पोषणविद्हरु भन्छन्,  हाम्रो भान्सामा पाक्ने परम्परागत खाना नै सम्पूर्ण भोजन हो । आफ्नै भान्साको खाना, मौसमी सागपात, गेडागुडी, फलफूल आदिबाट हामीले पर्याप्त पोषक तत्व पाउँछौं ।हामीले खाने परम्पारगत थाली यसरी तयार भएको छ कि, त्यसमा स्वाद र पोषण दुबै छ । अमिलो, पिरो, नुनिलो, टर्रो, तीतो सवैथरी स्वाद । स्वाद मात्र कहाँ हो र ? औषधिय गुणले पनि भरिपूर्ण छ हाम्रो भन्सा ।

भान्साका मरमसलाको औषधिय गुण 

जीरा : जीराले खाना पचाउन मद्दत गर्छ । यसले पेटमा ग्याँस बढ्ने समस्यामा ठूलो राहत दिन्छ ।

धनियाँ : धनियाँले खाना पचाउन सहयोग गर्छ । यसले एसिडिटी, पिसाब पोल्ने समस्यालाई ठीक गर्छ ।

बेसार : सागसब्जीलाई आकर्षक देखाउन प्रयोग गरिन्छ, बेसार । तर, यो आफैमा औषधिय गुणले भरिपूर्ण छ । बेसारले रगत सफा गर्छ । कफ कम गराउँछ । चिसोबाट बचाउँछ । यसमा एन्टी सेप्टिक, एन्टी बायोटिक, एन्टी एलर्जिक एवं एन्टी फंगल गुण हुन्छन् ।

मेथी : मेथीले पेटमा ग्याास भरिने समस्यामा राहत दिलाउँछ । मधुमेह, जोर्नी दुख्ने समस्या तथा पाचन प्रणालीसम्बन्धी समस्यामा फाइदा गर्छ । बपालका लागि पनि मेथी राम्रो मानिन्छ ।

ज्वानो : ज्वानो पनि पेटका लागि हरेक हिसाबले फाइदाजनक मानिन्छ । यसले पेटको कीरा मार्छ । रुघाखोकीको समस्या छ भने यसको सेवनले फाइदा गर्छ ।

लसुन : लसुनमा रहेको यौगिक र रसायनले केहि प्रकारको क्यान्सरको कोशिका शरीरमा बढ्न दिदैन । लसुनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि सहयोग गर्छ । लसुन आफ्नो एन्टिअक्सिडेन्ट गुणको कारण कोलेस्टोरको स्तर नियन्त्रित राख्न उपयोगी हुन्छ । के पनि पाइएको छ भने, नियमित रुपले लसुन सेवन गर्दा उच्च रक्तचाप र ब्लड सुगर पनि नियन्त्रण भएको छ ।

अदुवा : अदुवाको सेवनले हाम्रो शरीरको मेटाबोलिज्ममा सोझो असर गर्छ, जसले गर्दा तौल घट्छ । अदूवामा कुनै क्यालोरी हुँदैन र यसले शरीरको मेटाबोलिज्मलाई पनि बढाउँछ । रुघा, खोकी र राम्रो पाचनका लागि पनि अदुवा उपयोगी हुन्छ ।

प्याज : कब्जियतको समस्या होस् वा मधुमेह, प्याजको सेवन लाभदायक हुनसक्छ । प्याजलाई सब्जीमा मिसाएर सेवन गरिन्छ । यद्यपी सलादको रुपमा काँचो प्याज खानु बढी प्रभावकारी हुन्छ । हुन त प्याज सेवन गरेपछि मुखमा गन्ध आउन सक्छ । तर, प्यास खानसाथ दाँत ब्रस गर्न सकिन्छ । किनभने यसले शारीरिक स्वास्थ्य र सुन्दरताको लागि प्रभावकारी काम गर्छ ।

ल्वाङ : ल्वाङमा एन्टी सेप्टिक गुण हुन्छ । यसले मुखको दुर्गन्ध हटाउँछ । पाचन शक्ति बढाउँछ र एसिडिटी हटाउन सहयोग गर्छ ।

सुकुमेल :सुकुमेलले एसिडिटी हटाउँछ । बढी खाना खाँदा हुने छटपटीलाई सुकुमेलले छिनभरमै हटाइदिन्छ ।

मरिच :मरिचले रुघाखोकीबाट बचाउन सहयोग गर्छ । यसको नियमित सेवन गर्दा पाचन ठीक रहनुका साथै भोक पनि जाग्छ ।

हिङ :हिङले पेटमा ग्याँस भरिने समस्या हटाउँछ । तर यो खाँदा मात्रामा विशेष सतर्क हुनुपर्छ । यसले गर्भवतीलाई फाइदा नगर्नसक्छ । साथै यो धेरै खाइयो भने हड्डीमा समेत असर पुग्छ ।

READ MORE NEWS

मौन सरकार, आज्ञाकारी राखेप, ढुक्क संघ र आक्रोशित खेलाडीहरू

काठमाडौँ– केही दिनको एक भर्चुअल कार्यक्रमका एक वक्ताले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव समक्ष प्रश्न तेर्स्याए– यति लामो समयदेखि खेलकुद ठप्प छ, कहिले र कसरी सुचारु होला ?’मिठो बोल्न सिपालु राखेप सदस्य सचिव रमेशकुमार सिलवालले जवाफमा भने, ‘अहिले राजधानीमा कोरोना भाइरसको कहर बढ्दो क्रममा छ । केही समय पर्ख र हेरको अवस्था छ ।’त्यसो त, सदस्य सचिव सिलवालको यस्तो भनाइ नयाँ होइन । उनलाई खेल गतिविधि सुरु हुनेबारे सोधिने हरेकजसो प्रश्नमा यस्तै प्रकारको जवाफ आउँछ । गत फागुन र भदौमा गरी दुई पटक राखेपले खेलकुद गतिविधि रोक्न पत्र काटेको थियो । यसबीचमा ‘अब खेलकुद गतिविधि गर्न सकिन्छ,’ भनेर खेलाडीलाई अभ्यासमा फर्काउन संघहरूलाई निर्देशन दिन सकेको छैन ।राखेपको तालुकदार युवा तथा खेलकुद मन्त्रालय खेलाडीलाई मैदान फर्काउने विषयमा मौन छ । मन्त्रालयका एक अधिकारीले उल्टै प्रश्न गरे, ‘नेपालको अवस्थामा अहिले खेलकुद गर्न सकिन्छ र ?’

राखेप सरकारले खेल गतिविधि रोक्न दिएको निर्देशन पालनामा आज्ञाकारी छ । सदस्य सचिव सिलवालले त्यही भर्चुअल कार्यक्रममा भनेका थिए, ‘म दुई भूमिकामा रहेर सोचिरहेको छु, खेलाडीलाई मैदानमा फर्काउने र सरकारले दिएको निर्देशन पालना पनि गर्ने ।’ उनी अझै सोच्दै छन् ।संघहरू पनि कानमा तेल हालेर सुतिरहेका छन् । उनीहरूका लागि कोरोना भाइरस खेलाडीसँग टाढिएर बस्न गज्जबको बहाना बनेको छ । नेपाली खेलकुदको विकास र विस्तारका लागि खेल संघमा आएका पदाधिकारीहरूले यस्तो विषम परिस्थितिमा कसरी दिन बिताइरहेका छौ भनेर खेलाडीलाई कति पटक फोन गरे ? खेलाडीहरू भन्छन्, ‘अहिलेसम्म संघका मान्छेहरूसँग सम्पर्क भएको छैन ।’

फूटबल कप्तानको आक्रोश

फागुनदेखि ठप्प खेलकुदबारे सरकार मौन बसिरहेकै बेला नेपाली राष्ट्रिय फूटबल टोलीका कप्तान किरण चेम्जोङले सरकार र राखेपलाई सम्बोधन गर्दै खुला पत्र लेखेका छन् ।उनले पत्रमा खुलेर खेल प्रशासनको आलोचना गरेका छन् । पछिल्लो सात महिनामा अर्को कुनै खेलाडीले यसरी आवाज उठाएको थिएन । किरणको आक्रोश मिश्रित खुला पत्रलाई अधिकांश खेलप्रमीले समर्थन गरेका छन् । किरणको प्रशंसा गर्दै सरकारको आलोचना गरेका छन् ।किरणले खेल पदाधिकारीहरूलाई पत्रमा लेखेका छन्- ‘फूटबल मात्रै नभएर सम्पूर्ण खेलकुद सुचारु गर्न सबै मापदण्ड पूरा गरी पूर्ण सुचारु गर्न हजुरहरूलाई अनुरोध गर्दछु । एककान दुईकान गर्दै हुनुहुन्छ ? के खेलाडी सधैँ मारमै पर्नु पर्ने र मर्ने हो भने तपाईंहरू सम्बन्धित निकायमा बसेकाहरूको के अर्थ रह्यो र ? खेलाडी चैँ सधैँ काठमाडौँको धुलोमा, तपाईंहरू चै चिलो गाडीमा ?’यसरी खेलकुद परिषद् र राखेपसँग ठाडो प्रश्न गर्न सक्ने आँट किरणले गरेका छन् । वर्षौं मिहिनेत गरेको खेलाडी कोरोना भाइरसकै कारण सात महिनाभन्दा बढी घरमा थन्केर बसेको छ अनि सरकारले मुखमा मास्क लगाएको छ। पदाधिकारीहरू झन् ढुक्क र शान्त देखिएका छन् ।एक खेलाडीको प्रश्न छ, ‘मैदानमा खेलेर घर परिवार पाल्नुपर्ने खेलाडीलाई कोरोनाको बहानामा बन्धक बनाएर कहिलेसम्म आनन्दको निन्दा लाग्छ सरकार ?’

पौने दुई सय संघ

राष्ट्रिय संघहरूले खेलाडीका बारेमा सोच्नुपर्ने हो । खेलाडीहरू घरमा कसरी बसेका छन् र यसले अभ्यासमा कस्तो असर पारेको छ भन्ने कुरा बुझ्नुपर्ने हो ।केही सीमित संघ बाहेक अन्यलाई खेलाडीका बारेमा कुनै चासो र चिन्ता छैन । नेपालमा १७२ वटा खेल संघ छन् । लामो समय घरमा बस्दा खेलाडीमा शारीरिक, मानसिक र सामाजिकरूपमा नकारात्मक असर गर्ने चिकित्सकहरू बताउँछन् ।नेपाल ओलम्पिक कमिटीले एक पटक सात दिन मनोवैज्ञानिक परामर्शका लागि भर्चुअल कक्षा सञ्चालन गरेको थियो । त्यसको प्रभावकारिता अध्ययन गरेर फेरि सञ्चालन गर्ने भनेकोमा अर्को पटक हुन सकेको छैन ।विश्वका अधिकांश मुलुकमा खेल गतिविधि सुरु भइसकेको छ । छिमेकी मुलुक भारतमा पनि सुरु गरिसकेको छ । भारतमा दोस्रो डिभिजनको फूटबल लिग सुरु भएको छ । यता राखेप सदस्य सचिव सिलवाल भने लण्डन म्याराथनमा दौडनेको संख्या कम गरेको भन्दै बसेका छन् ।


Your Views
Related News