२४ वर्ष पुगिसकेकी थिएँ, मेरो उमेरका सबैको बिहे भैसकेको र हुने क्रममा थियो। दुई जनाले बिहेको प्रस्ताव ल्याएर पनि रिजेक्ट गरिसकेका थिए। रिजेक्ट गर्नुको कारण थियो, आँखा मुनिको खत। सानोमा बैनीसँग खेल्दा ढोकाको पल्लामा ठोक्किएर यो खत बसेको थियो।तेस्रो पटक बिहेको प्रस्ताव आयो। केटो सरकारी जागिरे थियो, उमेरमा मभन्दा ६ वर्ष जेठो, हेर्दा पाको भलाद्मी देखिन्थ्यो। मैले उसलाई मन पराउछु कि नाइ भन्नुभन्दा पनि उसले मलाई मन पराउछ कि नाइ भन्ने कुरा थियो।मलाई ऊ मन नपरे पनि मैले मन पराउनु थियो किनकी मेरो त आँखा मुनि खत थियो। उसले मन परायो, सबैबाट बिहेको लागी सहमति जुट्यो। बिहेको मिति तोक्नुभन्दा अगाडि केटा तिरबाट केही सरसल्लाह गर्नुछ भनेर खबर मिल्यो। त्यो सल्लाह थियो दाइजोको।’तपाईकी छोरीको आँखा मुनि दाग रैछ। शिल स्वभाव त राम्रै होला जस्तो लायो, छोराले पनि मन पराइहाल्यो, ठिकै छ तर नगद १० लाख र सबैलाई गर-गहना अनि जन्तिको स्वागतमा कुनै कमी नआओस् भन्ने हाम्रो चाहना छ’ केटाको बुवा अथवा मेरो हुनेवाला ससुराबाट यस्तो कुरा आयो।

मेरो बुवा तनावमा हुनुहुन्थ्यो, बल्ल बल्ल आएको प्रस्ताव हातबाट जाओस् भन्ने चाहना थिएन उहाँको। खेत घडेरी बेचेरै भएपनि मलाई आफ्नो जिम्मेवारीबाट पन्छाउन पाए ठूलो राहत हुन्थ्यो उहाँलाई। तर यसपालि भने बिहेको प्रस्ताव मैले अस्वीकार गरेँ। दाइजोसँग मलाई मोलतौल गर्नेको घरमा कुनै इज्जत हुन्थेन मेरो, म जानी-जानी त्यस्तो घरमा जानु मेरी कायरता हुन्थ्यो।बुवासँग एउटा आग्रह गरेँ ‘मेरो बिहेमा तपाईले जत्ति पैसा खर्च गर्न सक्नुहुन्छ, त्यस्को आधा हिस्सा मलाई दिनुस्। म तपाईलाई विश्वास दिलाउँछु की यसपछि तपाईलाई मेरो बिहेमा एक पैसा पनि खर्च गर्नुपर्ने छैन र मेरो जिम्मेवारी पनि आजदेखि म आफैले बहन गर्नेछु।’मेरो कुरा मान्नु भएन र चुपचाप बिहेको लागी राजी हुन दबाब दिनुभो, तर यसपाली मैले पनि आफ्नो जिद छोडिनँ र यदि मेरो कुरा मान्नु भएन भने यो घर छाडेर जाने धम्की दिएँ। त्यसपछि बल्ल ५ लाख रुपैयाँ मेरो नाममा राखीदिनु भयो। तर त्यस दिनदेखि बुवा-आमा मसँग राम्रोसँग बोल्न पनि छोड्नुभयो।म आफ्नै घरमा पराइ जस्तो महशुस गर्न थालेँ। पढाइ सकिएको थियो, जागिर पाएकी थिइनँ, गाउँको स्कुललाई +२ सम्म पुराउनको लागि लगानीको खाँचो भएको कुरा थाहा पाएँ मैले। अनि मसँग भएको पैसा स्कुलमा सेयर हालेँ। त्यही स्कुलको सञ्चालक समितिमा पनि राखियो मलाई र अध्यापनको अवसर पनि पाएँ।

आज स्कुललाई ब्याचलरसम्मको पढाइ हुने बनाएका छौँ। मैले क्याम्पस चिफको जिम्मेवारी पाएकी छु। आज बुवाको ५ लाखको पनि ब्याज सहित चुक्ता गरेकी छु। आज म ३३ वर्षकी अविवाहित तर आत्मनिर्भर व्यक्तित्वको रुपमा छु।आज उसले मलाई प्रेम प्रस्ताव राख्यो, मेरै सहकर्मी, स्कुलको सेयर होल्डर पनि। मेरो र उसको कुरा पनि मिल्थ्यो, पहिलेदेखि नै उसको बानी व्यवहार मलाई पनि मन पर्थ्यो तर ऊ मभन्दा दुई वर्ष कान्छो थियो उमेरमा। म उमेरकै कारणले यो प्रस्ताव स्वीकार्न अलि हिच्किचाएँ, तर उसले धेरै सम्झाएपछि म राजी भएँ।बिहे थोरै खर्चमा अनि दाइजो बिना गर्नुपर्ने शर्त उसले नै राख्यो र बिहेको खर्च कटौती गरेर दुवै जनाको पैसाले आफ्नै एउटा घर किन्ने सहमती भयो हामी दुईको।बिहेको अघिल्लो दिन मैले उसलाई एउटा प्रश्न सोधेँ- ‘तिमिलाई मेरो कुन कुरा मन पर्‍यो नि सबैभन्दा?’ उसले जवाफ दियो- ‘तिम्रो आँखा मुनिको खत। जसले मलाई पहिलो नजरमै तिमीप्रती आकर्षित हुन बाध्य बनायो। पछि तिम्रो बोली, तिम्रो स्वभाव, अनि तिम्रो हार्डवर्किङ, तिम्रो बोल्ड पर्शनालिटी सबैको फ्यान भएँ म।’म मुसुक्क हाँसेँ, मोबाइलको मिररमा उसले थाहा नपाउने गरी आफ्नो अनुहार हेरेँ। औँलाहरुले आँखा मुनिको खत छोएँ अनि फेरि मुस्कुराएँ।

READ MORE NEWS

ग्रामीण दूरसञ्चार विकास कोषको नाम र प्राथमिकता फेरिँदै, परियोजना सञ्चालन गर्न छुट्टै निकाय

काठमाडौं । अब ग्रामीण दूरसञ्चार विकास कोष र त्यस अन्तर्गतमा परियोजना सञ्चालन गर्न छुट्टै स्वतन्त्र निकाय स्थापना गरिने भएको छ । नयाँ दूरसञ्चार ऐनको प्रारम्भिक मस्यौदामा हाल नेपाल दूरसञ्चार प्रधिकरणको क्षेत्राधिकारभित्र रहेको कोष तथा परियोजना अब छुट्टै निकायबाट अगाडि बढाउने व्यवस्था गरिएको हो ।गत साता मात्रै प्राधिकरण बोर्डबाट स्वीकृत मस्यौदा केही दिनअघि मात्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता भएको छ । मन्त्रालयले सरोकारवालासँगको परामर्श तथा कानून र अर्थ मन्त्रालयको राय लिएर चाँडै मन्त्रिपरिषदमा पेश गर्ने तयारी गरेको छ ।दूरसञ्चार ऐनको मस्यौदालाई उच्च प्राथमिकताका साथ अगाडि बढाइएको मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले जानकारी दिए । नेपाल दूरसञ्चार प्राधिकरणमार्फत कोष अन्तर्गतका विकासे आयोजना अगाडि बढाउँदा नियमनकारी भूमिकाबाट नियामक बिचलित भएको विश्लेषण हुन लागेपछि छुट्टै निकाय खोल्न थालिएको हो ।

ऐनको मस्यौदाको दफा ६० मा दूरसञ्चार विकास कोषसम्बन्धी व्यवस्था गरिएको छ । जसमा दूरसञ्चार विकास कोष सञ्चालन सम्बन्धी नीति, प्राथमिकता, कार्यक्रम, आयोजना निर्धारण, अनुगमन र मूल्याङ्कनका लागि छुट्टै स्वतन्त्र निकायको गठन गरिने विषय उल्लेख छ ।उक्त निकायले दूरसञ्चार विकास कोषको परिचालनका लागि आवश्यक नीति, बजेट तथा कार्यक्रम र प्राथमिकता आफैंले तय गर्नेछ । यद्यपि कोषको वार्षिक बजेट तथा कार्यक्रमको स्वीकृति भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने बताइएको छ ।नयाँ ऐनमार्फत हालको ग्रामीण दूरसञ्चार विकास कोषको नाम र प्राथमिकता समेत फेर्ने लागिएको छ । अब कोषको नाम दूरसञ्चार विकास कोष रहनेछ ।

यसअघि ग्रामीण दूरसञ्चार विकास कोषमा जम्मा भएको रकमसमेत दूरसञ्चार विकास कोषमा सारिनेछ । कोषको रकम दूरसञ्चार सेवामा सबैको पहुँच सुनिश्चित गर्न, दूरसञ्चार सेवा विस्तार गर्न र दूरसञ्चार विकासका लागि खर्च गरिनेछ ।यसअघि ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विकासमा केन्द्रीत गरिएको कोषलाई अब सरकारले तोकेको क्षेत्रमा दूरसञ्चार पूर्वाधार तथा सेवा विकास, विस्तार र सञ्चालनका लागि प्रयोग गर्ने व्यवस्था ऐनको मस्यौदामा छ ।यस्तो कोषमा विभिन्न किसिमका दूरसञ्चार सेवा सञ्चालनका लागि अनुमतिपत्र लिएका सेवाप्रदायकले आफ्नो वार्षिक आम्दानीको निश्चित प्रतिशत रकम जम्मा गर्नुपर्नेछ ।


Your Views
Related News