हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कसैको चाहना हुँदैमा मुख्यमन्त्री पद पाइने विषय नभएको बताउनु भएको छ । बागमती टेलिभिजन र शक्ति एफएम १०३.४ मेगाहर्जको कार्यक्रम ‘आमनेपाली’मा पत्रकार रामकुमार एलनसँगको कुराकानीमा मुख्यमन्त्री पौडेलले भन्नु भयो, ‘विधि र पदति हुन्छ, त्यही विधि र पदतिबाट मुख्यमन्त्री भएको हुँ ।’ उहाँले मुख्यमन्त्रीले नै पद छाडे अरुको रहर पूरा हुने बताउनु भयो ।

 

 

विकास निर्माणदेखि सरकारका हरेक काममा पार्टीबाटै असहयोग भएको पनि बताउनु भयो । यति हुँदाहुँदै पनि सफल र सन्तुष्ट मुख्यमन्त्रीको दाबी गर्नु भयो । भन्नुभयो, ‘डे वानदेखि नै असहयोग भयो, सहयोग भएका भए अरु राम्रो काम गर्न सकिन्थ्यो ।’मुख्यमन्त्री पौडेलले पार्टीभित्र अहसयोग गर्नेहरुलाई पद चाहिएको पनि बताउनु भयो । कुराकानीको केही अंश यस्ता छन् :

बागमती प्रदेश कोरोना कहरसँग जुध्न कसरी काम गरिरहेको छ ?
कोभिड १९ ले बागमती प्रदेश मात्र नभई सिंगो विश्वलाई नै आक्रान्त पारिरहेको अवस्था हो, हामी कहाँ पहिले यो ढंगले फैलिन्छ भन्ने कुरालाई अलि बढी ध्यान पु¥याउन सकिएन कि भन्ने पनि लाग्छ । किनभने त्यतिबेलादेखि नै अलि बढी सजगता अपनाउन सकिएको भए आमजनताले सरकारको मापदण्ड मान्दिएको भए सम्भवतः यसरी संक्रमण बढ्ने थिएन होला । निकै पछिसम्म पनि बागमती प्रदेश धेरै हदसम्म सुरक्षित नै थियो ।

 

 

यता प्रदेश २, प्रदेश ५, ६, ७, १ लगायतमा धेरै देखिएको थियो तर, अहिले बागमती प्रदेशमा यति आक्रामक ढंगले आयो कि सबैभन्दा पहिलो नै बागमती प्रदेश छ । त्यसमा पनि काठमाडौँ उपत्यकाचाँहि अझ बढी प्रभावित भएको छ । यसबाट के बुझिन्छ भने जहाँ जनसंख्याको चाप छ, त्यहाँ यसको प्रभाव बढी छ भन्ने प्रष्ट देखिएको छ । बागमती प्रदेश सरकारले धेरै ठाउँमा आइसोलेसन सेन्टर बनाएका छौँ । ती सेन्टरहरुलाई फाइनान्सियल सहयोग पनि गरेका छौँ । प्रदेश सरकारले सबै नगरहरुमा, सबै गाउँपालिकाहरुमा रकम पठाएर त्यसको व्यवस्थापन गर्ने जिम्मा दिएका छौँ ।

 

अब अहिलेको यो अवस्थाले सरकारलाई नै च्यालेन्ज दिएको छ । यसको कुनै विकल्प, अब गर्ने के भन्ने पनि जवाफ छैन । हामीले सुरुमै लकडाउन ग¥यौँ, भर्खर प्रवेश गरेको समयमा । लकडाउनको अवधि धेरै भयो, आर्थिक भार पर्ने भयो, सारा मानिसको जनजीवनमा प्रभाव पर्यो भनेर विरोध पनि भयो र यथार्थ पनि थियो त्यो । त्यसकारण अलिकति सहज पनि गर्नुप¥यो । अब लकडाउन खोल्नु र संक्रमितको संख्या बढ्नु एकैचोटि भयो । अब यसको नियन्त्रण गर्ने विधि भनेको, उपचार भनेकै व्यक्ति अनुशासित रहनु हो । सरकारले छुट्याएको स्वास्थ्य मापदण्ड पालना गर्नु हो । नागरिक आफैँले स्वास्थ्य सुरक्षा अपनाउने हो भने अलिक सहज हुने थियो ।

 

 

सरकारले आफ्नो तर्फबाट काम गरिरहेको छ, कसैले योचाँहि गरेन सरकारले भन्ने ठाउँ पनि छैन । हामी काम गरिरहेका छौँ । बालुवाटार जस्तो सुरक्षित ठाउँ पनि यसको चपेटामा परेको छ । सबै जिल्लामा समस्या छ र, अहिले बागमती प्रदेशको काठमाडौँ बढी प्रभावित बनेको छ ।

 

 

यहाँ मुख्यमन्त्री बन्नुभएको ३ वर्ष पूरा हुँदैछ । नेकपाको प्रत्येक बैठकमा बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तन हुने भन्ने चर्चा पनि छ, जसलाई यहाँले खण्डन गरिरहनुभएको छ । मन्त्रिमण्डलमा महिला भएन, समावेशी भएन, १० प्रतिशत मन्त्री बन्न सके सबैलाई समेट्न सक्ने थियो । यसमा मुख्यमन्त्रीले चासो दिनुभएन भन्ने छ । के भन्नुहुन्छ ?

 

कार्यकर्ता भर्तिमात्रै गरेर परिणाम दिँदैन, म के चाहन्छु भने सबै संगठनहरु चुस्तदुरुस्त हुनुपर्छ । परिणाम नआउने काममा मान्छेको भिड मात्रै जम्मा गरेर, धेरै मान्छे हुँदैमा, संख्या धेरै हुँदैमा सरकार ठूलो हँुदैमा काम हुने होइन । पहिलो कुरा त हामी भर्खर नयाँ संरचनामा छौँ । हामी शून्यबाट काम शुरु गर्नु पर्नेमा एकै पटक धेरैको संरचना बनाउनु जरुरी छैन । त्यो हिसाबमा थप संख्या थप्नुपर्छ भन्नेमा म अहिले पनि छैन ।

 

अर्को कुरा कतै पनि मन्त्रालय फोरेको छैन र हामीले मन्त्रालय फोर्न पनि सक्दैनाँै । अब मन्त्रालय नफोरिसकेपछि मन्त्री थप्ने कुरा पनि आउँदैन । एउटा मन्त्रालय फोर्नु भनेको करोडाँै करोड रुपैयाँ खर्च थप्नु हो । हेर्दा त एउटा मन्त्रालय थप्ने देखिन्छ तर, त्यसमा सिंगो ५०÷६० कर्मचारीदेखि लिएर सचिवालय चाहिन्छ । यसैपनि अहिले हामीसँग कर्मचारी अभाव छ । हामी जुन विधि र पद्धतिबाट आयौँ, त्यही पद्धतिबाटै अघि बढ्ने हो ।

 

 

मन लागेकै भरमा यसलाई हटाउने वा बस्ने भन्ने हँुदैन । त्यो खालले सपना कसैले देखेको होला । अब छोड्ने छोडाउने भन्नेमा पहिलो कुरा त म आफु तयार हुनुपर्यो । अब मैले छोडिदिएँ भने त कोही आउँछ नै तर, कसैलाई हटाउने भन्ने कुरा गाह्रो छ । कसैको चाहनाले हुने होइन । त्यही कारण पनि अलिकति डिस्टर्ब त भयो । अब अहिले त त्यो विषय क्लोज भइसकेको छ । मचाँहि काममा विश्वास गर्ने मान्छे । गफ गर्ने अनि कामचाँहि नगर्ने, हावादारी कुरा गर्ने त्यो हँुदैन । यथार्थ धरातलमा उभिएर काम गर्नुपर्छ । हामी समृद्धिका कुरा गरिरहेका छौँ ।

 

 

समृद्ध नेपाल सुखी नेपालीको कुरा गछाँै, अनि आफू परिवर्तन नहुने अनि कसरी परिवर्तन हुन्छ त ? हामीले यत्रो व्यवस्था परिवर्तन गर्याँै तर, आफूलाई परिवर्तन गरेनौँ । हाम्रो डेमोक्रेसीको मान्यता त्यस्तै छ, पोलिटिसियनको मान्यता त्यस्तै छ । हिजो जे गर्यो, आज त्यही गर्नुपर्छ भन्ने छ । त्यसकारण परिवर्तन गर्नुपर्छ भन्ने मान्यतामा मैले काम गर्ने हो । मैले सुशासन कायम गर्नुपर्छ । अन्य सबै प्रदेशहरुको यसले अगुवाई गर्नुपर्छ ।

बागमती प्रदेशलाई समृद्ध सबल बनाउने योजना निर्माणको तहमा केही त्रुटीहरु भयो ? के गाउँगाउँमा छलफल, योजना निर्माण हुन छोडेकै हो त ? मन्त्रीहरुबाटै कहिलेकाँहि आउने गर्छ, खोला नै नभएको ठाउँमा पुलको लागि बजेट विनियोजन भएछ, अब यसलाई कसरी समीक्षा गर्ने ? हामीले कसरी सुधार्ने ?

 

अहिलेको अवस्था हिजोको गाउँ विकास समिति र नगरपालिका होइन । आज सरकार हो, सरकार भन्ने कुरालाई संविधानले व्यवस्था गरेको छ । तीन तहका सरकारमध्ये स्थानीय तह एउटा हो । अब त्यो सरकार भइसकेपछि हिजोको अनुभूति, हिजोकै जस्तो म चाँहि एउटा गाविस अध्यक्ष हँु भन्ने फिलिंग्स भइसकेपछि यो काम गर्न गाह्रो भयो । हिजो एउटा गाविस थियो गाविसको हैसियत कमजोर थियो । अब अहिले त स्थानीय तह यति सक्षम छ कि । उ आफैँ एउटा सरकार हो, अहिले जसरी हामी चलिरहेका छौँ, त्यसैगरी गाउँपालिकाहरु चल्नुपर्छ ।

 

 

नीतिनियम निर्माणदेखि योजना छनौट गर्ने विषयसँगै कानुनहरु बनाउने अधिकारसम्म छ । यति भएपछि त्यहाँ छलफल भएन भन्ने मलाई लाग्दैन । एउटा कुरा त भर्खर दुई अढाई वर्ष भएको छ, यसलाई अलिकति संस्थागत भैसक्या’ पनि छैन । काम गर्ने कुरामा कसले गर्ने, कसरी गर्ने भन्ने छ । अहिलेचाँहि के छ भने सानो भन्दा सानो काम पनि वडा अध्यक्षले गर्ने काम पनि म कहाँ आइपुग्ने । प्रदेश सरकारमा जाने, केन्द्रीय सरकारमा जाने । अब यस्ता कुराले आफ्ना अधिकारको पहिचान मेरो अधिकार के हो भन्ने कुरा छुट्याउन नसकेर त्यो ढंगले पनि गइरहेको छ । यो योजना छनौटको विषयमा चाँहि अझै पनि हामीले व्यवस्थित ढंगले योजना छनौट हुन सकिरहेको छैन ।

 

प्रदेश सरकारको गौरवका योजनाहरु कहिले पूरा हुन्छ ? के के छन् ?

 

सुरुङमार्ग खास गरेर मकवानपुरे जनताले धेरै पहिलेदेखि यसको प्रयत्न गरेको हो । यसको परिकल्पना तथा चासो राखेको २५–३० वर्ष पहिले नै हो । अब त्यतिबेला हामीले राष्ट्रको ध्यान तान्न सकेनौँ । यसमा के थियो भनेर म भन्न सक्दिनँ । यो राष्ट्रिय महत्वलाई बुझाउन सकेनौँ भन्नुपर्छ । मान्छेले कसरी बुझे भने सुरुङ केबल सडक छोट्याउने मात्रै विधि हो भनेर बुझे । मान्छे आवतजावत गर्ने मात्रै विषय होइन । यसले राष्ट्रिय अर्थतन्त्रमा पार्ने प्रभावका बारेमा पहिला अध्ययन गर्न जरुरी छ । अहिले हामी २२८ किलोमिटर बाटो हिँडिरहेका छौँ । हामीले यो सुरुङमार्ग बनाइसकेपछि त्यो बाटो अधिकतम ६५ किलोमिटरमा आउँछ । अब २२८ किलोमिटरको बाटोलाई ६५ किलोमिटरमा ल्याउँदा त्यसबाछ हुने फाइदा त्यसको पनि अध्ययन र मूल्यांकन गर्नुपर्छ । यो कुरा बुझ्न जरुरी छ ।

 

 

अहिले पार्टी एकातिर सरकार अर्काेतिर, यो अवस्थामा काम गर्दा कस्ता कठिनाइहरु भोग्नु परेको छ ?

 

केन्द्रतहदेखि गाउँतह, वडा तहसम्मको समस्या भनेको यही नै हो । यसमा अब धेरै कमेन्ट गर्नुभन्दा पनि यस्तो भइरहेको छ । एउटा व्यक्तिले गरेको काम वा सरकार र पार्टी अलग होइन भन्ने बुझाई भयो भने पार्टी एकातिर सरकार अर्कातिर अनि सरकारले गरेका कामलाई राम्रो भन्न नहुने भन्ने एउटा पक्ष छ । र, दोषचाँहि के छ भने पार्टीले सबै कुरा सरकारले पार्टीसँग अनुमति लिएर एउटा मान्छे नियुक्त गनुएपर्यो ।

 

 

अब पार्टीको निर्णयअनुसार मान्छे नियुक्त गर्नुपर्यो । त्यो सरकार कस्तो सरकार हो ? जुन सरकारलाई संवैधानिक अधिकार छ । संविधानले दिएको अधिकार पार्टीले त नीतिगत कुरामा चाँहि सहयोग गर्ने हो । पोलिसी बनाउने हो । यो मापदण्ड बनाउँ भनेर दिएको मापदण्ड त्यो स्वतन्त्रता त प्रदेशले पाउनु पर्यो नि । व्यक्ति तोकेर यसलाई मन्त्री बनाउनैपर्छ, यसलाई यस्तो गर्नैपर्छ भन्ने ढंगले सरकार चल्दैन । जसले मलाई शुरुका दिनबाटै काम गर्न दिन्न भनिरा’छ, जसले मलाई असफल बनाउन पर्छ भनिरा’छ अनि उसकै निर्देशनमा मैले काम गर्छु ? अनि उसले दिएको सल्लाह कस्तो होला ? उसले दिने निर्देशन कस्तो होला ? यसको घाटा अहिले पार्टीको नेतृत्व गर्ने साथीहरुले बुझ्नुपर्छ । -बागमती टेलिभिजन


Your Views
Related News