काठमाडौँ, २७ असोज: तामाकोशी करिडोर नेपालको जलविद्युत्का लागि परिचित क्षेत्र हो । सोही करिडोरमा यतिबेला राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् परियोजना निर्माण सकिने क्रममा छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट उत्पादित विद्युत् निकट भविस्यमा नै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदैछ । सोही करिडोरमा १०० मेगावाट क्षमताको तामाकोशी पाँचौँको निर्माण शुरु हुनै लागेको छ । यस्तै झण्डै ८८० मेगावाट क्षमताको तामाकोशी तेस्रोलगायत अन्य आयोजनासमेत निकट भविष्यमा निर्माणमा जाने तयारी छन् ।

निजी क्षेत्रले निर्माण सम्पन्न गरेका र निर्माणमा जान लागेका आयोजनाको सङ्ख्या झण्डै एक दर्जनको हाराहारीमा रहेको छ । माथिल्लो तामाकोशीको बाँधस्थल लामाबगरभन्दा माथिल्लो तटीय क्षेत्रमा समेत थप दुई आयोजना अध्ययनको क्रममा छन् । त्यस्तै, दोलखा र रामेछापमा पनि अन्य आयोजना निर्माणाधीन तथा निर्माणमा जाने तयारी छन् । ती सबै आयोजनाबाट उतपादित हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणाली जोडेर बढी माग हुने क्षेत्रमा पु¥याउनका लागि सबैभन्दा महत्वपूर्ण हुन जान्छ प्रसारण लाइन ।

माथिल्लो तामाकोशीबाट उतपादन हुने विद्युत् रामेछापको न्यू खिम्ती सवस्टेशनबाट सिन्धुली, महोत्तरी हुँदै धनुषाको ढल्केबरमा पु¥याएर मात्रै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । प्रसारण लाइन तथा अन्य संरचनाको अभावमा विद्युत् घुमाउनु परेको छ ।यही अवस्थालाई मध्यनजर गरेर सरकारले ४०० केभी क्षमताको तामाकोशी–काठमाडौँ प्रसारण लाइन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ । नेपाल सरकार, नेपाल विद्युत् प्राधिरकण तथा एशियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्न थालिएको हो ।

राष्ट्रिय प्राथमिकता प्राप्त तामाकोशी–काठमाडौँ २२०÷४०० केभी क्षमताको प्रसारण लाइन आयोजनाले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य सार्वजनिक निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्नेछ । यस्तै रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्राणलीमा जोडिने भएको छ । न्यू खिम्तीदेखि काठमाडौँसम्म कूल ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ ।

सोही प्रसारण लाइन निर्माणको क्रममा दोलखा जिल्लाको मेलुङ गाँउपालिका, भीमेश्वर नगरपालिकालगायत विभिन्न स्थानमा पर्ने ४०० केभी आयोजनाको टावर निर्माणका लागि जग्गा प्राप्ति गर्ने प्रक्रिया शुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय दोलखाले आज एक सार्वजनिक सूचना प्रकाशित गरी आयोजनाले प्रभावित पार्ने क्षेत्रका जग्गाधनीलाई मुआब्जा वितरण गर्न लागेको हो । सरकारले गत साउन १९ गते आयोजना प्रभावित क्षेत्रको जग्गा प्राप्ति गर्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा गत साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले जग्गा प्राप्ति गर्ने निर्णय गरेको थियो । ‘जग्गा प्राप्ति ऐन, २०३४’ को दफा ९ बमोजिम जग्गा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाइएको आज प्रकाशित सूचना उल्लेख छ ।

सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र जग्गाको भोगचलनसम्बन्धी काजगात, निस्सा तथा प्रमाणसहित रीतपूर्वक नेपाल विद्युत् प्राधिकरण, तामाकोशी–काठमाडौँ प्रसारण लाइन आयोजना भक्तपुर र साइट कार्यालय चरिकोटमा आवेदन दिन आग्रह गरिएको छ । आयोजनाले कूल ३६६ जनाको जग्गा लिन लागेको छ । आयोजनाले रीतपूर्वक निवेदन दिई सरकारको काममा सहयोग गर्नसमेत आग्रह गरेको छ । जग्गा प्राप्ति ऐनअनुसार आयोजना प्रभावितलाई कानूनअनुसार मुआब्जा उपलब्ध गराइनेछ ।-

READ MORE NEWS

यसकारण खानामा गोलभेँडा नछुटाउनुस्

धेरै मानिसहरुलाई गोलभेँडा स्वाद मन पर्दैन कतिपयले काँचै गोलभेँडा समेत खान सक्छन् । तर, गोलभेँडा खानु स्वास्थ्यका लागि भने निकै लाभदायक मानिएको छ । प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट र शरीरलाई आवश्यक अन्य तत्वहरु पाइने भएकाले पनि यसले हामीलाई थुप्रै रोगहरुबाट बचाउँछ । गोलभेँडाका फाइदाहरु यस्ता छन् :

१. आँखा

‘भिटामिन ए’ युक्त गोलभेँडाले हाम्रो दृष्टि सुर्धानुका साथै रतन्धो र अन्य आँखासम्बन्धी रोगबाट पनि बचाउँछ ।

२. क्यान्सर

विभिन्न अनुसन्धानहरुले पत्ता लगाएअनुसार गोलभेँडामा पाइने एन्टिअक्सिडेन्ट लाइकोपेनले क्यान्सरको सम्भावनालाई प्रभावकारी रुपमा न्यून गराउन सक्छ । फोक्सो, पेट र प्रोस्टेट क्यान्सरविरुद्ध गोलभेँडाले राम्रो भूमिका खेल्न सक्छ ।

३. रगत स्वस्थ राख्न
अध्ययनले देखाएअनुसार एउटा गोलभेँडाले मात्र पनि दैनिक ‘भिटामिन सी’को आवश्यक्तालाई पूरा गर्न सक्छ । यसका साथै गोलभेँडाले रगत बहाव राम्रोसँग सञ्चालन गर्न र रगतलाई स्वस्थ राख्नमा मद्दत गर्छ ।

४. मुटु रोगको खतरालाई न्यून गराउँछ
यसमा पाइने लाइकोपेन नामक तत्वले मुटुसम्बन्धी रोगबाट बचाउँछ । गोलभेँडालाई विभिन्न तरिकाले दैनिक सेवन गर्दा यसले कोलेस्ट्रोललाई नियन्त्रण गर्न सक्छ र रगत नलीमा जम्ने बोसोलाई समेत कम गराउँछ ।

५. पाचन प्रणाली सुधार्न
दैनिक गोलभेँडा खाने गरेमा यसले हाम्रो पाचन प्रणालीलाई समेत धेरै फाइदा गराउँछ । साथै यसले कब्जियत र झाडापखाला जस्ता बिरामीलाई पनि राहत दिलाउँछ । जन्डिसबाट पनि बचाउने हुँदा गोलभेँडा स्वास्थ्यका लागि धेरै फाइदाकारक खानेकुरा हो । शरीरको फोहोरलाई समेत प्रभावकारी तरिकाले हटाउन सक्ने क्षमता भएको गोलभेँडालाई हामीले खानामा छुटाउनु हुँदैन ।

स्याटेलाइटको लागि का-ब्याण्डको फ्रिक्वेन्सी खुला गर्न सरकारलाई प्राधिकरणको सिफारिस

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइटको लागि आवश्यक पर्ने फ्रिक्वेन्सी खुला गर्न सरकारलाई सिफारीस गरेको छ । स्याटेलाइटमार्फत ग्रामीण क्षेत्रमा तीव्र गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउने योजनाका साथ प्राधिकरणले यसलाई अघि बढाएको हो ।यसको लागि प्राधिकरणले का–ब्याण्ड (Ka-Band) को नयाँ फ्रिक्वेन्सी खुला गर्न रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिलाई सिफारिस गरेको प्राधिकरणका निर्देशक अम्बर स्थापितले बताएका छन् ।

‘प्राधिकरण बोर्डको निर्णय अनुसार नै यो प्रक्रिया अघि बढाइएको हो,’ उनले भने, ‘यस विषयमा प्राधिकरण बोर्डले असोज ५ गते नै निर्णय गरेको थियो । त्यसैका आधारमा अघिल्लो साता समितिमा पत्र पठाइएको हो ।’विश्व परिवेशमा पनि का–ब्याण्डको फ्रिक्वेन्सी स्याटेलाइट प्रयोजनका लागि प्रयोग हुँदै आएको छ । त्यसै अनुरुप प्राधिकरणले उक्त ब्याण्डको फ्रिक्वेन्सी स्याटेलाइटको लागि छुट्याउने सिफारिस गरिएको निर्देशक स्थापितले बताएका छन् ।उनका अनुसार १९.७ गीगाहर्जदेखि २१.२ गीगाहर्जसम्म १५०० मेगाहर्ज ब्याण्ड डाउनलिंकका लागि तथा २९.५ देखि ३१ गीगाहर्जसम्म अपलिंकका लागि छुट्याउन सिफारिस गरिएको छ ।उनका अुसार यो ब्याण्डको फ्रिक्वेन्सी हाल विश्व परिवेशमा सुरु भएको नयाँ कनेक्टिभिटी फाइभजीका लागि पनि उपयोगी ब्याण्ड हो ।

Your Views
Related News