‘मान’ले शानलाई अझ उचाइमा पुर्‍याउनु पर्ने हो, सामान्यता। तर, भइदियो उल्टो। मानले शानलाई गर्ल्यामगुर्लुम्म ढालिदिएको छ। तासको घरजस्तै। कुरा संविधान दिवसका दिन राष्ट्रपतिले थमाएको मान पदवीको। राज्यले दिएको मान पदवीबाट व्यक्तिको सान उकालो लाग्नु पर्ने हो। तर, राज्यले विशेष दिनमा दिएको मान पदवीले व्यक्तित्वमा ह्रास आयो। एक वर्षअघि असम्भव जस्तै ठानिएको तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेपछि सदस्य सचिव रमेशकुमार सिलवालको शान बढेको थियो। जुन उनको हाउभाउमा प्रष्ट देखिन्थ्यो।तर, पछिल्लो समय उनी आफ्नै नामको साख जोगाउन असफल देखिँदै आएका छन्। झन, युवा तथा खेलकुदमन्त्री जगत्बहादुर विश्वकर्माको क्रियाकलापमाथि अझै बढी प्रश्न उठेका छन्।त्यसो त विश्वकर्माबाट नेपाली खेल क्षेत्रले खासै ठूलो आशा गरेको थिएन। सत्ताधारी दलको राजनीति गरेकाले नेताहरूको कोटामा मन्त्री पद पाउनुबाहेक खेल क्षेत्रसँग विश्वकर्माको कुनै साइनो थिएन, छैन।परिस्थिति भने सोचेजस्तो भएन। बोलेर नथाक्ने स्वभावका सिलवाललाई उनकै शैलीले विवाद र अप्ठेरोमा पार्दै लग्यो। त्यसैले त उनलाई सदस्यसचिवको रूपमा दोस्रो इनिङको ‘पहिलो गाँसमै ढुंगा’ लागेको छ।

पट्यार लाग्ने लामो ‘राजनीतिक’ भाषण मन्त्री विश्वकर्माको विशेषता हो। आफ्ना गतिविधिलाई कुरा घुमाएर गर्न जान्दैमा वा मीठो शैलीले बोल्दैमा ढाक्न उनले सकेका छैनन्।नेपाली खेलकुदमा केही अघिसम्म पनि मन्त्रीको भूमिका थपनाबाहेक केही नहुने हुँदा चित्त बुझाउने ठाउँ थियो। सदस्यसचिवमा कार्यकारी भूमिका रहँदा सिलवालजत्तिका खेल क्षेत्रकै मानिसको नेतृत्व हुँदा झनै खेल क्षेत्र उत्साहित पनि थियो।यही कारण पहिलोपटक राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव पदमा नियुक्त हुँदा सिलवालबाट खेल क्षेत्रले ठूलै आशा गरेको थियो। कम्तीमा खेल क्षेत्रलाई लामो समयदेखि नजिकबाट नियालेको व्यक्ति खेलकुदको कार्यकारी पदमा नियुक्त हुँदा आशा जाग्नु स्वभाविक पनि थियो। ‘खेलकुदलाई नजिकबाट बुझ्ने’ व्यक्तित्वले उनका कमजोरीहरूलाई समेत छोपेको थियो। उनी आफैंले पनि ‘म यहाँ लिन होइन दिन आएको हुँ’ भन्दै आएका थिए। सिलवालले काम पनि गरे। दुई-तीन दिन अघिसम्म पनि ‘के हो के हो’ भन्ने अवस्थामा रहेको तेह्रौं साग सयममै सम्पन्न गरे। नेपालले ऐतिहासिक ५१ स्वर्ण पदक जित्यो। सिलवालले वाहवाही पाए। त्यसैले उनीमाथिको अपेक्षा झनै चुलियो।तर, ‘राष्ट्रिय खेलकुद विकास ऐन २०७७’ कार्यान्वयनमा आएपछि सिलवालको चार वर्षे कार्यकाल एक वर्षमै समाप्त भयो। नयाँ ऐनअनुसार ‘आवेदन दिएर सदस्यसचिव’ बनेका सिलवालबाट खेल क्षेत्रले पहिला जस्तै ठूलो आशा गर्नु झनै स्वभाविक बनेको थियो।

परिस्थिति भने सोचेजस्तो भएन। बोलेर नथाक्ने स्वभावका सिलवाललाई उनकै शैलीले विवाद र अप्ठेरोमा पार्दै लग्यो। त्यसैले त उनलाई सदस्यसचिवको रूपमा दोस्रो इनिङको ‘पहिलो गाँसमै ढुंगा’ लागेको छ।राखेपले सिफारिस गरेको नामावली मन्त्रालय हुँदै विभूषण समितिबाट गृह मन्त्रालय गएर मन्त्रिपरिषद्बाट पारित हुनुपर्छ। नामावली भएको फाइलले यत्तिका चक्कर मार्दासम्म पनि बालुवाटारमा सीधा सम्बन्ध भएका सिलवाल र स्वयम् क्याबिनेट सदस्य विश्वकर्मा आफूलाई जानकारी भएन भनी तर्किनु सुहाउने कुरा होइन।नयाँ ऐन लागू भएपछि सदस्यसचिवको भूमिका धेरै हदसम्म खुम्च्याइएको छ। मन्त्रीलाई कार्यकारी अधिकार दिँदै अघि सार्ने कोसिस गरिएको छ। जसका कारण खेलकर्मीको अपेक्षामा सिलवाल खरो उत्रिन सकेनन् होला। तर, सामान्य खेलभावनासँग समेत अपरिचित मन्त्री भएकाले नेपाली खेलकुदमा भएका सबैखाले कामको जस-अपजस सिलवालले नै लिनुपर्छ।सीमित स्रोत र साधनका बाबजुद नितान्त व्यक्तिगत मेहनतका कारण सागमा सफलता हासिल गरेका खेलाडी राज्यले दिने सम्मानबाट वञ्चित बन्दा सिलवाल र राखेपका प्रशासन प्रमुख कुलबहादुर थापा भने विभूषित भए! सिलवाल सुप्रबल जनसेवा श्री तृतीयबाट विभूषित हुँदा थापालाई प्रबल जनसेवा श्री चतुर्थबाट सम्मानित गरियो। सिलवाल र थापाबाहेक खेलकुदका १९ जना सम्मानित भए। १९ मध्ये १५ जना विभागीय टिमका थिए। हुन त राखेपले सबै पदकाधारी खेलाडीको नाम सिफारिस गरेको बताउँदै आएको छ। मन्त्रालयको जवाफ पनि त्यही छ। राखेप प्रशासन प्रमुख थापाले आफ्नो र सिलवालको नाम सिफारिस नगरेको दाबी गरेका छन्। मन्त्री विश्वकर्माले विभूषण समितिका सीमा र बाध्यताका कारण खेलाडीको नाम छुटेको हुन सक्ने गैह्रजिम्मेवार प्रष्टीकरण दिएका छन्।

खेल पदाधिकारी खेलाडीको भन्दा आफ्नो दुनो सोझ्याउन तल्लिन छन् भनेर प्रष्ट पारेको छ। खेलाडीको गिरेको मनोबललाई आगामी दिनमा यही नेतृत्वले कसरी उकास्छ त्यो भने हेर्न बाँकी छ। राखेपले सिफारिस गरेको नामावली मन्त्रालय हुँदै विभूषण समितिबाट गृह मन्त्रालय गएर मन्त्रिपरिषद्बाट पारित हुनुपर्छ। नामावली भएको फाइलले यत्तिका चक्कर मार्दासम्म पनि बालुवाटारमा सीधा सम्बन्ध भएका सिलवाल र स्वयम् क्याबिनेट सदस्य विश्वकर्मा आफूलाई जानकारी भएन भनी तर्किनु सुहाउने कुरा होइन।यसले सिंगो खेलजगतलाई लज्जित बनाएको छ। आफूले अभिभावक ठानेको व्यक्ति यति लाचार रहेछन् भनेर खेलाडी चिन्तित छन्। अब भोलिका दिनमा तिनले दिने आशा र ढाडसबाट खेलाडी कसरी विश्वस्त हुनु? त्यसैले त खेलाडीले भन्नु परेको छ- ‘सम्मान गर्न सकिँदैन भने अपमान पनि नगर।’खेलाडीले हकले पाउने मान पदवीका लागि फारम भर्नु पर्ने प्रक्रियाकै विरोध गरेका थिए। प्रक्रियामै खेलाडीबाट त्यति आवाज उठिसकेपछि नेतृत्व चनाखो हुनुपर्थ्याे। सम्बन्धित निकायमा अन्तिम समयसम्म खेलाडीको पक्षमा अडान कायम राख्नुपर्थ्याे। तर, त्यसो भएन। गरिएन। सर्वत्र आलोचित भएपछि सतही जवाफ दिएर नेतृत्व पन्छिइरहेको छ।  खेलाडीको मेहनत र पसिनाले आर्जेको पदकबाट आफूलाई सफलताको कसीमा दाँज्नेहरू आज तिनै खेलाडीबाट छिः छिः र दुरदुरको कोटीमा पुगेका छन्। त्यसै पनि विश्वास गुमाएका खेल पदाधिकारीको साख पछिल्लो घटनाले झनै गिरेको छ।खेल पदाधिकारी खेलाडीको भन्दा आफ्नो दुनो सोझ्याउन तल्लिन छन् भनेर प्रष्ट पारेको छ। खेलाडीको गिरेको मनोबललाई आगामी दिनमा यही नेतृत्वले कसरी उकास्छ त्यो भने हेर्न बाँकी छ।

READ MORE NEWS

नयाँ अध्ययन भन्छ– कोरोनाले जीवनभरीका लागि श्रवण शक्ति नष्ट पारिदिन सक्छ

अनुसन्धानकर्ताका अनुसार बिरामीको कानको परीक्षण गर्दा त्यसमा न त कुनै अवरोध थियो न नै कान सुन्निएको थियो । यो घटनापछि बिरामीको थुप्रै परीक्षण गरियो । यसमा फ्लू, रुमेटोयड अर्थराइटिस, एचआईभीको परीक्षण समावेश थियो । अनुसन्धानमा पाइए अनुसार बिरामीको बहिरोपनको कारण कोरोनाको संक्रमण थियो ।अनुसन्धानकर्ताका अनुसार सुन्ने क्षमता घट्नु र टिनिटस (कानमा आवाज गुञ्जिनु) को लक्षण पनि कोरोना र फ्लूका बिरामीमा देख्न सकिन्छ। तर यस्तो मामिला पहिले देखिएको थिएन ।वैज्ञानिकका अनुसार कोरोनाले कानमो मध्ये भागलाई पनि प्रभावित पार्न सक्छ । यो भाइरसले शरीरमा यस्तो रसायन बढाउने गर्छ जुन सुन्ने क्षमतासँग जोडिएको हुन्छ ।

 


Your Views
Related News