आलु तरकारीदेखि चप, पकौडा, तथा अन्य खाजाका लागि प्रयोग गरिन्छ । तर, आलुको जति महत्व हामी बोक्रालाई दिँदैनौं । प्राय: मानिसहरु आलुको बोक्रा फालेर विभिन्न परिकारहरु बनाउँछन् ।आलुको जति नै यसको बोक्रा पनि लाभदायी मानिन्छ । आज हामी तपाईलाई आलुको बोक्राको फाइदाबारे जानकारी दिन गइरहेका छौं ।आलुको बोक्राले छालालाई बलियो बनाउनुका साथै चम्किलो बनाउनका लागि सहयोग गर्छ । काँचो आलुको बोक्रालाई ताछेर त्यसको रस अनुहारमा लगाउने र केही समयपछि सफा पानी धोएमा छालामा चमक आउँछ ।बोक्रासहित आलु खाएमा कोलेस्ट्रोल कम गराउँछ ।आलुको बोक्रामा फाइबर प्रशस्त मात्रामा पाइने भएकाले यसले तौल घटाउन समेत सहयोग गर्छ ।विभिन्न अध्ययन र शोधबाट आलुको बोक्राले सेवन गरेमा युवा अवस्थामै कपाल फुल्नबाट जोगाउँछ ।
READ MORE NEWS
कांग्रेस, कम्युनिष्ट र डा केसीको अभियान