काठमाडौं । ललितपुरमा एक वृद्धमाथि गरिएको व्यवहारले सिंगो मानवतालाई चकित बनाएको छ । भारत, उत्तर प्रदेशको ललितपुरको रोडा गाउँमा एक ६५ बर्षे दलित वृद्धमाथि जुन व्यवहार गरियो त्यसले सबैलाई चकित बनाएको हो ।

यस घटनालाई लिएर एक व्यक्तिले प्रहरीमा निवेदन दर्ता गराएका छन् । ललितपुर प्रहरीले घटना सम्बन्धमा अनुसन्धान थालेको जानकारी दिएको छ । जानकारी अनुसार सोनु यादवले केही दिन अघि ति वृद्धको छोरालाई अभ्रद व्यवहार गरेको आरोप छ ।

बुबा र छोरा प्रहरीमा पुगेपछि यादवले उनीहरूलाई कुरा मिलाउन र निवेदन फिर्ता लिन बल प्रयोग गरेको पनि खुल्न आएको छ । मंगलबार यादवले बुबा (अमर) लाई पि*सा*ब पिउन वाध्य पारेको आरोप लगाइएको छ । उनले नमान्दा यादवले बल प्रयोग गरेको बताइएको छ ।

बाबुले सोनु यादवले केहि दिन पहिले आफ्नो छोरालाई अभ्रद व्यवहार गरेको बताएका छन् । त्यस घटनालाई लिएर यादवबिरूद्ध निवेदन दर्ता गरिएको थियो । अमरले एएनआईलाई बताए अनुसार सोनु यादवले उनीहरुलाई घटना गाउँमै मिलाउन भन्दै निवेदन फिर्ता लिन बल प्रयोग गरेका हुन् ।

ललितपुरका एसपी मिर्जा मञ्जर बेगले यादवको खोजतलास सुरु गरिएको जानकारी दिएका छन् । उनले केही व्यक्तिहरूले रोडा गाउँमा दुई गाउँलेमाथि गलत्त व्यवहार गरेको जनाएका छन् ।

सूचना पाउने बित्तिकै प्रहरीले निवेदन दर्ता गर्यो । घटनामा भुमिका रहेका व्यक्ति प्रहरी नियन्त्रणमा आएका छन् । यस घटनामा संलग्न अन्यको खोजी भइरहेको बेगले बताएका छन् । उनले यस प्रकारका कुनै पनि कार्य सहन नहुने स्पष्ट पारेका छन् ।

READ MORE NEWS

कोरोना सङ्क्रमण बढिरहेको भन्दै घरभित्रै दशैँ मनाउन प्रशासनको अनुरोध

  •  बुधबार २८ असोज, २०७७

काठमाडौं । कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दशैँ, तिहारलगायत चाडपर्व मनाउन आग्रह गरेको छ । प्रशासनले अनावश्यक हिँडडुल नगर्न, भेला जमघटका कार्यक्रममा सहभागी नहुन र स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न अनुरोध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीद्वारा जारी सूचनामा जिल्लावासीलाई १४ बुँदे सुझाव दिइएको छ । जिल्लामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई हजार ७६४ नाघेको सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९७ पुगेको भन्दै अत्यन्तै सावधानी अपनाउन अनुरोध गरिएको छ ।

धार्मिकस्थलमा धर्म परम्परालाई निरन्तरता दिई नित्य पूजाअर्चना मात्र गर्न, दशैँमा फूलपाती भित्र्याउने काम साङ्केतिकरूपमा गर्न, खेलकूदका कार्यक्रम, जात्रा, मेला तथा उत्सव नगर्न प्रशासनको आग्रह छ ।

READ MORE NEWS

सरकारले सार्वजनिक यातायातको भाडा यति धेरै घटायो

  •  बुधबार २८ असोज, २०७७

काठमाडौँ । सरकारले सिट क्षमताको आधा मात्र यात्रु राख्ने प्रावधानलाई यथावत् राख्दै सार्वजनिक यातायातको भाडा भने घटाएको छ । सोमबारको मन्त्रिपरिषद्को निर्णयले बन्दाबन्दीपछि वृद्धि गरिएको ५० प्रतिशत भाडा घटाएर पूर्ववत् भाडा नै कायम गरेको हो ।

यससँगै डेढीले भाडा बढेकामा अब सामान्य अवस्थामा आउने भएको छ । तथापि सो निर्णयलाई सरकारले औपचारिक रूपमा सार्वजनिक भने गरेको छैन ।

असोज १ बाट खुला गरिएको लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातको भाडा ५० प्रतिशत वृद्धि गरी आधा सिटमा मात्र यात्रु राख्न पाउने व्यवस्था गरिएको थियो ।

परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले ‘सोमबारको मन्त्रिपरिषद् बैठकले भाडा पूर्ववत् नै कायम गरे पनि यात्रु कति राख्ने भन्नेबारे निर्णय नभएको’ बताउनुभयो ।

उहाँले भन्नुभयो, “तत्कालका लागि बढाइएको ५० प्रतिशत भाडालाई घटाएर पूर्ववत् भाडा कायम गरिएको हो । पूर्ण सिट क्षमतामा यात्रु राख्न पाउने÷नपाउने कुरामा अहिले कुनै छलफल र निर्णय भएको छैन । ”

व्यवसायीले भने भाडा घटाएपछि पूर्ण सिट क्षमतामा यात्रु राख्नु पाउनुपर्ने माग गर्दै आएका थिए तर सरकारले भने आधा सिट क्षमतामा मात्रै यात्रु राखेर पुरानै भाडा दरमा बस सञ्चालन गर्ने निर्णय गरेको छ । व्यवसायीले भने त्यस्तो हुन नसक्ने बताएका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्नुहुन्छ, “सरकारको निर्णय आधिकारिक रूपमा सार्वजनिक भएको छैन । हाम्रो बुझाइ भाडा घटाउने र पूर्ण सिट क्षमतामा यात्रु राख्न पाउने भन्ने हो तर भाडा घटाउने यात्रु चाहिँ आधा मात्र राख भन्ने खालको निर्णय हो भने स्वीकार्य हुने छैन, त्यस्तो निर्णयको कल्पना पनि गर्न सकिँदैन । ”

महासङ्घका अनुसार भाडा घटाउने तर पूर्ण सिट क्षमतामा यात्रु राख्न नदिने हो भने हाल चलिरहेका ३५ प्रतिशत सार्वजनिक यातायात पनि बन्द हुने छन् ।

कोरोना महामारीको अति प्रभावित यातायात क्षेत्र असोज १ बाट सुचारु भए पनि यात्रुको चाप नभएकाले खालीखाली हिँड्नुपरेको महासङ्घले जनाएको छ । सबै बस सञ्चालन हुन सकिरहेका छैनन् । जम्मा ३५ प्रतिशत बस मात्र सञ्चालन भएका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।


Your Views
Related News