मकवानपुर । परम्परागत कृषि प्रणलीबाट किसानको स्तर उकास्न नसकिने निष्कर्षसहित कृषिमा यान्त्रिकीकरणको अवधारणा अघि सारेको मकवानपुरगढीमा पहिलोपटक मेसिनबाट धान काट्न शुरु गरिएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले उत्पादन लागत कम गर्न कृषिको यान्त्रिकीकरण शुरु गरेको हो । किसानले उत्पादनमा व्यहोर्नुपर्ने लगानीलाई सकेसम्म कम गर्न विभिन्न कृषि उपकरण वितरण गर्दै आएको गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईँ बताउँछन् । अघिल्ला अर्थिक वर्षमा धान रोप्ने, मकै गोढ्नेलगायत उपकरणका साथै ठूला ट्र्याक्टर, पावर टिलर तथा सयौँको सङ्ख्यामा हाते ट्र्याक्टर वितरण गरिएको उनले जानकारी दिए ।

गाउँपालिकाको आर्थिक वर्ष २०७७÷७८ को स्वीकृत कृषि विकास कार्यक्रमअन्तर्गत कृषि यान्त्रिकीकरण प्रवद्र्धन गर्न धान काट्ने उपकरण वितरण गरिएको उनले बताए । यसै वर्ष कृषिका लागि बहुउपयोगी ठूला ट्र्याक्टर वितरण गरिने उनले जानकारी दिए । कृषि उपकरण वितरणमा सहकारीसँग साझेदारी गरिएको भए पनि अबका दिनमा किसान र सहकारीले ५० प्रतिशत लगानी व्योहोर्नुपर्ने र बाँकी ५० प्रतिशत गाउँपालिकाले व्योहोर्ने गरी योजना बनाइने उनको भनाइ छ ।

यसैबीच एक कार्यक्रमकाबीच मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाइँले कृषि सहकारीलाई मेसिन हस्तान्तरण गर्नुका साथै धान काटेर मेसिनको उद्घाटन गरे । अध्यक्ष हुमागाईँले श्रमिक साना किसान कृषि सहकारी संस्था लिमिटेड मकवानपुरगढी–३ का प्रबन्धक गीता लम्साल र एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक सहकारी संस्था लिमिटेड मकवानपुरगढी–६ का उपाध्यक्ष बद्रीप्रसाद दाहाललाई उपकरण हस्तान्तरण गरेका हुन् ।एक घण्टामा १० कठ्ठाभन्दा बढी क्षेत्रको धान काट्न मिल्ने उपकरणको प्रयोग सामान्य तालिमप्राप्त जोकेहीले पनि गर्न सक्ने मकवानपुरगढी गाउँपालिका–६ का अध्यक्ष टीकाप्रसाद दाहालले बताए ।

READ MORE NEWS

एनसीबीको केसमा छोरी सारालाई एक्लै पारेका सैफअलीले तैमुरलाई भने पुरै समय दिएर यसरी सिकाउँदैछन् क्र‍िकेट, जुन कुरा सुनेर सारा र इब्राहिम धेरै रिसाएका छन्

एजेन्सी । आज भन्दा झण्डै २ हप्ता पहिले सुशान्त केसमा देखिएको ड्र’ग्सको विषयमा साराअली खानलाई एनसीबीले केरकार गर्दैगर्दा बाबु सैफअली खान सारासंग निकै नै रिसाएका थिए । सैफअली छोरी सारासंग रिसाएका मात्र थिएनन् । उनले सारालाई त्यस्तो अप्ठ्यारो परिस्थितिमा एक्लै लड्नकालागी छाडेर करिना र छोरा तैमुरसंग दिल्लीमा रहेको आफ्नो हवेलीमा गएका थिए ।सैफअली र करिना अहिले पनि उनीहरुको पुर्खेउली घर दिल्लीमा नै छन् । करिनालाई बिहे गरेदेखि सैफअलीको पुरै ध्यान, करिना र उनीबाट जन्मिएका छोरा तैमुरप्रति केन्द्रित भएको कुरा जगजाहेर नै हो । फेरी करिना यो समयमा दोश्रो सन्तानकी आमा बन्दै पनि छिन् । यस्तोमा करिना र तैमुरको ध्यान राख्नु सैफकोलागी प्राकृतिक पनि हो ।

तर यी दिनहरुमा सुशान्तको केसले निम्त्याएको ड्र’ग्स मामिलामा छोरी साराअली खानको नाम मुछिंदा भने सैफअलीले सारालाई सहयोग नगरेको विषयमा भने उनी र उनका भाईसंगै पूर्व पत्नि अमृता सिंह निकै नै दुःखी छन् । उता सैफअलीलाई भने साराको कुनै चिन्ता नभएको श्रोतको भनाई छ ।यो कुरालाई प्रमाणीत गरिदिएको छ करिनाबाट जन्मिएको छोरा तैमुरसंग सैफअलीले बिताई रहेको रोमान्टिक पलहरुको चर्चाले । सैफले तैमुरसंगको समय उनलाई नयाँ नयाँ खेलहरु सिकाएर बिताई रहेका छन् । पछिल्लो समय सैफ र करिनाले छोरा तैमुरलाई क्रिकेट खेल्न सिकाई रहेको कुराले निकै नै चर्चा बटुलेको छ ।

आफ्नै खुन र पहिलो सन्तान सारालाई वेवास्ता गरेर क्रिकेटको ब्याट राम्रोसंग समात्न नजानेको र क्रिकेटको विषयमा केही पनि जान्न र बुुझ्न सक्ने बुद्धि पनि नभएको त्यो सानो बच्चालाई क्रिकेट खेलाएको कुराले यतिबेला सैफ फेरी सोसल युजरसले ट्रोल बनाएका छन् । तर सैफलाई न सोसल युजरसको मतलब छ न त छोरी साराको नै । उनी तैमुरसंगको आफ्नै दुनियाँमा रमाई रहेका छन् ।साथै छोरा तैमुरले क्रिकेट खेलेको देखेर आमा करिना भने निकै नै खुशी छिन् । र उनले तैमुरले क्रिकेट खेल्दै गरेको तस्वीरलाई आफ्नो इंस्टाग्रामको अफिसियल पेजमा शेयर गरेकी पनि छन् । उनले तैमुरलाई आईपीएलमा खेल्ने खेलाडीसंग तुलना गर्दै आईपीएलमा ठाउँ खाली छ ? भन्ने प्रश्न समेत सोधेकी छन् ।

थाइराइड भएका व्यक्तिमा हड्डी खिइने जोखिम उच्च

१२ अक्टोबरलाई हरेक वर्ष विश्व अर्थाइटिस दिवसको रूपमा मनाइन्छ । विश्वभरि अर्थाइटिस रोगको प्रकृति र यसले शारीरिक तथा मानसिक स्वास्थ्यमा पार्ने असरबारे जानकारी दिन विश्व अर्थाइटिस दिवस मनाइने गरिन्छ । यो वर्ष ‘टाइम टु वर्क’ नाराका साथ विश्व अर्थाइटिस दिवस मनाइएको छ । शरीरका जोर्नीहरूमा रहने कुरकुरे हाड अर्थात् कार्टिलेज खिइनुलाई ओस्टियो अर्थाइटिस भनिन्छ । व्यावहारिक भाषामा यसलाई हड्डी खिइनु पनि भनिन्छ । खासगरी यो समस्या ६० वर्षभन्दा माथिका वृद्धवृद्धामा बढी हुने गर्छ । तर, कतिपय अवस्थामा वयस्कमा पनि हड्डी खिइने समस्या हुन्छ । नेपालमा कति जनामा हड्डी खिइने समस्या छ भन्ने यकिन तथ्यांक छैन । तर, हड्डी र जोर्नी दुखाइको समस्या लिएर दैनिक सयौँ व्यक्ति अस्पताल आउने गर्छन् । घुँडाको हड्डी, कम्मर, छाती, हिप र यस्तै स–साना हातका औँलाका हड्डीमा जोर्नी खिइने समस्या बढी हुन्छ ।

कारण
जोर्नी खिइनुको मुख्य कारण बढी उमेरलाई नै मान्ने गरिन्छ । यसबाहेक अत्यधिक मोटोपनका कारणसमेत वयस्कहरूमा जोर्नीको समस्या देखा पर्दछ । महिनावारी रोकिइसकेका महिलामा र पहिले नै पाठेघरको रोगको कारण शल्यक्रिया गरेका महिलामा ओस्टियो अर्थाइटिस हुने सम्भावना हुन्छ ।थाइराइडको समस्या भएका मानिसमा पनि जोर्नी खिइने समस्या हुने सम्भावना उच्च हुने गर्दछ । यस्तै विभिन्न दुर्घटनाबाट हड्डीमा लागेको चोटपटकबाट जोर्नी खिइन्छ । यसबाहेक कुरकुरे हाड च्यातिनु, जोर्नीहरू फुस्किनु, हड्डी जोड्ने तन्तुहरूमा चोट लाग्नु आदि विभिन्न कारणले जार्नीमा समस्या देखागर्छ । शरीरमा भिटामिन डी, क्याल्सियम, हार्मोनको कमी र विभिन्न कारणले हुने जोर्नीको संक्रमणबाट पनि हड्डी खिइने हुन्छ ।

कसरी थाहा पाउने ?
सामान्यतया जोर्नीमा रहेको कुरकरे हाड भाँचिँदा जोर्नीमा दुखाइ हुने गर्छ । कुरकुरे हाड जोर्नीमा रहेको नरम र लचिलो हाड हो, जसले एक–अर्को हड्डीहरूलाई रक्षा गर्नुका साथै चलाउँदा सजिलो बनाइदिन्छ । कुरकुरे हाड भाँचिएपछि हड्डीहरू एक–अर्कामा घर्षण हुन्छन्, फलस्वरूप जोर्नीमा दुखाइ उत्पन्न हुने गर्छ । कुरकुरे हड्डीमा रक्तकोषिका नहुने भएकाले एकचोटि भाँचिएपछि आफैँ निको हँुदैन । जसको कारण जोर्नीमा अत्यधिक दुखाइ हुने गर्छ, जुन ओस्टियो अर्थाइटिसको मुख्य लक्षण पनि हो । हड्डी खिइएर दुखेको जोर्नीमा छँुदा बढी दुख्ने हुन्छ । यस्तै घुँडामा हो भने टुक्रुक्क बस्ने नसक्ने, खुम्च्याउन नसक्ने, घुमाउन नसक्ने हुन्छ । यसबाहेक जोर्नी दुख्ने, सुन्निने, चलाउँदा आवाज आउने आदि ओस्टियो अर्थाइटिसका लक्षणहरू हुन् ।

रोकथाम र उपचार
शरीरमा भिटामिन डी, क्याल्सियम आदिको कारणसमेत हड्डी दुख्ने भएकाले क्याल्सियम र भिटामिनयुक्त खानेकुराहरू सेवन गर्नुपर्छ । बजारमा केही सप्लिमेन्टहरू पाइन्छन्, जसले जोर्नी खिइने समस्यालाई कम गर्छ । जस्तै फिस वेल, क्याल्सियमयुक्त खानेकुरा, अदुवा, दूध, अण्डा, गहुँको रोटी खानुपर्छ । हड्डी खिइने समस्या भएमा चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ । सम्बन्धित जोर्नीको एक्सरे, एमआरआई, रगतको जाँच र भिटामिन डीको लेभल जाँच गरेर उपचार गरिन्छ । सामान्य दुखाइ भएमा अवस्था हेरी औषधिको सेवन, फिजिकल थेरापी, कसरत, तौल घटाएर उपचार गर्न सकिन्छ । यस्तै दुखाइ कम गर्ने मलम लगाउने र सुईबाट औषधि दिएर उपचार गरिन्छ । यदि दुखाइ अत्यधिक हुँदै गएमा जोर्नी प्रत्यारोपण गरेर उपचार गरिन्छ । नेपालका विभिन्न अस्पतालमा जोर्नीको शल्यक्रिया गरेर प्रत्यारोपणबाट उपचार गरिन्छ । खासगरी घुँडाको प्रत्यारोपण र हिपको प्रत्यारोपण धेरै हुने गरेको छ ।

 


Your Views
Related News