एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनलाई तानाशाही शासक मानिन्छ । विरोधीको अन्त्य गर्न लगाएको विषय पनि चर्चामा आयो । तर, किम भावुक पनि छन् ।

 

 

किमले हालैमात्र सबैको ध्यान खिचेका छन् । सार्वजनिक कार्यक्रममै आँसुका धारा बगाए । मिलिटरी परेडमा उनले शनिबार बोल्दै सैनिकहरुलाई योगदानका लागि आभार प्रकट गरे । सैनिकको त्याग सम्झेर उनी रोए । साथै जनताको जीवनस्तर उठाउन नसकेकोमा माफी मागे ।

 

 

 

शनिबार उत्तर कोरियाको सत्तारुढ दलको ७५ औं स्थापना दिवसमा किमको भनाई सार्वजनिक भएको छ । उनी भावुक भई रोएको तस्वीर पनि सार्वजनिक भएको छ । तस्वीरः एजेन्सी

READ MORE NEWS

अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमनमा रोक कात्तिक मसान्तसम्म थप

  •  मङ्गलबार २७ असोज, २०७७

काठमाडौ । सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमनमा लगाइदै आएको रोकलाई कात्तिक मसान्तसम्म थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

 

 

परराष्ट्रमन्त्री एवं प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सीमा नाकाबाट हुने प्रवेशलमा लगाइदै आएको रोकलाई कात्तिक मसान्तसम्म थप गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार, बैठकले मानवअधिकारको पाँच वर्षे कार्ययोजना समेत पारित गरेको छ ।

 

 

 

कोभिड–१९ जोखिम बढ्दैगएपछि गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावतमा रोक लाइदै आएको छ । यद्यपि, ढुवानी र निश्चित नाकाबाट हुने आवागमन चालू अवस्थामा नै रहेका जनाइएको छ । यसअघि असोज मसान्तसम्म सीमा नाका बन्द गर्ने निर्णय भएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

READ MORE NEWS

आजैबाट सबै सिटमा यात्रु बोकेर गुड्न थाले सवारी

  •  मङ्गलबार २७ असोज, २०७७

काठमाडौं । सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेसँगै आजैदेखि सार्वजनिक सवारी भरिभराउ देखिन थालेका छन् ।

 

 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएपछि यस्तो भएको हो । राजधानी काठमाडौ उपत्यका र लामो दुरीमा गुडिरहेका बसमा यस्ता दृष्यहरु देख्न सकिन्छ ।

 

 

सरकारले यसअघि सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो । अन्तरिक हवाई उडानमा पनि यही भनिएको थियो । तर हवाई सेवा प्रदायक कम्पनीहरुले नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर सबै सिटमा यात्रु बोक्दै आएका छन् । यता बसहरुलेपनि आजैदेखि सबै सिट खपत गर्न थालेका छन् ।

 

 

अब दशैंको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने तर, भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय भएको छ ।

 

 

 

बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडानमा हालको व्यवस्थालाई कार्तिक मसान्तसम्म कायमै राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । बैठकले आम नागरिकलाई जहाँ छ, त्यही दशैं मनाउन र उपत्यकाबाट गाउँ नजान आग्रह गर्ने निर्णय पनि गरेको छ ।

READ MORE NEWS

राजधानी दिल्लीको मुटुमा भिषण आगलागी

  •  मङ्गलबार २७ असोज, २०७७

काठमाडौं । राजधानी दिल्लीको मुटु भनेर चिनिने मुण्डकामा भिषण आगलागी भएको छ । भारतको राजधानी दिल्लीको मुण्डकाको सडक नम्बर–९ मा रहेको फलामको कारखानामा आगलागी भएको हो । आगो निभाउनका लागि ४ वटा दमकल लगाइएको छ । आगलागीको क्षतिबारे कुनै जानकारी आइनसकेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।


Your Views
Related News