नायक तथा निर्माता हसनराजा खानले कुनै पनि समस्याको बिषयमा नबोल्ने हो भने त्यसको समाधान कसरी हुन्छ भनेर प्रश्न गरेका छन् चलचित्र ‘रोमियो’मा अभिनय गरेका हसन अहिले दुबइमा छन् । दुबइमा रहेका हसनले ‘साहास नेपालीको’ नामक युटुब च्यानल संचालन गरिरहेका छन्। सो च्यानलमा उनले नेपाल र नेपालीको समस्याको बिषयमा आवाज उठाउने बताए ।हसनले नेपालमा बढ्दै गएको बलात्कारको बिषयमा आफ्नो भनाई राख्दै समस्या परेपछि त्यसलाई व्यक्त गर्न डराउन नहुने बताए ।

उनले भने–‘२ महिना, ६ महिना, २ बर्षको बालिका बलात्कार भएको घटना सार्वजनिक भैरहेका छन् । हामी कस्तो समाजको निर्माण गर्दैछौ । आज मलाई यी घटनाले पुरुष भएकोमा लाज लागेको छ ।’हसनले आफूमाथि हुने शोषणको बिषयमा बोल्न आग्रह गरेका छन् । बलात्कारको घटनाको बिषयमा आफूले अहिलेसम्म कुनै समाधान नदेखेको भन्दै उनले बलियो कानुनको आवश्यकता रहेको बताए ।उनले, बलात्कारको घटनाका दोषीलाई ७ दिन भित्रमा दण्डित गर्नुपर्ने तर्क राखेका छन् ।


Your Views
Related News