काठमाडौं । नेपालमा लामो समयदेखि चर्चामा रहेको अनैतिक क्रियाकलापमा संलग्नहरुलाई दिइने सजायबारे टुंगो लाग्न सकेको छैन । तर बङ्ग्लादेशमा कानुन संशोधन गरी त्यस्तो घटनामा संलग्नहरुलाई अधिकतम सजायका रूपमा मृत्युपथ दिन सकिने प्रावधान राखिएको छ ।

 

 

बङ्ग्लादेश सरकारले सोमवार यस विषयमा औपचारिक निर्णय गरेको हो । बङ्ग्लादेशका कानुनमन्त्री अनिसुल हकले उक्त संशोधित कानुन राष्ट्रपतिबाट मङ्गलवार जारी हुने र तत्काल लागु हुने जानकारी दिएका छन् । गत साता एउटी महिलामाथि समुहमा रुपमा त्यस्तो प्रकृतिको घटना घटाएर त्यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियो बाहिर आएपछि बङ्ग्लादेशभर विरोधप्रदर्शन सुरु भएको थियो ।

 

 

 

विद्यार्थी, महिला अधिकारको क्षेत्रमा कार्यरत सङ्घसंस्था र अन्य मानिसहरूले राजधानी ढाकामा प्रदर्शन गरेका थिए । धेरैले गृहमन्त्रीको राजीनामा माग्दै संलग्नलाई मृत्युपथ दिइनुपर्ने माग राखेका थिए । यो बीचमा प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा सोमवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कानुन संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्दै अध्यादेशबाट नयाँ कानुन ल्याउने निर्णय गरेको हो ।

 

 

अहिले संसद्को सत्र नचलेकाले त्यसो गरिएको मन्त्री हकले जानकारी दिएका छन् । यो निर्णयको चारैतिर स्वागत हुने अपेक्षा गरिएको भए पनि पीडित महिलाले न्यायका लागि पुग्न नपाउँदै ज्यान गुमाउनुपर्ने खत्तरा झन हुने अनुमान पनि गरिएको छ ।

 

 

यस्ता घटनामा संलग्नहरुले घटना घटाएपछि प्रमाण नष्ट गर्नका लागि महिलाको ज्यान लिनसक्ने जनाइएको छ । बेगमगन्जमा खिचिएको भिडियोमा देखिएका उनीहरूमध्ये एक जनाले ती पीडित महिलामाथि अनैतिक काम गरेको आरोप लागेको थियो । गत वर्ष ती महिलालाई ती आरोपित व्यक्तिले बारम्बार अनैतिक काम गरेको राष्ट्रिय मानवाधिकार आयोगले गरेको अनुसन्धानमा खुल्न आएको छ ।

 

 

ति युवकले युवतीलाई विरोध गरे वा भनेको नमाने उनलाई सामूहिक रुपमा अनैतिक काम गर्ने चेतावनी दिने गरेको आयोगले जानकारी दिएको छ । ती महिलाका अनुसार आफूसँग गरिएको उक्त गलत्त कार्यको भिडियो खिचेर उक्त व्यक्तिले एक महिनासम्म चेतावनी दिँदै पैसा दिन र सम्पर्क राख्न दबाव दिने गरेका थिए ।

 

 

तर उनले उनीहरूले भनेको नमानेपछि भिडियो सार्वजनिक गरिएको हो । बङ्ग्लादेशको दूरसञ्चार नियामक निकायले उक्त भिडियोलाई अनलाइन माध्यमबाट हटाउने निर्णय गरेको भए पनि त्यो व्यापक रूपमा फैलिएको थियो ।

 

 

ती महिलाले आफ्नो जीवन तहसनहस भएको भन्दै आफ्ना छोराछोरीबारे आफू चिन्तित भएको स्थानीय सञ्चारमाध्यमलाई बताएकी थिइन् । उक्त घटनामा संलग्न भएको आरोपमा केही व्यक्तिहरू पक्राउ परेका भए पनि प्रदर्शनकारीरहरूले देशमा हुने यस खालका घटनामा संलग्नलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने माग राखेका थिए । बीबीसी

READ MORE NEWS

बच्चाकै अगाडी आमामाथी समुहमा अ’नैतिक कर्मपछि गला रोकाएर ज्यान लिइयो

  •  मङ्गलबार २७ असोज, २०७७

काठमाडौ । बच्चाको अगाडि नै आमामाथि अ’नैतिक काम गरिएको छ । बिहारको राजधानी पटना नजिकैको बक्सरमा एक महिलामाथि अ’नैतिक काम गरेर निर्दोष बच्चाको ज्यान लिएको घटनाको खुलासा भएको छ । बक्सरमा आरोपितले दलित महिलालाई समुहमा गलत काम गरेर उनको ५ बर्षे बच्चालाई गला रोकाएर ज्यान लिइएको हो ।

 

 

 

आमामाथि केही व्यक्तिहरुले गलत काम गरिरहेको देखेर प्रतिकार गर्न खोजेका बालकलाई उनीहरुले ज्यान लिएका हुन् । पीडित र उनको बच्चाको मृत्यु भएको भनेर उनीहरुले नहरमा फालिदिएका थिए ।

 

 

 

बच्चाको मृत्यु भए पनि आमा भने जिवित रहेकी छिन् । पीडित आमाको अस्पतालमा उपचार भइरहेको छ । पीडितको उजुरीमा प्रहरीले एक आरोपीलाई पक्राउ पनि गरेको छ । जानकारी अनुसार महिला शनिबार आफ्ना छोरासँग बैंक जाँदै थिइन् ।

 

 

 

यसैबीच, आरोपितहरूले महिला र उनका छोरालाई बाटोबाटै नियन्त्रणमा लिएर त्यो सबै कुर्कम गरेका हुन् । उक्त घटना गरेपछि अभियुक्त दुबैलाई नहरमा फालेर भागेका हुन् ।

 

 

 

विशेष सुचनाका आधारमा प्रहरी घटनास्थलमा पुग्दा उक्त महिला अचेत अवस्थामा फेला परेकी थिइन् । पीडितको उजुरीमा प्रहरीले दुई जना नामित र २ जना अज्ञात व्यक्तिको बिरूद्ध एफआईआर दर्ता गरेको छ ।

 

 

 

आरोपित मध्ये एक जनालाई हिरासतमा लिएको छ । महिलालाई उपचारका लागि बक्सरको सदर अस्पतालमा भर्ना गरिएको छ । बच्चालाई भनेर उनीहरुले ज्यान लिएर नै नहरमा फालेको खुल्न आएको छ ।

 


Your Views
Related News