काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहका बालसखा प्रभाकर राणालाई जब पारसको खबरले झस्कायो, तब उनी स्तव्ध भए । प्रभाकरले सोचेका पनि थिएनन् पारस अहिले पनि त्यो हदसम्म ओर्लिएर कोहिमाथि जाइलाग्लान भनेर ।

 

 

 

घटना पोहोरकै हो । पूर्वयुवराज पारसलाई पोखरामा पैसाले साह्रै मुस्किल भएपछि बाबु ज्ञानेन्द्रलाई फोन गरे । उनले साथी प्रभाकरलाई फोन गर्न भने अनुसार पारसले त्यसै गरे । पारसले आफूलाई बुबाले फोन गर्न भनेको कुरा सुनाउने बित्तिकै यताबाट प्रभाकरले भने, ‘सरकार फिस्टेल लजमा सवारी होस्, मैले त्यहाँ भनिदिएको छु ।’

 

 

 

फोनमा यति–उति पैसा भन्ने तय भएको थिएन, पारसले पनि सोधेनन् । सिधै लेकसाइडस्थित फिस्टेल लजको काउन्टरमा पुगे । त्यहाँ थिए, म्यानेजर । पारसलाई देख्नेबित्तिकै उनले एउटा कागजमा बेरेर राखिएको मुठो दिए । पारसले कागज खोलेर हेरे, एक–एक लाखको दुईवटा गड्डी देख्नासाथ मुख बिगारे । अनि, आफूमाथि अपमान भएको भन्दै म्यानेजरमाथी ख’निए । उनको ना’कबाट र’गत आउन थाल्यो ।

 

 

 

पारस पैसा त्यहीँ फ्याँकेर निस्किए । अनि, म्यानेजरले प्रभाकरलाई फोनमा यस्तो घटना सुनाए । सुन्नासाथ प्रभाकरले मुख बिगारे, तर जवाफ दिएनन् । किनभने, उनले फोन रिसिभ गरिरहँदा अगाडि पञ्चायतकालिन दुई जना मन्त्री थिए । त्यसपछि प्रभाकर केही पर, एकान्तमा पुगे ।

 

 

लगभग १०–१५ मिनेट कोहीसँग फोनमा कुरा गरेर साथीहरू भएको ठाउँमा फर्किए । त्यसबेलासम्म पनि उनको अनुहार राम्रोसँग खुल्न सकेको थिएन । त्यहाँ बस्नेहरूको अनुमान थियो– कि त प्रभाकरले ज्ञानेन्द्रलाई फोन गरेर पारसको हर्कतबारे सुनाए । कि, फेरि फिस्टेलमा फोन गरेर पारसले भनेजति पैसा दिन लगाए ।

 

 

 

यसरी पारसलाई पैसा चाहिँदा साथीलाई भनेर दिलाए पनि पूर्वराजा ज्ञानेन्द्रको मनमा छोराप्रतिको माया भने औपचारिक मात्र हो, भित्रदेखि होइन । मानौँ, कसैले राजसंस्था फर्काइदिएछ भने पनि पारस फेरि युवराज नहुने पक्का नै छ । पत्नी हिमानीसँगको सम्बन्ध पनि औपचारिक मात्रै हो । काठमाडौैं आएको बेला छोराछोरी त भेट्छन्, तर पत्नी र बाबुहरूसँग बस्दैनन् ।

 

 

 

उता, ज्ञानेन्द्रमा भारतप्रतिको भरोशा घटेको छ । आजभन्दा १२ वर्षअघि भारतलाई सकेसम्म किन चिढ्याउनु भन्ने ज्ञानेन्द्र आजकल भारतीय बेवास्ताको कारण निराश छन् । जनआस्थाबाट

READ MORE NEWS

जटिल अवस्थामा किन आउँदैछन् भारतीय सेनाध्यक्ष नेपाल !

  • जनबोली न्यूज नेटवर्क
  •  बुधबार २८ असोज, २०७७

काठमाडौं । नेपाल र भारतबीच सीमा विवाद उत्कर्षमा छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीपनि चरम अवस्थामा छ । यस्तो बेलापनि भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभाने नेपाल आउँने भएका छन् । उनको नेपाल भ्रमणको तयारी थालिएको भारतिय स्रोतले बताएको छ ।

 

 

नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन छ । त्यसैका लागि नरभाने नेपाल आउन लागेको बुझिएको छ । नरभाने नेपालसँग सम्बन्धित विभिन्न बयानमा निक्कै विवादित पात्र बनेका छन् । उनले नेपाली राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता बिरोधी अभिव्यक्ति दिनेगरेको भन्दै विभिन्न समयमा जनस्तरबाट आलोचित बन्दै आएका छन् ।

 

 

 

 

नेपाली सेनाको जंगीअड्डा स्रोतका अनुसार नरभानेलाई कात्तिक महिनाभित्रै नेपाल भ्रमणमा आउने गरी औपचारिक निमन्त्रणा पठाउन लागिएको छ । भारतीय पक्षसँग अनौपचारिक संवादपछि निम्तो पठाउन लागिएको सैनिक स्रोतको दाबी छ ।

 

 

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रलाई मिचेर सडक निर्माण गरेपछि दुई देशबीच सीमा विवाद सतहमा आएको थियो । त्यहीबीच नरभानेले नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।

 

 

प्रकरणपछि मानार्थ सेनापतिको सम्मान दिने प्रचलन नै रोक्न माग समेत गरिएको थियो । प्रधानसेनापति पूर्णचन्द्र थापाले भने २९ पुस २०७५ मा भ्रारत भ्रमण गरेर मानार्थ सेनापतिको सम्मान ग्रहण गरिसकेका छन् ।

 

 

उनी नेपाल फर्किएपछि २० माघ २०७६ को मन्त्रिपरिषद बैठकले भारतीय सेना प्रमुख नरभाने र इजरायलका सेना प्रमुख अभी जोकोभिचको नेपाल भ्रमण स्वीकृत गरिसकेको छ । त्यही अनुसार नरभानको भ्रमण हुन लागेको हो ।

 

 

मानार्थ सेनापतिको सम्मान सेनाका परमाधिपति राष्ट्रपतिबाट प्रदान गर्ने चलन छ । महामारीका वेला हुन लागेको भ्रमणमा नरभानेले कसकसलाई भेट गर्छन् भन्ने टुंगो लागिसकेको छैन । जंगीअड्डा स्रोत भन्छ, ‘भेटवार्ता र कार्यक्रमबारे भ्रमण मिति तय भएपछि मात्र टुंगो लाग्छ ।’


Your Views
Related News