काठमाडौं । कोरोना रोगको महामारी बढ्दै गरेको अवस्थामा प्रधानमन्त्रीले देशवासीको नाममा गरेको सम्बोधनका क्रममा बेसारको महत्वको बारेमा बताएका थिए । तर सम्बोधन लगत्तै सामाजिक संजालहरुमा त्यसको व्यापक खिल्ली उडाइएको थियो ।कोरोनाको औषधिका बारेमा विश्वका अग्रणी देशहरु अन्यौल रहेको तर हाम्रो प्रधानमन्त्रीलाई सबै थाहा छ भन्दै व्यापक खिल्ली पनि उढाइयो । तर त्यसको केहि समय पश्चात यूरोपेली मुलुकमा बेसारको खपत ह्वात्तै बढ्न थाल्यो ।पश्चिमी मुलुकमा बेसारको प्रयोग कम हुँदा रोगहरुसँग लड्न आवश्यक पर्ने अन्टिबायोटिकका लागि बेसार मिश्रित औषधि महँगो मूल्य तिरेर खाने गरेका छन् । तर नेपालमा भने सजिलै खेती हुने र सस्तोमा पाइने हुँदा पनि बेसारको महत्व अझै बुझ्न सकिएको छैन ।

वनस्पतीशास्त्र अनुसार बेसारले मानव शरीरमा लाग्ने ६ सयभन्दा बढी रोगको निदान गरेको हुन्छ । वनस्पती वैज्ञानिकहरुका अनुसार बेसारले मानव शरीरका सम्पूर्ण अंगमा औषधीकै काम गरेको हुन्छ । बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नुका साथै अन्य इन्फेक्सनबाट पनि बचाउँछ ।बेसारमा औषधिय गुण रहेको र फुक्का खान अधिकाशं नेपालीहरुले (विशेषगरी बालबालीकाहरु) नरुचाउने कारणलाई मध्यनजर गर्दै उहि बेसारलाई सोहि गुणहुने गरि अगेनो बेकरीले बेसार केक बजारमा ल्याएको छ ।

झम्सीखेल स्थीत केन्द्रिय कार्यलय रहेको अगेनो द हाइस्टका निर्देशक प्रज्वल दाहालका अनुसार बेसार खान नरुचाउनेका लागी बेसारको प्रकृतिक एन्टिबायोटिक गुणलाई केक बनाएर विक्रि वितरण थालिएको बताए । बेसार सेवनबाट अनगिन्ती फाइृदाहुने बताउँदै बेसार केकले पनि बेसारको सम्पूर्ण गुण बोकेको जानकारी गराए ।देशभर फैलिएको अगेनो बेकरीको हरेक शाखामा ८५ रुपैयाँ प्रति गोटामा बेसार केक उपलब्ध गराइएको छ ।

READ MORE NEWS

विनोद चौधरी नेतृत्वको समितिलाई कांग्रेस नेतृत्वले किन काम गर्न दिएन ?

काठमाडौं, ३० असोज । सांसदसमेत रहेका उद्योगपति विनोद चौधरीको नेतृत्वमा नेपाली कांग्रेसले कोभिड–१९ का कारण प्रभावित लगानी, पूर्वाधार र रोजगारबारे अध्ययन गर्न गठन गरेको समितिलाई नेतृत्वले काम गर्ने वातावरण नबनाएको बुझिएको छ ।  कांग्रेसले सांसद चौधरीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको थियो । समितिले कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीतिबारे अध्ययन गरेर पार्टीको ‘अर्थतन्त्र केन्द्रित बिशेष समिति’ लाई सुझाव दिएको थियो ।समितिमा आवद्ध सदस्यहरुले नै पार्टी नेतृत्वले आफूहरुलाई काम गर्ने वातावरण नबनाएको गुनासो गर्न थालेका छन् । समितिले जेठ १० गते १९ पृष्ठ लामो सुझाव प्रतिवेदन विशेष समितिलाई बुझाएको थियो । समितिका सदस्यहरुमा दीपक खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिपछिरिङ लामा रहेका छन् । त्यस्तै, छत्र गिरि, सूर्यबहादुर केसी, मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङ्गटा, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा पनि सदस्य छन् ।

लगानी, पूर्वाधार र रोजगार क्षेत्रमा परेका एवं पर्न सक्ने असर कम गर्दै राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन तात्कालीक र आगामी आर्थिक वर्षभित्र लिनुपर्ने नीतिगत एवं व्यावहारिक कदमहरू पनि समितिले सिफारिश गरेको थियो ।  दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने तथा विपन्नहरूलाई जीवनयापनका लागि दालचामलको विकल्पमा लकडाउनभरि र लकडाउन सकिएको तीन महिनासम्म प्रतिपरिवार न्यूनतम मासिक ५ हजार रूपैयाँका दरले रकम दिनुपर्ने समितिको सुझाव थियो । समितिले अघि सारेका सुझावअनुसार पार्टी नेतृत्व अघि नबढेको पनि समितिमा आवद्ध सदस्यहरुको गुनासो छ ।

यस्तो थियो समितिले बुझाएको प्रतिवेदन :



चाडपर्वमा सचेत रहौं


Your Views
Related News