काठमाडौं । भारतीय अभिनेता, संगीतकार, गायक, लेखक, निर्देशक र निर्माता किशोर कुमार चलचित्रका हरेक विधामा पारंगत थिए । उनी सँधै आफ्नै सर्तमा बाचे  । किशोर कुमारको वास्तविक नाम भास कुमार गांगुली थियो। उनले कहिले पनि संगीतको अध्ययन गरेनन् तर भनिन्छ उनी प्रत्येक गीत गाउन सक्दथे। किशोर कुमार एक अलराउन्डर व्यक्ति थिए। १३ अक्टुबर १९८१ मा किशोर कुमार संसारबाट बिदाइ भएका थिए।फिल्म जीवन बाहेक, किशोर कुमार आफ्नो सम्बन्धलाई लिएर चर्चामा रहे। उनले चार जनासँग विवाह गरेका थिए । उनले पहिलो पटक १९५१ मा अभिनेत्री रुमा गुहासँग विवाह गरे। सो समय किशोर कुमारको बलिउडमा कुनै चर्चित थिएन। उनीहरूको विवाहको आठ बर्ष पछि १९५८ मा सम्बन्धविच्छेद भयो। यसको पछाडिको कारण मधुबाला थिइन्।

विवाहित किशोर कुमार ती दिनमा मधुबालाको प्रेममा परे। किशोर कुमारले मधुबालालाई प्रस्ताव गरेको बेला उनी उपचारको लागि विदेश जाँदै थिइन्। किशोर कुमारले  रुमासँग सम्बन्धविच्छेद गरेर केही समयपछि मधुबालासँग विवाह गरे । उनले आफ्नो धर्म परिवर्तन गरेर इस्लाम धर्म अपनाए। किशोर कुमारले आफ्नो नाम करीम अब्दुल राखेका थिए। यद्यपि किशोर कुमारका परिवारका सदस्यहरूले उनीहरूको सम्बन्धलाई कहिले पनि स्वीकारेनन्। किशोर कुमारको यो विवाह पनि असफल भयो। मधुबालाको मुटुको प्वालको कारण मृत्यु भयो भने र किशोर कुमार एक्लै भए।

मधुबालाको मृत्यु पछि योगीता बाली किशोर कुमारको जीवनमा आइन्। उनीहरूबिच पहिले प्रेममा भयो र त्यसपछि विवाह गरे। उनीहरूको १९७६ मा बिहे भयो। समय बितेसँगै दुवैको सम्बन्धमा दरार आउन थाल्यो । १९७८ मा दुबैले सम्बन्धविच्छेद गरे। योगिताले पछि मिथुन चक्रवर्तीसँग विवाह गरिन्।योगिताबाट सम्बन्धविच्छेद पछि अभिनेत्री लीना चन्द्रवरकरले किशोरको जीवनमा प्रवेश गरिन्। चौथो र अन्तिम पटक १९८० मा, किशोर कुमारले लीनासँग विवाह गरे जसको उनीहरूसँग एक छोरा सुमित कुमार छन्। लीना र किशोर बीच २१ बर्षको भिन्नता रहेको थियो। यो विवाह किशोर कुमारको अन्त्यसम्म चलेको थियो।

READ MORE NEWS

रोजगारीको ग्यारेण्टीसहित सीप तालिमको नयाँ कार्यक्रम ल्याउँदैछौं

यो बेला धेरै जना विदेशबाट फर्कनु भएको छ । कतिको रोजगारी गुमेको छ । विदेशमा मात्र हैन देशभित्रै पनि बेरोजगार बन्नु परेको अवस्था छ । यो बेलामा सीप तालिम सिकौं भन्ने धेरैलाई लागेको होला ।तर अहिले बोर्डले दिने निःशुल्क सीप तालिम कोरोनालाई मध्यनजरमा राखेर र तालिम लिन आउनेहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर स्थगित गरिएको छ  । तर यसको मतलब अब सञ्चालन हुँदैन भन्ने हैन । हामीले उपायहरु सोचिरहेका छौं । कोरोना सङ्क्रमणको अवस्था कम भएपछि अथवा कोरोना सङ्क्रमण सामान्य अवस्थामा फर्किएपछि निःशुल्क सीप तालिम पुनः सञ्चालन गर्नेछौं ।

तालिम सञ्चालन गरिरहेकै अवस्थामा स्थगित गर्नुपर्यो । त्यसैले अब पहिले तालिम लिँदालिँदै रोकिएकाहरुको लागि तालिम पुनः सञ्चालन गर्छौ र नयाँ ब्याचको लागि पनि विज्ञापन निकाल्छौं ।त्यही अनुसार क्यालेण्डर बनाइएको थियो । कोरोनाको कारणले स्थगित गर्नुपर्यो । तालिम सञ्चालन गरिरहेकै अवस्थामा स्थगित गर्नुपर्यो । त्यसैले अब पहिले तालिम लिँदालिँदै रोकिएकाहरुको लागि तालिम पुनः सञ्चालन गर्छौ र नयाँ ब्याचको लागि पनि विज्ञापन निकाल्छौं ।अहिलेको अवस्थामा विदेशबाट फर्केकाहरु पनि धेरै हुनुहुन्छ । उहाँहरुले पनि सीप सिकेर आउनुभएको होला । यस्तै स्वदेशमै बेरोजगार बस्नुभएका युवाको जमात पनि ठूलो छ । यो सबैलाई मध्यनजर गर्दै दुई बेग्लाबेग्लै ढंगबाट कार्यक्रम अगाडि ल्याउन खोजिएको छ । एउटा वैदेशिक रोजगारीमा जान चाहनेलाई लक्षित गरेर, तोकिएका केही सीप तालिममा  निःशुल्क रोजगारीको सुनिश्चितता हुने गरी तालिमको व्यवस्थापन गर्दैछौं ।

अर्को, वैदेशिक रोजगारीबाट फर्किएर आएकाहरुको हकमा, यदि उनीहरुले सीप सिकेर आएका छन् भने निःशुल्क सीप परीक्षण गर्ने व्यवस्था पनि छ । यो काम हामीले अघिल्लो वर्षदेखि सुरु गरेका थियौं, त्यसलाई निरन्तरता दिनेछौं ।यस्तै कसैले सीप सिकेको छ र थप सीपको आवश्यकता छ भने त्यस्तो खालको क्षमता अभिवृद्धिको लागि दुई तीन हप्ता सीप सिकाएर थप क्षमतावान बनाउनको लागि पनि हामीले कार्यक्रम योजना बनाएका छौं ।

स्वरोजगारको ग्यारेण्टीसहित नयाँ कार्यक्रम ल्याउनेछौँ 

बोर्डले अहिले पुनःएकीकरण कार्यक्रमको ढाँचा बनाइरहेको छ । यो कार्यक्रम सञ्चालनमा ल्याइसकेपछि विदेशमा समस्यामा परेर फर्केकाहरुलाई लक्षित गरी एनएसटीभीको तह एक, तीस कार्यदिनको सीप तालिम पनि दिँदैछौं । यो सीप तालिम मागको आधारमा गर्दैंछौं । यसको लागि सम्बन्धित व्यक्तिको सहभागितामा नै कस्तो खालको सीप तालिम चाहिने हो भन्ने निर्क्यौल गरिसकेपछि मात्रै त्यो सीप तालिम दिने गरिन्छ । यो सीप तालिम दिनको लागि विदेशबाट फर्किनुभएकाहरुलाई चरणबद्ध रुपमा बोर्डको कार्यक्रममा सहभागी गराउँछौं । सहभागी गराउनको लागि पालिकासँग सहकार्य गर्छौं । पालिकाकै सिफारिसमा साँच्चिकै परदेशमा दुःख पाएर फर्केका श्रमिकलाई नै लक्षित गरिन्छ । त्यसपछि सबैभन्दा पहिले उहाँहरुलाई मनोसामाजिक परामर्श दिनुपर्छ या मानसिक हिसाबले तयार गरिसकेपछि दोस्रो चरणमा उद्यमशिलता विकास तालिममा सहभागिता गराइन्छ ।

आफूलाई कस्तो प्रकारको सीप चाहिएको हो, त्यो सीपको बजार कस्तो छ, आफूसँग भएको सीपलाई नै बढाउने हो कि, नयाँ सीप सिक्ने हो कि, अथवा वित्तीय सहयोग चाहिएको हो यी सबै कुराको बारेमा बुझेर मात्र हामीले सीप सिकाउँछौं । यो, परदेशबाट दुःख पाएर फर्केकाकहरुलाई पुनः एकीकरणपछि गर्ने छुट्टै खालको कार्यक्रम हो । यो त बोर्डको कार्यक्रमको कुरा मात्रै भयो । यसबाहेक नेपाल सरकारले पनि वैदेशिक रोजगारीबाट फर्केर आउनेहरुको लागि नै लक्षित गरेर थुप्रै निःशुल्क सीप तालिमहरु सञ्चालन गर्दैछ ।उद्योग मन्त्रालय, कृषि मन्त्रालय, श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय अन्तर्गतकै भैंसेपाटी तालिम प्रतिष्ठानले विभिन्न विषयमा निःशुल्क तालिम दिँदैछ । बोर्डले उपलब्ध गराउने सीप तालिम सन्दर्भमा, आफूलाई रुचि भयो सीप तालिम सिक्न चाहन्छु भन्दैमा तालिममा सहभागी गराईंदैन । यसको प्रक्रियागत ढंगले सहभागी गराइन्छ । बरु थोरै सङ्ख्यामा होस् तर स्वरोजगारको ग्यारेण्टीसहित त्यो कार्यक्रम ल्याउँदैछौं ।

स्थानीय सरकारले दुई, तीन लाख रुपैयाँ सहुलियत कर्जामा ऋण दिने, विभिन्न रोजगारीका अवसरहरु उपलब्ध गराउने काम गरिरहेको छ । विभिन्न स्थानीय तहहरुले सुरु गरिसकेका छन् । यो पनि पुनः एकीकरण अन्तर्गतकै काम हो । वैदेशिक रोजगार बोर्डले पनि पालिकासँगै साझेदारी गरेर गर्ने हो ।सङ्क्रमणको दर फैलिरहेको अहिलेको अवस्थाका कारण अहिले नै तालिम प्रदान गर्न सकिने अवस्था छैन । सीप सिक्नेहरुलाई पनि जोखिममा राख्नु उचित हुँदैन । सीप तालिम भनेको भर्चुअल मिटिङ गरेजस्तो गरी सिकिने कुरा पनि भएन । यो नितान्त व्यवहारिक तथा अभ्यास गरेर सिक्नुपर्ने विषय हो ।यस्तै इलेक्ट्रोनिक टेक्निसियन, प्लम्बर लगायतका विषय पनि छन् । सुरक्षा गार्ड, ब्युटिसियन, सिलाइबुनाइ आदि १९ वटा विषयहरु छन् । आन्तरिक श्रमबजार पनि हुने र विदेश जानुपर्यो भने अन्तर्राष्ट्रिय श्रम बजारको स्ट्यान्डर्ड भेट्ने गरी हामीले विषय डिजाइन गरेका छौं ।

त्यसैले यसमा व्यक्तिको निरन्तर सक्रिय सहभागिता आवश्यक हुन्छ । त्यो पनि एक, दुई जना होइन, समूहगत रुपमा हुन्छ । समूहगत रुपमा अभ्यास गराउँदै सिकाउँदै लैजाने कुरा भएकाले उहाँहरुलाई थप जोखिममा लैजान हामीले चाहेनौं । तर कोभिडको सङ्क्रमण कम हुँदै गएपछि यही आर्थिक वर्षदेखि बोर्डले यो कार्यक्रम सुरु गर्नेछ ।अहिले हामीसँग राष्ट्रिय सीप परीक्षा समिति अर्थात् एनएसटीसीको तह एक बराबर हुने गरेर १९ वटा विभिन्न विषयमा पाठ्याक्रम तयार गरिएको छ । उदाहरणको लागि निर्माण क्षेत्रसँग सम्बन्धित डकर्मी, सिकर्मी लगायतका सीप छन् ।यस्तै इलेक्ट्रोनिक टेक्निसियन, प्लम्बर लगायतका विषय पनि छन् । सुरक्षा गार्ड, ब्युटिसियन, सिलाइबुनाइ आदि १९ वटा विषयहरु छन् । आन्तरिक श्रमबजार पनि हुने र विदेश जानुपर्यो भने अन्तर्राष्ट्रिय श्रम बजारको स्ट्यान्डर्ड भेट्ने गरी हामीले विषय डिजाइन गरेका छौं ।

मूलतः यसको पाठ्यक्रम राष्ट्रिय र अन्तर्राष्ट्रिय दुईवटै श्रम बजार हुने गरेर बनाएका छौं । त्यो सीप तालिम लिएपछि आन्तरिक श्रम बजारमा काम पनि काम गर्न सकिन्छ, वैदेशिक रोजगारीमा जाँदा पनि भरपर्दो रोजगारीको प्रत्याभूति हुन्छ । एउटामा काम गर्ने भनेर लगेर अर्कोमा काम गराउने गरेको पनि देखिन्छ ।तर आफूसँग सीप छ, सीप सिकेको प्रमाणपत्र छ भने भनेको काम सजिलै पाइन्छ । त्यसैले सम्बन्धित क्षेत्रसँगको अनुभव र सीप भएपछि अन्य क्षेत्रमा काम गर्नुपर्ने बाध्यता सिर्जना हुँदैन । ठगिनबाट पनि बचिन्छ । अर्को, वैदेशिक रोजगारीमा जानेहरुकै लागि मात्र भनेर, अन्तर्राष्ट्रिय श्रम बजारमा मान्यता प्राप्त हुने र वैदेशिक रोजगारीको सुनिश्चितता हुने गरी त्यस्तो तालिम दिन सक्ने संस्थासँग सम्झौता गरेर जाने पनि बोर्डको तयारी छ । त्यस्ता संस्थासँग लागत साझेदारीको आधारमा तालिम दिने गरी योजना तर्जुमा हुँदैछ ।

सीप प्रमाणिकरण किन गर्ने ?

विदेशमा लामो वर्ष बसेर सीप सिकेको छ तर स्वदेशमा आएर अथवा विदेशमै पनि अन्य ठाउँमा रोजगारीको लागि जाँदा मैले यो काम गरेको छु भनेर देखाउनको लागि आधिकारिक प्रमाण हुँदैन । त्यस्तो अवस्थामा सीप प्रमाणिकरण गरेपछि आधिकारिक प्रमाण हुने भयो ।स्वरोजगार हुन्छु, आफूसँग भएको सीप र पुँजी प्रयोग गरेर स्वदेशमै केही गर्छु भन्नेको लागि पनि वित्तीय सहयोगको लागि कुनै संस्थामा जाँदा पनि त्यहाँ सीप सिकेको प्रमाण के छ भनेर माग्छन् । त्योबेला पनि यसको महत्व हुन्छ ।त्यसैले आफूसँग भएको सीप प्रमाणित गराउनको लागि सीप परीक्षण जरुरी छ । राष्ट्रिय सीप परीक्षण समिति छ, त्यो समितिबाट लिइने सीप परीक्षा निःशुल्क हुन्छ । सीप परीक्षणको परीक्षा दिएर प्रमाणपत्र पाइसकेपछि, रोजगारीको अवसर लिनको लागि पनि त्यो प्रमाणपत्र काम लाग्छ ।

यस्तै स्वरोजगार हुन्छु, आफूसँग भएको सीप र पुँजी प्रयोग गरेर स्वदेशमै केही गर्छु भन्नेको लागि पनि वित्तीय सहयोगको लागि कुनै संस्थामा जाँदा पनि त्यहाँ सीप सिकेको प्रमाण के छ भनेर माग्छन् । त्योबेला पनि यसको महत्व हुन्छ ।यस्तै कारणले गर्दा सीप सिकेको प्रमाणपत्र आवश्यक हुन्छ । यदि आफूसँग सीप छ भने परीक्षा दिएर प्रमाणपत्र लिएको राम्रो हुन्छ । यो आफूसँग भएको सीप प्रमाणित गर्ने अवसर हो, जुन निःशुल्क पनि छ । यस्तै आफूले सीप सिकेर आएको छु तर पूर्ण छैन, यसै सीपलाई राम्रोसँग सिकेर प्रमाणपत्र लिन्छु भन्नेहरुको लागि पनि व्यवस्था छ । त्यो पनि निःशुल्क नै हुन्छ ।अहिले कोरोनाको कारणले विभिन्न कामहरु रोकिएका छन् । प्रदान गरिंदै आएका तालिमहरु पनि सञ्चालनमा छैनन् । कतिपयलाई सीप सिक्नको लागि कसरी सम्पर्क गर्ने भन्ने अन्योल पनि हुन सक्छ । त्यसको लागि वैदेशिक रोजगार बोर्ड सचिवालयको वेबसाइटमा गएर पनि सूचना हेर्न सकिन्छ ।यस्तै वैदेशिक रोजगार बोर्ड भनेर फेसबुक पेज पनि छ, त्यहाँ पनि हेर्न सकिन्छ । स्वदेशमा रहनुभएकाहरुले बोर्डको कल सेन्टर ११४१ मा निःशुल्क फोन गरेर पनि बुझ्न सकिन्छ ।

(बोर्डका कार्यकारी निर्देशक श्रेष्ठसँग सन्जिता देवकोटाले गर्नुभएको कुराकानीमा आधारित ।)


Your Views
Related News