आइसल्यान्ड नामक सुपरमार्केट चेनले आफ्नो ५०औं वर्षगाँठ मनाउनका लागि कुखुराको मासु अन्तरिक्षमा पठाएको छ । पहिलोपटक यसरी कुखुराको मासु अन्तरिक्षमा पुर्‍याइएको बताइएको छ । पृथ्वीभन्दा ३३ हजार ५२८ मिटरमाथि मासु पुर्‍याइएको हो । त्यति उचाइमा पुग्नका लागि दुई घन्टाभन्दा कम समय लागेको थियो । आइसल्यान्डको सर्वाधिक लोकप्रिय उत्पादनमध्ये एक कुखुराका मासु माइनस ६० डिग्री सेल्सियसमा

त्यसमा भूपउग्रहले ट्य्राकिङ गर्ने सुविधा थियो भने भिडियो फूटेज खिच्नका लागि क्यामरा सपोर्ट सिस्टम पनि थियो । उचाइमा पुगेपछि मासु पृथ्वीतर्फ २०० माइल प्रतिघन्टाको गतिमा फर्कियो । यसलाई सुरक्षित अवतरण गराउनका लागि १९ हजार मिटरको उचाइमा प्यारासुट राखिएको थियो ।

READ MORE NEWS

नर्भिकमा डा. नुतनको धन्दा : बिरामी बोलाएर चर्को असुली, आफू गायब

काठमाडौं । असोज २२ गते राति करिब ११ बजेतिर दिदीको फोन आउँदा म झस्किँए। दिदी ३४ हप्ताको गर्भवती रहेकाले केही जटिलता देखियो कि भनेर हत्तपत्त फोन उठाँए। १ घण्टा अगाडि मात्रै हामीले कुरा गरेका थियौँ, सबै अवस्था सामान्य थियो।

अस्पताल बसेको ८ घण्टा बितिसकेको थियो  नर्सहरुलाई सोध्दा डा.शर्मा त दिउँसो २ बजे मात्रै आउनुहुन्छ भन्नुभयो।

दिदीलाई सुत्केरी त बेथा लाग्न सुरु भएछ। मैले तुरुन्तै नर्भिक अस्पतालकी डा.नुतन शर्मालाई फोन गरेँ। उहाँले भन्नुभयो, ‘तुरुन्तै अस्पताल ल्याएर भर्ना गर्नू, म अस्पतालमा भनेर व्यवस्थापन गर्छु र भोलि अपरेशन गर्छु।’

म कीर्तिपुरबाट दिदीको हात्तीगौँडा पुग्दा रातको पौने १२ बजेको थियो। अलमल नगरी दिदीलाई लिएर नर्भिक अस्पताल पुग्यौँ। करिब रातको साँढे १२ बजेको थियो। आकस्मिक कक्षमा  ३ जना नर्स हुनुन्थ्यो। सबै समस्या भन्यौँ।

नर्सले बच्चाको धड्कन मापन गर्नुभयो, ठिक छ भन्नुभयो। मैले अवस्था सामान्य भए घर जान्छौँ, हामी १५ मिनेटमा नै अस्पताल आइपुग्न सक्छौ भन्दा नर्सले यस्तो अवस्थामा कुनैपनि बेला जे पनि हुनसक्छ घर जान मिल्दैन भन्नुभयो। दिदीलाई अस्पताल भर्ना गर्‍यौँ। जति जति रात वित्दै गयो, पानी बग्नेक्रम बढ्दै गयो। नर्सहरुले ठिक छ भनिरहनु भएको थियो। पानी बग्नेबाहेक अरु समस्या नभएकाले हामी पनि आत्तिएका थिएनौँ।

 गार्डहरुले घेरा हाल्न थाले। मैले म स्वास्थ्य मन्त्रालयमा फोन गर्छु भनेपछि उनीहरुले बाटो छाडिदिए।

अस्पताल बसेको ८ घण्टा बितिसकेको थियो, तर डाक्टरको अनुहार देखिएन। नर्सहरुलाई सोध्दा डा.शर्मा त दिउँसो २ बजे मात्रै आउनुहुन्छ भन्नुभयो। ‘आकस्मिक भर्ना भएका बिरामीलाई हेर्न पनि ओपीडीको समय कुर्नपर्ने हो र ?’ मैले प्रश्न गर्दा, खै उहाँको आउने समय त २ बजे नै हो भन्ने जवाफ दिनुभयो ।

दिदीले बच्चा चलेको जस्तो पनि लागेन, अहिले त मेरो ढाँड, कम्मर दुख्न थाल्यो भन्नुभयो। मैले तुरुन्तै डा.शर्मालाई फोन लगाएँ तर फोन उठेन। नर्सलाई गएर डाक्टरलाई बोलाउनुहोस् भनेँ उहाँहरुले आउनुहुन्छ मात्रै भन्नुभयो।

९ घण्टा अस्पताल बस्दा ३ पटक बच्चाको धड्कन नाप्नेबाहेक कुनै उपचार भएन। न कोही  डाक्टर नै आउनुभयो। ९ बजेतिर एक जना मेडिकल डाक्टर आउनुभयो, पीसीआरका लागि स्वाब लिइयो। स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएका, ट्राभल हिट्रि नभएका, संक्रमितको कन्ट्याक्टमा नरहेका व्यक्तिहरुको पीसीआर परीक्षण गर्नुपर्दैन भन्दै आएको छ। अनि त्यसमा गर्भवतीको शल्यक्रिया गर्दा पीसीआर रिपोर्ट पनि आवश्यक पर्दैन। तर पनि अस्पतालको प्रोटोकल अनुसार गर्ने भनेर चुप लाग्यौँ। बिहान सवा १० बजेतिर भिडियो एक्सरे गर्न पठाइयो।

भिडियो एक्सरेको रिपोर्टमा के छ भन्नेबारे हामीलाई जानकारी गराइएन। मैले रिपोर्टको फोटो लिएको थिएँ। रिपोर्टमा पानीको मात्रा घट्दै गएको देखियो। १ हप्ता अगाडिमात्रै नियमित जाँचका क्रममा डाक्टरले तपाईमा पानीको मात्रा कम छ, पानीको मात्रा घटेर ८ मा पुगेमा तुरुन्तै अपरेशन गर्नुपर्छ भन्नुभएको रहेछ। उसै पनि दिदीको शरीरमा पानीमा मात्रा कम भएकाले बच्चा जन्मने मिति भन्दा केही हप्ता अगाडि नै शिशुलाई निकाल्नुपर्ने सुझाव डाक्टर शर्माले दिँदै आउनुभएको थियो।

नर्भिकमा बिरामी राखिरहे आमा र बच्चालाई खतरा देखेर डिस्चार्ज माग्यौँ। नर्भिकले डिस्चार्ज दिन मानेन।

दिदी आफैँले रिपोर्ट हेरेपछि पानीको मात्रा ७ मा झरिसकेछ अब मेरो अपरेशन गरिहाल्नु पर्छ भन्न थाल्नुभयो। मैले रिपोर्टको फोटो अरु २ जना स्त्री तथा प्रसुतीरोग विशेषज्ञहरुलाई पनि पठाएकी थिएँ। उहाँहरुले भन्नुभयो, ‘पानीको मात्रा कम छ तुरुन्तै बच्चालाई निकाल्नुपर्छ, ढिला भएमा संक्रमण भई बच्चाको मृत्युसमेत हुनसक्छ। त्यसपछि हामी आत्तियौँ।

मैले नर्ससमक्ष डाक्टरलाई बोलाउन आग्रह गरेँ।  नर्सले आउनुहुन्छ मात्रै भनेर टारिरहनुभयो। हामीले रिपोर्टमा के छ भन्ने थाहा पाइसक्यौं तर रिपोर्टबारे नर्सहरु अनविज्ञ थिए। त्यसपछि मैलै दाइलाई अस्पताल बोलाएँ। उहाँले पनि डाक्टर शर्मालाई फोन गर्नुभयो, बस्दै गर्नुस् म आउछु भन्ने जवाफ दिनुभएछ।

निकै अत्तालिएका थियौँ। तुरन्त अस्पताल ल्याउनुस भन्ने डाक्टर ९ घण्टासम्म आउनु नै भएन। त्यसपछि नर्भिकमा बिरामी राखिरहे आमा र बच्चालाई खतरा देखेर डिस्चार्ज माग्यौँ। नर्भिकले डिस्चार्ज दिन मानेन। डिस्चार्ज गर्न आनाकानी गर्दागर्दै १ घण्टा बित्यो। दिदीलाई प्रसव पीडा त छँदै थियो।

धेरै रस्साकसी पछि दाइले डिस्चार्ज पेपर बनाउन कुर्नुभयो। मैले दिदिलाई नर्भिकको बेडबाट निकालेँ  तर गार्डले बाहिर जान दिएनन्। डिस्चार्ज पेपर नभई जान पाइदैन भने, मैले मान्छे मर्न लागिसक्यो, तपाईको अस्पतालमा डाक्टर आउँदैनन् म डाक्टर भएको ठाँउमा जान्छु भने। गार्डहरुले घेरा हाल्न थाले। मैले म स्वास्थ्य मन्त्रालयमा फोन गर्छु भनेपछि उनीहरुले बाटो छाडिदिए।

डाक्टर नै नआउने। हामी नर्भिक अगाडि नै रहेको परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल पुग्यौँ। प्रसुती अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.किर्तिपाल सुवेदीले अपरेशनको तयारी गर्नुभयो।

हामी नर्भिकमा करिब १० घण्टा बस्यौं त्यस बीचमा ३ पटक बच्चाको मुटुको धड्कन र एकपटक भिडियो एक्सरे गर्‍यौ तर बिल २७ हजार तिर्‍यौँ। छक्क परेँ म। पीडा खपेर, जोखिम मोलेर डाक्टरको पर्खाइमा बसेको शुल्क २७ हजार ? बिरामीले डाक्टरको मुखै नदेखी डाक्टर भिजिट चार्ज १२५० जोडियो। अनि पीसीआर परीक्षणको ४४००। जबकी नर्भिकले स्वाब परीक्षण गर्न लैजाने स्टार अस्पताल प्रयोगशालाको शुल्क शुल्क २४०० छ। कोभिड प्रोटेक्सन चार्ज ३,४३२ जोडिएको छ जहाँ एक बिरामीले प्रयोग गरेको सोही कपडा सफा नगरी अर्काे बिरामीलाई प्रयोग गर्न दिइन्छ।

२०७२ सालकै अन्तिमतिर डा. नूतन शर्माको गैरजिम्मेवारीका एक सुत्केरी अनाहकमा ज्यान गएको आरोप लागेको थियो।

ह्वीलचियरमा राखेर भिडियो एक्सरे गर्न जाँदा प्रयोग गरिएको कपडालाई सफा नगरी अर्काे बिरामीलाई प्रयोग गर्न राखियो। सहयोगी दिदी नर्सहरुलाई भन्दै हुनुहुन्थ्यो, बिरामीले यो कपडा धोएको हो भनेर सोध्छन् हो भन्नु है, मान्छे पिच्छे नयाँ कपडा त कहाँबाट ल्याउनु ? बिरामीसँग प्रोटेक्सन चार्ज भन्ने अनि प्रयोग भइसकेका कपडा सफा नै नगरी अर्काे बिरामीलाई दिने

पीपीईको कुरा गर्ने हो भने पुःन प्रयोग गर्न नमिल्ने पीपीई आलोपालो लगाइरहेका थिए। अनि पीपीई शुल्क रे। नर्भिक अगाडिकै प्रसूति अस्पतालमा अप्रेशन चार्जसहित क्याबिनमा ३ दिन बस्दा जम्मा १० हजार ३ सय तिर्‍यौँ नर्भिकमा सामान्य अवस्थामा सुत्केरी गराएको खर्च करिब २ लाख हुन्छ। अहिले कोरोनाको समयमा त्यसको चार गुणा हुने अनुमान हामीले ९ घण्टा बस्दा तिरेको शुल्कले नै प्रष्टै पार्छ।

थापाथली अस्पतालको सेवा नर्भिक भन्दा धेरै राम्रो र उच्च गुणस्तरको थियो। पटक–पटक डाक्टर, नर्स आएर बिरामीको अवस्था सोधिरहने, सरसफाईका दिदीहरुको बोली बचन मिठो। हामीलाई ४ दिन अस्पताल बसेको पत्तो नै भएन।

नर्भिकमा सामान्य अवस्थामा सुत्केरी गराएको करिव २ लाख जति खर्च हुन्छ भन्ने कुरा ६ वर्ष अगाडि नै थाहा थियो। हामी नर्भिक अस्पतालमा भन्दा पनि डाक्टर शर्मालाई जचाँउन गएका थियौँ। डा.शर्मासँग पूरानै चिनजान भएकाले दिदीले मेरै सल्लाहमा गर्भ रहनुभन्दा अघिदेखि नै जाँच गराइरहनु भएको थियो।

पहिला अल्का अस्पतालमा जाँच गराइ रहेकोमा केही हप्तापछि डा.शर्माले नर्भिकमा आएपनि हुन्छ भनेपछि नियमित रुपमा नर्भिकमा नै जचाइरहका थियौं। तर अन्तिम समयमा आएर उहाँप्रति वर्षौँदेखिको मेरो सम्मान र विश्वासमा ठूलो ठेस पुगेको छ।

डा. शर्मा विभिन्न समयमा विवादित

लिङ्ग पहिचान गरी गर्भपतन गर्न प्रोत्साहन

डा. नुतन शर्मा विभिन्न समयमा विवादमा पर्दै आउनु भएको छ। २०७२ सालमा अल्का अस्पतालमा कार्यरत हँदा उहाँमाथि कानुन विपरित लिङ्ग पहिचान गरी गर्भपतन गर्न प्रोत्साहन गरेको आरोप लागेको थियो।

डा. शर्माले गर्भपतन गर्न प्रोत्साहन गरेको भिडियोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सर्तकता केन्द्रमा उजुरी परेको थियो ।

नेपाल मेडिकल काउन्सिलको फुल हाउसले तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो । यसबारे डाक्टर शर्मासँग २ पटक स्पष्टिकरण लिँदा पनि र चित्तबुझ्दो जवाफ नआएको भन्दै निलम्बन गरिएको काउन्सिलले जनाएको थियो।

गर्भवतीको जवरजस्ती अप्रेशन

२०७२ सालकै अन्तिमतिर डा. नूतन शर्माको गैरजिम्मेवारीका एक सुत्केरी अनाहकमा ज्यान गएको आरोप लागेको थियो । ललितपुर सात दोबाटो घर भएकी ती  गर्भवती भएको आठ महिनामा नै आफन्तको स्वीकृतिविना डा. शर्माले अप्रेशन गरेको आरोप लगाइएको थियो।

१० दिनमा अस्पतालबाट डिस्चार्ज गरेर घर लगिएकी ती महिलालाई  ज्वरो आएर बिरामी हुँदा पनि घरमै औषधि दिनु अस्पताल ल्याउनु पर्दैन भन्दै बिरामीका आफन्तलाई हपारेको आरोप आफन्तले लगाएका थिए। १३ दिनको दिन घरमै ती सुत्केरीको मृत्यु भयो।

डा. शर्माको दादागिरी र लापरबाहीका कारण सुत्केरीको ज्यान गएको भन्दै आफन्तले कारबाहीको माग गरेका थिए। आफूलाई सेलिब्रेटी डाक्टरको रुपमा चिनाउन रुचाउने डाक्टर शर्माका थुप्रै गलत हर्कतबारे धेरैको गुनासो रहेको पाइन्छ।

पछिल्लो समय नर्भिक अस्पतालसँगको मिलेमतोमा बिरामीहरुलाई आश्यकताभन्दा चाँडै अस्पताल बोलाउने, सुत्केरीहरुबाट धेरैभन्दा धेरै असुलीका लागि मिलाउने काम उहाँको संलग्नता देखिन्छ ।

आवश्यक नभए पनि बच्चालाई केही दिनसम्म एनआइसीयू राखेर असुल्ने जस्ता कार्यमा संलग्न रहेको आरोप उहाँमाथि छ।


Your Views
Related News