अमेरिकामा डढेलो प्रभावित क्षेत्रमा बसोबास गर्दै मानिसहरुमा स्वास्थ्य समस्या देखिन सुरु भएको एपीले जनाएको छ। विभिन्न राज्यहरुमा लागेको डढेलोका कारण वातावरण प्रदूषण भएको र पानीको स्रोत समेत प्रभावित भएका छन्। लाखौं हेक्टर जमिन डढेलोका कारण नष्ट भएका छन्। हजारौं मानिसको डढेलोका कारण मृत्यु हुँदा लाखौं संख्यामा जंगली जनावर मारिएका छन्।

अधिकारीहरुका अनुसार पाँचवटा राज्यमा ८० लाख भन्दा बढी नागरिक डढेलोका कारण प्रभावित भएका छन्। डढेलोबाट प्रभावित ओरेगन राज्यमा प्रदूषणको तह सबैभन्दा बढी रहेको छ। धुवाँका कारण स्वास्थ्यमा समस्या आएपछि सयौं मानिस अहिले दैनिक रुपमा अस्पताल पुग्ने गरेका छन्। अस्पताल पुग्नेहरुमा धेरैजसो स्वास्प्रश्वासको समस्या लिएर आउने गरेको चिकित्सकहरु बताउँछन्।डढेलोका कारण निस्किएको धुवाँका कारण हावाको गुणस्तर कम हुँदै गएको छ। धुवाँका कारण मात्रै क्यालिफोर्नियामा ६ हप्तामा ३ हजार जनाको मृत्यु भएको बताइएको छ। वासिङटनमा पनि सयौं मानिसको धुवाँका कारण मृत्यु भएको छ।अमेरिकाको पूर्वी राज्यहरुमा डढेलो लागिरहने भएपनि यो वर्ष डढेलोको प्रभाव उच्च रहेको अधिकारीहरुले बताए।

READ MORE NEWS

बन्दाबन्दी खुलेसँगै इलाममा पर्यटकको चहलपहल शुरु

लामो समयको बन्दाबन्दीका कारण सुनसान भएको इलामको पर्यटकीय स्थलहरुमा हिजोआज आन्तरिक पर्यटहकको चहलपहल बढ्न थालेको हो । बन्दाबन्दी खुलेसँगै यातायात सञ्चालनमा आएको र अनुकूल मौसम भएकाले यहाँका पर्यटकीय स्थाल कन्याम, अन्तु र माइपोखरीलगायत घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।मौसममा सुधार भएसंगै पर्यटकको आगमन बढेको कन्यामका होटल ब्यवसायी टेकराज गिरीले बताए । “त्यहाँ आउने पर्यटकलाई स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर घुम्न आग्रह गर्ने गरिएको छ”, उनले भने, “हामीले पनि स्वस्थ्य मापदण्डको पूर्ण पालना गर्ने गरी सेवा प्रदान गरेका छौं ।”उनका अनुसार चिया बगान घुम्न, हिमाली क्षेत्रको दृश्यावलोकन र घोडचढी गर्न तथा विभिन्न जातजातिको भेषभूषमा सजिएर तस्वीर लिन यहाँ पर्यटक आउन थालेका छन् ।

अन्तुमा पनि आउने पर्यटकले यतिखेर यहाँको घरवास (होमस्टे) मा भरिएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सेवा दिन थालिएको अन्तुका होमस्टे व्यवसायी रुद्र घिमिरेले बताए । उनका अनुसार भीडभाड नहुने गरी होमस्टे, कटेज र होटलमा पर्यटकलाई राख्ने व्यवस्था मिलाइएको छ । अन्तुमा पर्यटक बढेपछि वडा कार्यालयले समेत स्वास्थ्य मापदण्ड अपनाउन ब्यवसायी र पर्यटकलाई आग्रह गरेको छ ।प्रदेश नं १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको सूर्योदय नगरपालिकाको कन्याम, अन्तुलगायत स्थानमा पर्यटकको चहलपहल बढ्न थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । पर्यटन व्यवसाय सञ्चालनमा आएपछि अब बैंकको ऋण र ब्याज बुझाउन पाउनेमा उनीहरु ढुक्क छन् ।

जम्मु काश्मिरको पर्यटन पुरानै स्वरुपमा फर्काउन संगठित प्रयास

श्रीनगर । जम्मु काश्मिर केन्द्र शासित भएसँगै यहाँको पर्यटनको प्रचुर सम्भावनलाई फेरि बढाउने गरि स्थानिय सरकारले काम शुरु गरेको छ। यसका लागि विभिन्न कार्यक्रमहरु पनि तय गरिएका छन्। यसैबीच पर्यटन काश्मिरका निर्देशक निसार अहमद वानीले श्रीनगरको पर्यटक रिसेप्शन सेन्टरबाट गुलमार्गका लागि पदयात्रीहरूको समूहलाई विदाई गरेका छन् । गुलमार्गमा ट्रेकिङ घनी ग्लाइडर्स स्पोर्ट्स क्लब र जम्मू कश्मीर हुसेनी स्पोर्ट्स क्लबद्वारा आयोजना गरिएको हो भने जम्मु काश्मिर पर्यटनद्वारा प्रायोजन गरिएको हो । ट्रेकिङ कार्यक्रमको दौरान, योग सत्र पनि आयोजना हुने जनाइएको छ ।

यस अवसरमा पर्यटन काश्मिरका निर्देशकले गुलमार्ग पर्यटन यात्रुका लागि खुला छ भन्ने सन्देश दिन काश्मिरमा धेरै गतिविधिहरू सुरु गरेको र प्रशासनले कोभिड-१९ सुरक्षाका उपायहरु अवलम्बन गरिएको बताएका छन् । कार्यक्रममा एमडी घनी ग्लाइडर्स स्पोर्ट्स क्लब तारिक रशीद घनी पनि उपस्थित थिए । उनले काश्मिर भ्रमणका लागि आवासीय पर्यटकहरूको विश्वास बढाउन स्थानीय पर्यटन महत्त्वपूर्ण छ ।“यदि हामी स्थानीय पर्यटनलाई प्रोत्साहित गर्छौं । यसले काश्मिर यात्राको लागि खुला छ भन्‍ने सन्देश पठाउँछ । कोरोना भाइरसका कारण बन्द गरिएका पर्यटन गतिविधिहरू भंग गर्न हामीले ट्रेकिङ र योग सेसन आयोजना गरेका छौं,” उनले भने ।

हिमालपारीको गाउँ लिमीमा सुविधा सम्पन्‍न बर्थिङ्ग सेन्टर स्थापना


Your Views
Related News