स्वदेशमै आफ्नो पेसामा रमाएका छन्। केही युवाका लागि रोजगारी सृजना गरिदिएका छन्। पैसा कमाउन जाने युवाहरुलाई पनि उनी गर्न सके स्वदेशमै सुन फलाउन सकिन्छ भन्ने उदाहरण दिन्छन्। उनी विदेश नगएका पनि होइनन्। २०६८ सालमा रोजगारीका लागि कतार गएका थिए। २ वर्ष उनले उतै पसिना बगाए। मेहनत गरे।तर जति मेहनत उनले कतारमा गरेका थिए, त्यसको प्रतिफल आफूले नपाएको आनुभब गरे। विदेशको लामो बसाईपछि उनी स्वदेश फर्किए। घर बसेर के गर्ने उनलाई लाग्यो। कतारमा राम्रो कमाइ नभए के भयो र ? अर्को ठाउँ होला नि भन्दै मनका कुरा खेलाउन थाले। यसपालि फेरि मलेसिया जाने सोच बनाए। कतारको भन्दो राम्रो कमाइ गर्ने सोच बनाउँदै पालेका उनी मलेसिया उडे।तर उनको राम्रो कमाई गर्ने सपना पूरा हुन सकेन। मलेसियामा पनि उनको अवस्था कतारकै जस्तो भयो। राम्रो पैसा कमाउन सकेनन्। परिवारको आवश्पक्ता पूरा गर्न सकेनन्। तलब बढ्ला र राम्रो आम्दान होला भन्दै उनले चार वर्ष उतै बिताए। केही आशा नदेखिएपछि फेरि उनी नेपाल फर्किए।

उनलाई फेरि विदेश जाने इच्छा थिएन। विदेशको तातो घाममा आफनो श्रम तापक्रम घटाउन रत्तिभर मन थिएन, विरगञ्जका सम्सेद अन्सारीलाई। तर मन नहुँदा नहुँदै पनि अन्सारी फेरि विदेसिए। फेरि २ वर्ष मलेसियामा सेक्यूरेटि गार्डको काम गरे। पहिलाको भन्दा यो कामबाट उनलाई केही राहात मिल्यो। केही पैसा जम्मा गरे।अब भने गाउँमै केही गर्ने दृढताका साथ स्वदेश फर्किए। विदेशको कमाइले खिन्ता बाहेक केही पनि दिन नसकेपछि अनसारीलाई आफ्नै गाउँमा गाईपालन गर्ने सोच बनाए। बचत गरेको पैसाले चारवटा गाई किने।अनि सुरु गरे गाईपालन। बजारसम्म दूध पर्‍याउँदै बेच्‍न थाले। चार वटा गाइको दूध करिब ५० लिटर जति हुने गरेको उन्सारी बताउँछन्। उनले भने,’दिनको ५० लिटर जति दुध हुन्थ्यो। अनि त्यही दुधलाई बजारमा लगेर बेच्ने थाले। हरेक दिन गाईलाई हेरचाह गर्न थाले। बिस्तारै आम्दानी बच्न थाल्यो’अन्सारी भन्छन्, ‘अहिले गाइ पालनले महिनाको ५० हजार आम्दानी हुँदै आएको छ। कामप्रति पनि सन्तुष्ट छु। जीवन रमाइलोसँगै बितिरहेको छ।’

अन्सारी उमेरले अहिले ३३ भए। तर उमेर भन्दा पनि परिपक्क देखिन्छ उनको काम।आफ्नो काम प्रति सन्तुष्ट छन्।अहिले उनको दैनिकी गाईको स्याहार सुसार गर्दैमा बित्छ। उनी अझै गाई थप्ने सोच बनाइरहेका छन्।विदेशमा बढी कमाई गर्ने लोभमा विदेसिनुभन्दा दुःख गरेर त्यति नै पसिना बगाएर आफ्नै गाउँघरमा काम गर्ने उचित लाग्न थालेको छ, अहिले अन्सारीलाई। उनी विदेश जान चाहानेहरुलाई यही सल्लाह दिदै आइरहेको बताउँछन्।‘गर्न सक्यो गर्ने नेपालमै पैसा छ। अर्काको देशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा पसिना बगाएर आफ्नो मेहनतको फल खाँदाको आनन्द छुट्टै हुँदो रहेछ’, अन्सारीले भने।

READ MORE NEWS

अष्ट्रेलियाबाट स्वतन्त्र प्रताप आए जनम जनम लिएर

शिक्षा क्षेत्र र कलाकारितासंगै समाज सेवामा पनि लागि परेका ब्यक्ति हुन स्वतन्त्रप्रताप शाह । गैह्रआवासीय नेपाली संघसंग बिभिन्न पदमा रहेर प्रवासमा रहेका नेपालीहरूसंग हातेमालो गर्दै अगाडि बढेका शाह नेपाली सिनेमाका नायक पनि हुन् ।फेसबुक र मेरो भ्यालेन्टाइन नामक चलचित्रका नायक हुन स्वतन्त्र प्रताप शाह । सिनेमाको पर्दामा मात्र होइन,समाज सेवा तर्फको सहभागिता र गैह्रआवासीय नेपाली संघको उठबसले पनि शाहलाई सांच्चै सबैको प्रिय बनाईरहेको छ । सकारात्मक सोच, सहभागिता र सक्रियताका कारण पनि हिरो नै लाग्दछन उनि ।

लामो समयदेखी अष्ट्रेलियामा बस्दै आइरहेका स्वतन्त्रप्रताप शाहले प्रवासी जीवनमा पनि नेपाली कलाकारितालाई छाडेका छैनन् । जहा इच्छा, त्यहां उपाय भने जस्तै उनले आफूसंगै अष्ट्रेलियाका बिभिन्न शहरहरूमा हुने नेपाली सांस्कृतिक लगायत कार्यक्रमहरूमा पनि सहभागिता जनाउंदै आइरहेका छन् ।एम्पाएर एजुकेशन एण्ड भिसा सर्भिसेसका प्रमुख शाहलाई अब जनम जनम बोल रहेको गीतको म्यूजिक भिडियोमा देख्न पाईने भएको छ । चर्चित गायक कमल खत्रीको आबाज रहेको यो गीतको भिडियोको छायांकन अष्ट्रेलियाको क्विन्सल्याण्डका बिभिन्न रमणिय स्थानहरूमा गरिएको छ ।

यो भिडियोको निर्देशन राजु कानले गरेका हुन । भिडियोमा स्वतन्त्र प्रताप शाह सशक्त रूपमा उभिएका छन भने भिडियोमा महिला मोडलको रूपमा कृतिमा श्रेष्ठ रहेकी छिन ।कलाकारितामा लामो यात्रा तय गरेका शाहले जीवनमा नै पहिलोपटक म्यूजिक भिडियोमा काम गरेका हुन ‘ हुन त पहिला पनि अफर आएको थियो । तर त्यतिबेला समय अनुकूल नहुंदा काम गर्न पाइएन । अहिले आएर साइत जुर्यो ‘ शाहले भने । अब राम्रा गितहरूबाट प्रस्ताव आएमा म्यूजिक भिडियोहरूमा पनि सक्रियता बढाउंदै लैजाने जानकारी शाहले दिएका छन । यो भिंडियो गायक कमल खत्रीको यूटुब च्यानलबाट दशैको अबसर पारेर बजारमा आउँदै छ ।

बाह्रबिसेबाट सुरु भयो प्रहरीको ‘टी विथ टीम’ अभियान

शान्ति सूरक्षा, अमन चयन र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने उदेस्यले प्रहरीले ‘टी विथ टीम’ अभियान सुुरु गरेको छ । प्रहरी संगठनभित्रको औपचारीकताको दायरालाई फराकिलो बनाउँदै कार्यलय प्रमुख र प्रहरी कर्मचारी सगोलमा चिया खाएर दुख सुखका कुरा गर्दै भावनात्मक सम्बन्ध विकास गर्न जिल्ला प्रहरी कार्यालयले ‘टी विथ टीम’ अभियान सुरु गरेको हो ।प्रहरीको यो नयाँ अभियान अन्तर्गत बिहीबार बाह्रबिसेस्थित ईलाका प्रहरी कार्यालयमा ‘लन्च विथ मेयर’ कार्यक्रम गरिएको छ । बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पासहित प्रहरी निरीक्षक देवेन्द्रबहादुर शाह, अन्य प्रहरी अधिकृत र अन्य प्रहरी कर्मचारीले सामुहिक रुपमा बिहानी खाना खाएर एक आपसमा हार्दीकता साटेका छन् । लन्च विथ मेयर कार्यक्रममा प्रहरी कर्मचारीले मेयरसँग खाना मात्र खाएनन्, ब्यक्तिगत र पारीवारीक कुराकानी समेत गरे । कार्यालय प्रमुख र स्थानीय सरकारका प्रमुखसँग सगोलमा खाना खाँदै दुख सुखका कुरा गर्न पाउँदा प्रहरी कर्मचारीहरु खुसी देखिन्थे । प्रहरी कर्मचारीसँग चिया, खाना खाएर हाकीमसँग घुलमिल गराउँने उदेस्यले ‘टी विथ टीम’ अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रनाउ प्रकाश सापकोटाले बताउनुभयो ।टी विथ टीम अभियान अन्तर्गग जिल्लास्थित प्रहरी कार्यालयहरुमा अतिथिका रुपमा स्थानीय सरकारका प्रमूख एवम प्रतिनीधिलाई बोलाएर प्रहरी कर्मचारीले सगोलमा चिया, खाजा तथा खाना खानेछन् । ‘बास्तबमा भन्नुपर्दा प्रहरीमा औपचारकि समबन्ध हुन्छ, प्रहरी कर्मचारीले ब्यक्तिगत तनाव, समस्याबारे हाकीमसँग भन्न सक्दैनन्’, प्रनाउ सापकोटाले भन्नुभयो, आपसमा भावनात्मक सम्बन्ध विकास गर्दै अपराध नियन्त्रणमा प्रभावकारी भुमिका निर्वाह गर्ने उदेस्यले यो अवधारणा ल्याएका हौँ ।’

प्रहरी र स्थानीय सरकारबीचको सम्बन्ध औपचारीक मात्र नभई भावनात्मक सम्बन्धको विकास गर्नका लागी पनि यो अवधारण सफल सिद्ध हुने ईलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देबेन्द्रबहादुर शाहले बताउनुभयो ।लन्च विथ मेयर कार्यक्रम अन्तर्गत ईप्रका बाह्रबिसेको मेसमा प्रहरीसँगै बिहानी खाना खान पुग्नुभएका मेयर निमफुञ्जो शेर्पाले शान्ति सुव्यवस्था र अमनचयनका लागी प्रहरीलाई हरेक खालका सहयोग गर्ने बताउनुभयो । ईप्रकाको नवनिर्मित भवनको निरीक्षण गर्दै मेयर शेर्पाले पछिल्लो बाढीपहिरोको बिपदमा प्रहरी भूमिकाको उच्च प्रशंशा गर्नुभयो । ‘विपदमा तपाइँहरुले ज्यानका बाजी थापेर उद्धार र राहतमा खटिनुभएको छ, म उच्च प्रशंशा गर्दछु’, शेर्पाले भन्नुभयो । बाह्रबिसे क्षेत्रमा केहि आपराधिक मानसिकताका मानिसहरुले बेला बेलामा बितण्डा मच्चाउँदै आइरहेको भन्दै मेयर शेर्पाले आपराधिक गतिबिधिमा संलग्न जोकोहीलाई उम्कन दिन नहुने बताउनुभयो ।


Your Views
Related News