जाडो मौसम सुरु भएसँगै कतिपयको छालामा विभिन्न समस्या आउन थाल्छन् । विशेषगरी जाडोयाममा सुक्खा हुने भएकाले छाला खस्रो हुने तथा फुट्ने गर्छ । जाडोमा छाला बिग्रनुको मुख्य कारण चिसो हावाको प्रभाव, पानी कम पिउनु, फलफूल वा सागसब्जीजस्ता छालाका लागि आवश्यक तत्वको कम प्रयोग गर्नु, क्रिमको प्रयोग गर्न अल्छी मान्नु वा बानी नगर्नु आदि हुन सक्छन् । साथै मौसममा बढ्ने धुँवा–धुलो र प्रदूषणले पनि छालामा प्रत्यक्ष प्रभाव पारिरहेको हुन सक्छ । महिलाको सन्दर्भमा मेकअप गर्दा छालाको ख्याल नगर्ने, मेकअप सफा नगरी सुत्ने, समयसमयमा फेसियल नगर्नेजस्ता बानीले पनि छालामा असर परिरहेको हुन्छ ।

बाहिरी वातावरण र शरीरको तापक्रम मेल नखाँदा जाडो मौसममा छाला बढी प्रभावित हुन्छ । चिसो मौसममा छालालाई स्वस्थ राख्न विशेष ध्यान पु¥याउनु आवश्यक हुन्छ । जाडोयाममा पानी कम पिउने हुँदा पनि छालामा सुक्खापन देखिन्छ । चिसो हावाले शरीरमा भएको पानीलाई सोस्छ, पर्याप्त पानी नहँुदा छाला फुट्छ । तसर्थ जाडोयाममा बाहिर निस्कँदा सकेसम्म शरीर पूरै ढाक्ने खालको लुगा लगाउनुपर्छ ।

यो मौसममा प्रायः मानिस घाममा बस्न रुचाउँछन्, तर घाममा अत्यधिक बस्दा एलर्जी हुने सम्भावना हुन्छ । यसबाट बच्न घाममा निस्कँदा सनस्क्रिन लगाएर मात्र निस्कनुपर्छ । जाडोको असर प्रायजसो हात, खुट्टा, ओठ, अनुहार र आँखामा बढी पर्ने भएकाले विशेष ध्यान पु¥याउनुपर्ने हुन्छ । यसका लागि हातखुट्टामा मोइस्चराइजरको प्रयोग गर्नुपर्छ । जसले छालामा एकप्रकारको मजबुत पत्र बनाउँछ । जसले साधारण क्रिमको तुलनामा छालालाई नरम बनाउन मद्दत पु¥याउँछ ।

मनतातो पानीको प्रयोग छालाका लागि राम्रो
नुहाउँदा तातोपानीको प्रयोग गर्नुपर्छ । तर, धेरै तातोपानीले छालामा असर पु¥याउने भएकाले सकेसम्म चिसो वा मनतातो पानीको प्रयोग गर्नु प्रभावकारी मानिन्छ । अत्यधिक चिसोका कारण सोरियस अर्थात् कत्ले रोग हुने सम्भावना हुन्छ । यसका साथै जाडोको समयमा चायाले पनि सताउँछ । चिसोका कारण शरीरको राम्रोसँग हेरचाह नहुने हुँदा यस्ता समस्या आउँछन् । यसका साथै कतिपय मानिसले चिसोमा लामो समयसम्म ननुहाउने, मैलो लुगा लगाउने गर्छन्, जसका कारण लुतोलगायत छालासम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ । तसर्थ यस्ता रोगबाट बच्न सकेसम्म सरसफाइ गर्नु आवश्यक हुन्छ । छालासम्बन्धी रोग लागिहालेमा चिकित्सकसँग परामर्श गनुपर्छ ।

READ MORE NEWS

कोरोना भाइरस नेपाल: पहिलेका ‘हटस्पट’बाट काठमाण्डूले सिक्नुपर्ने पाँच कुराहरू

नेपालमा कोरोनाभाइरस सङ्क्रमणको सुरुवाती चरणमा ‘धेरै सङ्क्रमित भेटिएका’ क्षेत्रका जनप्रतिनिधिहरूले सङ्क्रमण रोकथाममा आफूहरूले अपनाएका ‘असल अभ्यास’लाई “तत्कालै लागु गर्न” काठमाण्डू उपत्यकाका स्थानीय सरकारलाई आग्रह गरेका छन्।

पहिले कोरोनाभाइरसको ‘हटस्पट’ भनिएका क्षेत्रका जनप्रतिनिधिहरूले आफ्नो क्षेत्रमा अपनाएका विधिहरू उल्लेख गर्दै सुझाव दिएका हुन्।उनीहरूले अब ‘तत्कालै नियन्त्रणका लागि कडा कदमहरू नचालिए’ उपत्यकामा सङ्क्रमण भयावह हुने चेतावनी पनि दिए।अहिले काठमाण्डू उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्दो छ। दैनिक पत्ता लाग्ने सङ्क्रमितमध्ये ६० प्रतिशतको हाराहारीमा उपत्यकाका हुन थालेका छन्।

असल अभ्यास सिक्न आग्रह

सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि चार दिनअघि पहिलेका ‘हटस्पट’बाट असल अभ्यासहरू सिक्न उपत्यकाका जनप्रतिनिधिहरूलाई आग्रह गरेका थिए।उनले भनेका थिए, “म आग्रह गर्न चाहन्छु, यहाँका नागरिकहरूलाई पनि, यहाँका जनप्रतिनिधिहरूलाई, यहाँका स्थानीय सरकारहरूलाई पनि, यहाँ कार्यरत सबै सङ्घसंस्थाहरूलाई पनि, देश भित्रैका पनि केही ‘बेस्ट प्राक्टिस’हरूलाई सिक्नु जरुरी छ।””यसबीचमा एक अवस्थामा बाँकेमा निकै भयावह अवस्था देखिन्थ्यो – नरैनापुरमा। कपिलवस्तु निकै भयावह अवस्थामा गयो।”

“वीरगञ्ज, उदयपुरजस्ता एकदमै ‘हटस्पट’ भएका ठाउँहरूलाई त्यहाँका स्थानीय जनप्रतिनिधिहरू, त्यहाँका जिल्ला ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ र अरु विभिन्न माध्यमबाट अहिले नियन्त्रणमा ल्याइएको छ।””त्यहाँको असल अभ्यासहरूलाई काठमाण्डूमा पनि लागु गर्न जरुरी छ।”पहिलेका तीनवटा ‘हटस्पट’ भनिएका क्षेत्रका जनप्रतिनिधिहरूले दिएका सुझावहरू यस्ता छन्:

१. ‘कम्तीमा २१ दिन लकडाउन गर्नुपर्छ’

काठमाण्डू उपत्यकाको अहिलेको अवस्था नियन्त्रणका लागि कम्तीमा तीन साता लामो लकडाउन आवश्यक भइसकेको जनप्रतिनिधिको सुझाव छ।पहिले ‘हटस्पट’ मानिएको वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी काठमाण्डू उपत्यकाका स्थानीय सरकारहरूलाई तत्कालै लकडाउन गर्न सुझाव दिन्छन्।

वीरगञ्जका मेयर विजय सरावगी
वीरगञ्जका मेयर विजय सरावगी

उनी भन्छन्, “जुनबेला लकडाउन लगाउनु पर्दैन थियो, त्यो बेलामा काठमाण्डूले लकडाउन गर्‍यो। अहिले लगाउनु पर्ने बेलामा लकडाउन भएको छैन। मेरो हिसाबले त काठमाण्डूले तत्कालै कम्तीमा २१ दिने लकडाउन लगाउनु पर्छ।”

उनले सङ्क्रमण धेरै फैलिएपछि वीरगञ्जमा कडा प्रतिबन्धहरू लगाइएको र सङ्क्रमित भेटिएका क्षेत्रका हरेक घरमा परीक्षण गरिएको दाबी गरे।त्यसले नियन्त्रणलाई सहज बनाएकाले काठमाण्डूले पनि सिक्नुपर्ने उनको भनाइ छ।नेपालले देशव्यापी लडकाउन सुरु गरेलगत्तै एकै स्थानमा धेरै सङ्क्रमित पाइएकोमध्ये एक उदयपुरको त्रियुगा नगरपालिकाकी उपप्रमुख देवीकुमारी चौधरी पनि उपत्यकामा तत्कालै लकडाउन गर्न सुझाव दिन्छिन्।उनी भन्छिन्, “हामीले त यहाँका तीनवटा वडामा मात्र सङ्क्रमण फैलिएकाले ती क्षेत्रमा कडाखाले लकडाउन लगायौँ। काठमाण्डूले त उपत्यकाभरि नै लकडाउन गर्नुपर्छ जस्तो मलाई लाग्छ।”

त्रियुगा नगरपालिकाकी उपमेयर देवीकुमारी चौधरी
त्रियुगा नगरपालिकाकी उपमेयर देवीकुमारी चौधरी

२. ‘एक घर एक परीक्षण’ अनिवार्य

पहिलेका ‘हटस्पट’ क्षेत्रका जनप्रतिनिधिहरू सङ्क्रमण धेरै फैलिएको क्षेत्रमा सबैको परीक्षण गर्न सम्भव नभएको अवस्थामा पनि एउटा घरका कम्तीमा एकजनाको परीक्षण गर्नैपर्ने बताउँछन्।त्यसका लागि अहिले नेपाल सरकारले पहिलेको प्रोटोकल परिवर्तन गरेकाले पनि समस्या हुनसक्ने सरावगीले बताए।तर सरकारले ‘कोरोनाभाइरस नियन्त्रण गर्न चाहेको हो भने’ सङ्क्रमण देखिएका क्षेत्रमा व्यापक परीक्षण आवश्यक पर्ने उनको दाबी छ।चौधरीले पनि आफ्नो नगरपालिकाभित्र सङ्क्रमण देखिएको क्षेत्रमा ‘एक घर एक परीक्षण’ अभियान चलाएको र उपत्यकामा पनि त्यस्तै गर्न सुझाव दिइन्।पहिले ‘हटस्पट’ मानिएको बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले पनि सङ्क्रमण धेरै देखिएका स्थानमा परीक्षणको दायरा बढाउनु पर्नेमा जोड दिए।

३. सङ्क्रमित र लकडाउनले असहज बनेकालाई सहयोग र ढाडस

पहिलेका ‘हटस्पट’का जनप्रतिनिधिहरूको उपत्यकाका स्थानीय सरकारका प्रमुखहरूलाई अर्को सुझाव छ- आफ्नो क्षेत्रमा बसोबास गर्ने सबैलाई सहयोग र ढाडस दिनुहोस्।स्थानीयवासीलाई सहयोग गर्ने र ढाडस दिने काम नहुँदा सङ्क्रमण थप फैलने उनीहरूको अनुभव छ।सरवागी भन्छन्, “अहिले सहयोग नपाउँदा नै मान्छेहरू परीक्षण गराउन र अस्पताल जान पनि चाहदैँन। हामीले घरैमा भएका बिरामीलाई पनि प्रतिरक्षा प्रणाली बलियो पार्ने औषधिहरू घरैमा पठाइदिएका थियौँ।””हामीले सक्रमितलाई मानसिक रूपमा पनि बलियो बनाउनु पर्छ। समयसमयमा फोन गरेर परामर्श दिने गर्‍यो भने जोसुकै सङ्क्रमित सम्पर्कमा आउन चाहन्छन्। नत्र सङ्क्रमित मान्छे पनि बजार डुलिरहन्छन्।”चौधरी चाहिँ आफ्नो नगरपालिकाको भुल्के क्षेत्रमा ठूलो सङ्ख्यामा सङ्क्रमित देखिएर त्यो क्षेत्रलाई बन्द गरिएका बेला नगरपालिकाले नै खाद्यान्न पुर्‍याइदिने र कृषणहरूका कृषि उपज ल्याएर बिक्री गरिदिने व्यवस्था समेत मिलाएको स्मरण गर्छिन्।

नरैनापुरका अध्यक्ष इश्तियाक अहमद शाह

४. स्वयंसेवी संस्थाको परिचालन

काठमाण्डूमा कन्ट्याक ट्रेसिङ र बाहिरबाट आएर समुदायमा मिसिने मानिसहरूको पहिचानमा कमजोरी भएको जस्तो देखिएको उनीहरू बताउँछन्।आफूहरूले सङ्क्रमण बढ्न थालेपछि नाका-नाकामा बसेर मानिसहरूको निगरानी गरेको र बाहिरबाट आउनेलाई अनिवार्य रूपमा १४ दिन क्वारन्टीनमा राखेको उनीहरूको दाबी छ।

घरमै क्वारन्टीनमा बस्नेलाई पनि टोल सुधार समिति, टोल विकास समिति, आमा समूह र स्थानीय क्लबहरूमार्फत् निगरानी गरिएको चौधरीले बताइन्।उनी भन्छिन्, “गाउँघरमा नै सक्रिय टोल विकास समिति र आमा समूहलाई सक्रिय बनाएपछि हामीलाई कन्ट्याक ट्रेसिङ गर्न धेरै सजिलो भयो। नयाँ मान्छे आफ्नो टोलमा देख्नेबित्तिकै उहाँहरूले खबर गर्नुहुन्थ्यो।”सरावगी र शाह पनि यस्ता स्वयम्‌सेवी संस्थाहरू परिचालन नगरीकन स्थानीय सरकार एक्लैले केही गर्न नसक्ने बताउँछन्।

५. सुरक्षाकर्मीको परिचालन

सङ्क्रमण नियन्त्रणका लागि परीक्षण र कन्ट्याक ट्रेसिङ मात्र नभई मानिसहरूलाई निगरानी गर्ने र गल्ती गर्नेलाई कारबाही गर्ने काम पनि गर्नुपर्ने आवश्यकता रहेको मत जनप्रतिनिधिहरूको छ।शाह भन्छन्, “नरैनापुरमा त पढेलेखेका मानिसहरू कम थिए, भारतबाट आउनेको चाप धेरै थियो र फैलियो। काठमाण्डूमा त पढेलेखेका मानिसहरू धेरै छन्। कुरा बुझ्ने मानिस भएकै स्थानमा धेरै सङ्क्रमण देखिएको छ।””हामीले यहाँ सेनासमेत परिचालन गर्नुपर्ने अवस्था आयो। सुरक्षाकर्मी परिचालन गरेर निरन्तर निगरानी राखेन भने नियन्त्रण गर्न गाह्रो हुन्छ।”उनी काठमाण्डू उपत्यकाका पनि भित्री गल्लीहरूमा समेत प्रहरी खटाएर निरन्तर माइकिङ गर्ने र मास्क नलगाउनेलाई कारबाही गर्नुपर्ने बताउँछन्।सरावगी पनि शाहकै मतसँग सहमत हुँदै मानिसहरूलाई निरन्तर निगरानी गरेर गल्ती गर्नेलाई कारबाही गरिहाल्नुपर्ने बताउँछन्।

काठमाण्डू उपत्यकामा सङ्क्रमित र मृत्यु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म काठमाण्डू उपत्यकामा कोभिड-१९ का कारण २१३ जनाको निधन भइसकेको छ। यो मङ्गलवारसम्मको तथ्याङ्क हो।मृतकमध्ये सबैभन्दा बढी काठमाण्डू जिल्लाका छन्। काठमाण्डूमा १४२, भक्तपुरमा ३० र ललितपुरमा ४१ जनाको निधन भएको हो।देशभरिमा मङ्गलवारसम्म कुल ६६३ जनाको निधन भइसकेको छ।उपत्यकाभित्र हालसम्म ४६,००० भन्दा बढी मानिसहरू सङ्क्रमित भइसकेका छन्। त्यसमध्ये २०,००० भन्दा बढी सक्रिय सङ्क्रमित छन्।


Your Views
Related News