एजेन्सी – प्रकृतिको उपहारको रुपमा पाइने विभिन्न फलफूलले मानव स्वास्थ्यमा निकै फाइदा पुर्याउने गर्छ । मानव शरीरलाई स्वस्थ्य र मजबुत बनाउन विभिन्न फलफूल नभई हुँदैन । त्यसैले हरेक दिन विभिन्न प्रकारका फलफूलको सेवन गर्ने गरिन्छ । यसमध्ये मेवा स्वास्थ्यका लागि निकै फाइदाजनक छ त्यति मात्र होइन मेवाको पात र फूल पनि उत्तिकै फाइदाजनक छ । मेवाको फूलले थुप्रै स्वास्थ्य समस्याको समाधान गर्छ । साथै, यो पोषक तत्वले भरपूर पनि हुन्छ ।

मेवाको फूल कसरी तयार गर्ने ? 
मेवाको फूलको स्वाद निकै कडा हुन्छ । त्यसैले मानिसहरु यसको सेवन गर्न मन पराउँदैनन् । केही मानिसहरु भने यसको फूललाई विभिन्न तरिकारले बनाएर खाने गर्छन् । यसको फूलको चटनी वा अचार बनाएर पनि खान सकिन्छ ।

यसको फाइदा

मेवाको फूलले पाचन प्रक्रियालाई मजबुत गराउँछ । उच्च रक्तचाप नियन्त्रण गर्न, भोक मेटाउन, शरीरको मेटाबोलिज्म ठिक गर्न मद्दत गर्छ । यसको सेवनले मेटाबोलिज्म बढाएर शरीरलाई दैनिक क्रियाकलाप गर्न सहयोग गर्छ । मेवाको फूलको सेवनका साथै व्यायाप गर्न पनि सुरु गर्नुपर्छ जसले शरीरमा नयाँ उर्जा प्रदान गर्छ ।

पाचन प्रक्रिया:अपच, पेट फुल्ने जस्ता समस्या देखापरेमा मेवाको फूलको सेवनले कब्जियतबाट छुटकारा दिलाउने र अपच भएमा पचाउन समेत मद्दत गर्छ ।

उच्च रक्तचाप:
रगतको काम खाना र पौष्टिक तत्व साथै अक्सिजनलाई शरीरका विभिन्न अंगमा पुर्याउनु हो । उच्च रक्तचापको समयमा रक्त बाक्लो हुने र राम्रोसँग बग्न सक्दैन तर मेवााको फूलको सेवनले रगत पातलो हुने र सामान्य गतिमा रक्तसञ्चार हुन्छ ।

भोक:
भोक लाग्न कम भएमा वा खाना खान मन नलागेका भोक बढाउन प्राकृतिक औषधिको रुपमा मेवाको फूल सेवन गर्न सकिन्छ । एक रिपोर्टका अनुसार इन्डोनेशियामा भोक बढाउन मानिसहरु हरेक विहान मेवाको फूल खाने गर्छन् ।

तौल:
मोटोपन संसारकै मानिसहरुको समस्या भएको छ । मोटोपन कुनै पनि व्यक्तिका लागि फाइदाजनक हुँदैन । मेवाको फूलमा भिटामिन ए, बी र सी पाइन्छ जसले फ्याट कम गराउँछ मद्दत गर्छ । यसले तौल घटाउन समेत मद्दत गर्छ ।

READ MORE NEWS

युट्युबलाई सपिङ साइट बनाउने गुगलको योजना

आफ्नो भिडियो स्ट्रिमिङ्ग प्लाटर्फम युट्युबमा विज्ञापन प्रसारण गरी गुगलले मनग्गे आम्दानी गरिरहेको छ । तर गुगलको योजना बमोजिम युट्युबको दीर्घकालीन उपयोगिताको पाटो भने फरक छ । गुगलले युट्युबबाट इ-कमर्सको क्षेत्रमा पाइला चाल्ने लक्ष्य राखेको छ।ब्लुम्बर्गको एक रिपोर्टअनुसार गुगलले विभिन्न सामानहरु ग्राहकलाई प्रत्यक्षरुपमा बेच्ने प्रयोजनका लागि युट्युबको प्रयोग गर्ने योजना बनाएको छ ।
युट्युबमा विभिन्न खाले प्रडक्टहरुका भिडियो असंख्य छन् अहिले पनि । चाहे त्यो खेलौना होस् वा इलेक्ट्रोनिक्स अनि लत्ता कपडा हुन् वा कस्मेटिक । भविष्यमा ती सबै सामानहरु युट्युबमार्फत नै खरिद गर्न सकिने गरी युट्युबलाई इ कमर्स साइटको रुपमा विकास गर्ने योजना गुगलको छ ।अहिले युट्युबरहरुले भिडियोमा देखाइएका सामानहरु खरिद गर्नका लागि अमेजन वा अन्य त्यस्तै इ-कमर्स साइटहरुको लिंक दिने गर्दछन् । तर यदि गुगलको योजनाले मूर्तरुप लियो भने भविष्यमा कुनै अर्को साइटमा नगइकन सिधै युट्युबमार्फत नै सामान खरिद गर्न सकिनेछ ।ब्लुम्बर्गको रिपोर्टमा भनिएको छ, ‘गुगलसँग सम्बन्धित श्रोतका अनुसार युट्युबका भिडियोहरुलाई नै सरसामानको सूची अर्थात् क्याटालगको रुपमा विकास गर्ने र उपलब्ध सामानहरु प्रयोगकर्ताले सिधै अनलाइन खरिद गर्नसक्ने गरी युट्युबलाई रुपान्तरण गरिँदैछ ।

युट्युबबाटै सामान बिक्री गर्नका लागि गुगलले शपिफाइ कम्पनीलाई युट्युबसँग समायोजन गर्ने कार्यको परीक्षण पनि गर्दैछ ।’कतिपय युट्युब च्यानलहरुमा यस्ता फिचरहरुको परीक्षण भैरहेको युट्युबले यसअघि नै खुलासा गरिसकेको छ ।गुगलसँग अहिले पनि गुगल सपिङ नामक प्लाटर्फम छ । यो ठूला रिटेल स्टोरहरुको संकलित सूची हो । युट्युबलाई सपिङ प्लाटर्फमका रुपमा परिणत गर्नका लागि गुगलले आफ्नो गुगल सपिङलाई पनि प्रयोग गर्नेछ ।युट्युबबाट इ-कमर्शको क्षेत्रमा फड्को मार्नका लागि गुगललाई गाह्रो छैन । किनकि करोडौँ दैनिक प्रयोगकर्ता रहेको युट्युबका नियमित दर्शकहरु नै उसका ठूलो संख्याका ग्राहकहरुको रुपमा परिणत हुनेछन् ।युट्युबमा अहिले पनि विभिन्न नयाँ खरिद गरिएका सामानहरु ‘अनबक्सिङ’ गर्ने अर्थात् पहिलोचोट खोल्ने कार्यका भिडियोहरु निकै लोकपि्रय हुने गरेका छन् । सुरुआतमा त्यस्तै खाले भिडियोहरुलाई अनलाइन सपिङका रुपमा परिणत गरिनेछ ।स्मरण रहोस् विश्वको ठूलो अनलाइन सपिङ साइट अमेजनले विभिन्न ब्लगर तथा मिडिया हाउसले तयार पारेका विभिन्न खालका प्रडक्ट, खासगरी स्मार्टफोन सम्बन्धी भिडियोहरुलाई आफ्नो साइटमा स्थान दिने गरेको छ ।सामानहरु बेच्नका लागि विज्ञापनिक भिडियोको प्रयोग गर्ने चलन धेरै पहिलेदेखि नै चल्दै आएको छ । अब भिडियोलाई नै सामान खरिद गर्ने प्लाटर्फमका रुपमा प्रयोग गर्ने कार्यलाई गुगलले युट्युबमार्फत् सुरु गर्‍यो भने त्यसले अनलाइन सपिङको क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याइदिनेछ ।

नेपालगन्जमा भेटिएकी रेश्मा…

बिहानको ४ बज्न २ मिनेट बाँकी थियो। एक म्यासेज आयो, रिया वान्ट्स टु सेन्ड यु म्यासेज भनेर। अरु पनि धेरै म्यासेजहरु आउथे तर मैले हेरेर छोड्ने गरेको थिएँ।  सबैको प्रश्न त्यही हुन्थ्यो- ‘नाइस स्टोरी तर रियल हो कि काल्पनिक हो?’ भनेर।

invotech

कतिले तारिफ गरे, कतिले ह्या भन्दै छोडेको नि देखियो। कतिले फेसबुकसम्मै पछ्याउँदै आए तर रिया जिको म्यासेज अलि बेग्लै थियो। उनको पहिलो म्यासेज थियो ‘सर नमस्ते!’

अरु उत्तर पो नदिए नि मैले नमस्ते फर्काउदा के नै हुन्छ र, मैले नि ‘नमस्ते मिस’ भनेँ। उनी मिस हुन् या म्याडम हुन मलाई त्यो केही थाहा थिएन, मैले मिस नै भनेँ।

उनले फेरि अर्को म्यासेज गरिन्, ‘तपाई कैलालीको मान्छे नि है?’

pokhara noodle
sanima
bidh lab

मैले कसरी हैन भन्नू, हो भन्नै पर्‍यो। ‘हजुर हो’ भनेँ।

बिहानको ४ बजेको छ। अरु केही काम नि थिएन। १ बजेदेखि निद्रा नि लागेको छैन। उनको उत्तर दिन मलाई त्यति गाह्रो नि छैन। अब तेस्रो म्यासेज पठाइन्। अलि लामो थियो। उनको म्यासेज यस्तो थियो,

‘तपाईको त्यो सेतोपाटीमा आएको स्टोरी रियल हो या काल्पनिक, मैले छुट्याउन नै सकिनँ, र सोध्न नि चाहन्न। रियल हो भने तपाईलाई पोल्छ र काल्पनिक हो भने मलाई पोल्छ। किनकी मलाई रियल जस्तै लाग्यो, मलाई अब धेरै जान्नु नि छैन, र मलाई यति मात्र जान्न मन छ… भयो छोड्नु।’

म्यासेज यति मात्र थियो। मैले उत्तर फर्काएँ। ‘त्यो स्टोरी बाहेक सबै सोध्नुस्, म भन्छु नि।’

ncell in

एकछिन म्यासेज आएन, एकछिनपछि रिप्लाइ आयो- ‘तपाई कता हुनुहुन्छ?’

मैले अब हाँस्दै जवाफ दिएँ, ‘यो राती कहाँ हुनु, जंगलमा छु माछा मार्दै।’

उनले नि हाँस्दै फेरि सोधिन्- ‘नेपालगन्ज कि धनगढी?’

मैले अब कुरा घुमाउने ठाउँ थिएन, नेपालगन्ज भनेँ।

उनले फेरि अर्को म्यासेज गरिन्, ‘तपाईलाई त्यस्तो केही गाह्रो छैन भने हामी भोलि बिहान कफि पिउने गरी भेटौँ न।’

म झसंग भएँ अनि उनको प्रोफाइलमा गएर हेरेँ। भेट्ने नै कुरा आइसकेपछि त को हुन्, कताकी हुन्? पत्ता त लगाउनै पर्‍यो। म्यारिड अनम्यारिड नि केही थाहा छैन, लिभ इन काठमाडौँ र फ्रम झापा भनेर छ। सिंगल नै रैछन्, प्रोफाइलको फोटो पूरै खोलेर हेरेँ। फोटो हेर्दा त बाइकमा लिफ्ट माग्ने नर्सको पार्ट टु की हिरुनीभन्दा कम लागेन।

फोटोमा खासै हाइट थाहा नहुने रैछ। फोटोमा हेर्दा त असाध्यै राम्री थिइन्, ४/५ वटा प्रोफाइल फोटो हेरुन्जेल् अर्को म्यासेज आयो, ‘गाह्रो छ भने ठिकै छ।’

मैले नि अब तुरुन्त रिप्लाइ गरिहाले, ‘तपाई नेपालगन्ज आउने कि म काठमाडौँ आउने?’

उनले हाँस्दै जवाफ दिइन्- ‘तपाई हुन्छ मात्र भन्नुस् न, म नै नेपालगन्ज आउछु।’ मलाई विस्वास त थिएन तर हुन्छ आउनुस् भनीहालेँ। विश्वास नि कसरी गर्नु खोइ, एक केटी मान्छे अनि एक मेरो स्टोरी पढेकै भरमा नेपालगन्ज भेट्न आउछन् भनेर कस्ले पत्याउला र!

उनले फेरि प्रश्न गरिन्- ‘कति बजे भेट्ने?’

मैले नि हा हा हा… वाला इमोजी प्रयोग गर्दै भनेँ- ‘म नेपालगन्जमै छु मिस, तपाईलाई जुन बेला आउन मन लाग्छ आउनुस्।’

उनले खुसी हुने इमोजीसँगै तुरुन्तै जवाफ फर्काइन् ‘८ बजे पक्का है त।’

मैले नि मजाकमै उत्तर दिएँ- ‘अब उठेर मर्निङ वाक गर्दै आउनुस्, ८ बजेसम्म पुगिन्छ। कति न टाढा हो र काठमाडौँबाट नेपालगन्ज।’

उनको फेरि उत्तर आयो- ‘भन्नुस् मात्र, म अहिलै नि आउन सक्छु।’

मैले नि हाँसेर भनेँ- ‘ल आउनुस् त्यसो भए।’

उनले फेरि सोधिन्- ‘नेपालगन्जको धम्बोझी बाहेक अरु कहाँ भेट्ने?’

मैले हाँस्दै सोधेँ- ‘किन धम्बोझिमा नाइ?’

उनले उत्तर फर्काइन्- ‘तपाईलाई कसैको याद नआओस् भनेर नि।’ अनि उनले फेरि अर्को म्यासेज गरिन् ‘सुन्नु न भनेर।’

मैले नि मौका पाएँ ‘हजुर यस्मा सुन्निएन, देखियो मात्र।’

उनले हाँस्दै भनिन्, ‘मैले तपाईलाई त्यो स्टोरीमा मात्र फन्नी हुनुहुन्छ सोचेको, रियल मै हुनुहुन्छ क्या हो?’

अनि मैले नि एक हिन्दी डाइलग हानिहालेँ, ‘अभि तो पार्टी सुरु हुइ हे’।

उनले अब इङ्लिसमा म्यासेज गरिन्, ‘क्यान आइ गेट योर नम्बर?’

सायद नेपालीमा तपाईको नम्बर दिनु न भन्न गाह्रो लागेको होला। मैले हाँस्दै भनेँ- ‘नेपालगन्ज आएको दिन माग्नुस्, म दिहाल्छु नि।’

उनले फेरि इङ्लिसमै भनिन्, ‘आइ विल बि दियर इन नेपालगन्ज यfट एट एएम।’

सबै कुरा ठिकठाक नै भएकी, एक राम्री केटीले नम्बर माग्दैछ त म नि किन नदिनु। अलिअलि भाउ खोज्या जस्तो गरेको मात्र, मैले नि भेट त त्यस्तै हो कहिलै झुक्केर फोन आइहाल्छ की भनेर नम्बर दिइहालेँ। गफ गर्दा गर्दै ६ बजिसक्या थियो।

‘सी यू सर, ८ बजे भेटौँला’ भनेर उनी बिदा भइन्। म नि सुत्ने त कुनै चान्स नै थिएन, उज्यालो भैसक्या थियो, फेसबुक चलाउदै बसेँ।

सदा झैँ उठेर आफ्ना नित्यकर्महरु सकेँ। हुन त त्यो दिन शुक्रबार थियो, तर आफूलाई शुक्रबार र आइतबार उस्तै हो। कफि बनाएर खाएँ। बिहान सधैँ झैँ घरमा मम्मी ड्याडीसँग भिडिओ कल गरेँ।

७:३० मा एक नयाँ एनसेलको नम्बरबाट फोन आयो। फोन उठाएँ। उताबाट अवाज आयो ‘सर नमस्ते!’

मिठो आवाज थियो, र आजसम्म मैले नसुनेको आवाज थियो। मैले नि नमस्ते फर्काएँ। उनले सोधिन् ‘चिन्नु भो?’ म नि कन्फर्म त थिइनँ अनि अनि त्यही भएर ‘चिनिनँ, हजुर को बोल्नु भाको’ भनेँ।

उनले ‘हो र?’ भनिन् र फेरि सोधिन् ‘८ बजे कहाँ भेट्ने?’ अनि म कन्फर्म भएँ, पक्का यिनी रेश्मा नै हुन्। मैले अलि हाँस्दै भनेँ, ‘ओहो मिस पुगिहाल्नु भो क्या हो?’

उनले भनिन्- ‘मैले अघि भन्या हैन त, तपाई भन्नुस् मात्र, म आइहाल्छु भनेर।’

म कन्फर्म थिएँ की उनी यता छैनन् भनेर तर सोधेँ- ‘भन्नुस् कहाँ नl सर आउँ म।’

उनले नर्सिङ होम अगाडि बिपी चोकमा आउनु न भनिन्। मलाई अचम्म लाग्यो, झापाको मान्छेलाई बिपी चोक कसरी थाहा भयो? मैले फेरि सोधेँ- ‘मजाक नगर्नु न मिस।’

उनले सोधिन्- ‘नआउने भए म जान्छु।’

मैले हुन्छ आउछु भनेँ र मैले सोधेँ- ‘मलाई कसरी चिन्नु हुन्छ बिपी चोकमा पुगेपछि?’

उनले हास्दै जवाफ फर्काइन्- ‘तपाईलाई नचिन्नु के छ र?’

मैले नि हाँस्दै जवाफ फर्काएँ ‘भयो, धेरै गफ नदिनुस्। ल म आउछु, १० मिनेटमा पुग्छु।’

उनी बिपी चोकमा भेटिन्छ्न् जस्तो त लागेको थिएन, तर पनि खै किन पो हतारमै तयार भएँ। अनि बाहिर निस्किएँ। रेश्मा जि भेटिने मनमा पक्का भएको भए अझै समय लगाएर तयार हुन्थेँ सायद। मलाई नि अलि अलि राम्रो देखिनु त थियो तर पनि ठिकै छ, एकछिन हावा खाएर आउ न त भनेर निस्किएँ।

रुमबाट निस्केर भेरी हस्पिटल हुँदै गणेशमान चोकमा पुगेँ। मोबाइल खल्तिमा थियो। फोन आउदैथ्यो तर बाइक चलाउदै भएर फोन रिसिभ गर्न सकिनँ। सोच्दै थिएँ की यो पक्का पनि रेश्मा जि कै फोन होला। न आउनु मजाक गरेको भन्ने त होलान् नि। त्यसपछि कति न टाढा हो र, बिपी चोकमा पुगिहालेँ। साइडमा बाइक रोकेँ र खल्तीबाट मोबाइल झिकेर हेरेँ, नभन्दै रेश्मा जि कै फोन रैछ।

अब फोन गरेर झुट बोल्ने है भनौला सोचेको थिएँ, नभन्दै त्यही फोनमा बिहान कुरा गरेको मान्छेको मिठो आवाजले मलाई बोलाए जस्तो लाग्यो।

‘हेल्लो सर नमस्ते, म यता।’

जुन मैले सोचेकै थिइनँ, आँखा आवाज आए तिर नै गए। उनी अलि नजिक आउदै थिइन्। सबैभन्दा पहिले त मैले फोटो खिच्ने ती क्यामेरा थिए कि मोबाइल थिए, ती सबैलाई दोष लगाइहालेँ। किनकी बिहान मैले जुन फेसबुक प्रोफाइलमा हेरेको फोटोहरु थिए नि, ती सबै फिक्का भए अब।

हावामा उडीरहेका उनका कपाल, अनुहारमा त्यो मुस्कान। सेतो टिसर्ट, कालो पाइन्ट, सेतो जुत्ता, एकछिन त सबै कुरा बिर्सिएँ। नर्भस नि फील हुँदैथ्यो। कस्तो संयोग के फेरि, त्यो नि पहिलो भेटमै। न मैले सोधेको थिएँ, के लाएर आउनु हुन्छ, मैले कसरी चिन्ने भनेर न उनले सोधेकी थिइन्, के लाएर आउदै हुनुहुन्छ भनेर। कस्तो ड्रेस म्याचिङ भएको हाम्रो, मैले नि त्यही सेतो टिसर्ट, कालो पाइन्ट र सेतो जुत्ता नै लगाएर गएको थिएँ।

उनी अब मेरो नजिकै पुगिन्। ‘देख्नु भयो, मैले भनेको हैन त म आउछु भनेर।’

म अक्क न बक्क परेँ। मैले नि के भन्ने भनेर ‘तपाई आउनुहुन्छ भनेर म पूरै विश्वस्त थिएँ’ भनिहालेँ। मनमा त जे छ छँदै छ, कति झुट हो त्यो फेसबुकको ठेगाना सोचेँ तर भनिनँ। बाँकी पछि भनौला सोचिसक्या थिएँ।

मैले ‘ल जाम्, तर कता जाम्?’ भनेँ। उनले सोझो जवाफ फर्काइन्, ‘ठाउँ तपाईको, मलाई के थाहा? जा भन्नु हुन्छ, त्यही जाम्।’

मैले बाइकमा बस्नुस् भन्ने इशारा मात्र गरेँ। उनले हाँस्दै भनिन्, ‘तपाईको बाइकमा बस्न डर त लाग्या छ तर ठिकै छ, हिन्नुस्।’ उनले फेरि भनिन्- ‘मलाई पछि फर्किदा घरसम्मै छोड्नुहोला है, म अटोमा जान्न।’

उनले के भन्न खोज्दैथिन्, बुझिसक्या थिएँ। हामी धम्बोझी तिरै लाग्यौँ, तर यतै नै जाने भनेर सोचेको थिइनँ। अगाडि बढ्दै थिएँ, ठिक्क सिद्धार्थ कटेजको याद आयो किनकी त्यता म गइरहेको हुन्थेँ अरु बेला नि। साथी त्यहीँ काम गर्ने भएर त्यता आउने जाने भैराख्थ्यो, सिधै बाइक भित्र लगेँ।

बाइक रोकेँ अनि उत्रिन आग्रह गरे। त्यसपछि म उत्रिएँ। उनलाई नयाँ ठाउँ हो या हैन मलाई केही थाहा छैन, उनले मलाई नयाँ ठाउँ जस्तै रियाक्ट गर्दैछिन्। म अहिलेसम्म कन्फुज छु, उनी झापाकी मान्छे नेपालगन्ज कसरी? सोध्न भ्याएको छैन तर पनि मनमा कुरा खेल्दैछन्। सँगसँगै अगाडि हिड्यौँ।

सिद्धार्थ कटेजको डल्फिन भन्ने क्याबिनमा बस्न भनेर एक जनाले भन्नु भयो। हामी भित्र पस्यौँ। मौसम ठिक ठिकै थियो, जाडो सुरु हुन लागिसक्या छ। फेरि उस्तैमा ८ बजेको समय छ, आवश्यक त थिएन तर त्यता काम गर्ने एक जना भाइ आएर एसी अन गरेर गयो।

फेस टु फेस पर्नेगरी टेबलमा बस्यौँ हामी। उनलाई के फिल हुँदैथ्यो थाहा छैन, तर मलाई उनको फेसमा सिधैँ हेर्न अप्ठ्यारो लाग्दैथ्यो। हामी अरु केही बोलेकै थिएनौँ, यत्तिकै फेरि त्यही भाइ आएर ‘सर के लेराउँ’ भन्यो।

म बोल्न खोज्दैथिएँ, मभन्दा अगाडि उनी आफै बोलिन्- ‘दुइटा मिल्क कफि ल्याउनुस्।’

भाइ हुन्छ भनेर गयो अनि उनले सोधिन्- ‘तपाईलाई मिल्क कफि मन त पर्छ नि?’ अब नाइ भनेर नि के काम, मगाइसक्नु भयो सोचेँ मन मनै। तर मुखले मन्द मुस्कान दिदैँ ‘मलाई मन पर्ने त्यही हो’ भनेँ।

अब हाम्रो कुराकानी सुरु हुन्छ।

मैले प्रश्न गरेँ- ‘तपाई नेपालगन्ज कै मान्छे हो?’

उनले हैन भनिन्।

‘अनि कसरी यता आउनु भयो?’

उनले घुमाएर उत्तर दिइन्, ‘तपाईको स्टोरी पढेँ, राम्रो लाग्यो। तपाईलाई भेट्न आउछु भन्दा तपाईले हुन्छ भन्नु भयो अनि आइदिएँ।’

म अझैँ अल्मलमै छु, अलि सिरियस हुँदै सोधेँ, ‘साँच्चै भन्नु न, तपाईको घर कता?’

‘घर झापा बिर्तामोड हो तर म काठमाडौँ बस्छु।’

‘यता कसरी?’

उनले फेरि मजाकमै उत्तर दिइन्, ‘तपाईसँग कफि पिउन।’

मनमनै लाग्यो, यिनी त मभन्दा नि जिद्धि छन्। फेरि मैले सोधेँ- ‘नेपालगन्ज भित्र कतै झापा बिर्तामोड भन्ने ठाउँ नि छ र?’

उनले अब भने सही उत्तर दिन खोजिन्, ‘मेरो मामाघर यता हो। म यता आएको तीन दिन भयो, मामाको छोरी र म काठमाडौँमा सँगै बस्थ्यौँ। लकडाउनले कतै जान नपाएर तनाव थियो केही दिन। प्लेन खुलेपछि दिदीसँग यतै आएको, अब दिदी दशैँ खाएर मात्र जाने रे, म चाहिँ जानु पर्छ। गाडीमा जाने जस्तो छैन, अब यताबाट काठमाडौँ गएर अनि घर जानु पर्ला।’

‘अनि घर बिर्तामोड भन्नु भो है?’

उनले हो भनिन्। उनले प्रश्न गरिन्- ‘जानु भाएको छ कहिलै बिर्तामोड?’

मैले हाँस्दै उत्तर दिएँ, ‘म बिर्तामोड ६/७ महिना बसेर आएको।’

उनले उत्सुक हुँदै भनिन्- ‘हो र? कुन ठाउँ बस्नु भाको?’

‘बिर्तामोडमा अदुवा खोला की के यस्तै छ नि, त्यही नजिक बसेको। धेरै पानी आएर सताको याद छ मलाई।’

‘मजाक नगर्नु न, मेरो घर नि त्यही अदुवाखोला निरै पर्छ तर म त्यता बसिनँ। म पहिलेदेखि नै काठमाडौँ मै बसेकी, वर्षमा एक/दुई पटक मात्र घर जान्छु म।’

यति गफ हुँदै थियो, यत्तिकैमा त्यो भाइ कफि लिएर आयो। त्यो भाइलाई एसीको रिमोट खै अलि जाडो जस्तो भयो, बढाएर जाउ भनेँ। १६ बाट बढाएर २६ बनाएर त्यो भाइ आफ्नो बाटो लाग्यो।

उनले अब मलाई सोधिन्, ‘तपाई के गर्नुहुन्छ?’

‘तपाईले जुन स्टोरी पढेर मलाई भेट्न बोलाउनु भयो, त्यसमा सबै भनेको छु।

उनले हाँस्दै भनिन्, ‘मैले फेरि पढ्नु पर्ने भो है?’

‘एक पटक फेरि पढ्नुस् न।’

समय भैसकेको थियो। मैले अफिस जानु पर्ने भएर ‘जाम्, अब निस्किम्’ भनेँ र त्यताबाट निस्केर रिसेप्सनमा पुगेँ। पैसा तिर्ने समया आयो, रेश्मा मिसले म तिरम् भनिन्। मैले भयो मै तिर्छु आज भनेँ।

उनले फेरि हाँस्दै भनिन् ‘म त्यो सरस्वती हैन जस्ले जबरजस्ती नास्ताको पैसा तिरेको थिइ। म त नाइ भनेपछि तिर्दिनँ।

त्यती भन्दासम्म मैले पैसा तिरिसकेको थिएँ। निस्किनलाई बाइकमा बस्यौँ। मैले जिस्केर धम्बोझीमा छोड्दिम् भनेको, उनले हाँस्दै भनिन् ‘भयो पर्दैन, घरसम्म छोड्दिनुस्। मलाई यताको खासै थाहा छैन, बिपी चोकबाट भित्र भन्ने मात्र थाहा छ। हिड्दै गए घर थाहा पाइहाल्छु।’

गफ गर्दै गयौँ र घरको बाहिरसम्म छोडेँ। बाई भनेर म निस्किदै थिएँ, एउटा कुरा याद आयो।

‘रोक्नु त मिस’

उनी बाहिर आइन्। मैले सोधेँ, ‘घर कहिले जाने?’

‘आज टिकट हेर्छु, पायो भने भोलि नै जाने। फिक्स भयो भने भन्छु है तपाईलाई अनि एयरपोर्टसम्म तपाईले पुर्याइदिनु पर्ने हो।  पुर्याइदिने कि नाइ?’ भनिन्।

मैले नि किन नाइ भन्नु, हुन्छ भनेँ। नजिकै त थियो, अनि म निस्किएँ।

रुम पुग्नु भन्दा पहिले एक म्यासेज बज्यो मोबाइलमा, मैले हेरिनँ। कस्को पो हो खासै मतलब गरिएन। अनि रुम पुगेर मोबाइल हेर्दा रेश्माकै म्यासेज थियो। ‘थ्यान्क यू सो मच।’

म आफैआफै हाँसेँ र तुरुन्त रिप्लाइ नि गरेँ, ‘केको लागि थ्यान्क यू नि?’

उनको रिप्लाइ आएन। सायद मोबाइल छोडेर कतै गैसकेकी थिइन् होला। म रेडी भएर अफिस गएँ। साँझ ४ बजे रेश्माकै म्यासेज आयो।

‘मेरो भोलि ९ बजेको टिकट भयो, पुर्याउन गइदिनु हुन्छ कि नाइ भनेर।’

मैले तुरुन्त रिप्लाइ गरिहालेँ ‘शनिबार छ, म गैहाल्छु नि।

उनले थ्यान्क यू भनेर फेरि म्यासेज गरिन्, मैले कुनै रिप्लाइ दिइनँ।

खाना खादै थिएँ, रेश्माको फोन आयो। मैले उठाइनँ, उठाउन मिल्ने जस्तो थिएन हात। बिजी थिएँ, खाना खाइसकेर फोनको रिप्लाइ गरेँ। उनले तुरुन्त फोन काटिन् र एक म्यासेज गरिन् ‘अघि छतमा गएर फोन गरेको, अहिले सबैसँग बसेछु अनलाइन आउनुस्।’

मैले नि वाइफाई अन गरेँ। उनले म्यासेन्जरमा नि भिडिओ कल गरेकी रैछिन्, मैले हजुर लेखेर पठाएँ। केही भलाकुसारी त्यस्तै कुराहरु भए। अघि बिहान कफि खाँदादेखि घरसम्म छोड्दा के-कस्तो उनलाई फील भयो, शेयर गरिन्। यति मज्जाले कुरा हुन थाल्यो की मानौँ, हामी बीचको चिनजान ४/५ वर्ष अगाडिदेखि नै छ। बिहानै जानु छ अब सुतम् है भनेर उनी बिदा भइन्।

बिहान भयो, मभन्दा अगाडि नै उनी उठेर मलाई गुड मर्निङ भनेर म्यासेज गरिसकेकी थिइन्। उठेर म नि रेडी भएर बिपी चोकमा वेटिङमा बसेँ। उनी पनि रेडी भएर पुगिन्। उनलाई त्यतासम्म पुर्याउन उनकी दिदी आएकी थिइन्। शुभ यात्रा भन्दै उनकी दिदी त्यताबाट बिदा भइन्।

हामी दुई जना एअरपोर्ट तिर लाग्यौँ। ८:३० भैसकेको थियो, ९ बजेको टिकट छ, हतारमा एअरपोर्ट पुग्यौँ। उनले अन्तिममा कहिले आउनुहुन्छ काठमाडौँ भनिन्, मैले सिम्प्ली उत्तर दिएँ ‘अर्को महिना।’

चाँडै आउनु न है भन्ने अनुरोध गरिन्। हामी गेटमा थियौँ, उनको नाम बोलाउदै थिए। हतारमा उनले अँगालो हालेर बाई भनेर पछाडि नफर्केर गइन्। प्लेनमा बस्नुभन्दा अगाडि फोन आएको थियो। राम्रोसँग जानुहोला है, म पुगेर फोन गरौँला भनेको आज ५ दिन भयो। न फोन लाग्छ न फेसबुकमा भेटिन्छिन्…


Your Views
Related News