कैलाली । धनगढीमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा धनगढी उपमहानगरपालिका–८ का ७० वर्षीय हरिलाल विष्ट, उनकी श्रीमती ६५ वर्षीया बिर्मा विष्ट र नातिनी १५ वर्षीया महेश्वरी विष्ट रहेका छन् । प्रहरीका अनुसार बिर्मा बिष्टको अवस्था गम्भीर छ ।

 

 

 

खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।

 

 

प्रहरी निरीक्षक हिकमत थापाको नेतृत्वको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेर अस्पताल पुराएको थियो । उनीहरु तीनै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।आगलागीबाट घरमा क्षति भएको छ ।

 

 

खाना पकाउने सिलिण्डर प्रयोग गर्दा यी कुरामा ध्यान दिनुहोस्
दैनिक खाना पकाउने ग्यासको प्रयोग भइरहेको हुन्छ । ग्याँस सिलिन्डर राम्रो चेक जाँच नगर्नले कहिलेकाँही ग्यास चुहिने, सिलिन्डर पड्किने खतरा रहन्छ । एलपिजी ग्यास कसरी प्रयोग गर्ने भन्नेबारे यि कुरामा ध्यान दिनुस् :

 

 

  • ग्यास सिलीन्डर प्रयोग गर्दा सधै नेपाल सरकारबाट मान्यता प्राप्त कम्पनिबाट अनुमोदित ग्यास प्रयोग गर्नुहोस् । रेग्युलेटर किन्दा जहाँ पायो त्यहिबाट नलिनुस् । सहि चेक जाँच गरेर मात्र रेग्युलेटरको प्रयोग गर्नुस् ।
  • नयाँ सिलीन्डर प्रयोग गर्दा सिल जाच गर्नुस् । यदि तपाई ग्यांस प्रयोग कसरी गर्ने अनविज्ञ हुनुहुन्छ भने ज्ञान प्राप्त व्यक्तिको सहयोग लिनुस् ।
  • डेलिभेरि ट्युव र रेगुलेटर समयसमयमा मर्मत गर्नुस् । यो काम आफै नभई डिस्टिव्युटर मेकानिकलाई जिम्मा दिनुस् । अरु समय अथवा ग्यास प्रयोग गरिसकेपछि रेग्युलेटर बन्द गर्न नविर्सिनुस् । सिलीन्डर राख्दा भुइभन्दा माथि हल्का अग्लो ठाउँमा ठाडो पारेर हावा छिर्ने ठाउँमा राख्नुपर्दछ ।
  • सिलिन्डर ग्यांस स्टोभ नजिकै राखिनु हुदैन । यस्तोमा ग्यांस लिक भए आगोलाग्ने सम्भावना बढि हुन्छ । सिलिन्डर तातो वस्तुबाट टाढा राख्नुस् । यसरी सिलीन्डर पड्कने डर कम हुन्छ ।
  • यदि ग्यास चुहिरहेको छ भने तुरुन्त झ्याल ढोका खोल्नुस् । अगरबत्ती, मैनबत्ति, ग्यासको रेगुलेटर समेत बन्द गर्नुस् । साथै कोठामा ग्यांस लिक भए बत्तीको स्वीच नचलाउनुस्, स्वीच अन(अफ हुँदा उत्पन्न हुने झिल्काले ग्यांस सल्कन सक्छ।
  • एलपिजी ग्यास हावा भन्दा पनि बढि गह्रौ हुने भएकोले लिक भएमा यो जमिनको नजिक थेग्रिएको हुन्छ । त्यसैले चारैतिरबाट हावा पास हुन दिनुस् ।
  • ग्यास चुहिएको जांच गर्न कहिल्यै पनि सलाइको प्रयोग नगर्नुस् । सुरक्षित जाचको लागी हातको औला सिलीन्डरको मुखमा लगाउनुस् । यसले ग्यास लिक भए नभएको थाहा पाउन सकिन्छ ।

READ MORE NEWS

अन्तराष्ट्रिय स्तरमा नेपाललाई मिल्यो ठुलो सफलता

  •  बुधबार २८ असोज, २०७७

काठमाडौं । अन्तराष्ट्रिय स्तरमा नेपाललाई ठुलो सफलता मिलेको छ । नेपाल राष्ट्रसंघीय मानव अधिकार परिषद्को सदस्य राष्ट्रमा पुनः निर्वाचित भएको छ । १९३ देश सम्मिलित राष्ट्र संघको महासभाले नेपाललाई मानव अधिकार परिषद्मा तीन वर्षको कार्यकालका लागि निर्वाचित गरेको हो ।

 

 

तपाँईलाई जानकारी गराउ कि यो परिषद्मा नेपालको दोस्रो कार्यकाल हो । परिषद्मा कुनै एक राष्ट्र दुई पटक सम्म निवार्चित हुन सक्ने प्रावधान छ । परिषद्मा नेपाल संगै चीन, रुस, फ्रान्स, बेलायत, पाकिस्तान, क्यूबा लगायत ४७ देश निर्वाचित भएका छन् ।

 

 

भौगोलिक क्षेत्रको आधारमा हुने निर्वाचनमा नेपाल एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएको हो । चार सदस्य सिटका लागि पाँच सदस्य राष्ट्र बीच हिजो भएको मतदानमा नेपालले १५० मत प्राप्त गरेको थियो । पाकिस्तान १६९ मतसहित एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक भोट प्राप्त गर्ने देश भएको छ ।


Your Views
Related News