काठमाडौं । करोडौं नेपालीहरुको मनमा बसेका महानायक राजेश हमाल विवादमा तानिएका छन् । उनी टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ का कारण विवादमा परेका हुन् । क्रिस्चियनको लगानीमा हिन्दुविरोधी कार्यक्रम निर्माण गरेको भन्दै कार्यक्रमको अहिले सामाजिक सञ्जाललगायत चारैतिर विरोध गर्न थालिएको छ । कार्यक्रमका प्रस्तोता भएका कारण त्यसको प्रत्यक्ष असर हमालले व्यहोर्नु परेको हो ।

 

 

समता फाउण्डेसनले कान्तिपुर टेलीभिजनबाट प्रसारण गर्दै आएको ‘जातको प्रश्न’ नेपाली समाजको विभेद र छुवाछुतको अत्यका लागि भन्दै सुरु गरिएको हो । यस कार्यक्रममा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवासहित विभिन्न क्षेत्रका दिग्गज व्यक्तिहरु सहभागि भइसकेका छन् । यो बीचमा अहिले कार्यक्रम हिन्दुबिरोधी भएको भन्दै बिरोध हुन थालेको हो ।

 

 

‘क्रिश्चियन एड नेपाल’को लगानी रहेको कार्यक्रमका कारण अहिले हमाल पनि निसानामा परेका हुन् । हमाल नायक भएर पनि कार्यक्रम मार्फत उनले समाजप्रति अन्याय गरेर खलनायकको भूमिका निर्वाह गरेको आरोप लगाउन थालिएको छ । हमालले ‘जातको प्रश्न’ नामको कार्यक्रम तत्काल छोडेर हिन्दु समाजसँग माफी माग्नुपर्ने अवाज उठाउँदै हमालको पुत्ला बालिएका तस्विर पनि सामाजिक सञ्जालमा छताछुल्ल भएका छन् ।

 

 

सोमबार राष्ट्रिय एकता अभियानको अगुवाईमा काठमाडौंको भिमसेन गोलामा जम्मा भएका हिन्दु समर्थकहरुले हमालको पुत्ला बाल्दै प्रदर्शन गरेका हुन् । कार्यक्रममार्फत हमालले नेपाली हिन्दु समाजको बदनाम गरिहेको अभियानका राष्ट्रिय संयोजक विनय यादवले आरोप लगाएका छन् । नेपाली समाजमा फाटो ल्याउने र ८० प्रतिशतभन्दा बढी हिन्दुहरुको बसोबास रहेको देशमा उनीहरुलाई बदनाम गर्ने गरी सुरु गरिएको कार्यक्रम तत्काल वन्द गराउनु पर्ने माग विरोधीहरुको छ ।

READ MORE NEWS

अग्रिम टिकट खुल्ला, मंसिर १६ गतेदेखि आमहड्ताल घोषणा

  •  मङ्गलबार २७ असोज, २०७७

काठमाडौ । दशैं तथा तिहारका लागी लामो तथा छोटो दुरीका सवारी साधनहरुको अग्रिम बुकिङ खुल्ला गरिने भएको छ । सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालले आफ्नो कार्यालयमा गरेको पत्रकार सम्मेलनमा असोज ३० गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिने जानकारी दिएको हो ।

 

 

राज्यका सरोकारवाला निकाय तथा बैंकहरुले यातायात व्यवसायीको रोदन नसुनेकोले गर्दा आन्दोलनको कार्यक्रम घोषणा गर्न आफुहरु बाध्य भएको महासंघले बताएको छ । प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पर्यटन मन्त्रालयदेखि सरोकारवाला सबै निकायमा धाउँदा पनि सबै निकाय एकले अर्कालाई देखाउँदै पन्छिने गरेको आरोप महासंघले लगाएको छ । महामारीमा थप राहत घोषणा गर्नु पर्नेमा आफैंले बजेटमा घोषणा गरेको व्यवस्था समेत लागु नगरेकोमा महासंघका पदाधिकारीले आश्चर्य प्रकट गरेका छन् ।

 

 

 

महासंघले यसअघि प्रधानमन्त्री कार्यालय लगायत २७ वटै वाणिज्य मन्त्रालयहरुमा ज्ञापनपत्र बुझाई सकेको छ । आजको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराउँदै महासंघले दशैं तिहार सकिए लगत्तै पहिलो चरणमा मंसिर ६ गतेदेखि १५ गतेसम्म १० दिन विभिन्न अनुरोधात्मक कार्यक्रम गर्ने र त्यो गर्दा पनि माग सम्बोधन नभए १६ गतेदेखि देशव्यापी आम हड्तालसम्म गर्ने चेतावनी दिएको छ ।

READ MORE NEWS

जसले सहजै ५४ लाख बराबरको रकम गरेर भागे !

 

  •  मङ्गलबार २७ असोज, २०७७

काठमाडौं । ललितपुर र काठमाडौंका विभिन्न पसलहरुबाट ‘पिपुल कियर नेपाल’ नामक संस्थाको लागि भन्दै ५३ लाख ३१ हजार बराबर रकम ठगि गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

 

 

विभिन्न पसलहरुबाट संस्थाको लागि भन्दै फर्निचर, कार्पेट, ईलक्ट्रोनिक्स सामान र स्टेसनरीको सामान खरीद गरी भुक्तानी नगरी घर धनि समेतलाई ५३ लाख ३१ हजार २ सय ५३ रुपैया ठगि गर्ने सिन्धुली जिल्ला मरिन गाउँपालिका ७ बारविसे घर भई हाल काठमाडौको वेसीगाउँ बस्दै आएका ३३ वर्षिय निरञ्जन थापालाई महानगरीय प्रहरी परिसर ललितपुरलेले पक्राउ गरेको हो ।

 

 

 

उनलाई गत २१ गते ठगिको सामग्री सहित पक्राउ गरेको थियो। थापाले ‘मायालुको गाउँ’ नामक बोलको गित समेत गाएका छन् । उनले संस्था हो पैसा तिरिहाल्छ भन्दै महंगो सामान उठाए । घरबेटीलाई समेत रकम तिर्न बाँकी छदा सबै सामान उठाएर भागे । उनी फरार भएपछि सबैले उजुरी दिए । त्यसपछि प्रहरीले पक्राउ गरेको छ ।


Your Views
Related News