आज १६ अक्टुबर ।

सन् १९३४ मा चीनको जियान्सीस्थित रुईजिन र गुचेङ इलाकाबाट ८६ हजार पुरुष र महिलाले लङ मार्च सुरु गरेका थिए । जसको नेतृत्व माओ त्से तुङ, झोउ इन्लाई, देङ सियाओपिङ, झु दि, पेन्ग देहुआई र लिन बियाओले गरेका थिए । सो अभियानले चीनमा धर्मराउँदो कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवन दियो र चीनको कम्युनिष्ट पार्टीमा माओ त्से तुङको नेतृत्वलाई झनै बलियो गरी स्थापित गरायो ।चीनमा १९२१ मै कम्युनिष्ट पार्टी स्थापना भएको थियो, जतिबेला त्यहाँ फरक भूभागमा फरक शासन थियो । चिनियाँ राष्ट्रवादी पार्टीअन्तर्गतको पुरातनवादी खेमाले नान्जिङ र बामपन्थी खेमाले ऊहानमा सरकार चलाइरहेको थियो  । सोभियत युनियनले पहिले यस पार्टीको सेनालाई मजबुत बनाउन सहयोग गर्‍यो, त्यसपछि कम्युनिष्ट पार्टीसँग यसको गठबन्धन गराइदियो । फर्स्ट युनाइटेड फ्रन्ट नामक यस मोर्चाको लक्ष्य स्थानीय शासक र सैनिक तानाशाहको कब्जामुक्त गरेर देशको एकीकरण गर्नु थियो, उनीहरुले राष्ट्रिय क्रान्तिकारी सेना बनाएर १९२६ देखि एकीकरण अभियान थाले । यस सेनाको नेतृत्व जनरल च्याङ काई सेकले गरेका थिए । सेनाका तीन मोर्चा थिए – वाङ जिङवेईको नेतृत्वले पश्चिमी क्षेत्र हेर्ने, बाई चोङ्सीले पूर्वतर्फ र च्याङ काई सेकले मध्यतर्फ नान्जिङ हुँदै बेइजिङ कब्जा गर्न जोड दिने ।

एकीकरण अभियान आधामात्रै पूरा भएको अवस्थामा १२ अप्रिल १९२७ मा पुरातनवादी खेमाले साङ्घाईमा कम्युनिष्ट पार्टीका सदस्यमाथि चरम दमन गर्‍यो, यस महिना साङ्घाईमा मात्रै १२ हजारभन्दा धेरै कम्युनिष्ट मारिए । राष्ट्रवादी पार्टीभित्रैका बामपन्थीहरुले यस घटनाको ठूलो विरोध गरेका थिए, तर उनीहरुलाई किनारा लगाइयो ।यसक्रममा क्रान्तिकारी सेनाले धेरै भूभाग आफ्नो अधिनमा ल्यायो, तर स्वार्थ बाझिएकाले गठबन्धन लामो समय टिकेन । कम्युनिष्ट युवाहरु क्रान्तिकारी सेनामा सहभागी भएर आफ्ना विचार फैलाउन चाहन्थें भने राष्ट्रवादी पार्टीको लक्ष्य उनीहरुलाई आफ्नो नियन्त्रणमा राखेर कमजोर बनाउने थियो । एकीकरण अभियान आधामात्रै पूरा भएको अवस्थामा १२ अप्रिल १९२७ मा पुरातनवादी खेमाले साङ्घाईमा कम्युनिष्ट पार्टीका सदस्यमाथि चरम दमन गर्‍यो, यस महिना साङ्घाईमा मात्रै १२ हजारभन्दा धेरै कम्युनिष्ट मारिए । राष्ट्रवादी पार्टीभित्रैका बामपन्थीहरुले यस घटनाको ठूलो विरोध गरेका थिए, तर उनीहरुलाई किनारा लगाइयो ।राष्ट्रवादी र कम्युनिष्टबीचको गठबन्धन टुंगिएर गृहयुद्धको बिजारोपण हुुनुमा यो प्रमुख मोड थियो । यतिबेलासम्म राष्ट्रवादी पार्टीले एकिकरण र आफ्नो अधिनमा रहेका क्षेत्रमा कम्युनिष्ट सखाप पार्ने एकसाथ अघि बढाएको थियो, जुन १९२८ सम्म आइपुग्दा बेइजिङसहित अधिकांश भूभाग कब्जा गरेर एकिकरण पूरा भएको घोषणा च्याङ काई सेकले गरिसकेका थिए । कम्युनिष्टहरु आन्दोलनमा होमिए, तर सफलता हात लागेन । बरु उल्टै चरम दमनको शिकार हुनुपर्‍यो, दमन र हत्याका कारण अधिकांश आन्दोलनकारीको मनोबल गिरिसकेको थियो । बाँचेकाहरु भागेर गाउँतर्फ लागे । सडक नभएका दुर्गम पहाडमा राष्ट्रवादी सेनालाई उपस्थिती जनाउन कठिन थियो । कम्युनिष्टहरुले यसैलाई आफ्नो आधार इलाका बनाए ।

माओ त्से तुङको उदय

दक्षिणपूर्वको जियान्सी प्रान्त यस्तै एक अविकसित र दुर्गम क्षेत्र थियो । जहाँ, १९३१ मा सोभियत गणतन्त्र चीन नामको कम्युनिष्ट सत्ता स्थापना भयो, यसको अध्यक्षता माओ त्से तुङले गरे । च्याङ काई सेकले शृंखलावद्ध रुपमा पाँचपटक सोभियत गणतन्त्र घेर्ने अभियान चलाए, माओको नेतृत्वमा रहेका कम्युनिष्टहरुले गुरिल्ला नीति अपनाउँदै चारपटकसम्म प्रतिरोध गरेका थिए । तर पाँचौपटक च्याङले ७ लाख सेना ल्याएर कम्युनिष्टहरुको आधार इलाका घेरे । यसक्रममा युद्ध वा बन्धक बनेर भोकका कारण लाखौं मानिस मरे । नतिजा, कम्युनिष्ट  केन्द्रीय कमिटीले माओलाई अध्यक्षबाट हटायो । यसपछि आएको नेतृत्वले थप परम्परागत युद्ध नीति अपनाउँदा लाल सेनाहरुको संख्या घट्दै गयो ।हार संघारमै थियो, कम्युनिष्टहरुले सबैभन्दा कमजोर अवस्थामा घेराबन्दी तोड्ने निर्णय गरे । १६ अक्टुबर १९३४ को साँझ ५ बजे उनीहरुले लङ मार्च थाले । रुईजिन र गुचेङ इलाकाबाट ८६ हजार पुरुष र महिला बाहिर निस्कए । जानकारी गोप्य राखिएका कारण को लडाकु र को सर्वसाधारण भनेर ठम्याउन राष्ट्रवादी सेनालाई गाह्रो भयो ।हार संघारमै थियो, कम्युनिष्टहरुले सबैभन्दा कमजोर अवस्थामा घेराबन्दी तोड्ने निर्णय गरे । १६ अक्टुबर १९३४ को साँझ ५ बजे उनीहरुले लङ मार्च थाले । रुईजिन र गुचेङ इलाकाबाट ८६ हजार पुरुष र महिला बाहिर निस्कए । जानकारी गोप्य राखिएका कारण को लडाकु र को सर्वसाधारण भनेर ठम्याउन राष्ट्रवादी सेनालाई गाह्रो भयो । धेरै सातापछि मात्रै लाल सेनाको मुख्य टोली भागिसकेको महसुस उनीहरुलाई भयो । उनीहरुले मानिसका पिठ्यु र बयलगाडामा अत्यावश्यक सामाग्रीहरु बोकेका थिए, मार्चपास गर्नेहरुको लाइन ५० माइलसम्म पर थियो ।कम्युनिष्टहरु प्राय रातको समय मार्च पास गर्थें । जब शत्रु नजिकै हुँदैन थिए, तब हिमाल र उपत्यकाहरुमा टाढा–टाढाबाट टर्चको लाइट देखिन्थ्यों ।

पहिलो दुर्घटना नोभेम्बरमा त्यतिबेला निम्तियो, जतिबेला राष्ट्रवादी सेनाले सियाङ नदी वारपार गर्ने कम्युनिष्टको रुटमा अवरोध गर्‍यो । आफुलाई जोगाएर बाटो फेला पार्न कम्युनिष्टहरुलाई एक साता लाग्यो, अनि यसक्रममा आधाभन्दा धेरै संख्या अर्थात् झन्डै ५० हजारजना मारिए । यो दुर्घटनापछि माओले निरन्तर आफ्नो प्रभाव फर्काउन थाले । जनवरीसम्म आइपुग्दा उनी फेरि अध्यक्ष चुनिए ।माओले रणनीति बदले, उनले आफ्ना सेनालाई थुप्रै दस्तामा विभाजन गरे, फरक–फरक बाटो प्रयोग हुँदा र दुश्मन दुविधामा पर्छन् भन्ने उनको ठम्याइ थियो । यसपछि उनले उत्तरपूर्वी यानानस्थित सेन्सीलाई नयाँ गन्तव्य बनाए, जहाँ जापानी विस्तारवादीसँग भिडेर जनताको साथ समर्थन बलियोसँग जित्ने कम्युनिष्टहरुको अपेक्षा थियो । निरन्तरको भोक, हवाई आक्रमण र राष्ट्रवादी फौजसँग झन्डै दैनिकजसो लडेका माओले २० अक्टुबर १९३५ मा ग्रेटवालमा पुगेर आफ्ना पाइला रोके । जहाँमेसिन गन र रातो झन्डा बोकेका पाँच युवाले घोडामा उनको प्रतिक्षा गरिरहेका थिए । ‘अध्यक्ष माओ यहाँलाई स्वागत छ । हामी उत्तरी सेन्सीको प्रान्तीय सोभियतको प्रतिनिधित्व गर्छौं । हामी निकै चिन्तित भएर तपाईंलाई कुरिरहेका थियौं,’ एक युवाले भनेका थिए । लङ मार्च यहीं समाप्त भयो ।चीनका लालयोद्धाहरुले ३ सय ८१ दिने अवधिमा २४ वटा नदी पार गर्दै १८ वटा पहाड चढेर ९ हजार किलोमिटरभन्दा लामो यात्रा गरेका थिए । प्राय क्षेत्रहरु हिउँले ढाकिएका थिए । केवल ४ हजार जनाले मात्रै यात्रा पूरा गर्न सके । युद्ध इतिहासमा यो सबैभन्दा लामो निरन्तरको मार्च हो र यसले माओ त्से तुङलाई चिनियाँ कम्युनिष्ट आन्दोलनको निर्विवाद नेताका रुपमा स्थापित गरायो ।

चीनका लालयोद्धाहरुले ३ सय ८१ दिने अवधिमा २४ वटा नदी पार गर्दै १८ वटा पहाड चढेर ९ हजार किलोमिटरभन्दा लामो यात्रा गरेका थिए । प्राय क्षेत्रहरु हिउँले ढाकिएका थिए । केवल ४ हजार जनाले मात्रै यात्रा पूरा गर्न सके । युद्ध इतिहासमा यो सबैभन्दा लामो निरन्तरको मार्च हो र यसले माओ त्से तुङलाई चिनियाँ कम्युनिष्ट आन्दोलनको निर्विवाद नेताका रुपमा स्थापित गरायो । यसपछि हजारौं युवाहरु सेन्सी पुगे, अनि माओको लाल सेनामा भर्ना भए । यसबीच जापानीहरुसँग लड्नका लागि माओले च्याङ काइसेकसँग सहकार्य गरे । १९३७ देखि च्याङ काई सेकको राष्ट्रवादी युवासँग मिलेरै माओको कम्युनिष्ट सेनाले जापानीहरुको प्रतिरोध गर्‍यो । १९४५ मा विश्वयुद्धको समाप्तिपछि शान्ति वार्ताको प्रयास भएपनि त्यो सफल हुन सकेन । जसकारण फेरि चीनमा गृयुद्ध सुरु भयो र चार वर्षपछि राष्ट्रवादी सेनालाई परास्त गरेर माओले जनगणतन्त्र चीन स्थापनाको घोषणा गरे । त्यसयता १९७६ मा निधन हुनअघिसम्म उनी अध्यक्ष थिए ।लङ मार्चबारे वर्तमान चिनियाँ राष्ट्रपति सी जिनपिङ भन्छन्, ‘ती व्यक्तिहरु जसले आफ्नो जीवन देशको क्रान्तिको सपनाका लागि समर्पित गरे । उनीहरुको भावनालाई हामीले अनुसरण गर्न सक्नुपर्छ ।’


Your Views
Related News