एजेन्सी, २७ असोज । माया दुई आत्माको मिलन हो । दुई आत्मा एक भएर मात्र सम्बन्ध अगाडि बढ्न सक्छ । तर मायामा फसाउन मात्र पनि प्रेम गरेको नाटक गर्नेको कुनै कमि छैन यहाँ । त्यस्तै घटना कानपुरमा भएको छ । कानपुरमा फतेह खान नामका एक मुस्लिम युवकले आर्यन बनेर एक हिन्दु परिवारको घरमा भाडामा बसे ।विस्तारै हिन्दु परिवारको छोरीसँग चिनजान बढाएर केटीमाथि लगातार दुई वर्षसम्म शारीरिक शोषणसम्म गरेका छन् । त्यो कुरा शंका लागेपछि घरवालाले उनको निगरानी राख्न थाल्यो । निगरानीको क्रममा केही शंकास्पद चीज भेटेपछि हिन्दु परिवार प्रहरीकोमा पुगेको छ ।

वास्तवमा मुस्लिम युवक फतेह खानले आर्यन मल्होत्राको नाममा फर्जी परिचय पत्र बनाएका थिए । कानपुर स्थित नौबस्ता थानामा परेको उजुरीमा हिन्दु परिवारले हिन्दु केटा नै भएकोले भाडाँमा बस्न दिएको बताएका छन् । तर शका लागेर उसको सत्यता पत्ता लगाउन खोज्दा उनीसँग दुईटा परिचयपत्र भेटिएको थियो । उनी वास्तवमा मुस्लिम परिवारका फतेह खान रहेछन् । पीडित परिवारले प्रहरीमा उजुरी दिएको छ।

READ MORE NEWS

मनसुन बाहिरिन अझै केही दिन लाग्ने

काठमाडौं, २८ असोज । नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागले आज एक विशेष बुलेटिन निकालेर यस वर्षको मनसुन सुदूरपश्चिम र कर्णाली प्रदेशबाट असोज २५ (अक्टोबर–१) मा नै बाहिरिएको (बहिर्गमन) भइसकेको भएपनि बाँकी भू–भागबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जनाएको छ ।नेपालको केही भू–भागमा बाँकी भएको मनसुनी प्रणाली कमजोर अवस्थामा रहेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो । यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद्को भनाइ छ।

गत वर्ष पनि मनसुन अक्टोबर १२ मा बाहिरिएको थियो । यस वर्ष अझै केही दिन ढिलो हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको बताइएको छ । हाल प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहेको छ ।राति प्रदेश नं १ वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू–भागमा आंशिक बदलीको सम्भावना रहनुका साथै प्रदेश नं १ वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हलका वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव शून्य र अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री र सबैभन्दा धेरै वीरेन्द्रनगरको अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

READ MORE NEWS

चिकित्सा शिक्षा आयोगको अक्षम्य अपराध


Your Views
Related News