एजेन्सी । अमिताभ बच्चन बलिउडका सफल र दिग्गज अभिनेताहरूमा गनिन्छन।  अमिताभको जन्म ११ अक्टुबर १९२४  मा भएको हो। गत आइतबार उनले आफ्नो ७८ औँ जन्मदिन मनाए । कुनै समय अमिताभ राजनीतिमा पनि थिए । अमिताभ बच्चन र गान्धी परिवार बिचको सम्बन्ध रहेको थियो । तर सन् १९९० पछि दुबै परिवारको सम्बन्धमा दरार आएको  अन्तराष्ट्रिय संञ्चार माध्यमले बताउदै आएका छन् ।

यद्यपी अभिताभले गान्धी परिवारसँगको सम्बन्ध नसकिएको बताएका थिए  । अमिताभले इलाहाबादका जनतासँग गरेको बाचा  पुरा गर्न नसकेको र त्यो कुराको सधै अफसोच रहेको बताउदै आएका छन। उनका अनुसार , ‘मैले राजनीतिको यात्रा कमै गरेको छु ।  मैले इलाहाबादका जनतासँग गरेको बाचा  पुरा गर्न सकिन मलाई यस कुराको सधै अफसोच रहनेछ । जति मेरो क्षमता थियो , मैले बाचा पुरा गर्न भरपुर प्रयत्न गरे । तर मलाई थाहा छ इलाहाबादका जनताले मलाई कहिले माफि गर्ने छैनन् ।’अमिताभले साथी तथा पूर्व भारतीय प्रधानमन्त्री राजीव गांधीको आग्रहमा सन् १९८४ मा इलाहाबादबाट लोकसभा चुनाव लडेका थिए । त्यस समय अमिताभले हेमवतीनन्दन बहुगुणालाई ठुलो मतान्तरले हराएका थिए । तर ३ बर्ष पछि उनले लोकसभाबाट राजीनामा दिए।

 अमिताभ राजनीतिमा सोच बुझका साथ आएका थिए । अमिताभ भन्छन्  , ‘मलाई लाग्छ  त्यो एक भावनात्मक निर्णय थियो । म त्यहाँ गएर राजीवलाई सहयोग गर्न चाहान्थे । तर पछि त्यो भावनाको राजनितिमा  ठाउ नहुने महसुस गरे । मलाई लाग्यो म राजनीति गर्न लायक छैन , त्यसैले मैले राजनीति छोडे ।”तत्कालीन संकटकालको समयमा अमिताभको संजय गान्धीको समर्थनमा लागेको भनेर धेरै आलोचना समेत भएको थियो । सञ्जय गान्धीको निधन पछि राजीव गान्धीले राजनीतिमा पाईला राखे । त्यसपछि १९८२मा बच्चनले दिल्लीको जवाहरलाल नेहरू स्टेडियममा एशियन गेम्सको उद्घाटन कार्यक्रममा भेटेका थिए । त्यस कार्यक्रममा राजीव अघिल्लो लाईनमा बसेका थिए भने बच्चन कार्यक्रमका सञ्चालक थिए ।

बोफोर्स घोटालेमा अमिताभमाथि समेत विचौलियाको आरोप लगाईएको थियो । यसपछि अमिताभले इलाहाबादबाट सांसद पदबाट समेत राजीनामा दिएका थिए । त्यतिबेला नै उनले राजनीतिबाट सन्यास लिएको घोषणा समेत गरेका थिए । उनले राजीनामाले काँग्रेसलाई भने घाटा भयो । १९८७ मा भएको उपचुनावमा हार बेहेर्नुपरेको थियो ।  जब सोनिया गांधी इटलीबाट विहे गर्नको लागि भारत आईन् त्यतिबेला उनी पहिलो पटक बच्चा परिवारको घरमा नै बसेकी थिईन् । दुबै परिवारको सम्बन्ध धेरै राम्रो थियो । राहुल तथा प्रियंका, अमिताभलाई ‘मामू’ भनेर बोलाउँछन् ।राजनीति छोडे पछि पनि दुई परिवारको सम्बन्ध राम्रै रहेको अमिताभलाई लाग्छ । अमिताभले भन्छन् , ” मलाई लाग्दैन कि राजनीतिबाट म बाहिर आएको असर हाम्रो मित्रतामा पर्‍यो । हाम्रो मित्रता खत्म भएको छैन ।’ अमिताभका अनुसार , ” म कलाकार हु । दर्शक मलाई माया गर्छन् । मलाई त्यस बापत केहि दिनु छ । जब म राजनीतिमा हुन्छु तब त्यहा जनतालाई माया लगायत अन्य पनि दिनुपर्ने हुन्छ ।”

READ MORE NEWS

डिसेम्बर १५ बाट बन्द हुँदै याहु ग्रुप, पुराना इमेल भने सुरक्षित रहने

एजेन्सी– बहुप्रतिष्ठित बहुराष्ट्रिय कम्पनी याहुले आफ्ना सेवाहरु आगामी डिसेम्बर १५ बाट बन्द गर्ने घोषणा गरेको छ। वेब पोर्टल, सर्च इन्जिन, इमेल, समाचारलगात इन्टरनेटमा आधारित सेवाहरु दिँदै आएको याहु ग्रुपले आफ्ना प्रयोगकर्ताहरु पछिल्लो सयम निक्कै घटेका कारण कम्पनी बन्द गर्न लागिएको जनाएको छ। यो कम्पनीले मंगलबार आफ्नो वेभसाइटमा सार्वजनिक सुचना राख्दै कम्पनी बन्दको घोषणा गरेको हो। सन् २००१ मा स्थापना भएको याहु ग्रुपले सर्च इन्जिन र मेलिङ प्लेटफर्मका रुपमा गुगल ग्रुपको जिमेल, च्याटिङ र सामाजिक संजालका रुपमा फेसबुक ग्रुप र न्युज प्लेटफर्मका रुपमा रेडडिटसँग एकसाथ प्रतिस्पर्धा गर्नुपर्‍यो। जसका कारण पछिल्लो केही वर्षयता याहुका प्रयोगकर्ता निक्कै घटेका थिए।

सन् २००० को दशकमा सामाजिक संजाल, सर्च इन्जिन र इमेल आदान प्रदानमा एकछत्रजस्तो राज गरेको कम्पनीले पछिल्लो दशकमा भने अरु कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न सकेन। इन्टरनेटमा अरु कम्पनीहरुसँग कडा प्रतिस्पर्धाकै बीच सन् २०१७ मा भेरिजोन नामको अमेरिकी कम्पनीले ४ दशमलव ८ बिलियन अमेरिकी डलरमा याहु ग्रुप किनेको थियो। याहुमार्फत् अब नयाँ ग्रुपहरु बनाउन र इमेल आदान प्रदान गर्न सकिने छैन। यद्यपि यसअघि याहु मेलमार्फत् प्राप्त गरिएका र पठाएका मेलहरु भने सुरक्षित रहने कम्पनीले उल्लेख गरेको छ।

सन् १९९४ मा स्ट्यानफोर्ड विश्वविद्यालयका दुईजना विद्यार्थी जेरी यांग तथा डेभिड फिलो मिलेर याहु कम्पनीको स्थापना गरेका थिए। यद्यपि याहुलाई सुरुमा वर्ल्डवाइड वेबमा जेरी तथा डेभिडको गाइडको रुपमा चिनिन्थ्यो। सर्च इन्जिन, सामाजिक संजाल र इमेल सेवा भने सन् २००१ मा मात्रै शुरु भएको थियो। सन् २००० मा याहुको सेयर मूल्य उच्च रहेका बेला उसको कुल बजार पूँजीकरण १ खर्ब २५ अर्ब डलर बराबर  थियो।प्रतिस्पर्धी बजारमा आफ्नो एकल साम्राज्य कायम राख्न याहुले सन् २००३ मा गुगललाई ३ अर्ब डलरमा किन्ने प्रस्ताव गरेको थियो। तर, गुगलका संस्थापकहरूले त्यसलाई अस्वीकार गरे। त्यस्तै  फेब्रुअरी २००८ मा माइक्रोसफ्टले याहु खरीद गर्ने प्रस्ताव राखेको थियो। उक्त समय माइक्रोसफ्टले ४४ अर्ब डलरको प्रस्ताव राखेको थियो तर खरीद बिक्री सम्झौता हुन सकेन। पछिल्ला वर्षहरुमा याहुको घाटा बढ्दै गएपछि यो कम्पनीलाई अमेरिकी दुरसञ्चार कम्पनी भेरिजोनले करिब ५ अर्ब डलरमा किनेर अर्को इन्टरनेट कम्पनी एओएलसँग मिसाएको थियो।

ताइवानलाई हतियार बेचे अमेरिकालाई आवश्यक प्रतिक्रिया जनाउने छौंः चीन

ताइवानलाई अमेरिकाले हतियार बेचेको खण्डमा आफूले अमेरिकाविरुद्ध आवश्यक प्रतिक्रिया जनाउने चीनले बताएको छ।मंगलबार चीनका विदेशमन्त्री वाङ यीले ताइवान चीनको भूमि भएकाले अमेरिकाले त्यहाँ अवैधानिक रुपमा हतियार बेच्न नहुने बताएको हो।यद्यपी बेचेको खण्डमा चीनले गतिलो जवाफ दिने उनको भनाइ छ। हालै अमेरिकी सरकारले ताइवानलाई अत्याधुनिक हतियार बेच्ने बताएको थियो।चीनले ताइवानलाई आफ्नो मूलुक भएको बताउँछ, तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताउँछ।

यसबीचमा चीनले ताइवानलाई आवश्यक परे आक्रमण गरेरै नियन्त्रणमा लिनसक्ने बताइरहँदा अमेरिकाले ताइवानलाई बेग्लै राष्ट्रको रुपमा व्यवहार गर्दै आएको छ।अमेरिकी र ताइवानको कदमबाट चीन सन्तुष्ट छैन।

Briefing: Chinese Minister of Foreign Affairs Wang Yi, will be visiting  Burundi from January 7 - RegionWeek

 


Your Views
Related News