पति–पत्नीसँग जोडिएको गजबको मामला अदालतमा आएको छ । यस विषयलाई लिएर उच्च न्यायालयका न्यायाधिस पनि आश्चर्यमा परेका छन् । वास्तवमा एक पति र पत्नीले एक अर्काको विरुद्ध ६७ पटक मुद्दा दर्ता गराइसकेका छन् ।भारतीय मुलका अमेरिकी नागरिकले आफ्नो पत्नीको विरुद्ध ५८ पटक मुद्दा दर्ता गराएपछि पत्नीले पनि उनको जवाफमा ९ पटक दर्ता गरेकी हुन् । यी मध्ये धेरैमा घरेलु हिंसा, बच्चालाई हिरासतमा राख्ने र दाइजो उत्पीडन जस्ता विषय छन् ।

सर्वोच्च अदालतमा ६७ मुद्दा पुग्दा न्यायाधिस कुरियन जोसफ र आर भानुमति आश्चर्यमा परे । यस पटक ८ वर्षका बच्चालाई कस्टडी लगाएर अदालत पुगेका थिए । न्यायाधीशहरुले आफ्नो पूरा जीवनमा पति र पत्नीले एक अर्काको विरुद्धमा यति धेरै सख्यामा मुद्दा दिएको पहिलो पटक देखेको बताए ।गौरतलबका यी दम्पत्तीको विवाह २००२ मा भएको थियो । विवाह पछि दुवैजना अमेरिका गएका थिए । २००९ मा बच्चाको जन्म भएपछि उनीहरुबीच झगडा सुरु भएको थियो । झगडा सुरु भएपछि एक अर्काको विरुद्ध मुद्दा हाल्दै आएका छन् ।

READ MORE NEWS

एसएलसीपछि अगाडिको यात्रा उच्च माध्यामिक शिक्षा हासिल गर्नु थियो। त्यही शिक्षा हासिल गर्नका निम्ति म र मेरो मिल्ने साथी सरस्वती डोटीदेखि धनगढीसम्म आएका थियौँ। लाखौ सपनाहरुसँगै आमाबुबाका हजारौँ आशिर्वादहरु लिएर हामीले धनगढीको यात्रा तय गरेका थियौँ।सम्म परेको मैदानमाथि ठूला-ठूला घरहरु, चम्किला बत्तीहरुले झिल्मिल् परेको धनगढी साँच्चै सपनाको सहर जस्तै थियो। आएको दोस्रो दिन बिहान ७ बजेतिर इन्ट्रास दिन सन्तोषी टोलको बीचमा रहेको ह्वाइट र बृन्जल कलरलमा सजिएको एसपिए कलेजमा गयौँ।

एकछिनपछि एउटा सर आउनु भयो र केही नियमहरु बताउदै पेपर बाड्नु भयो, परीक्षा सुरु भयो। इन्ट्रासको रिजल्टमा हामी दुवै पास भएपछि अब साइन्स पढ्न पाउने भयौँ भन्दै खुसीले गद्-गद् भएर सरस्वतीलाई कल गरेँ।सरकारी स्कुलमा साना बुकहरु पढेका यता त एउटै बुक एक केजी तौल भएको थियो। मोटा-मोटा पाँच वटा बुकहरु पढ्नु पर्ने, त्यो पनि इंग्लिश टु इंग्लिश। एकछिन त म तर्सिएँ, पानाहरु सबै पल्टाएर भ्याएँ अनि ब्यागमा थन्क्याएर राखेँ।कलेजको पहिलो दिन थियो, सरस्वतीलाई मेरो रुम भएर अलि चाँडै आउन भनेँ। कलेज पुगिसकेपछि गेट निर पाले दाइलाई आफू पढ्ने ब्लक देखाइ मागेर उतैतिर लाग्यौँ। हामीसँगै हुँदा खुब गफ गर्थ्यौँ, एकअर्कालाई सानो कुरा नसुनाइ बस्न सक्दैनथ्यौँ। सायद कतिपयले त इर्ष्या पनि गर्दा हुन् हामीलाई देखेर।

एकछिनपछि एउटा केटी आइ, ऊ पनि हामी बसेकै साइडमा आएर बसी र म तर्फ हात दिदैँ भनी- ‘हेल्लो, आइ एम रिया एण्ड यू?’मैले पनि ‘हाइ, आइ एम छत्रा भनेँ।’ उस्ले तुरुन्तै रिप्लाइ गरीहाली- ‘कस्तो नाम हो के तिम्रो, छत्रा। एनि वे, आजबाट हामी साथी ल।’मलाई सबैभन्दा मन नपर्ने आफ्नो नाम थियो। के गर्नु, बाहुनले यही नाम राखीदिए छन्। मन नभएरै हाँसेर ओके भने। क्यान्टिन, बाथरुमदेखि लिएर बाहिर निस्किनु पर्दा सँगै निस्किन्थ्यौँ। एग्जामको बेला ग्रुप स्टडी गर्थ्यौँ। कहिले उनीहरु मेरो रुममा आउँथे, कहिले म उनीहरुको रुममा पढ्न जान्थेँ। यसरी हामीले सफलतापूर्वक प्लस टु पास गर्यौँ। छ महिनाको छुट्टी थियो, अब के पढ्ने भनेर प्लान बनाउन थाल्यौँ। सरस्वतीलाई नर्सिङ पेशा राम्रो लाग्ने रहेछ, उस्ले नर्सिङ गर्ने कुरा बताइ।

मैले भने केही टुंगो लगाउन सकिरहेकी थिइनँ। यो बिदामा खाली बस्नुभन्दा भनेर धनगढीको एउटा बोर्डिङमा टिचिङ गर्न थालेँ। सरस्वती बिदा मनाउन केही दिनको लागि पहाड गएकी थिइ। उस्को नर्सिङ पढ्ने कुरा फिक्स भएछ, एक हप्तापछि एन्ट्रास एक्जामको तयारी गर्न नेपालगन्ज जाँदै थिइ।केही दिनपछि नेपालगन्जबाट सरस्वतीले कल गरेर, पुष्पलाल चोकमा नजिक रहेको नेपालगन्ज मेडिकल कलेजमा भर्ना हुने कुरा बताउदै- ‘तिमी के पढ्ने?’ भनेर सोधी। ‘हेर न, मैले त केही सोचेकै छैन। अब बिएसी गरौँ की भन्ने सोच बनाइरा छु’ भनेँ।उसले राम्रै हो भन्ने कुरा गरी। समय आफ्नै गतिमा अगाडि बढीरहेको थियो। जिन्दगीमा कहिले सहन सकिने त कहिले असह्य पीडाहरुको आउने जाने क्रम जारी थियो। सोचेको जस्तो जिन्दगी हुँदैन रहेछ। मानिसहरुले त सजिलै केही नबुझी अनेक मूल्यांकन गर्न भ्याइ सकेका हुन्छन्, तर वास्तविक पीडा के हो, कसैलाई थाहा हुन्न। त्यो त स्वयम भोग्नेलाई थाहा हुन्छ।

अनुहार हँसिलो हुँदैमा भित्रदेखि खुसी छ भन्ने हुँदैन, केही पीडाहरु आँसुले बगाउनु भन्दा हाँसोले उडाउनु पर्दो रहेछ। मनमा अनेकौँ इच्छा आकांक्षाहरु हुँदा हुँदै पनि विभिन्न समस्या र परिस्थितिले गर्दा तिनीहरुलाई मनभित्रै तिलान्जली दिनु पर्ने रहेछ। मैले मेरो जिन्दगीको लक्षलाई मोडेर जयमालिका कलेजमा साइक्लोजीबाट बिएसडब्लू जोइन गरेँ।धेरैले प्रश्नहरु खडा गर्थे, किन फ्याकल्टी चेन्ज गर्यौ भनेर। कतिपयले त पढ्न नसकेर होलासम्म भन्न भ्याएछन्। तर मेरो वास्तविकता के हो, मैले कसैलाई बुझाउन चाहिनँ। मनमा दृढ विश्वास र कडा मिहेनत गरेर आफ्ना संघर्षका पाइलाहरु अघि बढाउन थालेँ।

केही समयपछि मम्मीको बिरामीको कारणले गर्दा मैले नेपालगन्ज जानु पर्ने थियो। सरस्वतीलाई हामी आउदै छौँ भनेर कल गरेँ। त्यो दिन गाडीको सफरले गर्दा म खाना खाएर सुतीसकेछु। मम्मी र सरस्वती गफ गर्दै थिए, कतिबेला सुते पत्तै भएन।एकदिन सरस्वतीले म तिर हेर्दै भनी- छत्रा, तिमीलाई कस्तो केटा मन पर्छ?मैले जिस्किदै भनेँ- बिहे गर्ने उमेर भाको हो र?उस्ले मुस्कुराउँदै भनी- सपना त देख्न पाइन्छ नि, यस्तो होस् उस्तो होस् भनेर।’पाइन्छ नि,’ मैले भनेँ।उस्ले फेरि सोधी- ‘तिमी लभ म्यारिज गर्छौ कि अरेन्ज म्यारिज?’मैले ऊतर्फ फर्किदै भनेँ- ‘भाग्यले जे दिन्छ, त्यही म्यारिज गर्छु।”कति संस्कारी भएकी हेर न,’ उसले जिस्काउन थाली मलाई।

शनिबारको दिन थियो, अलि माइन्ड फ्रेश गर्न हामी नजिकैको पार्कमा गयौँ। पार्कमा युगल जोडीहरु आफ्नै धुनमा रमाइरहेका थिए। धेरैजसो कपलहरु थिए। सरस्वतीले मलाई जिस्काउदै भनी, ‘तिम्लाई ब्वाइफ्रेन्ड बनाउन मन पर्दैन?’मैले सिधा उत्तर दिएँ, ‘छन् नि, धेरै ब्वाइफ्रेन्डहरु।”त्यस्तो हैन क्या पागल, स्पेशल भनेको।’अलि सिरियस हुँदै भनेँ, ‘अहिले त्यस्तो मुडमा छैन डियर म।’उस्ले मुस्कुराउदै भनी- ‘म त प्लानिङमा छु, राम्रो मान्छे भेटियो भने कुरा अगाडि बढाउछु।’मैले जिस्काउदै भने- ‘राम्रो भन्या कस्तो नि?’ऊ निकै भावनामा डुब्दै भन्न थाली- ‘मलाई माया गर्ने, ह्यान्डसम अनि सोझो केटो।”ओ महारानी, त्यस्तो केटा कहाँ पाउछौ आजभोलिको जमानामा? कलियुग हो यो, यहाँ केटाहरु त श्रीकृष्ण जस्तै गोपिनिहरु पछाडि लगाएर घुम्दै हिड्छ्न अनि साँचो माया पाउन तिमीले सोचेजस्तो सजिलो छैन बुझ्यौ,’ मैले उस्को कुरा काट्दै भनेँ।

‘साँचो मनले मागेपछि पाउँछ नि,’ उस्ले उत्तर दिइ।म मुसुक्क हाँसे मात्र। मम्मीको स्वास्थ्यमा पनि केही पहिलाभन्दा सुधार आइसकेको थियो। अझै केही दिन बस्नु पर्ने थियो। आज कलेजको फेरवेल पार्टी रहेछ, औपचारिक रुपमा ऊ कलेजबाट बिदा हुँदै थिइ। जब पनि अप्लाइ गरेकी रहिछ, जबको कुरा पनि फिक्स भयो।अब ऊ पनि जबर भइ, आफ्नो खुट्टामा उभिन सक्ने यी खुसीहरु हामीसँग बाडेर बाँकी खुसीहरु बाड्न आफ्नो घर जाने निर्णय गरी। केही दिनपछि सरस्वतीको कल आयो, प्राइभेट गाडी पाए आज नै नेपालगन्ज आउने कुरा गरी।बिहान ६ बजेको थियो, फेरि फोन गरी। गाडीको वेटमा छु, मलिन स्वरमा पाइरा छैन भनेर सुनाइ। मैले अलि सान्त्वना दिदै भनेँ, ‘पाइहाल्छौ, चिन्ता नगर।’

केही समयपछि फेसबुक अन गरेँ, सरस्वतीले म्यासेज गरेकी रहेछ। म्यासेज हेरेँ, एउटा रामायण कथा जति लामो म्यासेज गरेकी। पढ्न झ्याउ लागिरहेको थियो। तैपनि के भनेकी रहेछ भन्ने उत्सुकताले नपढी बस्न सकिनँ।’मैले भनेकी थिएँ नि, भगवानले मलाई राजकुमार जस्तै केटा पठाको छन् भनेर। हो, आज म त्यै राजकुमारको बाइकमा लिफ्ट मागेर आउदै छु नि। क्या ह्यन्डसम छ केटा, मैले सोचेभन्दा नि बढी। अनि यति राम्रो मान्छेको मन नराम्रो हुने कुरै भएन।’मैले ओक इन्जोए योर जोर्नी विथ योर ड्रीम बोइ भनेर म्यासेज गरेँ। केही समयपछि फेरि म्यासेज गरी- ‘सुन न, केटाको नाम के हो थाहा छ? चक्र खडायत।”खडयात, कस्तो थर!”पहिलो चोटि सुनेकी थिएँ तर पनि आफ्नो नामको पछाडि जोडेर हेरेँ- सरस्वती खडायत कस्तो मिलेको है? अनि अर्को कुरा, के काम गर्नु हुन्छ भनेकी, तपाई जस्ती राम्री नर्सहरुलाई लिफ्ट दिने गर्छु भन्यो। सायद उस्ले पनि मलाई मन परायो होला, त्यसैले यस्तो भन्यो है।’मैले रिप्लाइ गरेँ ‘अनि गर्लफेन्ड छ कि नाइ सोधेनौ?”अब चिसापानी निर नास्ता खान्छौँ अनि सोध्नु पर्ला। सुन, तिम्लाई फोटो नि पठाउछु है’ भनेर अफलाइन भइ।

‘कति फटाहा भाकी हेर न, पूरै केटालाई पट्याइरा छ’ मैले मनमनै सोचेँ। उस्को म्यासेज पढ्दा पढ्दा तरकारी जलिसकेछ, जलेको बास्ना आएपछि मात्र थाहा पाएँ। अहिले त ३ वटा फोटा पठाएर ‘ल हेर, मेरो राजकुमार अनि गर्लफ्रेन्ड पनि छैन रे। पहिला नै भनेको होनि, भगवानले बिहान-बिहान मलाई गिफ्ट दिनु भाको भनेर. रियल्ली आइ एम लक्की गर्ल’ भनेर म्यासेज गरी।हेर्दाखेरी मान्छे फिल्मको हिरोभन्दा कम थिएन। गुलाबी सर्ट, जिन्स पाइन्ट, सेतो जुता, सर्लक्क परेको जीउ, झन् आँखामा लगाएको कालो चस्माले सुनमा सुगन्ध थपेको थियो। कर्णालीको पानीले मुख धुने बहाना बनाएर अलि पर नदी छेउ पुगेर मलाई कल गरी।’हामी ओपन भएर कुरा गरिरा छौँ, मनमा नर्सलाई राख्ने विचार छ रे। अलि कुरा घुमाएर बोल्छ। केटोले सिधैँ आइ लभ यू भने भैहाल्थ्यो नि। गफाडी छ अनि फोन कट नगर है, अन लिमिटेड भ्वाइस प्याक लिएकी छु। हामी कुरा गर्छौँ, तिमी सुन्नु है’ भनी।उनीहरु कुरा गरिरहेका थिए। मलाई यस्तो लाग्दै थियो की रेडियोबाट स्टोरी सुनीरहेकी छु। कति खुसी थिइ, उसले त्यो केटाको नाम बाहेक अरु केही थाहा नहुँदा हुँदै पनि मेरै हो जस्तो गरिरहेकी थिइ। समय ८:३५ भएको थियो, फेरि फोनमा घण्टी बज्यो। कस्को रहेछ भनेर हेरेँ, सरस्वतीको रहेछ।

‘काम डन भयो, हामीले एक-अर्काको नम्बर पनि लिइसक्यौँ। अब फोनमा हामी कुरा गर्न सक्ने भयौँ। अनि जब पनि सोधेँ, रिजनल म्यानेजर इन मेडिसिन कम्पनी रहेछ। हामी छुट्टी सक्यौँ,’ म पुग्न थालेँ भनी।कता पुग्यौ भनेर सोध्दा ‘धम्बोजीनिर पुगेँ, अब अटोमा बस्छु। ५ मिनेटमा पुगेँ रुम’ भन्दै फोन कट गरी। म नुहाउन बाथरुममा गएँ। पाँच मिनेटमा पुग्छु भन्ने मान्छे १५ मिनेट भैसकेको थियो, आइ पुगेकी थिइन।

एकछिनपछि नयाँ नम्बरबाट फोन आयो र रिसिभ गरेँ। ‘हेल्लो, तपाईं छत्रा रावल हो?’म- ‘हजुर, छत्रा नै हो। भन्नु न के काम थियो होला?”तपाईको साथी हुन् की के हुन् सरस्वती, उहाँ चढेको अटोलाई ट्रकले हानेछ। उहाँको अवस्था गम्भीर छ, तपाई चाँडै आउनुस्।’यी शब्दहरु सुन्न सक्ने ममा कुनै सामर्थ्य थिएन र पनि सुन्न बाध्य भैरहेकी थिएँ। होसमा थिएँ या बेहोसमा, म आफैलाई थाहा थिएन। रोडको छेउमा रगतले लत्पत्तिएर मृत्युको अन्तिम सास फेरिरहेकी सरस्वतीलाई देखेर मेरो होस नै उडेकी थियो।म उस्को सामु पुग्न नपाउदै भुइमा पछारिएकी थिएँ। मेरा हात, खुट्टा र शरीर पूरै कापिरहेको थियो, मुखबाट एक शब्द सरस्वती निकाल्न सकीरहेकी थिइनँ। आँखाबाट आँसु खसिरहेको आफैलाई पत्तो थिएन, घिर्सिदै उस्को छेउमा पुगेँ। रगतले लत्पतिएको उस्को हात समातेँ। आँखाका नानिहरु म तर्फ पार्दै गहभरी आँसु बनाइ।

सकी/नसकी बोल्न थाली, ‘छत्रा, म धेरै लक्की छु सोच्थेँ तर रहेनछु। जुन सपनाहरु मैले बनाएकी थिएँ, ती पूरा भएनन्। सायद जिन्दगीमा म पहिलो पटक होला त्यती धेरै खुसी भएकी। बाइकमा बस्दा मोडहरु र ब्रेकहरुको धक्काले म उस्को पिठ्यूँमा टाँसिन पुग्थेँ। त्यो स्पर्शले मलाई आभास दिएरहेको थियो की म उसैको लागि जन्मिएकी हुँ।आधा जिन्दगीको यात्रा ऊसँग गरिसकेकी छु, अब आधा जिन्दगी बिहे गरेर कटाउँछु। मन यति धेरै चन्चल भएको थियो की म कन्ट्रोल गर्न सकीरहेकी थिइनँ। पहिलो भेटमा भेटिएको ऊसँग म यति धेरै किन नजिक भैसकेकी थिएँ। हँसिलो अनुहार, सेता दाँतहरु मेरो आँखामा गडिएर बसीसकेका छन्। भगवानसँग यति मात्र माग्न चाहन्छु की जिन्दगीमा अरु चिजको कमी भए पुग्छ तर उस्को साथको कमी कहिले नहोस्।’

आफू मृत्युसँग लडिरहेकी सरस्वती फेरि पनि उसैको बयान गरीरहेकी थिइ, म उस्का शब्दहरु सुन्न बाहेक अरु केही गर्न सकीरहेकी थिइनँ। उस्को अवस्था एकदमै नाजुक थियो। ऊ बाच्न भगवानको भरोसा मात्र थियो, उस्को यो हालत देखेर ऊभन्दा अगाडि म आफै मर्दै छु भन्ने लागिरहेको थियो।मेरो तिर फर्किए जस्तो गरेर ऊ केही बोल्न खोज्दै थिइ, मैले केही सहज बनाइदिएँ र बोल्न थाली, ‘जिन्दगी दुई दिनको हो भन्थे, हो रहेछ र मेरा दुई दिनहरु अलि छोटा रहेछन्। सोचेको पनि थिइनँ की यति छिट्टै यो संसार बिदाइ गर्नुपर्छु भनेर।’मैले उस्लाई चुप लाग्न भनेँ, अवस्था झन्-झन् नाजुक बन्दै गइरहेकी थियो। अब त बाँकी रहेको बोली पनि बन्द भयो, यताउता आँखा डुलाउन थाली। केही समयपछि ऊ यो संसारबाट अलप भइ।

प्रीय सरस्वती, तिमी साथी मात्र थिएनौ, मेरो सबैथोक थियौ जस्लाई म आफ्नो परिवारभन्दा पनि बढी माया गर्थेँ। फोनमा सास नफेरेर गफ गर्ने तिमी अहिले एकैछिनमा निशब्द भयौ। तिमीलाई यो रोडको छेउमा हैन, तिम्रो राजकुमारसँग मन्डपमा रातो सारी लगाएर, रातो अबिरले सिउँदो भरिरहेको हेर्न मन छ।एक शब्द तिम्रो मुखबाट छत्रा भनेको सुन्ने मन छ। तिम्रा धेरै सपनाहरु पूरा भएको हेर्ने मन छ। तिमीसँग मनाङ, मुस्ताङ अनि खप्तड घुम्न मन छ। यति छोटो हैन, जुगौजुगसम्म मित्रता गाँस्न मन छ।

तिमी राष्ट्रको सेवक नर्स हौ भनेर संसार चिनाउन मन छ, हाँस्दै गरेको एउटा सेल्फी खिचेर फेसबुकको भित्ता रंगाउन मन छ। तिम्रो बुवाआमालाई यो मृत्युको खबर हैन, सरस्वतीले आफ्नो नर्सिङ पूरा गरेर हजुरको शिर माथि उठाएकी छ अनि हजुरको लागि ज्वाइँ खोजेकी छ भनेर सुनाउन मन छ।प्रीय, तिमी एकचोटी भए नि उठीदेउ। तिम्रो सपनाको राजकुमार चक्रले म्यासेज गरिरहेको छ। उस्लाई तिम्रो मृत्युको खबर हैन, तिम्री सरस्वती साँच्चीकै विद्याकी देवी सरस्वती माता जस्तै छिन्। ज्ञानी, राम्री अनि मायालु पनि, तिमीहरुको जोडी खुब मिल्छ भनेर सुनाउन मन छ, मात्र तिमी एकपटक उठीदेऊ।मेरा साना कुराको महत्व राख्ने मेरी प्रीय सरस्वती, आज मेरो विलापको वास्ता गरिरहेकी थिइन्। गर्थी पनि कसरी, ऊ यो संसार नदेख्ने गरी बिदा भैसकेकी थिइ। ऊसँग भएका प्रीय तस्बिरहरु फेसबुकको भित्तामा राख्दै, तिम्रो बैकुण्ठमा बास होस् लेखेँ। योभन्दा बढी लेख्न सक्ने अवस्था थिएन। हातहरु कापीरहेका थिए, मुटुको धड्कन कन्ट्रोलभन्दा बाहिर थियो।


Your Views
Related News