वालिङ। सुचना, संचार, प्रविधिको प्रयोग गर्दै जनताका सेवा सुविधालाई विधुतिय प्रणालि अन्तर्गत कार्य सम्पादन गर्ने हेतुले वालिङ नगरपालिकाले डिजिटल सुशासन प्रणालिको सुरुवात गरेको छ। स्मार्टपालिका प्रालि तथा वालिङ नगरपालिकाको संयुक्त प्रयासमा सुरु भएको सो सुशासन प्रणालि गत आश्विन ११ गते नगरपालिकाको भवनमा प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षत्रीको समुपस्थितीमा सम्पन्न भएको छ।नेपालकै अग्रीणि नगरपालिकाको रुपमा रहिआएको वालिङ नगरपालिकाले जनताका सेवाहरु डिजिटल प्रविधिको उच्चतम प्रयोग गर्दै जनताले घर बसि मोबाईलको प्रयोग गर्दै नगर र वडाबाट लिने कयौँ सेवाहरु सहज रुपमा लिन सक्ने सिस्टमको विकास गरिएको छ,कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीको शुभकामना मन्तव्यमा भन्नुभयो।

कार्यक्रममा स्याङ्जा जिल्ला भित्रका बिभिन्न स्थानिय तहका प्रमुख तथा बिभिन्न राजनैतिक दलका नेताहरुको उपस्थिति थियो।नगरका प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवालीको कार्यक्रम संचालनमा सम्पन्न कार्यक्रममा स्मार्टपालिकाले विध्युतिय सुशासन प्रणालि हस्तान्तरण एवम् शुभारम्भ भएको थियो।नगरप्रमुख दिलिप प्रताप खाँडका अनुसार वालिङ नगरपालिकाले विगत २ वर्षभन्दा लामो संघर्ष र निरन्तरताले पहिलोपटक जनमैत्री र प्रविधिमैत्री सुशासन प्रणालिको विकास गर्दै जनताको गुनासो, जनताको सेवा डिजिटल रुपमा सुरु गर्न सकिएकोमा नगर सम्पुर्ण जनता र स्मार्टपालिका प्रालिलाई सधन्यवाद व्यक्त गर्दछ भन्नुभयो।

स्मार्टपालिकाका रिलेसनसिप म्यानेजर राजानन्द माण्डव्यका अनुसार देशका १०० भन्दा बढि स्थानिय निकायलाई प्रविधिमय बनाउदै प्रविधिमैत्री जनता र पालिकालाई डिजिटल रुपान्तरणमा अग्रसर गराउने अभियानमा स्मार्टपालिका रहेको छ। स्मार्टपालिकामा हाल ७४ प्रकारका मोड्युलहरु रहेका छन। जस्मा जनताका आधारभुत सेवा सुविधा अन्तरगत पंजिकरण घटना दर्ता, सिफारिस, ई( नक्सा, स्मार्ट पेमेन्ट सहितका सुविधा मोबाईलबाटै गर्न सकिने छ। स्मार्टपालिकाका प्रमुख मनोज भट्टराईका अनुसार डिजिट हस्ताक्षरका लागि रेडिएन्ट टेक्नोलोजि, स्मार्ट पेमेन्टका लागि खल्ति, कनेक्ट आईपिएस लगायत अन्य विभिन्न आईटि कम्पनिहरुको सहकार्य गराउदैँ वालिङ नगरपालिकालाई प्रविधिमा फड्को मार्न सहजिकरण गराउनेमा कम्पनि तत्पर रहनेमा विश्वस्त रहेको छ। पिन्क सिटिको रुपमा परिचित वालिङ नगरपालिकामा काम गर्न पाउदाँ अत्यन्त खुसि लागेको अभियान निर्देशक बिबस महतले बताउनुभयो।

कम्पनि ब्राण्ड एम्बेस्डर अभिनेत्री सुरक्षा पन्तको समेत सहभागिता रहेको सो कार्यक्रममा युवालाई देशमै केहि गर्ने अवसर दिदै देशलाई प्रविधिमा विकास गर्दै सम्पुर्ण स्थानिय निकायलाई डिजिटल रुपान्तरण गराउदैँ निकट भविष्यमा स्मार्टपालिका सबै निकायको मात्र नभै सम्पुर्ण जनतालाई प्रविधिमय बनाउने अभियानमा सफल हुने बताउनुभयो। सो हस्तान्तरण, सुचना प्रविधि अधिकृत प्रकाश अर्यालको कार्यप्रतिवेदन तथा विभिन्न राजनैतिक दलहरुको कार्यसफलताको शुभकामना सहित कार्यक्रम सम्पन्न भएको थियो।पहिलो डिजिटल सिफारिस लिने नगरका नागरिक सन्देश पंगेनिले अविवाहित सिफारिस लिएर सेवाको सुभारम्भ गरेका थिए।

READ MORE NEWS

पर्वत कुश्माका मुख्यचोकमा सिसी क्यामेरा

पर्वत कुश्माका मुख्यचोकमा सिसी क्यामेरा
पर्वत, २८ असाेज । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारको सुरक्षा संवेदनशील क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ ।विगत चार वर्षअघिदेखि बिग्रेका क्यामेरा मर्मत गरी सिसीटिभी मङ्गलबारदेखि सञ्चालनमा ल्याइएको हो । कुश्मा नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालयले क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याएका हुन् ।कुश्मामा २० वटा संवेदनशील ठाउँमा क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताउनुभयो । “सुरक्षा संवेदनशीलता भएका ठाउँमा क्यामेरा जडान गरिएको छ”, उहाँले भन्नुभयोे, “चोरी, झैझगडा र अन्य अपराध रोक्नका लागि यसले सहयोग पुर्याउने छ ।”

कुश्मा मुख्यचोक, बजार क्षेत्र, लामा र अग्ला पुल, बञ्जीजम्पलगायत ठाउँमा क्यामेरा जडान गरिएको छ । लोकतान्त्रिक चोक, प्रगतिचोक, मैत्रीचोक, आचार्यचोक, दुर्लुङचोक, शिवालयचोक, बन्जीचोक, अस्पताल चोकलगायत स्थानमा सिसी क्यामेरा जडान गरिएको छ ।यसअघि विसं २०७२ मा राखिएकामध्ये पाँचवटा क्यामेरा मर्मत गरी पुनः सञ्चालन गरिएको छ भने १५ क्यामेरा कुश्मा नगरपालिकाको सहयोगमा राखिएको छ । पहिलो चरणमा २० वटा राखिए पनि बजार क्षेत्रलाई केन्द्रित गरेर व्यावसायिक प्रतिष्ठानको सहकार्यमा थप क्यामेरा जडान गर्ने लक्ष्य राखिएको प्रनाउ अधिकारीले बताउनुभयो ।

कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले सिसीटिभीको शुभारम्भ गर्दै बजारमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर प्रहरीसँगको सहकार्यमा सिसीटिभी क्यामेरा मर्मत गरी पुनः सञ्चालन गरिएको बताउनुभयो । क्यामेरा पुनःसञ्चालनका लागि नगरपालिकाले रु पाँच लाख सहयोग गरेको छ । “आपराधिक क्रियाकलाप रोक्नका लागि यो प्रविधि सबैभन्दा उपयोगी छ”, उहाँले भन्नुभयो, “जनशक्तिसमेत कम लाग्ने भएकाले अपराध नियन्त्रण गर्न प्रहरीलाई पनि ठूलो सहयोग पुग्छ ।”

कुश्माबजारमा धिरज कम्प्युटर नेटवर्कले सञ्चालन गरेको नेटको नेटवर्कलाई प्रयोग गरी क्यामेरा जडान गरिएका कारण तारका लागि छुट्टै खर्च गर्नुपरेको छैन ।यसअघि विसं २०७२ मा धवलागिरि अञ्चलको प्रवेशद्वारको रूपमा रहेको पर्वतको डिमुवाबाट पर्वतको सदरमुकाम कुश्माबजार र वारीबेनीमा समेत क्यामेरा जडान गरिएको थियो ।सबै क्षेत्रमा गरी ३५ वटा क्यामेरा जडान गरिएको थियो । सिसीक्यामेरा जडान गर्नका लागि पर्वत उद्योग वाणिज्य सङ्घको संस्थागत पहल तथा जिल्ला विकास समिति र कुश्मा नगरपालिकाले समेत सहयोग पुर्याएका थिए । त्यसका लागि रु २२ लाखभन्दा बढी खर्च गरेको तर मर्मतको अभावमा एक वर्षपछि नै सबै क्यामेरा बिग्रिएका थिए ।

चाडपर्वकालागि खसीबोका ल्याउने क्रम बढेपनि बिक्री हुन नसक्दा किसान चिन्तित

तनहुँ, २८ असोज । चाडपर्व नजिकिएसँगै  विकट गाउँबाट दमौलीमा खसीबोका ल्याउने क्रम बढ्न थालेको छ । पछिल्लो समय दमौलीमा खसीबोका ल्याउने क्रम बढेपनि बिक्री हुन नसक्दा किसान चिन्तित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण यो वर्ष दमौली बजार सुनसान देखिएको किसान बताउँछन् ।पहिले दशैं आउनुभन्दा अघि नै खसीबोका खरिदबिक्रीका लागि भीड लाग्ने दमौली बजार यो वर्ष भने सुनसान देखिएको किसान निमबहादुर सुनारले बताउनुभयो ।

गत वर्षको दशैंँमा खसीबोका बेचेर राम्रो आम्दानी गरेका सुनारले यसपाली बिक्री नभएको बताउनुभयो । “यो समय सबैभन्दा धेरै खसीबोका बिक्री हुने बेला हो”, उहाँले भन्नुभयो, “बिक्री नहुँदा पशुपालन किसान चिन्तित भएका छन् ।”कोरोना भाइरसले गर्दा बजारमा चहलपहलमा कमी आउनुका साथै आम्दानी पनि कम भएकाले खसीबोका बिक्री हुन नसकेको अनुमान किसानको छ ।ब्यास नगरपालिकाको कार्यालयले खसीबोका बिक्रीस्थलका लागि दमौलीस्थित पुरानो प्रशासन कार्यालयमा व्यवस्था मिलाइदिएको छ । उक्त स्थानमा दैनिक एक दर्जन बढी किसान तथा व्यवसायीले खसीबोका बिक्रीका लागि ल्याउने गरेका छन् । गत वर्ष तनहुँमा सात लाखको बिक्री गरे पनि यो वर्ष ५० प्रतिशत कममा झर्ने अनुमान गरिएको किसान बताउँछन् ।

 


Your Views
Related News