काठमाडौ । जिल्लाको सीमावर्ती क्षेत्रका नागरिक भारतीय बजारसम्म बाक्लो मात्रामा आवतजावत गरिरहेका छन् । मुख्य सीमानाका बन्द रहे पनि सहायक बाटो र खेतबारीबाट मानिसको ओहोरदोहोर बाक्लिएको छ । स्थानीयस्तरमा बजार नरहेको, भारतीय बजारमा दैनिक उपभोग्य सामान सस्तोमा पाउने र चाडपर्व नजिकिँदै गएका कारण पनि सीमावर्ती क्षेत्रका बासिन्दा सीमापारि भारतीय बजारमा निस्फिक्री जाने गरेका छन् ।

 

 

 

जिल्लाको सीमावर्ती क्षेत्रका अधिकांश स्थानीय तहमा ठूलाखाले बजार नभएका कारण पनि किनमेल गर्न सो क्षेत्रका स्थानीयवासी सीमापारि जान बाध्य भएका हुन् । मुख्य नाका बन्द रहेका कारण खेतबारी र खोलाको बाटो भएर दैनिक सयौँ मानिस किनमेलका लागि भारतीय बजार पुग्ने गरेको बलरा नगरपालिकाका प्रमुख अभयकुमार सिंहले बताउनुभयो ।

 

 

 

सीमावर्र्ती गाउँका बासिन्दालाई नुन, तेल किन्नदेखि औषधोपचार गर्न भारतीय बजार नै नजिक पर्छ । अन्त सबैतिर ओहोरदोहोर भइरहँदा मुख्य नाकामात्रै बन्द गरिँदा बिरामी परेर झट्ट सीमापारि जानुपर्नेहरु अप्ठयारोमा परिरहेको उहाँको भनाइ छ ।

 

 

जिल्लाको सीमावर्ती दक्षिणी भेगमा पर्ने गोडैता, विष्णु, रामनगर, कौडेना, मलङ्गवा, ब्रम्ह्मपुरी, पर्सा, हरिपूर्वालगायत स्थानीय तहका दैनिक सयौँको सङ्ख्यामा स्थानीयवासी किनमेलका लागि भारतीय बजार पुग्ने गरेको ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोदकुमार साहले बताउनुभयो ।

 

 

 

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले वर्षाँैदेखिको रीति रोकेर वारिपारि हुने आवागमन ठप्प नै पार्न नसकिने बताउनुभयो । व्यवहारिक समस्या हेरेर काजकीरिया, औषधोपचारजस्ता कार्यका लागि आवतजावत गर्न दिएको भए पनि सरकारले निर्णय नगरेसम्म मुख्य सीमानाका नै खुला गर्न नसकिने प्रजिअ पौडेलले बताउनुभयो । प्रजिअ पौडेलका अनुसार भारतबाट मुख्य नाका हुँदै विभिन्न मालसामान भने दैनिकरूपमा आयात भइरहेको छ । रासस

READ MORE  NEWS

गाईको मासुसहित यस्तो अवस्थामा तीन जना पक्राउ

  •  मङ्गलबार २७ असोज, २०७७

काठमाडौं । बाँकेको खजुरा गाउँपालिकास्थित रनियापुरबाट गाईको मासुसहित सोमबार तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खजुरा गाउँपालिका–८ रनियापुर चमकदारपुरका ४५ वर्षीय चुन्नी खाँ, ५० वर्षीय सब्बीर खाँ र ३४ वर्षीय अब्दुल आशिक खाँ रहेको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ ।

 

 

उनीहरुलाई सात किलो गाईको मासु, हड्डी र छालासहित पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एंव प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो ।

 

 

अस्फाक खाँको खेतबारीमा गाई का*टिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त परिणामको गाईको मासुसहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो । घटना बारे थप अनुसन्धान र छानवीन भइरहेको प्रहरी उपरीक्षक रानाले बताउनुभयो ।

READ MORE NEWS

ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

  •  मङ्गलबार २७ असोज, २०७७

अछाम । अछामको साँफेबगर नगरपालिका–७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से१त ८३३८ नंको ट्र्याक्टर दुर्घटना हुँदा उहाँको घटनास्थलमा नै मृत्यु भएको हो ।

 

 

 

उक्त दुर्घटनामा परी ट्र्याक्टरमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको थप कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

 

 

उच्च अदालत दिपायलको सेवा बन्द
उच्च अदातल दिपायलले एक साताका लागि सम्पूर्ण सेवा बन्द गरेको छ । अदालतमा कार्यरत एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि लागू हुनेगरी आन्तरिक प्रशासनिकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको अदालतका निमित्त रजिष्ट्रार सीता रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “अदालतका एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ, अरुलाई पनि नहोस् भनेर अदालतका आन्तरिक प्रशासनिक काम बाहेकका अन्य काम कारवाही एक साताका लागि बन्द गरेका छौँ ।”

 

 

 

कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार अदालतमा कार्यरत सबै कर्मचारीको स्वाब सङ्कलन गरेर परीक्षणका लागि जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पठाइएको रजिष्ट्रार रेग्मीले जानकारी दिनुभयो ।


Your Views
Related News