पछिल्लो समय ठूला कम्पनी आफ्ना स्मार्टफोनहरुमा ५जी फिचरको सुविधा दिन लागि परेका छन्।

यसमा सामसङले पनि नयाँ पुस्ताको मागलाई मध्यनजर गर्दै नयाँ उत्पादनहरुमा थुप्रै फिचर ल्याइरहेको छ।

हाल सामसङले सार्वजनिक गरेका सबै प्रिमियम स्मार्टफोनमा ५ जीको सुविधा छ। यो बाहेक कम्पनीले सस्तो ५जी फोन सार्वजनिक गर्नमा ध्यान केन्द्रित गरिरहेको छ।

सोमबार सामसङले आफ्नो ए सिरिजमा पर्ने सबैभन्दा नयाँ र सस्तो स्मार्टफोन सार्वजनिक गरेको छ। जसमा ग्यालेक्सी ए४२ अहिलेसम्मको सबैभन्दा सस्तो ५जी स्मार्टफोनमा परेको कम्पनीले बताएको छ।

करिब चार सय ५५ अमेरिकी डलर मूल्य रहेको यो स्मार्टफोन यस वर्षको सुरुमा सार्वजनिक भएको ग्यालेक्सी ए५१ पछिको अर्को संस्करण हो। जसमा ग्यालेक्सी ए५१ को मूल्य करिब चार सय ९९ अमेरिकी डलर रहेको छ।

सामसङ ग्यालेक्सी ए४२ हालै सार्वजनिक भएको ग्यालेक्सी ए र ग्यालेक्सी एम स्मार्टफोन जस्तै देखिने रिर्पोटले बताएको छ।

हिन्दुस्तान टेकको अनुसार यो स्मार्टफोन ६ इन्च एचडी तथा रिजोलुसन र सुपर एमोल्ड इन्फिनिटी यू डिस्प्लेसहित आउँनेछ। यस फिचरमा प्रयोगकर्ताले फोनमा थुप्रै रंग स्पष्ट देख्न सक्नेछन्, जुन भिडियो हेर्न र बनाउन सहज हुन्छ।

यसमा स्क्रिन फिंगरप्रिन्ट सेन्सरको पनि फिचर रहेको छ।

यो स्मार्टफोनमा ४ वटा क्यामरा छ, जुन ४८ मेगापिक्सल प्राइमेरी सेन्सर, ८ मेगापिक्सल अल्ट्रा वाइड–एंगल सेन्सर, ५ मेगापिक्सल डेप्थ सेन्सर र ५ मेगापिक्सल माक्रो सेन्सर साथ आउने छ।  यस फिचर अन्तर्गत प्रयोगकर्ताले आफ्नो आँखाले भ्याउन सक्ने जति दृश्यको फोटो स्पष्ट खिच्न सक्नेछन्।

फोनको अगाडि भने २० मेगापिक्सलको सेल्फी क्यामेरा छ।

यो सँगै सामसङ ग्यालेक्सी ए४२ मा ७५० जी प्रोसेसरको फिचर छ। चार, ६ र आठ जिबी र्याम, १२८ जिबीको आन्तरिक स्टोरेज सहितको सुविधा बाहेक प्रयोगकर्ताले एक टीबी सम्मको माइक्रोएसडी कार्ड पाउनेछन्।

यसमा पाँच हजार एमएएच ब्याट्रीमा रहेको छ। यो ब्याट्री १५ वाट चार्जिङबाट चल्छ।

ग्यालेक्सी ए४२ स्मार्टफोन नोभेम्बर ६ देखि बेलायतमा उपलब्ध हुनेछ। त्यसको एक महिनापछि यूरोपको अन्य सहरहरुमा पनि उपलब्ध हुने बताइएको छ।

READ MORE NEWS

केही कर्मचारीमा कोरोना पुष्टि भएपछि पर्यटन बोर्ड चार दिनका लागि बन्द

प्रदर्शनीमार्ग नजिकै रहेको नेपाल पर्यटन बोर्डका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

सोसँगै बोर्डबाट अर्को सूचना जारी नभएसम्म कार्यालय भवनभित्र कुनै पनि भेटघाट तथा कार्यक्रम नगराइने नगर्ने भएको बोर्डले जनाएको छ।

यही असोज २५ र २६ गते बोर्डका केही कर्मचारमिा कोरोना पुष्टि भएको थियो भने अन्य कर्मचारी समेत उनीहरुसँगको प्रत्यक्ष सम्पर्कमा रहेका थिए। सोही कारण सम्भावित संक्रमण रोक्न यस्तो निर्णय गरिएको बोर्डले जनाएको छ।

यही २८ गतेदेखि चार दिनसम्म ट्रेकिंग परमिट दिनेबाहेक अन्य सबै काम पूर्ण रुपमा बन्द गरिएको बोर्डका कर्पोरेट सर्भिसेज महाशाखाका निर्देशक सन्तोष पन्तले जानकारी दिए। अब कार्यालयको निर्मलीकरण तथा कोभिड १९ परीक्षणको काम गरिने भएका कारण पनि सेवा बन्द गर्नुपरेको पन्तले विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रक्रियामै अड्कियो पैंचो ल्याउने भनिएको मल

बंगलादेशबाट पैंचोमा ल्याउने भनिएको ५० टन युरिया मल अझै प्रक्रियामै अड्किएको छ । गत भदौ १६ गते नेपालले बंगलादेशसँग ५० हजार टन युरिया मल पैंचो मागेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी सेख हसिनासँग टेलिफोन संवाद गर्दै ५० हजार टन युरिया मल पठाइदिन आग्रह गरेका थिए । बंगलादेशले पनि ५० हजार टन मल दिने आश्‍वासन दिएको थियो । त्यसपछि नेपालले उक्त युरिया मल ल्याउन टेन्डर आह्‍वान गरेर पनि आयातकर्ता छनोट गरिसकेको छ ।

तर, बंगलादेशले एउटा ‘मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ’ (एमओयू) गर्न चाहेकाले मल ल्याउन ढिलाइ भएको कृषि विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले मल ल्याउन प्रक्रिया चलिरहेको बताए । उनका अनुसार कागजी प्रक्रियाका कारण मल ल्याउने समय लम्बिएको हो । यद्यपि उनले बंगलादेशले पठाएको एमओयूको ड्राफ्टमा केही हेरफेर गरेर सरकारले बंगलादेश पठाइसकेको र छिट्टै प्रक्रियाले मूर्तरुप पाउने बताए । “नेपाल र बंगलादेशमा एउटा एमओयूमा हस्ताक्षर हुनुपर्ने, त्यो भएको छैन । बंगलादेशले सम्झौताका लागि ड्राफ्ट पठाएको थियो । त्यसमा केही सच्चाएर हामीले पठाइसकेका छौं । सम्भवतः यो हप्ताभित्र प्रक्रियागत रुपमा टुंगिएला । त्यसपछि आउने क्रम सुरु हुन्छ,” उनले भने ।

सम्झौताको पाटो टुंगिएपछिको १५ दिनभित्र मल आउन सुरु हुने मन्त्रालयले जनाएको छ । “५० हजार टन मल आउन दुई महिना लाग्छ । कागजी काम नटुंगिएसम्म प्याकेजिङ गर्ने, ढुवानी गर्ने काम सुरु भएन,” उनले भने, “कागजी प्रक्रिया टुंगिएको १५ दिनभित्र मल आउन सुरु हुन्छ ।” उनले नेपालको तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया सकिएको बताए । “हाम्रो तर्फबाट सबै प्रक्रिया सकिएको थियो । उनीहरुले चट्गाउँबाट लैजाने भनेपछि हामीले टेन्डर आह्‍वान गरेर पनि टुंग्याइसक्यौं,” उनले भने ।

बंगलादेशले मलको परिमाण र फिर्ता गर्ने विषयमा एमओयू गर्न खोजेको हो । यसबारेमा सुरुवाती समयमा छलफल नभए पनि पछि बंगलादेशले उक्त सम्झौता गर्न चाहेकाले प्रक्रिया लम्बिएको दाबी मन्त्रालयको छ । “हाम्रो तयारी सबै पूरा भएको छ । हाम्रा तर्फबाट पठाउनुपर्ने सबै पठाइसकेका छौं । मन्त्रालयले बंगलादेशसँग गर्ने सम्झौताको मस्यौदा पठाएको छ,” उनले भने, “अहिले त यो प्रक्रिया अगाडि बढेको छ, सम्भवतः यो साता केही होला ।”

कृषि सामग्री कम्पनी लिमिटेडले टेन्डरबाट मल ल्याउने जिम्मा युनाइटेड अरब इमिरेट्सको जेन्टेड यूएई कम्पनीलाई दिइसकेको छ । कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलले मल लिन आउनू भन्‍नेबित्तिकै बोक्न तयारी अवस्थामा बसेको बताए । उनका अनुसार मल ल्याउने जिम्मा पाएको कम्पनीले बोरा प्रिन्टिङ गर्ने काम गरिरहेको छ । “नेपाल सरकार र बंगलादेश सरकारबीच एउटा सम्झौता हुन बाँकी छ । त्यो हुनेबित्तिकै हामी सामान लोड गर्न तयार छौं । सामान लोड गरेको एक सातामा मल आइपुग्छ,” उनले भने ।

मन्त्रालयले यो सिजनका लागि करिब एक लाख ५० हजार टन युरिया मल आवश्यक पर्ने र नपुग ५० हजार टन बंगलादेशसँग पैंचोमा मागेको हो । नेपाल बंगलादेशबाट ल्याउने मल सोही प्रक्रियाअनुसारै अन्य देशबाट किनेर बंगलादेशलाई दिनेछ ।

गहुँ, तरकारी र तोरी रोप्‍ने मौसममा मलको चरम अभाव हुने देखेपछि नेपालले बंगलादेशसँग युरिया मल सापटी मागेको हो । भदौ १६ गते कृषि विकासमन्त्री घनश्याम भुसालले दुई महिनाभित्र बंगलादेशबाट मल आउने बताएका थिए । मन्त्रालयले यसअघि रासायनिक मल भित्र्याउन ठेक्का पाएर पनि मल नल्याएका ठेकेदार शारदाप्रसाद अधिकारीको सैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपललाई कारबाही गरिसकेको छ ।


Your Views
Related News