इलाम । प्रत्येक वर्ष निकासी खुम्चिरहने नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवद्र्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैँ चियाको तथ्याङ्क ऋणात्मक हुने गथ्र्यो तर यस वर्षको शुरुआतसँगै चियाको निकासी १४७ प्रतिशतले वृद्धि भएको तथ्याङ्क छ ।गएको आर्थिक वर्ष २०७६र७७ को (साउन–भदौ) मा ६४ करोड २३ लाख एक हजार बराबरको चिया निकासी भएकामा यस आव (साउन–भदौ) मा एक अर्ब ५८ करोड ६६ लाख ५७ हजार मूल्य बराबरको चिया निकासी भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । केन्द्रको तथ्याङ्कअनुसार गएको आव २०७६र७७ मा २३ लाख ५० हजार ७९० किलो चिया निकासी भएकामा यस आवमा बढेर ५३ लाख १७ हजार ५८२ किलो चिया निर्यात भएको छ । चियाको निकासी र आम्दानी ह्वात्तै बढ्नुका कारण भने भारतमा चिया उत्पादन कम भएको सरोकारवालाको भनाइ छ ।कोरोना र मौषमले भारतमा चिया उत्पादन घटेकाले भारतमा नेपाली चियाको माग बढेको नेपाल टी एशोसिएशनका अध्यक्ष कमल मैनाली बताउँछन्। उनी भन्छन्, “भारतमा २५ प्रतिशत चिया उत्पादन घटेको छ । त्यसैले चियाको निकासी नेपालमा बढेको हो ।” मैनालीका अनुसार नेपालका चिया किसानले चियाको उल्लेखीय मूल्य पाएकाले बढी निकासी भएको हो । निकासी बढे पनि नेपालमा चियाको उत्पादन भने नबढेको सरोकारवालाको भनाइ छ । गएको आर्थिक वर्ष कोरोनाका कारण निकासी नभएको चिया पनि यस आव निकासी हुँदा तथ्याङ्क बढेको हुनसक्ने अनुमान गरिएको छ ।

चियाको निकासी सधैँ अस्थिर रहने भएकाले पनि घटबढ भइरहन्छ । तर यस वर्षको शुरुमा भने अत्यन्त बढी अन्तर आएको छ । जुन अन्तरका कारण नेपालमा निकासी हुने वस्तुको दोस्रो बढी निकासी हुने वस्तुमा चिया परेको छ । वर्षको शुरुमा अन्तर बढे पनि वर्षभरको तथ्याङ्कमा फरक नपर्ने बताउँछन्, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राई । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्कअनुसार आव २०७४/७५ मा एक करोड ५६ लाख ८४ हजार ५४४ किलो चिया निर्यात भएकामा गत आव २०७५/७६ मा एक करोड ५० लाख ४३ हजार ७९६ किलो निर्यात भएको तथ्याङ्कले देखाउँछ । यसरी हेर्दा गत आवमा ६४ हजार ७४८ किलो चिया निकासी कम भएको देखिन्छ ।

घट्यो अलैँची, अदुवामा सामान्य सुधार

आर्थिक वर्षको शुरुमा अलैँचीको निकासी गएको वर्षको तुलनामा घटेको छ भने अदुवाको तथ्याङ्क भने सामान्य बढेको छ । गत आव २०७६/७७ ९साउन–भदौ० मा ११ करोड ८३ लाख ५० हजार मूल्यको अदुवा निकासी भएकामा यस आव ९साउन–भदौ० मा १३ करोड ८४ लाख ७२ हजारको अदुवा निकासी भएको छ ।केन्द्रको तथ्याङ्कअनुसार गत आव (साउन–भदौ) मा २२ लाख ५९ हजार ४३१ किलो अदुवा निकासी भएकामा यस आव (साउन–भदौ) मा २८ लाख ७९ हजार १०० किलो निकासी भएको छ । अदुवाले गत आवको तुलनामा १७ प्रतिशत आम्दानी वृद्धि गर्दै कूल निकासीको शून्य दशमलव सात प्रतिशत ठाउँ ओगट्न सफल भएको छ ।यता अलैँचीको तथ्याङ्कमा भने सामान्य सुधार भए पनि गएको आवको तुलनामा घटेको देखिन्छ । गएको आव २०७६र७७ (साउन–भदौ) मा एक अर्ब दुई करोड ५९ लाख ८९ हजारको अलैँची निकासी भएको छ भने यस आव २०७७/७८ मा ९६ करोड सात लाख १६ हजार मूल्यको निकासी भएको देखिन्छ । गत आर्थिक वर्ष २०७६/७७ (साउन–भदौ)मा १२ लाख ७५ हजार २९४ किलो अलैँची नेपालमा निर्यात भएकामा यस आव २०७७/७८ ९साउन–भदौ० मा १२ लाख ८४५ किलो अलैँची निर्यात भएको केन्द्रको तथ्याङ्कले देखाउँछ ।

विभिन्न समस्याले अलैँचीको भाउमा गिरावट आएकाले पनि परिमाण र आम्दानी खुम्चिएको सरोकारवालाको भनाइ छ । कोरोनाका कारण किसान र व्यवसायीसँग भण्डारणमा रहेको पुरानो अलैँची बाहिरी देशमा निकासी नभएकाले घटेको अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीको भनाइ छ । गत वर्षको अलैँची निकासी नभएको र यस वर्षको अलैँची उत्पादन भइसकेकाले पनि अलैँची सुधार नभएको अध्यक्ष कार्की बताउँछन् ।यस्तै वर्षेनी अलैँचीको भाउमा गिरावट आएकै कारण पनि आम्दानी घटेको अलैँची व्यवसायी महासङ्घका केन्द्रीय सचिव मातृका घिमिरेको भनाइ छ । पाँच वर्षअघि अलैँचीको मूल्य रु एक लाखप्रति मन (४० किलो) भएकामा अहिले प्रतिमन २० देखि ३० हजारको अनुपात छ । यसरी अलैँचीको बिक्री मूल्य घटेकाले पनि आम्दानी घटेको घिमिरेको भनाइ छ । यस आर्थिक वर्षमा कृषिजन्य पदार्थले कूल ३२ दशमलव छ प्रतिशत ओगटेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

READ MORE NEWS

राजनीतिमा युवा सहभागिता र समृद्धि

युवा देशको अनमोल शक्ति हो । देशको सबैभन्दा ठूलो पुँजी नै युवा शक्ति हो । युवा वर्गको विशिष्ट शक्तिलाई नसमेटी राष्ट्र निर्माण सम्भव छैन । त्यसैले युवावर्गमा राजनीतिप्रति बढेको वितृष्णा हटाएर उनीहरुमा राजनीतिक चेतनाको विकास गराएर राजनीतिमा संलग्न युवालाई मूलधारको राजनीतिमा सामेल गराउनु आजको आवश्यकता हो ।राजनीतिमा युवा पुस्ता स्थापित भएको खण्डमा समाजको विकासले गति लिन्छ । समाजको सबैभन्दा गतिशील समूह नै युवा भएकाले उसको सहभागिताविना देश मेरुदण्ड नभएको शरीरजस्तै हुन्छ । हिजो जीवन जोखिममा राखेर परिवर्तनको जग युवाले नै हाले जसरी नै अब समृद्धिको यात्रामा पनि उनीहरुकै सहभागिताबाट गन्तव्यमा पुग्न मद्दत हुन्छ ।हामी ‘समृद्ध नेपाल : सुखी नेपाली’ को नारा लिएर अघि बढिरहेका छौँ । यसलाई यथार्थमा बदल्नु छ भने हामीले अबका युवालाई राजनीतिका क्षेत्रमा चेतनशील बनाउन जरुरी छ । युवालाई भविष्यको कर्णधारमात्र होइन वर्तमानको साझेदार ठान्नु नै उनीहरुको अस्तित्व स्वीकार गर्नु हो । उनीहरुलाई न्याय दिनु हो र समृद्धिको बाटोमा अघि बढ्नु हो ।

युवापुस्तासँग भोलिको परिकल्पना नंभएको हैन । आफ्नो परिकल्पना साकार पार्ने अवसरमात्र कम भएको हो । विसं ०६२–०६३ को आन्दोलनदेखि नै चर्चामा आएको राजनीतिमा पुस्तान्तरण नभएकैले वर्तमान राजनीतिमा सक्षम र परिपक्व नेतृत्वको कमी भएको हो । तसर्थ पुस्तान्तरणले पनि  राजनीतिमा युवा सहभागिता बढाउन  मद्दत पुग्छ ।सचेत युवाले राजनीतिलाई पाखा लगाउने कि यसलाई अँगाल्ने ? राजनीतिलाई विकास र समृद्धिको बाटामा अग्रसर हुने माध्यम बनाउने कि देशको ढुकुटी रित्याउने माध्यम ठान्ने ? यसलाई असफल व्यक्ति जाने ठाउँ बनाउने कि अब्बल नेतृत्व विकास गर्ने ठाउँ बनाउने ? यसलाई नीतिहरुको मूल नीति बनाउने कि फोहोरी खेलमा परिणत गर्ने ? यो सबै हामीमा भरपर्ने विषय हो । अब युवाले सधैँभरि हाम्रा पुर्खाको गुण गाइरहने हैन । आउने पुस्ताका लागी सुनौलो युग हस्तान्तरणको वातावरण बनाउन लाग्नुपर्छ । त्यसैले राजनीतिमा हामीले सक्षम र परिपक्व युवा नेतृत्वको विकास नगर्नु भविष्यमा देशले पाउने राजनीतिक नेतृत्वमा पनि संकट ल्याउनु हो ।युवा सहभागिताले नै  समृद्ध नेपालको सपना साकार पार्न सक्छ । त्यसका लागि हामीले राजनीति फोहोरी खेल हो भन्दै पन्छिने हैन फोहोर पोखरीमै पसेर सफा गरेर निस्किने आँट भएको युवा हुनु जरुरी छ । प्रत्येक राजनीतिक सङ्गठनहरुले राजनीतिक चेतना भएका तर स्वतन्त्ररूपमा सहीलाई सही र गलतलाई गलत भन्न सक्ने सामथ्र्य बोकेको युवालाई अवसर दिनु जरुरी छ । त्यसले नै देशलाई समृद्धिको बाटोमा अघि सार्छ । युवा सहभागिताले नै राजनीतिलाई प्रधान नीति बनाउन मद्दत गर्छ र देशलाई समृद्धिको बाटोमा अघि बढाउँछ ।


Your Views
Related News