काठमाडौं : जिल्ला प्रहरी कार्यालय झापाले हत्याको अभियोगमा एक जनालाई नियन्त्रणमा लिएको छ। कनकाई नगरपालिका वडा नम्बर ७ काब्रोटे टोलमा बस्ने २२ वर्षीय टल्के भन्ने रविन राजवंशीलाई बुधवार नियन्त्रणमा लिएको हो।युवकले मंगलवार राति साढे ९ बजेको समयमा कनकाई नगरपालिका वडा नम्बर ३ एकान्त टोलमा रहेको सुरुङ्गा खोलाको बाँध र बासघारी झ्याङ बीचमा भएको भित्री सानो गोरेटो बाटोमा २२ वर्षीय अभिषेक चौधरीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ। हत्या गरेको भोलिपल्ट मात्र स्थानीयले अभिषेक चौधरी उत्तानो परी अनुहार टाउको भरी रगताम्मै चोटै चोट भइ मृत अवस्थमा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा युवक रविनले गाँजाको विषयमा झगडा भएपछि हत्या गरेको खुलेको छ। हत्या भएको दिइन अभिषेकले १ सय रुपैयाँ दिएर रविनलाई गाँजा किन्न पठाएका थिए। रविनले गाँजा किनेर ल्याएपछि अभिषेशकले खान नदिएपछि विवाद भएको थियो। त्यही क्रमम अभिषेकले झापड समेत हानेको प्रहरीले जानकरी दिएको छ। रविनले त्यसपछि आफुलाई अपमान गरेको महशुस गरी आफ्नो घरमा गई बन्चरो ल्याएर बाटो ढुकेर गरी हत्या गरेको खुलेको छ।हत्यापछि उनी डरले भागेका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

READ MORE NEWS

ठेकेदार सम्पर्कविहीन, बत्ती बाल्ने आशमा बित्यो तीन वर्ष

सिमकोट, २९ असोज: हुम्लाको सिमकोट गाउँपालिका वडा नं ८ स्याँडाका नागरिकलाई ठेकेदारले बत्ती बाल्ने सपना देखाएको तीन वर्ष बितेको छ । लामो समयदेखि ठेकेदारको चरम लापरवाहीका कारण हालसम्म पनि बत्ती नबलेपछि स्याँडा गाउँका २४७ घरधुरी अन्धकारमा बस्न बाध्य छन् ।बिजुली बाल्ने बहानामा ठेकेदार तेजबहादुर महतले स्थानीयवासीलाई बिजुलीका खम्बा बोकाएर ज्याला भने हालसम्म नदिएको वडाध्यक्ष चक्र बुढाले बताए । गाउँ नजीकको अर्काे गाउँ माजसम्म बिजुलीका ३५ खम्बा पुगेको र ठेकेदार महतले जम्मा रु ८० हजार निकासा दिई बाँकी नदिएर सम्पर्कमा नआएको जनाइएको छ ।

गाउँमा बत्ती बाल्नका लागि वडा नं ८ स्याँडा कार्यालयले रु आठ लाख छुट्टयाएको भए तापनि सदुपयोग नभएर खेर गएको छ । कार्यालयले गाउँबासीलाई निशुल्क मिटरबक्स दिनका लागि रु आठ लाख छुट्याए पनि रु चार लाख खम्बामा खर्च भएको र रु चार लाख उपभोक्ताका खातामा बाँकी छ कि खर्च भयो भन्न्े थाहा नभएको वडाध्यक्ष बुढाले बताए ।विसं २०७४ मा हिल्दुम साना जलविद्युत् आयोजना बिजुली पु¥याउने प्रक्रियामा लागे तापनि तीन वर्ष बितिसक्दा पनि बिजुली नबलेको स्थानीयवासीले गुनासो गरेका छन् । विसं २०७५ मा पूर्वगाविस सचिवको कार्यकालमा स्याँडा गाउँलाई बत्ती बाल्ने भनेर रकम छुट्याइए पनि ठेक्काको जिम्मा लिएका ठेकेदारले काम पूरा गर्न नसकेको स्थानीयवासीले बताका छन् ।

दुवै क्षेत्रबाट सो रकम उपलब्ध नहुँदा सोही गाउँका ज्याला मजदूरी गर्ने व्यक्तिले सो रकम नपाएको स्थानीयवासी किरण बुढाले गुनासो गरे । स्थानीय बुढाका अनुसार त्यतिबेला सिमकोटको लाक्नाबाट १२ स्थानीयवासीले २० खम्बा बोेकेर गाउँ पु¥याएका थिए । “ठेकेदारको चरम लापरवाहीका कारण गाउँमा नत बत्ती बल्न सक्यो, न त काम गरेको ज्याला नै पाइयो”, किरणले भने ।बेलाबेलामा ठेकेदारलाई सम्पर्क गर्न खोज्दा ठेकेदारले फोन रिसिभ नगरेको उनको गुनासो छ । अहिले स्याँडा गाउँ बत्ती नबल्दा अन्धकारमय बनेको छ । खम्बा ओसारेका १२ कामदारले करीब रु पाँच लाख बराबर ज्याला पनि पाएका छैनन् । यतिखेर सो ठाउँका लागि राखिएका तार र खम्बा पनि बीचैमा लथालिङ्ग छन् ।सम्बन्धित ठेकेदारलाई पुनः एक पटक अनुरोध गर्ने तर नमानेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजूरी दिइने किरणले चेतावनी दिए । यस विषयमा कुरा गर्न खोज्दा ठेकेदार महतसँग सम्पर्क हुन सकेन ।

बढि भाडा लिनेलाई कडा कारबाही गर्दै ट्राफिक

काठमाडौँ– ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ ।ट्राफिक महाशाखाले क्षमताभन्दा बढि यात्रु राख्ने, बढि भाडा लिने भाडाका सवारी साधन, मिटरमा जान नमान्ने र यात्रु लिन इन्कार गर्ने ट्याक्सिहरुको अनुगमन र कारबाहिमा तिब्रता दिएको छ ।यात्रुको चाप बढि हुने रुटमा बिशेष चेक प्वाइन्ट राखी सवारी साधनको चेकजाँचमा कडाई गर्दै बढि भाडा लिने ४४ वटा बस तथा ६६ वटा ट्याक्सीलाई कारबाही गरेको छ ।महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले चाडपर्व लक्षित बिशेष योजनालाई मध्यनजर गरी सादा पोशाकमा समेत ट्राफिक प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारवाही अभियान चलाएको जानकारी दिए ।

उनले यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका बसपार्क एव मुख्य भिडभाड हुने चोकमा चेकजाँच गरी स्वास्थ्य मापदण्ड पालना गरे नगरेको र यात्रुसँग बढि भाडा लिए/नलिएको विषयमा अनुगमन गरिएको बताए ।उनले असोज महिनामा मात्रै सिट क्षमताभन्दा बढी यात्रु राख्ने, स्वास्थ्य मापदण्ड पालना नगर्ने १५ हजार ४५१ वटा सवारी साधनलाई सम्झाई वुझाई गरी सुधार गर्ने प्रतिबद्धता पश्चात छाडेको समेत जानकारी दिए ।महाशाखाले यात्रुको सुरक्षामा ध्यान दिन, क्षमताभन्दा बढि यात्रु नराख्न र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न समेत सबै यातायात व्यवसायी एवं यात्रुलाई अनुरोध समेत गरेको छ ।

भारतमा टेलिभिजन टीआरपी घोटाला : तीन महिना रेटिंग बन्द हुने

भारतमा अब टेलिभिजन र टेलिभिजन कार्यक्रमको रेटिंग तीन महिनासम्म नहुने भएको छ ।टेलिभिजन रेटिंग प्वाइन्ट  (टीआरपी) मा घोटाला भएको बाहिर आएपछि केहि सातादेखि यस विषयमा विवाद भइरहेको छ । रिपब्लिक टिभी र टाइम्स नाउ टिभी च्यानलसहित केहि च्यानलले पैसा दिएर रेटिंग बढाएको विषय बाहिर आएपछि यो विषय विवादित रहेको छ ।टिभीको रेटिंग गर्ने संस्था ब्रोडकाष्ट अडियन्स रिसर्च काउन्सिल (बार्क) ले आगामी १२ साता (तीन महिना) सम्म रेटिंग नगर्ने जानकारी दिएको छ ।

मुम्बई प्रहरीले अघिल्लो साता अर्नब गोश्वामीको रिपब्लिक टिभी र टाइम्स नाउले पैसा दिएर रेटिंग बढाएको आरोप लगाउदै बयानका लागि बोलाएको थियो । प्रहरीको एक्सनपछि रिपब्लिक टिभी पनि आफुहरुलाई बदनाम गरिएको भन्दै अदालत गएको छ ।रिपब्लिक टिभीले रेटिंगको डिभाइस राखिएका घरहरु पत्ता लगाएर उनीहरुलाई पैसा दिएर दिनभर आफ्नो च्यानल चलाई राख्न लगाएको आरोप लगाइएको छ । टिभी च्यानलले अनियमितता गरेको थाहा पाएपछि रेटिंग एजेन्सी बार्कले प्रहरीमा उजुरी गरेपछि प्रहरीले यस विषयमा छानबिन गरेको थियो ।


Your Views
Related News