परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को बर्दघाट नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएका महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन गर्न अवकाश पछि रु दुई लाख उपदान दिने भएको छ । राज्यले उपेक्षा गरेको भन्दै गुनासो गर्दै आएका स्वयम्सेविकाले आफूहरुको योगदानको मूल्याङ्कन गरी नगरपालिकाले एकमुष्ठ उपदान दिने निर्णय गरेको भन्दै खुशी भएका छन् ।

 

 

अब नगर भित्रका महिला स्वयम्सेविकाहरुले ६० वर्षमा सेवापछि अवकाश पाउँदा नेपाल सरकारले दिने रकमको अतिरिक्त नगरपालिकाबाट थप रु दुई लाख एकमुष्ठ पाउने न¥गर प्रमुख धीरज शर्मा बस्यालले राससलाई जानकारी दिनुभयो । नगरसभाबाट पारित भईसकेकोले चालु आर्थिक वर्षदेखि नै यो कार्यक्रम कार्यान्वयन हुने उहाँले बताउनभुयो ।

 

 

यस निर्णयबाट सामुदायिक स्वास्थ्य कार्यक्रम थप प्रभावकारी हुने बताउँदै नगर प्रमुख बस्यालले भन्नुभयो, “समुदायमा रहेर विशेषगरी बाल मृत्युदर र मातृ मृृत्युदर घटाउन तथा स्वास्थ्य क्षेत्रमा उहाँहरुले पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै अवकाशपछि उक्त रकम दिने निर्णय गरेका हौँ । ”

 

 

 

बर्दघाट नगरपालिकामा ४५ जना स्वास्थ्य स्वयम्सेविका छन् । अवकाशपछि स्वयम्सेविकालाई एकमुष्ठ रु दुई लाख प्रदान गर्ने बर्दघाट नगरपालिका नेपालकै पहिलो स्थानीय तह रहेको नगरपालिकाले जनाएको छ ।

 

 

समाजमा स्वास्थ्य क्षेत्रमा ठूलो योगदान गर्दै आएका स्वयम्सेविकाहरुले हाल अवकाश लिँदा नेपाल सरकारबाट रु २० हजार पाउने गरेको स्वास्थ्य कार्यालय परासीका निमित्त प्रमुख कृष्णप्रसाद पोखरेलले बताउनुभयो । अन्य स्थानीय तहले पनि उपदान दिने गरेको तर यति धेरै रकम दिने बर्दघाट मात्रै रहेको उहाँले बताउनुभयो । रासस

READ MORE NEWS

हज तीर्थयात्रामा जाने चिनियाँ मुस्लिमहरुका लागि बनाइयो यस्तो कडा नियम

  • जनबोली न्यूज नेटवर्क
  •  बुधबार २८ असोज, २०७७

बेइजिङ । चीनले वार्षिक रुपमा साउदी अरेबियामा हजयात्राका लागि जाने चिनियाँ मुस्लिम तीर्थयात्रीहरुका लागि नयाँ नियम घोषणा गरेको छ । चिनियाँ सरकारले उनीहरुलाई देशको इस्लामिक संघ मार्फत मात्रै तीर्थयात्रामा जान आदेश दिएको छ । साथै चिनियाँ मुस्लिमहरुलाई यस नियमको विरोध नगर्न पनि चीन सरकारले आदेश दिएको छ ।

चीनमा उघुर तुक्र्स र हुइ गरी जम्मा २ करोड मुस्लिम जनसंख्या छ । जसमध्ये उघुर पूर्वी तुर्केस्तानबा आएका हुन् भने हुइ मुस्लिम चीनकै आदिवासी समुदाय हो । यस वर्ष ११ हजार ५ सय मुस्लिम साउदी अरेबियामा हुने हज पर्वका लागि जाने अपेक्षा गरिएको छ । जब कि, २०१६ मा १४ हजार ५ सय तीर्थयात्री साउदी गएका थिए भने गत वर्ष १२ हजार ८ सय मात्रै हज तीर्थयात्रामा गएका थिए ।

हजयात्रीका लागि जारी गरिएका नियम २४ बुँदामा उल्लेख छन् । जसमध्ये एक चाहिँ चिनियाँ मुस्लिम तीर्थयात्रीलाई हज गर्न साउदी पठाउनका लागि चाइनिज इस्लामिक एसोशिएसन मात्रै चिनियाँ आधिकारिक संस्था भएको बताइएको छ ।

यसवाहेक अन्य कुनै पनि व्यक्ति वा संस्थाले यस तीर्थयात्राको व्यवस्थापन वा आयोजना गर्न नसक्ने नियम जारी गरिएको छ । चीनको सिङजियाङ प्रान्त १ करोड भन्दा धेरै उघुर मुस्लिम बसोबास गर्ने स्थान हो ।


Your Views
Related News