हरेक व्यक्तिका आ-आफ्नै चाहना हुन्छन्। त्यस्ता चाहनाहरु समय-समयमा प्रकट पनि हुन्छन्। प्रायः हरेक पुरुषको एउटा समान चाहना हुन्छ, सुन्दर श्रीमती पाउनु। तर यो त जरुरी छैन कि सबैको यो चाहना पूरा होस्।यसमा केही हदसम्म हाम्रो भाग्यले पनि प्रभाव पार्छ। अर्थात राशिअनुसार पनि पुरुषले सुन्दर महिला पाउने विषय शास्त्रमा उल्लेख गरेको पाइन्छ।

तुला राशि सुन्दर श्रीमती पाउनुलाई भाग्यसँग जोडिन्छ। र त्यसआधारमा तुला राशि भएका व्यक्ति सबैभन्दा भाग्यमानी मानिन्छन्।तुला राशि भएका व्यक्ति धेरै इमोशनल र समझदार हुन्छन्। यस्ता राशि भएका व्यक्तिको प्रमुख विशेषता हो कि यीनिहरु आफ्नो पार्टनरसँग गहिरो सम्बन्ध स्थापित गर्न सफल हुन्छन्।

कन्या राशि कन्या राशि भएका पुरुष धेरै सुन्दर हुने विश्वास छ। यस्तो राशि भएका व्यक्ति कुरा गर्नमा पनि सिपालु हुन्छन् । कन्या राशि भएका व्यक्तिमा खास गरेर केटीलाई पट्याउने अनौठो कला पनि हुन्छ। जसकारण उनीहरु सुन्दर केटीलाई आफ्नो जीवनसाथी बनाउन सफल हुन्छन्।

कर्कट राशि शास्त्रमा वर्णन गरिए अनुसार कर्कट राशि भएका व्यक्ति पनि भाग्यशाली मानिन्छन्। यो राशि भएका व्यक्ति धेरै दूरदर्शी हुन्छन् । यसको अतिरिक्त यो राशि भएका व्यक्ति भविश्यका लागि सजग पनि हुन्छन् ।यस्तो राशि भएका व्यक्ति केटीको चाहना बुझ्न माहिर मानिन्छन्। कुनै महिलालाई के चाहिएको छ भन्ने कुरा कर्कट राशि भएका पुरुषले सजिलै बुझ्न सक्छन् ।

साथै केटीलाई कसरी आफूप्रति आकर्षित गर्ने भन्ने विषयमा पनि कर्कट राशि भएका पुरुषहरु धेरै सजक हुन्छन्। यो राशि भएका धेरै व्यक्ति प्रेम विवाह (लभ म्यारिज) गर्छन्।

मकर राशि भएका व्यक्ति धेरै रोमान्टिक मानिन्छन्। आफ्नो पार्टनरलाई सरप्राइज दिन उनीहरुलाई विशेष ज्ञान हुन्छ। उनीहरु अचानक खुसी बनाउन पनि माहिर हुन्छन्।मकर राशि भएका व्यक्ति धेरै ‘क्यूट’ र रोमान्टिक व्यक्तित्वको हुन्छन्। जसकारण पनि केटीले यस्ता राशि भएका पुरुषलाई मन पराउँछन्।

READ MORE NEWS

यलम्बरको नयाँ तस्बिर सार्वजनिक

नेपालको किरातकालीन पहिलो राजा यलम्बरको नयाँ रेखाचित्र सार्वजनिक गरिएको छ । वरिष्ठ कलाकार टेकबीर मुखियाले २०४८ सालमा निर्माण गरेको यलम्बर रेखाचित्रलाई युवावस्थालाई नयाँ रूपमा सार्वजनिक गरिएको हो । नयाँ रेखाचित्रलाई कलाकार देव कोइमीले निर्माण गरेका हुन् । किरात राई यायोक्खाले प्रकाशन गरेको यलम्बरको रेखाचित्र मंगलबार एक समारोहबीच सार्वजनिक गरिएको हो ।

 नेपालको इतिहासमा गोपालवंशी, महिषपालवंशी, किरातवंशी, लिच्छविवंशी, मल्लवंशी, शाहवंशी युग हुँदै नेपाल वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रवेश गरेको उल्लेख छ । इतिहासकारकाअनुसार नेपाली सभ्यताको विजारोपण र विकासको आरम्भ किरातकालमा भएको पाइन्छ । यलम्बरदेखि खिजुसम्म ३२ पुस्ताले १९ सय ६४ वर्ष शासन गरेका थिए ।

तिनै किरात शासनका आरम्भकर्ता यलम्बरलाई गौरवमय व्यक्तित्वका रूपमा लिने गरेको यायोक्खाका अध्यक्ष दिवस राईले बताए । ‘अबदेखि किरात यलम्बरको युवाकालीन रेखाचित्र विश्वभरि प्रयोग गरिनेछ,’ अध्यक्ष राई भने ।किरात जाति तथा समुदायमा दुईथरी यलम्बर सम्वत्‌को समेत प्रचलनमा छ । यसलाई येले संवत्, येले तङ्बे, येले थोचे भन्ने गरेका छन् । पहिलेदेखि चलनमा रहेअनुसार सन् २०२० लाई येले संवत् ५०८० र पछिल्लो दशकमा इतिहासविद्ले पहिल्याएअनुसार ३७९९ समेत उल्लेख गरेको पाइन्छ ।

कोभिडको समयमा कार्यालयमा काम गर्दा कस्ता सावधानी अपनाउने ?

काठमाडौँ — कोभिड–१९ को महामारीमा प्राय:ले घरबाटै काम गरिरहेका छन् । सबैजसो कार्यालयहरु खुला नभएता पनि अत्यावश्यक सेवाका कार्यालयहरु खुलिरहेका छन् । ठूल्ठूला कार्यालय जहाँ धेरै कर्मचारीहरु कार्यरत छन् त्यहाँ संक्रमणको जोखिम धेरै हुन सक्छ ।

 

कार्यालय र कार्यालयको कर्मचारीले संक्रमणको जोखिम कम गर्न कस्ता खालका सावधानी अपनाउने त ?

  • कार्यालयमा पहिला जुन तरिकाको संरचना र व्यवस्थापन थियो अब यसमा फेरबदल गर्नुपर्छ । जस्तै नजिकनजिक टेबल–कुर्सी भएकालाई दूरी मिलाएर सेटअप गर्नुपर्छ ।
  • सेन्सरयुक्त ढोका, ह्यान्डिल लगायतका कुरामा ठूला कार्यालयलहरुले संरचना परिवर्तन गर्नुपर्छ ।
  • कार्यालय छिर्नुअघि कर्मचारी र सेवाग्राहीले साबुन पानीले हात धोएर प्रवेश गर्ने वा अल्कोहलयुक्त स्यानिटाइर प्रयोग गर्नुपर्छ ।
  • कार्यालयमा स्यानिटाइजर, साबुन, टिस्यु पेपरलगायत हाइजिनका सामानहरु पर्याप्त मात्रामा कर्मचारी र ग्राहकका लागि उपलब्ध हुनुपर्छ ।
  • कर्मचारीहरु मास्क लगाएर र दूरी (कम्तीमा२ मिटर) कायम गरेर बस्नुपर्छ । पटकपटक साबुन पानीले मिचिमिचि हात धुनुपर्छ ।
  • दैनिक प्रयोगमा आउने र धेरै जनाले प्रयोग गर्ने ढोकाको ह्यान्डिल, डेस्क, बत्तीको स्वीच, शौचालय, किबोर्ड, टेलिफोन, प्रिन्टर, फिल्टर लगायतलाई सफा र निसंक्रमण गरिराख्ने गर्नुपर्छ ।
  • कर्मचारीहरु भेट हुने बित्तिकै हात मिलाउने, अँगालो हाल्ने कार्य नगर्ने ।
  • लक्षण नदेखिएता पनि कोभिडको संक्रमण हुने भएकाले कुराकानी गर्दा पनि ६ फिटको दूरी कायम गरेर मात्र ग्राहक, सहकर्मीसँग कुराकानी गर्ने गर्नुपर्छ ।
  • ब्रेक भएको बेला साथीभाइसँग खाजा खाँदा पनि बाहिर खाने र दूरी कायम गरेर खानुपर्छ । खाइसकेपछि मास्क लगाएर मात्र गफ गर्ने गर्नुपर्छ ।
  • सेवाग्राही आउने कार्यालय हो भने भीडभाड हुन नदिन त्यही अनुसार कार्यालयले व्यवस्था गर्नुपर्छ । जस्तै दूरी कायम गरिएको लाइन व्यवस्था गर्ने ।
  • सेवाग्राही बस्नका लागि दूरी बनाएर सोफा वा कुर्सी राख्ने विषयमा ध्यान दिनुपर्छ ।
  • भाइरस भीडभाडमा र भेन्टिलेसन नभएका रुममा छिटो सर्ने सम्भावना हुने भएकाले खुला हावा आवतजावत हुने कार्यालयको सेटअप तयार गरिनुुपर्छ ।
  • लिफ्टमा धेरै जना नचढ्ने । लिफ्टको बटन हातले थिच्नुहुन्न । टुथ पिक र टिस्यु पेपरले थिच्ने । सकेसम्म भर्‍याङ चढेर माथि जाने ।

Your Views
Related News