पहिलो र दोस्रो चरणको परीक्षणमा कोरोनाविरुद्धको चिनियाँ खोप सुरक्षित पाइयो : अध्ययन


बेइजिङ — चिनियाँ कम्पनीले बनाइरहेको कोरोना भाइरसविरुद्धको खोप पहिलो र दोस्रो चरणको परीक्षणमा सुरक्षित रहेको पाइएको छ ।बिहीबार द ल्यान्सेट जर्नलमा प्रकाशित एक रिर्पोटका अनुसार चिनियाँ सरकारद्वारा सञ्चालित सिनोफार्म कम्पनीले विकास गरिरहेको कोरोना खोप बीबीआईबीपी–कोरभीको पहिलो र दोस्रो चरणको परीक्षण सफल भएको बताइएको छ । उक्त रिपोर्टका अनुसार पहिलो र दोस्रो चरणको परीक्षणमा सहभागी व्यक्तिलाई गम्भीर प्रकृतिको कुनै नकारात्मक प्रतिक्रिया नदेखिएको र शरीरमा एन्टीबडी पनि विकास भएको बताइएको छ ।खोपको परीक्षणमा १८ देखि ८० वर्ष उमेर समूहका व्यक्तिलाई सहभागी गराइएको थियो । अध्ययनका अनुसार ६० वर्षभन्दा माथिका व्यक्तिमा एन्टीबडी बन्न बढी समय लागेको थियो । यो उमेर समूहका व्यक्तिमा एन्टीबडी बन्न ४२ दिनसम्म लागेको अध्ययनमा उल्लेख छ ।

युवा उमेर समूहका सहभागीमा भने २८ दिनसम्ममा एन्टीबडी विकास भएको बताइएको छ । उमेर समूहअनुसार एन्टीबडीको मात्रा पनि फरक रहेको अध्ययनमा पाइएको छ । कम उमेर समूहका व्यक्तिमा भन्दा वृद्धवृद्धामा एन्टीबडीको मात्रा कम भएको अध्ययनमा देखिएको छ ।उक्त अनुसन्धानमा सहभागीमध्येका एक प्राध्यापक जियायोमिङ याङ भन्छन्, ‘कोरोना भाइरसको संक्रमणका कारण पाका उमेर समूहका व्यक्तिहरु बढी जोखिममा रहेकाले कोभिड–१९ खोपको सफल रुपमा विकास गरी उनीहरुको ज्यान जोगाउनु नै अनुसन्धानको प्रमुख उद्देश्य हो ।’ उनी अगाडि भन्छन्, ‘तर कहिलेकाहीँ पाका उमेरकै व्यक्तिमा खोपको प्रभावकारिता कम भएको पाइएको छ । त्यसैले ६० वर्षभन्दा माथिका बीबीआईबीपी–कोरभी खोपले एन्टीबडी विकासमा कसरी काम गर्छ भन्ने कुराको अध्ययन गर्नु महत्वपूर्ण छ ।’अध्ययनमा सहभागी व्यक्तिहरुलाई १८–६० र ६० भन्दा माथिका गरी दुई समूहमा विभाजन गरी खोप दिइएको थियो । २८ दिनको अन्तरालमा २ मिलिग्राम, ४ मिलिग्राम र ८ मिलिग्रामको डोज दिइएको थियो । अध्ययनमा सहभागीमध्ये २१ वा २८ दिनको अन्तरालमा ४ मिलिग्रामको डोज दुई पटक लिनेहरुमा एन्टीबडीले राम्रोसँग काम गरेको बताइएको छ ।कोरोनाविरुद्ध चिनियाँ कम्पनी सिनोभाक र क्यानसिनोले पनि तेस्रो चरणको चिकित्सकीय परीक्षण गरिरहेका छन् ।

READ MORE NEWS

भारत-चीन तनाव: चिनियाँ सेनासँग लडाइँ गर्न भारतीय सेनाको गुप्त एकाइमा भर्ती भएका तिब्बती शरणार्थीहरू

दशकौँदेखि भारतले हिमाली क्षेत्रमा लडाइँ गर्न बनाएको एउटा गुप्त सैन्य टोलीमा तिब्बती शरणार्थीहरूलाई भर्ती गर्दै आएको थियो। तर हालै एक लडाकुको मृत्यु भएपछि उक्त एकाइ चर्चामा आएको बीबीसीका आमिर पीरजादाले बताएका छन्।

केही दिनअघि ५१ वर्षीय सैनिक नीमा तेन्जिनको लद्दाखको प्याङ्गोङत्सो तालनजिकै भएको बम विस्फोटमा मृत्यु भयो। सो क्षेत्र हालै चिनियाँ र भारतीय सेनाबीच तनाव भएको क्षेत्र हो। सैन्य स्रोतका अनुसार उनको मृत्यु भारत र चीनबीच सन् १९६२ मा युद्ध हुँदा बिच्छ्याइएको बम विस्फोट हुँदा भएको हो।”अगस्ट ३० को राति साढे १० बजेतिर उनी घाइते भएको सूचना पाएँ,” तेन्जिनका दाजु नाम्दाखले भने। “मलाई उनको मृत्यु भएको बताइएन। पछि एकजना साथीले उनको मृत्यु भएको जानकारी दिए।”परिवारका अनुसार तेन्जिन स्पेशल फ्रन्टीअर फोर्स एसएफएफका सदस्य थिए। सो एकाइमा ३,५०० जति सैनिक रहेको र तीमध्ये धेरैजसो तिब्बती शरणार्थी रहेको बताइन्छ।तेन्जिन शरणार्थी थिए र उनले सेनामा ३० वर्षभन्दा बढी सेवा गरेको उनको परिवार बताउँछ।

भारतीय सेनाले सार्वजनिक नगरेको एसएफएफको बारेमा धेरै कुरा थाहा छैन। तर यो सैनिकहरू, परराष्ट्रनीतिका विज्ञ र सो क्षेत्रका पत्रकारहरूलाई थाहै नभएको कुरा पनि होइन।तेन्जिनको मृत्युले भने भारतीय सेनामा पहिलो पटक तिब्बती शरणार्थीहरूको भूमिकालाई उजागर गरिदिएको छ।तेन्जिन बस्ने लद्दाखको राजधानी लेहका स्थानीय बासिन्दा र तिब्बती समुदायका मानिसहरू २१ तोपको सैन्य सम्मानसहित साथ गरिएको उनको अन्तिम संस्कारमा सहभागी भए।सत्तारूढ भारतीय जनता दलका नेता राम माधव सहभागी पनि उनको अन्तिम संस्कारमा सहभागी भए। तेन्जिनको शवलाई भारतीय र तिब्बती झण्डा ओढाएर सैन्य ट्रकमा राखिएको थियो।माधवले ट्वीट गर्दै तेन्जिन एसएफएफको सदस्य रहेको र भारतीय सीमाको रक्षा गर्दै वीरगति प्राप्त गरेका तिब्बती भएको लेखेका थिए। उनले भारत-चीन लेख्नुपर्नेमा भारत-तिब्बत सीमा लेखेको ट्वीट पछि मेटे।

सैनिक सम्मानभारत सरकार र सेनाले आधिकारिक रूपमा केही नभने पनि तेन्जिनको अन्तिम संस्कारको समाचार राष्ट्रिय पत्रपत्रिकामा आएको थियो जसलाई भारतले चीनलाई दिएको कडा सन्देशको रूपमा व्याख्या गरिएको छ।”अहिलेसम्म एसएफएफ गुप्त थियो तर अब यसका बारेमा लेखिएको छ र म धेरै खुसी छु,” नाम्दाखले भने।

“हामीले सन् २९७१ मा लड्यौँ जुन गोप्य राखियो र सन् १९९९ मा पाकिस्तानविरुद्ध कारगिलमा लड्यौँ, त्यो पनि गोप्य राखियो। अहिले पहिलो पटक यसको अस्तित्वलाई स्वीकारिएको छ।”विज्ञहरूका अनुसार एसएफएफ सन् १९६२ को भारत-चीन युद्धपछि गठित फौज हो।”यसको लक्ष्य भारत आएका तिब्बती र उचाइमा लड्ने अनुभव भएकाहरूलाई वा सन् १९६० सम्म चिनियाँ सेनाविरुद्ध लडेका तिब्बती गुरिल्ला शक्ति चुशी गान्द्रुकका सदस्यहरूलाई भर्ती गर्ने थियो,” तिब्बती पत्रकार र चलचित्रकर्मी काल्साङ रिन्चेनले भने।उनले एसएफएफका पूर्वसैनिकहरूसँग अन्तर्वार्ता लिएर एउटा वृत्तचित्र बनाएका छन्।

अन्तिम संस्कार

अमेरिकी सीआईएको सहयोगमा तात्कालिक भारतीय गुप्तचर प्रमुख बीएन मल्लिकले एसएफएफ खडा गरेको मानिन्छ।अमेरिकाको भूमिकाको बारेमा विवाद छ। केही विज्ञहरू यसलाई अमेरिकाले समर्थन मात्रै गरेको मान्छन् भने केही विज्ञले अमेरिकाले १२,००० तिब्बतीलाई तालिम दिएको र एसएफएफ गठन गर्न केही आर्थिक सहयोग दिएको मान्छन्।”धेरै जसो तालिम अमेरिकीले दिएका थिए,” सन् १९६२ मा एसएफएफ भर्ती भएका जाम्पा भन्छन्।”अलिअलि हिन्दी बोल्ने सीआईएका एक व्यक्तिले हामीमध्ये हिन्दी बोल्ने चार जनालाई तालिम दिएका थिए। ती चार जनाले अरूलाई तालिम दिएका थिए।”

लद्दाख

“यसको मूल उद्देश्य चीनसँग गोप्य रूपमा लड्ने र गुप्तचरी गर्ने रहेको छ,” रिन्चेनले भने।चीनले भने यसको अस्तित्वको बारेमा थाहा नभएको बताउँछ।”प्रवासमा रहेका तिब्बतीहरू भारतीय सशस्त्र बलमा रहेका मलाई जानकारी छैन। तपाईँ भारतीय पक्षलाई सोध्न सक्नुहुन्छ,” हालैको एक पत्रकार सम्मेलनमा एक चिनियाँ प्रवक्ताले भनेका थिए।

बूढीगण्डकीमा घुस बाँडेर खाएको बाबुरामको अभिव्यक्ति गैरजिम्मेवार : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकी जलविद्युत आयोजनामा घुस बाँडेर खाएको भन्ने  पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार भएको बताएका छन्।आफूले त्यस्तो गैरजिम्मेवार काम गर्न नसक्ने ओलीको भनाइ छ।‘एउटा निर्णय नभएको, कसैले नलिएको, कार्यआरम्भ नभएको त्यो हुन्छ या हुँदैन। कसले गर्छ भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीसमेत यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता गैरजिम्मेवार र निराधार अभिव्यक्ति एउटा कुरा हो। हामी त्यस्तो गैरजिम्मेवार र अनुत्तरदायी हुन सक्दैनौं।’आज नेपाल प्रहरीको ६५ औं प्रहरी दिवस समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले गलत सूचना दिएर जनता नभड्काउनसमेत आग्रह गरेका छन्।‘देश र जनतालाई गलत सूचना दिएर भड्काएर गलत बाटोमा लाने कुचेष्टा, त्यस्ता हर्कत हामी गर्न सक्दैनौं,’ उनले भने, ‘हामी सत्य निष्ठा र जिम्मेवारी भावका साथ मात्रै अगाडि बढ्न सक्छौं।’

सरकारले भ्रष्टाचारविरूद्ध शून्य सहनशिलता नीति लिएको पनि प्रधानमन्त्रीले बताए। केही तत्वहरू गैरजिम्मेवार तरिकाले बोलेर हिँडेको आफूले सुनेको उनको भनाइ छ।गोरखामा हालै आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले बूढीगण्डकी आयोजनामा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डले ९ अर्ब बाँडेर कमिसन खाएको आरोप लगाएका थिए।उक्त प्रमाण आफूसँग भएको पनि भट्टराईले बताएपछि नेकपा र कांग्रेसले विज्ञप्ति निकालेर प्रमाण पेश गर्न चुनौती दिइरहेका छन्। तर भट्टराईले उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्न माग गरेका छन्।


Your Views
Related News
POPULAR
Recently
           

About Us

Powered by " Naya Nepal Media Pvt. Ltd. "

Reg No : In Progress..

Director and editor

Aaditya Nepal : 9810040243