यदि कसैको विवाह हुँदै छ भने केटाकेटीबारे हेक्का राख्न जरुरी हुन्छ । प्रेम विवाह होस् वा मागी विवाह केटीहरुले केटाहरुको स्वभावबारे एकपटक सोच्नै पर्छ । सामान्यतया विवाह गर्ने समयमा केटा पक्षले राम्रो प्रभाव पार्न केही झुठ पनि बोलेका हुन्छन् ।त्यसै पनि मागी विवाहमा केटाकेटी दुवैकोे घरपक्षले पुरै बुझेर मात्र विवाह गर्ने निधो गरेका हुन्छन् । प्रेम विवाहमा केटा केटीले सबै आनी बानीको बारेमा आफै बुझेर सम्बन्ध अगाडि बढाएका हुन्छन् ।केटाले केही कुरा लुकाएर पनि धोका भने दिदैन् । केटाले यसरी अलिअलि भुठ बोल्नुको कारण एउटा मात्रै हुन्छ की केटी र केटी पक्षका मानिसहरुलाई राम्रो प्रभाव पार्ने । सामान्यत केटाले विवाह पहिले झुठ बोल्छ । जसलाई केटीहरुले पहिचान गर्न सक्नु पर्छ ।

१. धेरै केटाहरुले केटीको अगाडि आजसम्म कुनै पनि केटीलाई गलत दृष्टिले नहेरेको भन्दै आफूलाई श्रेष्ठ सावित गर्छन् । यदि कसैले यस्तो भन्छन् भने तपाइँसँग झुठ बोल्दैछ ।

२. दोस्रो झुठ केटाहरुले लेनदेनको कुरा निकाल्छन् । भन्छन् लेनदेनमा विश्वास छैन् अब तिमी मेरो जीवनमा आएमा तिमीले त्यसको जिम्मा लिनुपर्छ । यो केटाहरुको प्रीय डायलग हो ।

३.तिम्रो भाई बहिनी अबदेखि मेरा पनि जिम्मेवारी हुन् । आजको समयमा सबै जना सक्षम हुन्छन् आफ्नो ध्यान आफै राख्छन् । यो भन्ने मात्र कुरा हो ।

४. धेरै केटाले केटीलाई भन्ने एउटै डायलग तिमी मेरो नजरमा हरेक रुपले सुन्दर देखेको छु । चाहे त्यो जस्तो देखियोस् ।

५. मलाई तिम्रो साथमा समय बिताउन राम्रो लाग्छ जसलाई कसैको साथ पनि राम्रो लाग्दैन ।

६. मलाई तिम्रो घरपरिवार राम्रो लाग्छ ।

७. तिमीले कुनै पनि हिरोनी भन्दा माथि छौ ।

८. विवाहपछि घर सम्हाल्न तिम्रो मात्र होइन मेरो पनि जिम्मेवारी हुनेछ ।

यसरी केटाहरुले तपाइँलाई प्रभाव पार्न मात्रै पनि झुठ बोलेका हुन्छन् ।

READ MORE NEWS

चीनमा के होला नयाँ आइफोनको भविष्य ?

एप्पलले मंगलबार सार्वजनिक गरेको आइफोन १२ संस्करणले चिनियाँ बजारमा आफूलाई कसरी उभ्याउला भन्ने प्रश्न सर्वत्र उठेको छ ।अमेरिका र चीनबीच व्यापार युद्ध चलिरहेको र अमेरिकाले चिनिया स्मार्टफोन कम्पनी हुवावेमाथि प्रतिबन्ध लगाएको अवस्थामा नयाँ आइफोनको चिनिया बजारमा भविष्य के होला ? भन्ने चासोको विषय बन्नु स्वभाविकै हो ।एप्पलले सार्वजनिक गरेका ४ नयाँ आइफोनका विषयमा चिनिया प्रयोगकर्ताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । एप्पलका कतिपय चिनियाँ फ्यानहरु नयाँ आइफोनको आगमनमा खुसी मनाउँदै चिनियाँ बजारमा उपलब्ध हुने दिनको व्यग्र प्रतिक्षामा छन् । तर चीनमा उल्लेख्य संख्याका स्मार्टफोन प्रयोगकर्ताहरु चाहिँ एप्पलको स्थानीय प्रतिद्वन्दी हुवावे कम्पनीले ल्याउने आसन्न स्मार्टफोनको पर्खाइमा छन् ।

चिनियाँ स्मार्टफोन कम्पनी हुवावे तथा शाओमीले चीनको अपग्रेडेड टेलिकम नेटवर्कमा चल्ने फाइभ जी स्मार्टफोनहरु यसअघि नै बजारमा ल्याइसकेको अवस्थामा एप्पलले बल्लतल्ल समय घर्किसकेपछि मात्र फाइभ जी आइफोनहरु सार्वजनिक गरेको कतिपयको टिप्पणी छ । जसका कारण एप्पलका फाइभ जी आइफोनले चिनियाँ बजारमा उत्साहप्रद व्यापार गर्न नसक्ने अनुमानसमेत गरिएको छ ।एप्पलको आइफोनका लागि चीन आम्दानीका दृष्टिले विश्वको दोश्रो ठूलो बजार हो । एप्पलले आफ्ना नयाँ आइफोन १२ का विषय चिनियाँ सोसल मिडिया विबोमा ट्रेण्डिङको पहिलो सूचीमा पुगेको थियो । यसले पनि चीनमा आइफोनको यद्यपि ठूलो क्रेज रहेको देखाउँदछ ।एक चिनियाँ म्यागेजिनले गरेको मत सर्भेक्षणका क्रममा १० हजार जना चिनियाँ नागरिकले आफूले नयाँ आइफोन नकिन्ने बताएका थिए भने ९ हजार २६९ जनाले नयाँ आइफोन खरिद गर्ने बताए । त्यस्तै ५ हजार ४ सय जनाले चाहिँ आफूले यस विषयमा अझैँ सोच्न बाँकी रहेको जवाफ दिएका छन् ।

यहीँ महिना चिनियाँ स्मार्टफोन कम्पनीले मेट ४० प्रो स्मार्टफोन लञ्च गर्दैछ । बिवोका धेरै प्रयोगकर्ताले नयाँ आइफोन खरिद गर्ने नगर्ने कुरा निर्णय गर्नका लागि हुवावेको नयाँ स्मार्टफोन आउँजेलसम्मका लागि पर्खिने बताएका छन् ।नयाँ आइफोन आगामी १६ अक्टोबर देखि नै चीनमा अर्डर गर्न सकिनेछ । आइफोन १२ मिनीको को मूल्य चिनियाँ बजारमा ५४९९ युआन रहेको छ भने सबैभन्दा महँगो आइफोन प्रो म्याक्सको मूल्य ११ हजार ८९९ युआन तोकिएको छ ।पावर चार्जर र इअरबडसमेत नभएको आइफोनको मूल्य निकै महँगो भएको धेरै चिनियाँहरुले टिप्पणी गरेका छन् । एप्पलले भने पावर चार्जरदेखि इअरबर्डसम्मका चिजहरु वातावरणीय कारणले हटाएको जनाएको छ ।विश्लेषकहरुका अनुसार भने आइफोन १२ संस्करणले चिनियाँ बजारमा सन्तोषजनक व्यापार गर्नेछ । चीनमा अझै पनि एप्पलका ठूलो संख्यामा समर्पित प्रयोगकर्ताहरु रहेको भन्दै यो वर्ष सन् २०२० को तेश्रो त्रैमासिक अवधिमा चिनियाँ बजारमा स्मार्टफोनको बिक्री गत वर्षको सोही अवधिको तुलनामा १४ प्रतिशतले बढ्ने अनुसन्धान संस्था क्यानालिसको दाबी छ ।

नेपोलीविरुद्ध नखेली युभेन्ट्सलाई ३ अंक

एजेन्सी – इटालियन फुटबल फेडेरसन (एफआइजिसी) ले नेपोलीविरुद्धको स्थगित भएको खेलमा युभेन्ट्सलाई ३ अंक प्रदान गरेको छ ।

नेपोलीका तीन खेलाडीमा कोरोना पुष्टि भएपछि ४ अक्टोवरलाई तय भएको खेलमा नेपोलीको टोली टुरिन भ्रमणमा निस्कन सकेको थिएन । सोही कारण खेल स्थगित गरिएको थियो । तर, अन्तर्राष्ट्रिय ब्रेकपछि पुनः सिरी ‘ए’ सुचारु हुन लाग्दा (एफआइजिसी) ले युभेन्ट्सलाई ३–० को जित दिलाएको हो ।टुरिनमा नेपोलीको टोली नआएपनि युभेन्ट्सले वार्मअपसहित शुरुवाती ११ सार्वजनिक गरेको थियो । नेपोलीका पियोटर जिलेन्स्की र इलिफ इल्माससँग एक स्टाफमा कोरोना पुष्टि भएको थियो । त्यसपछि नेपोलीका स्थानिय स्वास्थ्य अधिकारीहरुले नेपोलीको उडानमा रोक लगाएको थिए ।एफआइजिसीले नेपोलीका टोलीलाई तीन चरणमा कोरोना चेक जाँच गराएको थियो । त्यसपछि क्लबका सबै खेलाडीलाई एक्लै बस्न आदेश दिइएको थियो । तर नेपोलीले भने नियम पालना नगरेको इटालियन संचारमाध्यमले जनाएका छन् ।

नेपोलीले टुरिन भ्रमण नर्गे खवर पाएपछि युभेन्टसले एक विज्ञप्ति जारी गर्दै टोली नेपोलीविरुद्ध खेल्न तयार रहेको बताएको थियो । अपेक्षा अनुसार नेपोली टुरिन उत्रिएनन् । रेफ्रीले निर्धारित ४५ मिनेटपछि खेल रद्द भएको घोषणा गरेका थिए ।सिरी ‘ए’ ले अब नेपोलीले सिरी ‘ए’ खेल् सक्ने बताएका छन् । सिरी ‘ए’ को प्रोटोकलअनुसार टोलीमा थप १३ खेलाडी रहने भएकाले खेल स्थगित नहुने उल्लेख छ । जसमा गोलकिपर पनि छ । बुधबार मात्रै युभेन्ट्सका मिडफिल्डर वेस्टन क्याकेनीलाई कोरोना पुष्टि भएपछि टोली नै आइसोलेसनमा बसिसकेका छन् ।मंगलबार मात्रै युभेन्ट्सका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना पुष्टि भएको थियो । उनी बुधबारै आफ्नो निजी जेटबाट टुरिन पुगिसकेका छन् । यो नतिजासँगै युभेन्ट्सको ३ खेलबाट ७ अंक पुगेको छ । युभेन्ट्स चौथो स्थानमा रहेको छ । ३ खेलबाटै नेपोली ५ अंकसहित आठौं स्थानमा छ ।तीन चरणको खेल सकिँदा अपराजित रहेको एटलान्टा र एसी मिलान समान ९ अंक जोडेर पहिलो र दोस्रो स्थानमा रहेको छ । सस्सुलो ७ अंकसहित तेस्रो स्थानमा छ ।


Your Views
Related News