एजेन्सी । थुप्रै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् । भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले मंगलबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः

 

 

 

१, मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।
२, यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन् । उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।
३, यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।
४, मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।
५, उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।

 

 

 

६, यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।
७, यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।
८, यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् ।
९, यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।
१०, उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।

 

 

 

११, कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।
१२, स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।

READ MORE NEWS

आज पृथ्वीका लागि दुर्लभ दिन : मंगल ग्रह अत्यन्तै नजिक आउँने, कस्तो हुन्छ यो क्षण ?

  •  मङ्गलबार २७ असोज, २०७७

काठमाडौ । आज अक्टोबर १३ तारिखका दिन पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने खगोलविद्ले बताएका छन्। नासाका अनुसार यो दुर्लभ खगोलीय घटना हो। जसमा मंगल, पृथ्वी र सूर्य ग्रह आपसमा सीधा रेखामा हुनेछन्।

 

 

 

यसको अर्थ यी तीनवटा ग्रह १८० डिग्री कोणमा रहनेछन्। यसलाई टेलिस्कोपको सहयोगमा अवलोकन गर्न सकिन्छ। तर राम्रोसँग हेर्न भने नजिकको खगोल विज्ञान केन्द्रमै जानुपर्ने हुन्छ।

 

 

खगोलविद्का अनुसार यस्तो दुर्लभ घटना हरेक २ वर्ष (२६ महिना) मा हुन्छ। यसर्थ अब २०२२ डिसेम्बरयता मंगल ग्रह र पृथ्वी यति नजिक हुने छैनन्।

 

 

पृथ्वी र मंगल ग्रहबीचको दूरीमा यस्तो परिवर्तन अन्डाकार कक्षका कारण हुने गर्छ। अन्य ग्रहका गुरुत्वाकर्षणका कारण परिक्रमा कक्षमा यस्ता परिवर्तन भइरहन्छन्।

READ MORE NEWS

सरकारको अपिल ‘जहाँ छौं, त्यही दशैं मनाऔं’

    काठमाडौं । कोभिड १९ को महामारीबाट जोगिन सरकारले नागरिकलाई ‘जहाँ छौं, त्यही दशैं मनाऔं’ भनी आग्रह गरेको छ । उपत्यकाबाट भरसक बाहिर नजान समेत आग्रह गरेको छ ।

     

     

     

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले दसैँमा आवतजावत धेरै हुने भएकाले अहिले जहाँ हो, त्यही ठाउँमा दसैँ मनाउन आह्वान गर्ने निर्णय गरेको बैठकपछि एक मन्त्रीले खुलानेपाललाई जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस ब्रिफिङका क्रममा चाडपर्व मनाउनेहरुका लागि बनाइएको मापण्ड सार्वजनिक गरेको थियो ।

     

     

     

    त्यसमा दसैैं तथा अन्य जात्रा तथा पर्वमा प्रसाद तथा टीका सकेसम्म वितरण नगर्न मन्त्रालयले भनेको छ । टीका तथा प्रसाद वितरण गर्नै परे सतर्कता अपनाउनुपर्ने, भीड गर्न नहुने जस्ता मापदण्ड छन् । एउटै घरका व्यक्तिबाहेक अरुसँग भेट नगर्ने र गर्नै परे दुई मिटरको दूरी कायम गर्नु पर्ने मन्त्रालयले जनाएको छ । सकैसम्म घरको परिवार मात्रै बसेर चाडपर्व माउन आग्रह गरिएको छ ।

     

     

    सरकारले जारी गरेको मापण्ड पालना नगर्ने व्यक्तिलाई सरकारले संक्रामण रोग ऐन, २०२० अन्तरगत कारबाही गर्ने जनाएको छ । चाडपर्वमा घर बाहिर नजाने र जानै पर्ने भए माक्स अनिवार्य लगाउनु पर्ने भएको छ । धार्मिकस्थल तथा मेलापर्वमा २५ जनामात्रै भेला हुन पाउने तथा अभिबादन गर्दा टाढैबाट नमस्कार गर्नु पर्नेछ । अंगालो मार्न वा शरीर छुन पाइने छैन ।

     

     

     

    यसैबीच सोमबारको मन्त्रिपरिषद बैठकले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय सरकारले उल्टाएको हो ।


    Your Views
    Related News