२९ असोज कैलाली । धनगढीको सेती प्रादेशिक अस्पतालमा अहिले १० भेन्टिलेटर र १३ आईसीयू छन् । तीमध्ये अस्थायी कोरोना अस्पतालमा ८ आईसीयू र ५ भेन्टिलेटर कोरोना संक्रमितकै लागि तयार गरिएको छ । बिहीबार साँझसम्म आईसीयू कक्ष भरिएको छ । ५ भेन्टिलेटरमध्ये दुईवटा मात्र खाली छ ।अब जटिल प्रकारका बिरामी आएमा कहाँ राख्ने भन्ने चिन्ता अस्पताललाई छ । पछिल्लो एक सातामा आईसीयू र भेन्टिलेटरमा ११ जना भर्ना हुनुले सुदूरपश्चिम प्रदेशमा गम्भीर खालका संक्रमित बढेको संकेत गरेको छ ।‘केही दिनयता संक्रमित बिरामीहरूको संख्या बढिरहेको छ’ सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले भने, ‘जटिल प्रकारका बिरामी बढ्न थालेका छन् । अब बिरामीलाई राख्ने ठाउँ अभाव हुन सक्छ ।’सुदूरपश्चिम प्रदेशका ९ मध्ये ६ जिल्लामा भेन्टिलेटर र आईसीयूको सुविधा छैन । डडेल्धुरामा आईसीयू छ तर भेन्टिलेटर छैन । कञ्चनपुरको महाकाली अस्पतालमा ८ आईसीयू र ३ भेन्टिलेटर छ ।

पहाडी जिल्लामा भेन्टिलेटर र आईसीयू नहुँदा त्यहाँका जटिल प्रकारका संक्रमितलाई पनि कैलाली र कञ्चनपुर ल्याउनुपर्ने बाध्यता छ ।सूचना अधिकारी श्रेष्ठले अहिलेजस्तै संक्रमितको चाप बढेमा जटिल खालका बिरामीले पनि उपचार पाउन समस्या हुन सक्ने बताए ।सेती अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमर यही गतिले संक्रमित बढ्न थाले अस्पतालमा राख्न नसक्ने अवस्था आउने बताए । उनले तत्कालका लागि सेती प्रादेशिक अस्पतालमा मात्रै ५० शय्याको भेन्टिलेटर र आईसीयू आवश्यक पर्ने बताए । ‘कोरोना नहुँदा पनि पुग्ने गरी भेन्टिलेटर र आईसीयू थिएन’ उनी भन्छन् ‘अहिले त झन् पुग्ने कुरै भएन ।’प्रदेशमा भेन्टिलेटर र आईसीयूका लागि आवश्यक पर्ने एनेस्थेसिया र फिजिसियन चिकित्सक अभाव रहेको डा. कमरले बताए।

के गर्दैछ प्रदेश सरकार ?

सुदूरपश्चिम प्रदेश सरकारले गत बर्ष १० भेन्टिलेटर र १० आईसीयू खरिद गरेको थियो । प्रदेश सरकारले यस बर्ष पनि थप भेन्टिलेटर र आईसीयू खरिदका लागि बजेट विनियोजन गरेको जनाएको छ ।कैलालीको टीकापुर अस्पताल र कञ्चनपुरको महाकाली अस्पतालमा भेन्टिलेटर र आईसीयूका लागि संघीय सरकारले २ करोड रुपैयाँ उपलब्ध गराइसकेको तथा डडेल्धुरा अस्पतालमा ३ करोड रुपैयाँ दिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी नरेन्द्र कार्कीले जानकारी दिए ।प्रदेशमा अहिल्यै भेन्टिलेटर र आईसीयू अभाव नभए पनि संक्रमित बढ्न थालेपछि अपुग हुन सक्ने उनले बताए ।‘अहिले त्यस्तो कमी भयो भन्न सकिँदैन तर, संक्रमित बढिरहेका छन् । यसले पक्कै पनि पुग्ने अवस्था छैन’ उनले भने, ‘हामीले भेन्टिलेटर र आईसीयू थप गरिरहेका छौं ।’उनले भेन्टिलेटर र आईसीयू सञ्चालनका लागि संघीय सरकारसँग ३ जना एनेस्थेसिया र ३ जना फिजिसियन चिकित्सक माग गरेको बताए ।कोरोनाका जटिल प्रकारका बिरामी बढ्न थालेपछि प्रत्येक जिल्ला अस्पतालमा २ बेडको आईसीयू र २ भेन्टिलेटर राख्ने तयारी भइरहेको कार्कीले बताए ।

READ MORE NEWS

दोलखाका लाप्चावासीलाई चीन सरकारले खर्कमा रोक लगायो

दोलखाको बिगु गाउँपालिका वडा नं १ लप्चीवासीलाई चीन सरकारले चरणका लागि खर्कमा रोक लगाएको छ ।

२०४२ साल देखी नेपाल सरकारले दोलखाको बिगु गाउँपालिका वडा नं १ लमाबगरमा सिमा प्रशासन कार्यालय स्थापना गरि दुई देश बिच सहमती गर्दै लप्चीवासीलाई चरनका लागि खर्क उपयोग गर्न छुट दिएकोमा यस बर्षबाट रोक लगाएको हो ।नेपालका लप्चीवासीको पेशा चौरिपालन भएकोले खर्कमा रोक लगाएपछि उनीहरु समस्यामा परेको गाउँपालिका अध्यक्ष युधिष्टिर खड्काले बताए । २०७२ सालको भुकम्पपछि चीन सरकारले लप्चीको सिमानामा छरिएर रहेका बस्तीहरुलाई एकिकृत बस्तीका रुपमा स्थान्तरण गरेपछि नेपालीहरुलाई यतिबेला दैनिक उपभोग्य बस्तु खरिदमा समेत समस्या परेको छ ।चीनीया नागरिकलाई समेत चीन सरकारले अनुमती बिना नेपाल प्रवेशमा रोक लगाएको छ । नेपालीहरुलाई चीनीया भुभाग प्रवेशमा रोक लगाएपछि लप्चीबासी थप पिडामा परेका छन् । लप्चीवासीको उद्धारको लागी सरकारी निकायले पहल गरिदिन बिगु गाउँपालिका अध्यक्ष खड्काले आग्रह गरेका छन् ।

नेपालीहरुलाई चीनीया भुभाग प्रवेशमा रोक लगाएपछि लप्चीबासी थप पिडामा परेका छन्

दोलखाको चीन जोड्ने उत्तरी नाका लामाबगरमा सशस्त्र प्रहरी बलको ‘बिओपी’ स्थापनाको उद्घाटन समारोहमा बिगु गाउँपालिकाका अध्यक्षले अब सिमनाबाट हुने चोरी शिकारी नियान्त्रण हुने बिश्वास गरेका छन ।गत असार २९ को मन्त्रीपरिषद्को निर्णयअनुसार बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठको उपस्थितीमा बिगु गाउँपालिका वडा २ लामाबगरमा ‘बोर्डर आउट पोष्ट’ स्थापना गरिएको हो । दोलखाको सिमनामा नेपालका ५५,५६,५७,५८,५९, ६० र ६१ नम्बरमा सात वटा पिलर रहेका छन् ।सीमा र जनताको सुरक्षाका लागि सशस्त्र प्रहरी बलले लामाबरमा अहिले अस्थायी प्रकृतिको पोष्ट स्थापना गरेको छ । बिगुगाउँपालिकाले सशस्त्र प्रहरीको कार्यालय स्थापनाका लागि १५ रोपनी जमिन उपलब्ध गराउने निर्णय गरेको छ । अब क्याबिनेटकबाट मात्र पास गर्न बाँकी रहेकोछ ।मातृभूमि रक्षाका लागि सशस्त्र प्रहरीको भौतिक संरचना निर्माणका लागि स्थानीय, प्रदेश र संघ सरकार मिलेर अघि बढ्ने पालिकाले जनाएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले सीमा सुरक्षा पोष्ट स्थापना संगै सीमाबाट हुने चोरी निकासी नियान्त्रण हुने बताए ।तत्काललाई प्रहरी निरीक्षक गोविन्द प्रसाद पोखरेलको नेतृत्वमा ५० जना सशस्त्र प्रहरीको टोली रहने छ । कोभिड १९ को कारण हाल २५ जनाको टोली मात्र लामाबगरमा नाकामा क्याम्प बनाएर बसेको छ ।


Your Views
Related News