बाबा रामदेव हात्तीमाथि बसेर योग गर्दागर्दै लडेका छन्। उत्तर प्रदेशको मथुरास्थित, महावन आश्रममा एक सजाइएको हात्तीमा चढेका थिए उनी। वरपर उनलाई हेर्नेको भिड थियो।आकाशतर्फ फर्केर आँखा चिम्म गरेका उनले आफ्नो एउटा हातलाई अर्कोले बाँधेका थिए, टाउकोमा लगेर। त्यसरी अभ्यास गर्दैगर्दा एकाएक हात्ती चल्मलायो। र, बाबाले आफूलाई सम्हाल्नु अघि उनी लडे।हात्तीबाट खसेका उनी हाँस्दै उठे र अघि बढे। हाल उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

ठीक एक महिनाअघि बाबा रामदेश साइकलबाट लडेको भिडियो भाइरल भएको थियो। उनी पानी परिरहेको अवस्थामा साइकल चलाउँदै थिए। पार्कको एउटा मोडमा पुगेपछि उनी अनियन्त्रित हुँदै लड्छन्। उक्त भिडियो सार्वजनिक भएपछि केही भारतीय मिडियाका प्रस्तोताले हाँस्दै सामाचार वाचन गरेका थिए।पुन: लडेका बाबाजीमाथि सामाजिक सञ्जालमा ट्रोल भइरहेको छ।

पेलु नाम गरेका ट्वीटर प्रयोगकर्ताले सोधेका छन् : बाबाजी यो आशनको नाम त बताएर जानुस्!त्यस्तै रामदेव मण्डलले लेखेका छन् :

बालकृष्ण : बाबा जी हात्तीबाट खसेर कस्तो लागि रहेछ?

बाबा रामदेव : भारतको जिडिपी जस्तो।

कुमार जेनाले बाबा रामदेव साइकलबाट वा हात्तीबाट हालसालै खसेपनि मान्छेको नजरबाट सन् २०१४ मै खसेको जनाएका छन्। त्यस समय उनी विविध कारण विवादमा तानिएका थिए। दलित समुदायप्रति अपमानजनक टिप्पणी गरेको आरोप खेपेका थिए। सोही वर्षको अन्त्यमा उनले श्रम कानून उलङ्घन गरेको र औषधीहरूमा गलत लेबल लगाएको आरोप खेपेका थिए। संघ गौतम नामक प्रयोगकर्ताले लेखेका छन् : बाबा विल्कुल त्यसरी खसे जसरी १३ औं लोकसभा चुनाव (१९९९) मा एक मत अन्तरले बिजेपी खसेको थियो।दूर्घटनामाथि मजाक भइराख्दा रामदेवका सहयोगीले भने उनी सकुशल रहेको जानकारी दिएका छन्।

READ MORE NEWS

सञ्चार गृहबाट पीडित पत्रकारले बालुवाटार घेरे, दोस्रो चरणको आन्दोलनको तयारी

काठमाडौं । संचार गृहहरुबाट पीडित पत्रकार तथा कर्मचारीहरुले आज थाल ठट्टाउँदै प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन् । लामो समयदेखि ठूला मिडियाहाउसले कर्मचारीहरुलाई जबरजस्ती कामबाट निकालेको, न्यनतम पारिश्रमक समितिले निर्धारण गरेको तलब नदिएको, काम बाट निकालएका पत्रकार तथा कर्मचारीहरुलाई तत्काल पुरबाहालीको माग राखेर आन्दोलनमा उत्रिएका पत्रकारहरु र श्रमजीवीहरुले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सरकार कता छ भन्दै घेराउ गरेका छन् ।कोरोना महामारीको बेला न्युनतम मानवीयतालाई बिर्सेर मिडिया मालिकहरुले पत्रकार र कर्मचारीको पेटमा लात हानेर सडकमै पुर्याइदिएपछि त्यसको प्रतिरोध सडकबाटै गर्ने भन्दै थाल ठटाएर नाराबाजीसहित भब्य प्रदर्शन गरेका हुन् ।

पत्रकार महासंघ अन्तर्गतको श्रमजीवी हित प्रवर्द्धन समितिका सहसंयोजक तथा केन्द्रीय सदस्य जन्मदेव जैसीको नेतृत्व र समन्वय र सञ्चारगृहका पीडित पत्रकार रकर्मचारी संयुक्त संघर्ष समितिका संयोजक धर्मेन्द्र कर्णको मुख्य संयोजनमा गत असोज १५ गतेबाट रिले अनसन, मिडिया हाउस घेराउ गर्दै आज बालुवाटारमा थाली ठटाएर, नाराबाजी गर्दै घेराउ गरेका हुन् ।प्रदर्शनका नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाल, नेपाल पत्रकार महासंघको श्रमजीवि हित प्रवर्द्धन समितिका सहसंयोजक तथा केन्द्रीय सदस्य जैसी, अर्का केन्द्रीय सदस्य गोविन्द चौलागाईँ, राष्ट्रिय दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, नेपाल प्रेस युनियन काठमाडौंका अध्यक्ष जगन्नाथ दुलाल, प्रेस संगठनका नेता सागर पन्त, नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य नरेश शाही, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीको सहभागिता थियो ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य करन बडाल, क्रान्तिकारी पत्रकार महासंघका प्रतिनिधिहरु, आठवटै ट्रेड युनियन संयुक्त संघर्ष समितिका तर्फबाट क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष लोकेन्द्र थापा, प्रगतिशील ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरी, कान्तिपुर टेलिभिजन कर्मचारी संघकी अध्यक्ष निर्मला बस्नेत, महासचिव राजन तामाङ, कान्तिपुर मिडिया ग्रुप संयुक्त संघर्ष समितिका संयोजक श्रीराम वाग्ले, कान्तिपुर, कारोबार, अन्नपूर्ण, नागरिक, एभिन्युज, माउन्टेन टिभी, नेपाल आज अनलाइनका पीडित श्रमजीवीहरुलगायत सम्पूर्ण पत्रकार तथा श्रमजीवीहरुको सहभागिता गरेहेका थियो । दशैंलगत्तै दोश्रो चरणको सशक्त आन्दोलन गर्ने महासंघले तयारी गरेको छ ।

कांग्रेसले भन्यो, ‘हुम्लामा चीनले नेपाली भूमि मिचेकै हो, सरकारको मौनता लज्जास्पद र आपतिजनक’

काठमाडौं, २८ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा चीनले नेपाली भूमि मिचेको दावी गर्दै यस विषयमा सरकारले तत्काल धारणा सार्वजनिक गर्नुपर्ने माग गरेको छ ।कांग्रेसले आज (बुधबार) एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारसँग हुम्लामा चीनद्वारा मिचिएको भूमिका बारेमा तत्काल धारणा सार्वजनिक गर्न माग गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत् सरकारलाई मिचिएको भूमिका बारेमा राष्ट्रको साझा धारणा निर्माण गर्न, चीन सरकार समक्ष ‘प्रोटेस्ट नोट’ पठाउन र कुटतीतिक संवादमार्फत् समाधान खोज्ने प्रक्रिया अविलम्ब शुरु गर्न माग गरेका छन् ।हुम्लामा ‘चीनले सीमा मिचेको छैन’ भनेर हतारिएर टिप्पणी गर्ने सरकार सीमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि मौन बसेर ढाकछोप गर्न प्रयत्नशील रहेको विषयलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको शर्माको भनाइ छ ।हुम्लास्थित स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको नेतृत्वले असोज पहिलो साता गरेको स्थलगत अध्ययनको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि १४ असोजमा कर्णाली प्रदेश सभाका विपक्षी नेता एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको नेतृत्वमा एक अध्ययन कार्यदल नाम्खा पुगेको थियो ।

चीनसँगको सीमामा सो भूगोलमा रहेका पिलर नम्बर ५ देखि १२ सम्मको सीमाक्षेत्रमा सो टोलीले ११ दिन लगाएर गरेको अध्ययनले नाम्खाको लिमिमा चीन सरकारले करिब दुई किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको कांग्रेसको जिकिर छ ।‘दुई किलोमिटर भूमि अतिक्रमण हुँदा सूचना नराख्नु, जानकारी दिने सहायक प्रजिअलाई २४ घण्टे स्पष्टिकरण काट्नु, प्रजिअ नेतृत्वको टोली स्थलगत अध्ययनमा छँदै ‘सीमा मिचिएको छैन’ परराष्ट्र मन्त्रालय बोल्नु, सो टोली सीमाबाट फर्किएपछि मिडियालाई विवरण दिन रोक लगाइनु, त्यो अध्ययन टोलीको विवरण केन्द्रमा समेत सार्वजनिक नगरिनु अनि प्रतिपक्षी दलको प्रदेश संसदीय दलको नेतृत्वले अध्ययन गरेको प्रतिवेदन पाएपछि पनि प्रदेश र केन्द्र सरकार दुबै मौन रहनु दुःखद, लज्जास्पद र आपत्तिजनक छ’, कांग्रेसले भनेको छ ।


Your Views
Related News