काठमाडौ । नेपालका सरकारी अस्पतालहरु जटिल समस्याको निदान गर्नका लागि सफल छन् भन्ने उदाहरण शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल लगायतले प्रमाण पेश गरिसकेका छन् ।

 

 

केही स्वास्थ्य समस्या भए वीर अस्पताल नै पुगेर पूर्व राष्ट्रपति डा. रामवरण यादवले वीर अस्पतालको भरोसा बढाउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पतालमा नै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएर भरोसा जगाउनुभयो । यता शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलेपनि अत्यन्तै जटिल मानिएका शल्यक्रियाहरु सफल गराएर सबैको ध्यान तानेको छ ।

 

 

भर्खरै मात्रपनि शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले १०० प्रतिशत बन्द भएको मुटुको धमनी प्राइमरी एनजियोप्लास्टी गरी खुलाएको छ । यो बारेमा अस्पतालका कार्यकारी निर्देशक डाक्टर चन्द्रमणि अधिकारीले जानकारी दिनुभएको छ ।

 

 

उहाँले सामाजिक सञ्जालमा जनहितका लागि भन्दै लेख्नुभएको छ चालीस वर्ष भन्दा कम उमेरमा हृदयघात हुनु सामान्य होइन। शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा प्रत्येक वर्ष लगभग ११ प्रतिशत चालीस वर्ष मुनिका बिरामी हृदयघात भएर आउँछन्। यस्ता बिरामीहरुमा हृदयघात मुटु रोगको कारक धुम्रपान पाइन्छ।

 

 

आज शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा केवल ३२ वर्षका यी बिरामी चुरौटे नै रहेछन । कोरोना कहरका बीचमा पनि प्राइमरी एनजियोप्लास्टी गरी १०० प्रतिशत बन्द भएको मुटुको धमनी खोलियो। हृदयघात भएको लक्षण सुरु भएको १२ घण्टा भित्र गरिने यो उपचार उत्कृष्ट उपचार हो। मुटु लाई माया गरौं सुर्ती चुरोटको सेवन बन्द गरौं।

 

 

 

पहिलो फोटो १०० प्रतिशत बन्द धमनी।

दोस्रो फोटो। प्राइमरी एनजियोप्लास्टी पछि खोलिएको धमनि।

READ MORE NEWS

त्रिविले अचानक प्रकाशित गर्यो यस्तो महत्वपूर्ण सुचना

  •  मङ्गलबार २७ असोज, २०७७

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट सामाधान खोज्न आग्रह गरेको छ । त्रिविले सूचना जारी गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो । “आंशिक शिक्षकले राखेका विषयमा वार्ता र छलफलको माध्यमबाट निकास निकाल्न सकिने विषयमा विश्वविद्यालय विश्वस्त रहेको छ”, सूचनामा भनिएको छ ।

त्रिविले लामो समयदेखि रहेको आंशिक शिक्षकको समस्यालाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्नका लागि विश्वविद्यालयले जारी गरेको अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिका, विसं २०७७ ल्याइएको र सोही निर्देशिकाअनुसार नै शिक्षकका माग पूरा हुने त्रिविले जारी गरेको सूचनामा उल्लेख छ । त्रिविका आंशिक शिक्षकले निर्देशिकाका सम्बन्धमा केही माग राखी आन्दोलनरत छन् ।

READ MORE NEWS

जान्नुहोस् : कति पुग्यो आज सुन चाँदीको मुल्य ?

  •  बुधबार २८ असोज, २०७७

काठमाडौँ । बुधबार सुन चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६ सयले घटेर प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ ।

 

 

यसअघि मंगलबार सुन तोलाको ९५ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य पनि प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी बुधबार चाँदीको मुल्य तोलामा २० रुपैयाले घटेर तोलाको १२ सय ५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Your Views
Related News