नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का कृषक स्वास्थ्यका लागि अत्यन्तै उपयोगी मानिने कागतीको व्यावसायिक खेती गर्न थालेका छन् । दैनिक प्रयोग हुने औषधीय गुणयुक्त कागतीको माग बढ्दै गएपछि पछिल्लो समय यसको खेतीमा यहाँका कृषक आकर्षित भएका हुन् । प्राय पहाडी क्षेत्रमा गरिने कागती खेती पछिल्लो पटक तराईमा पनि विस्तार हुन थालेको छ । भिटामिन सी प्रशस्त मात्रामा पाइने भएकाले यसको  माग बढ्न थालेपछि भारतबाट ठूलो मात्रामा कागती आयात हुँदै आएको  थियो । बजारको राम्रो सम्भावना र तराईमा समेत कागती खेती विस्तार भईरहेकाले  रामग्राम नगरपालिका–१० का कृषक धिरेन्द्र श्रेष्ठ जागिरबाट अवकाश पाएपछि व्यावसायिकरूपमा कागती खेती गर्न थाल्नुभएको छ ।कृष्णगोपाल एकिकृत कृषि फार्म दर्ता गरेर खेती शुरु गर्नुभएका उहाँले आफ्नै डेढ विघा जग्गामा भारतबाट आयातीत गोल्डेन लेमन जातको कागती लगाउनुभएको छ ।  अहिले हुर्किसकेका ती कागती  तीन वर्षमै  फल दिने र यसका लागि धेरै सिँचाइ गर्न पर्र्दैन। श्रेष्ठले रू  छ लाखको लागतमा एक हजार ५०० बिरुवा लगाउनुभएको हो । कागतीको बोट एकपटक लगाएपछि २५ देखि ४० वर्षसम्म फल दिन्छ  । राम्रो उत्पादन भएमा वर्षमा एउटै बोटबाट मात्रै ५०० देखि एक हजार २०० वटासम्म कागती उत्पादन हुने कृषक उहाँकोे भनाइ छ ।

एउटै कागतीको रू दुईमा बिक्री  भए पनि वार्षिक  लाखौँ आम्दानी हुन्छ । बाह्रै महीना फल प्राप्त गर्न सकिने भएकोले कागती मनग्ये आम्दानी हुने श्रेष्ठ बताउनुहुन्छ । तालिम नलिएपनि टेलिभिजन र पत्रपत्रिका अध्ययन गरेर खेती गर्नुभएका श्रेष्ठले माछापालन र धानखेती पनि गर्नुभएको  छ ।सुनवल नगरपालिका–१२ भूमहीकी दुर्गा बस्यालले पनि यसै वर्षदेखि कागती खेती शुरु गर्नुभएको छ । बर्दघाट नगरपालिका–२ सुखौरामा रहेको आफ्नै १५ कठ्ठा जग्गामा ३०० बिरुवाबाट खेती शुरु गरिएको उहाँ बताउनुहुन्छ । दाङबाट ल्याएको सुन जातको कागती लगाउनुभएकी उहाँले केरा र कागतीको खेती सँगसँगै गर्नुभएको छ ।  एक हजार ३०० केराको बोटसँगै कागती पनि लगाइएको छ । अहिले केराको बोट हुर्किएका छन् । तीन वर्षमा केरा टिपेर सकिएपछि कागतीको फल टिप्न शुरु हुने कृषक बस्यालको भनाइ छ  ।उहाँसँगै सुखौरामा यमकुमारी भुर्तेलले पनि १२ कठ्ठामा कागती खेती गर्नुभएको छ । दुबै  जनाले सँगसँगै खेती थालेको बताउँदै भुर्तेल आफूले ३०० बोटबाट कागतीको व्यावसायिक खेती थालेको जानकारी दिनुुहुन्छ । वर्षौँसम्म फाईदा लिन पाइने र मनग्ये आम्दानी हुने भएकोले यो खेतीतर्फ आकर्षित भएको उहाँको भनाई छ । सुनवल नगरपालिकाले पनि वडा नं। ११ को धुरकोट फेदीलाई कागती पकेट क्षेत्रकोरूपमा विकास गरी कार्य अघि बढाएको छ । पकेट क्षेत्रका लागि त्यहाँ गत वर्ष एक हजार कागतीका बिरुवा वितरण गरिएको नगर उपप्रमुख दधिराम अर्याल जानकारी दिनहुन्छ  । गत वर्षको कार्यक्रम प्रभावकारी भने हुन नसकेको तर अव त्यहाँका कृषकलाई तालिम प्रदान गरेर कागती खेतीमा प्रोत्साहन गरिने उहाको भनाइ छ ।कागतीबाट वार्षिक लाखौँ कमाउन सकिने र वर्षौसम्म फाईदा पनि लिन सकिने भएकाले कृषक यसतर्फ आकर्षित भईरहेको कृषि ज्ञान केन्द्रका प्रमुख देवेशकुमार मिश्राको भनाइ छ । जिल्लाको रामग्राम, सुनवल र बर्दघाट नगरपालिकाका कृषकहरू पछिल्लो समय कागतीखेतीमा सम्लग्न छन्  ९ तस्बीर पनि उपलब्ध छ०

READ MORENEWS

टुसा उम्रिएको चना सेवन गर्दा फाइदै फाइदा


Your Views
Related News