छन्।

इन्फ्लुञ्जा भाइरस संक्रमण हुने समयको सुरुवात भइसकेको र कोरोना भाइरसको जोखिम पनि यथावत् रहेकाले कहिलेकाहीँ कुन संक्रमण भएको हो भन्ने थाहा नहुन सक्छ। दुवै भाइरस एकबाट अर्को व्यक्तिमा सर्ने भएकाले सामाजिक दूरी कायम राख्ने, मास्क प्रयोग गर्ने र व्यक्तिगत सरसफाइ  नियमित गर्दा दुवै भाइरसको जोखिमबाट भने बच्न सकिन्छ।

 


Your Views
Related News