यदि तपाई पनि विवाह सम्बन्धि विभिन्न कुराहरुबाट चिन्तित हुनुहुन्छ र विभिन्न झमेलामा जुधिरहन परेको छ भने तनाव लिइरहन पर्ने जरुरी छैन ।वास्तुको हिसाबले मात्रै आफ्नो जीवन शैलीमा यस्तो परिवर्तन गरेर हेर्नुहोस् । तपाईलाई जरुर फाइदा मिल्नेछ । सबैभन्दा पहिले त तपाई यो कुरा विचार गर्नुहोस् कि तपाई कुन दिशामा सुत्नुहुन्छ ?वास्तुकलाअनुसार विवाह योग्य कुमार केटालाई दक्षिण र दक्षिण–पश्चिम दिशामा सुत्नहुँदैन । यसले विवाहमा बाधा पुग्न सक्छ । यसले राम्रो ठाँउबाट विवाहको कुरा आउँदैन ।

तपाईलाई आफ्नो बिस्तरा यस्तो तरिकाले राख्नुपर्छ कि सुत्ने बेलामा खुट्टा उत्तर र शीर दक्षिण दिशामा होस् । वास्तुको यो नियमलाई सुत्ने बेलामा विचार गर्नुपर्छ ।विवाह योग्य केटालाई जुनकोठामा एक भन्दा धेरै ढोका हुन्छन् त्यही कोठामा सुत्दा राम्रो हुन्छ ।विवाह योग्य पुरुष जुन कोठामा हावा र प्रकाशको प्रवेश कम हुन्छ त्यस्तो कोठामा सुत्नु हुँदैन ।केही कोठाहरु यस्ता हुन्छन् जहाँबाट किरणहरु झुन्डिएको देखिन्छ । यस्तो कोठामा विवाह नभएका केटाहरु सुत्न हुँदैन । यदि तपाई यस्तो कोठामा सुत्नुहुन्छ भने विवाह ढिलो हुन सक्छ ।

READ MORE NEWS

बूढीगण्डकीमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले यति अर्ब खाए भन्‍ने कुरा निराधार र गैरजिम्मेवार : ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार र अपराधविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको कुरा दोहोऱ्याएका छन् ।  नेपाल प्रहरीको ६५औं स्थापना दिवसका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको बताएका हुन् ।

नेपालजस्तो मुलुकमा जागिर पाउनु, तलब पाउनु गरिबीको रेखामुनि पर्नु नभएको भन्दै लोभलालच, र व्यक्तिगत लाभ र स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने उनले बताए ।सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाए पनि केही गैरजिम्मेवार तत्वले गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँडेको प्रधानमन्त्रीले बताए ।प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्तिप्रति लक्षित गर्दै बूढीगण्डकीमा अर्बौं भ्रष्टाचार भयो भन्ने कुरा निराधार भएको बताए । ‘एउटा निर्णय नभएको, कसैले नलिएको कार्यारम्भ नभएको, हुन्छ हुँदैन भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीसमेतले यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएकोसमेत सुनेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी यस्ता गैरजिम्मेवार र निराधार अभिव्यक्तिको एउटा कुरा हो तर हामी त्यति गैरजिम्मेवार र अनुत्तरदायी हुन सक्दैनौं ।’

बूढीगण्डकी आयोजनामा अर्बौं भ्रष्टाचार भयो भनेर देश र जनतालाई गलत सूचना दिएर भड्काएर गलत बाटोमा लैजाने कुचेष्टा भएको पनि प्रधानमन्त्री ओलीले बताए ।केही दिनअघि पूर्वप्रधानमन्त्रीसमेत रहेका जसपा नेता बाबुराम भट्टराईले एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहालले ९ अर्ब रुपैयाँ खाएको भनेर विवादित अभिव्यक्ति दिएका थिए । त्यसपछि कांग्रेस र नेकपा दुवैले विज्ञप्ति निकालेर आरोप पुष्टि गर्न भट्टराईलाई चुनौती दिएका थिए । त्यसपछि भट्टराईले भने आफ्नो काम सडकमा प्रमाण देखाउँदै हिँड्ने नभएको उल्लेख गर्दै निष्पक्ष छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।आफूहरु सत्य निष्ठा र जिम्मेवारीका साथ मात्र अघि बढ्ने प्रधानमन्त्री ओलीले बताए । भ्रष्टाचार र अपराधविरुद्ध शून्य सहनशीलताका साथ अघि बढे पनि अरु कुराहरुमा सरकार सहनशीलताका साथ अघि बढ्ने उनले बताए । अपराध र भ्रष्टाचारविरद्धको शून्य सहनशीलताको नीति अपनाउन नेपाल प्रहरी प्रतिबद्ध भएर अघि बढ्ने कुरामा आफू विश्वस्त रहेको पनि प्रधानमन्त्री ओलीले बताए । प्रहरीमाथि नागरिकको विश्वास कमजोर भए नागरिक र प्रहरीबीचको सम्बन्ध नै कमजोर हुने पनि उनले बताए ।सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको शान्ति सुरक्षा र अमनचयनका लागि अहोरात्र खटिरहेको भन्दै प्रशंसा गर्दै आपराधिक क्रियाकलाप रोक्न कुनै पनि प्रकारको दबाब र प्रभावमा नपर्न नेपाल प्रहरीलाई आग्रह गरे ।

प्रनानि कृष्णबहादुर चन्दलाई ‘पूर्ण शान्ति’ प्रहरी पुरस्कार

काठमाडौं । यस वर्षको पूर्ण शान्ति प्रहरी पुरस्कार प्रहरी नायव निरीक्षक (सई) कृष्णबहादुर चन्दलाई दिइएको छ ।  ६५ औं प्रहरी दिवस समारोहमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रनानी चन्दलाई पूर्ण शान्ति पुरस्कार प्रदान गरे । पुरस्कृत चन्द विशेष ब्यूरोमा कार्यरत छन् ।०५२ मा पूर्व प्रहरी महानिरीक्षक पूर्णबहादुर खवास र शान्ति खवासको नाममा स्थापना गरिएको सो पुरस्कार राशी हरेक वर्ष एकजना प्रहरी कर्मचारीलाई प्रदान गरिन्छ ।  जोखिमपूर्ण काम गरेबापत दिइने सो पुरस्कारको राशी पदक सहित २१ हजार नगद रहेको छ । ०५२ देखी प्रहरी दिवसको अवसरमा सो पुरस्कार नियमित प्रदान गरिँदै आएको छ । पुरस्कार सुशीले केडीया फाउण्डेशनले स्थापना गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ६५ औं प्रहरी दिवसको अवसरमा पूर्व प्रहरी उपरिक्षक (एसपी) तुलाबहादुर केसीलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । सेवा निवृत प्रहरीलााई दिइने सो अवार्ड प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री ‘बादल’ले अवकाशप्राप्त एसपी केसीलाई प्रदान गरेका हुन् । त्यस्तै, प्रहरी दिवसको अवसरमा पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले ‘अच्युत मिना अक्षयकोष’ स्थापना गरेका छन् । सो अक्षयकोषबाट हरेक वर्ष छात्रवृत्ति प्रदान गरिने छ ।

यो जेल किन विलासी बनाइएको होला ?


Your Views
Related News