बलिउड अभिनेता सञ्‍जय दत्त पहिलोपटक क्यानसरसँगको आफ्नो लडाइँबारे खुलेर बोलेका छन् । सेलिब्रिटी हेयरस्टाइल अलिम हकिमले बुधबार उनको इन्स्टाग्राम पेजमा एक भिडियो सेयर गरेका छन्, जसमा सञ्‍जय यसो भनिरहेका सुनिए, “म चाँडै क्यान्सर मुक्त हुनेछु ।”केजीएफ २ का लागि नयाँ हेयरस्टाइल र दाह्री बनाउन सैलुन गएका उनले सैलुनको प्रमोसन गर्दै-गर्दा क्यान्सरबारे बोलेका हुन् । उनले आफ्नो निधारमा भएको आलो घाउलाई देखाउँदै भन्छन्, “तपाईले देखिरहनुभएको यो दाग हालसालैको हो, तर म यसलाई हराउछु । म चाँडै क्यान्सरमुक्त हुनेछु ।”

लकडाउनपछि  पुनः काममा फर्किन पाएकामा उनले खुसी पनि व्यक्त गरे । नोभेम्बरदेखि केजीएफ २ को छायांकन सुरु हुने जानकारी पनि सञ्‍जयले भिडियोमा दिएका छन् । क्यान्सर पत्ता लागेपछि अगस्तमा सञ्‍जयले स्वास्थ्य उपचारका लागि केही समय कामबाट छुट्टी लिने घोषणा गरेका थिए । उनी फोक्सो क्यानसरको तेस्रो चरणमा रहेको बताइएको छ । आजबाट उनले चलचित्रकै पात्र काल शम्सेराको डबिङ पनि सुरु गरेका छन् ।

 

READ MORE NEWS

अब बुटवल ‘मेगा सिटी’

पछिल्लो १० वर्षमा तीव्र विकासमा अघि बढेको बुटवललाई १५ वर्षभित्र ठूलो र व्यवस्थित सहर बनाउने गुरुयोजना 

रूपन्देही — फराकिला सडक । दायाँबायाँका किनार सुन्दर र हरियाली । सडक छेउमा व्यवस्थित व्यावसायिक भवन र सपिङ मल । सडकमा गाडी र फुटपाथमा मान्छेको बाक्लो ओहोरदोहोर । फुर्सदमा कोही हुँदैन, सबै दौडधुप र हतारमै ।व्यवसायी व्यापारमा व्यस्त, बैंकमा ग्राहकको सधैं भीड । उद्योग, कलकारखाना निरन्तर सञ्चालनमा । धेरैको रोजगारीको केन्द्र । अहिलेको बुटवल सहरको परिचय यत्तिमै सीमित हुँदैन ।शिक्षाका लागि उत्कृष्ट रिजल्ट दिने सामुदायिकदेखि निजी क्षेत्रका विद्यालय बुटवलमै छन् । प्राविधिक शिक्षादेखि इन्जिनियरसम्मको अध्यापन बुटवलमै हुन्छ । धमाधम थपिँदै गरेका पाँचतारे होटलदेखि उत्कृष्ट रेस्टुरेन्ट र पार्टी प्यालेस सञ्चालनमा छन् । स्वास्थ्यका लागि पनि पर्याप्त सुविधा छन् । स्कुल, कलेज र अस्पताल खुल्ने क्रम जारी छ । कुनै बेला पहाडी घिउ बिक्री गर्ने र दैनिक उपभोग्य सामग्री खरिद गरेर पहाडी जिल्लामा पुर्‍याउने व्यवसायी र ढाक्रेको सहरको परिचय पाएको बुटवलले अहिले आधुनिक सभ्यता र संस्कृतिको सहरको चिनारी बनाउँदै छ । पुरानो रहनसहन र संस्कृति अहिले बदलिएको छ ।

बुटवल साबिकका लुम्बिनी अञ्चलका पहाडी जिल्लासँगै राप्ती, भेरी अञ्चलका धेरै जिल्लाको व्यापारिक केन्द्र हो । त्यस्तै स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दी जिल्लासँग पनि बुटवलको व्यापारिक साइनो छ । ००७ सालबाट व्यापारमा अग्रसर रहेको बुटवल अहिले व्यावसायिक, औद्योगिक हुँदै पर्यटकीय सहरका रूपमा पनि परिचय बनाउँदै छ । ०७४ माघमा तत्कालीन शेरबहादुर देउवा सरकारले प्रदेश ५ को अस्थायी राजधानी घोषणा गरेपछि बुटवलमा प्रशासनिक गतिविधिसँगै भीडभाड बढ्दो थियो । तीव्र गतिमा विकास र जनघनत्व बढ्दै गएको बुटवल सहरलाई प्रदेश सरकारको असोज २० गते बसेको मन्त्रिपरिषद् बैठकले सांस्कृतिक पर्यटकीय सहर बनाउने निर्णय गरेको छ । सरकारले प्रदेशको स्थायी राजधानी दाङ देउखुरी र नाम लुम्बिनी कायम गर्ने निर्णय गरेसँगै बुटवलको भविष्य छैन भन्नु हरेक कोणबाट गलत रहेको इतिहासकार एवं तत्कालीन बुटवल नगरपालिकाका पूर्वउपप्रमुख विमलबहादुर शाक्यले बताए ।‘प्रदेशको राजधानी रहेको भए अझै उत्तम हुने थियो,’ उनले भने, ‘तर बुटवल प्रशासनिकभन्दा पनि व्यावसायिक सहर भएकाले यसको विकासमा राजधानी सर्दैमा कुनै फरक पर्दैन ।’ शाक्यका नजरमा बुटवललाई सुन्दर, रमणीय, व्यापारिक र औद्योगिक सहरकै रूपमा विकास गर्नुपर्छ । बुटवलबाट २४ किलोमिटरको दूरीमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलमै बनिरहेको अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र र सभाहलले पर्यटक आगमनमा सहयोग पुर्‍याउनेछन् । त्यसैले अब प्रदेशको राजधानी नहुँदैमा सबै गुम्यो भन्नु भन्दा सरकारको सांस्कृतिक पर्यटकीय सहर बनाउने निर्णयलाई आत्मसात् गर्दै त्यसमा सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

भैरहवाको विमानस्थल निर्माण सम्पन्न हुने अन्तिम चरणमा छ । गत वर्ष तिलोत्तमा नगरपालिकाले गरेको लगानी सम्मेलनले बुटवल–भैरहवा ६ लेन करिडोर आसपासमा धेरै उद्योग र लगानीका लागि सम्भावनाको ढोका खोलेको छ । त्यसले बुटवलको सौन्दर्य र महत्त्व थप बढाउनेछ । विश्वै पहिचान बोकेको लुम्बिनी जोड्ने गरी बुटवल–भैरहवा ६ लेनको सडकबाटै भैरहवा–लुम्बिनी चार लेनको सडक पनि निर्माणाधीन छ । बुटवलबाटै बेलबास–बेथरी चार लेन सडकको निर्माण पनि अन्तिम चरणमा छ । ठूला आयोजना निर्माण र विकास संरचनामा पूर्वअर्थमन्त्री एवं अहिलेका नेकपाका महासचिव विष्णु पौडेलको राम्रै योगदान छ । १० वर्षअघिको जनगणनामा बुटवलको जनसंख्या ८ लाख १० हजार १ सय ९६ थियो । अहिले त्यो बढेर झन्डै तेब्बर भएको बुटवल उपमहानगरपालिकाको आकलन छ ।त्यस्तै घना बस्ती विकास पनि तीव्र रूपले भइरहेको छ । बुटवलमा देशभरका ७७ मध्ये ५० बढी जिल्लाका मानिसको बसोबास छ । बुटवलको विकासलाई अब कुनै पनि निर्णय र प्रक्रियाले रोक्न नसक्ने बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीको दाबी छ । सडक, खानेपानी, सिँचाइ, औद्योगिक क्षेत्र, पर्यटन, वातावरण, अन्तर्राष्ट्रिय सभाहल र प्रदर्शनी स्थल, विमानस्थल सबै क्षेत्रको विकासले बुटवलले देशकै ठूला सहरको नेतृत्व गर्न थालेको उनले बताए । ‘अबको १५ वर्षमा बुटवल देशकै अग्रणी र नेतृत्वदायी ‘मेगा सिटी’ का रूपमा विकास हुँदै छ,’ उनले भने, ‘त्यो पूरा गर्ने दृढ संकल्पका साथ उपमहानगरपालिकाले १५ वर्षे गुरुयोजना तयार गरेर काम गरिरहेको छ ।’ बुटवललाई केन्द्रमा राखेर लुम्बिनी, गौतम बुद्ध विमानस्थल, तिलौराकोट, रामग्रामसहितका क्षेत्रमा ६ र ४ लेनका सडक विस्तार भइरहेको उनले बताए । त्यसमा संघीय र प्रदेश सरकारको पनि पूर्ण सहयोग छ ।

बुटवललाई मध्यभागमै राखेर पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्ड ६ लेनमा विस्तार भइरहेको छ । चालु वर्षमै बुटवल–दाङ हुँदै कोहलपुरसम्मको प्रक्रिया अघि बढ्दै छ । त्यसले पनि बुटवललाई व्यापारिक, आर्थिक र राजनीतिक केन्द्रका रूपमा अघि बढाउनेछ । बुटवलकै तिनाउ र दानव नदीको किनारमा हरियालीसहितको ‘स्याटेलाइट सिटी’ निर्माण गर्ने योजना नगरपालिकाले तयार गरेको छ । पाँच वर्षभित्रै सम्पन्न गर्ने गरी त्यसको काम पनि अघि बढ्ने नगर प्रमुख सुवेदीको भनाइ छ । प्रदेश सरकारले पनि रूपन्देहीको बुटवल–भैरहवा, दाङको घोराही–तुलसीपुर, बाँकेको नेपालगन्ज–कोहलपुर जोडेर तीन महानगरपालिका बनाउने गरी योजना अघि बढाएको छ । त्यसले पनि बुटवलको विकासमा थप फड्को मार्नेछ ।बुटवलकै मोतीपुरलाई औद्योगिक क्षेत्र बनाउने गरी काम अघि बढेको छ । झन्डै एक हजार बिघा क्षेत्रफलमा उद्योग स्थापना गर्न संघीय सरकारले कार्यालय नै स्थापना गरेर काम अघि बढाएको छ । लुम्बिनी, नवलपरासीको रामग्राम र कपिलवस्तुको तिलौराकोटअन्तर्गतको बुद्ध सर्किटले पनि बुटवलकै आर्थिक विकासलाई जोड्नेछ । त्यसले नुन बोक्ने जमानाको थोक व्यापार गर्ने सहरलाई अझै ठूलो बनाउने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताए ।

‘प्रदेशको राजधानी पनि बुटवलमै राख्नुपर्थ्यो, जुन हुन सकेन,’ उनले भने, ‘तर पनि बुटवलको आर्थिक र औद्योगिक विकास अहिलेकै गतिमा अघि बढे अबको केही वर्षमै बुटवल फरक व्यापारिक केन्द्र बन्न सक्ने सम्भावनालाई कसैले रोक्न सक्दैन ।’ बुटवलको विकासका लागि प्रशासनिक राजधानी मात्र भन्दा पनि पूर्व–पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्ग प्रमुख मेरुदण्ड हुन् । अहिलेको विकास त्यसको आधारमा भएकाले भोलिका दिनमा पनि राजनीतिक नेतृत्वले त्यसलाई नै केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्ने उनको सुझाव छ ।प्रदेशको राजधानीका लागि संघसंस्थाले गरेको योगदानलाई प्रदेश सरकारले कदर गर्न नसकेको उनको गुनासो छ । उनका अनुसार प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय, विभाग, निवासलगायतले प्रयोग गरेका २४ भवनमध्ये तीन कार्यालय मात्र निजी घरमा भाडामा बसेका छन् । अन्य सबै संरचना सरकारी र संघसंस्थाले उपलब्ध गराएको उनले बताए । संघले प्रदेशको प्रदेशसभा सञ्चालनका लागि आफ्नै भवन उपलब्ध गराएको थियो ।


Your Views
Related News