बैतडी – सुदूरपश्चिमकै दोस्रो ठूलो विमानस्थल बैतडीको पाटन विमानस्थलबाट हवाई उडान फेरि सुरु भएको छ । २५ वर्षपछि प्रदेशको अस्थायी राजधानी धनगढीलाई बेस बनाएर शुक्रबारदेखि हवाई उडान सुरु भएको हो  ।विसं २०५२ सालदेखि बन्द रहेकोे विमानस्थलमा अबदेखि नियमित उडान हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिनुभयो । समिट एअरले हप्ताको एकदिन उडान भर्ने गरी नियमित रुपमा धनगढी–बैतडी–धनगढी सेवा दिने भएको हो ।

पहिलो दिन धनगढीबाट १८ यात्रु बैतडी आएका र बैतडीबाट सात यात्रु लिएर समिट एअर धनगढी फर्केको प्रमुख बुढथापाले बताउनुभयो । पहिलो दिन शुक्रबार हवाई उडान गरिएको भए पनि अबदेखि बैतडीमा हप्तामा एक दिन मङ्गलबार नियमित उडान हुने समिट एअरका सुदूरपश्चिम म्यानेजर सरोज उप्रेतीले जानकारी दिनुभयो ।धनगढीबाट हरेक मङ्गलबार बिहान १० बजे बैतडीका लागि विमान उड्ने उहाँले बताउनुभयो । धनगढीबाट बैतडीको भाडा तीन हजार आठ सय रुपैयाँ तोकिएको छ । पहिलो दिन धनगढीबाट विमानमार्फत बैतडी आउनुभएका पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले नियमित उडानले खुसी लागेको बताउनुभयो । विसं २०५२ देखि पूर्णरुपमा बन्द रहेको सुदूरपश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा रहेको विमानस्थल फेरि सञ्चालनमा आएपछि उत्साह थपिको स्थानीय कृष्ण पन्तले बताउनुभयो  । यसले यहाँको आर्थिक र पर्यटन क्षेत्रमा समेत टेवा पुर्याउने उहाँको भनाइ छ । यसअघि यही असोज १७ गते पाटन विमानस्थलमा परीक्षण उडान गरिएको थियो । परीक्षण उडानसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहितको टोलीले पाटन विमानस्थलको निरीक्षणसमेत गरेको थियो ।

READ MORE NEWS

केन्टको दशैँ र तिहार अफर सार्वजनिक

नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको ई.ओ.एल. प्रालिले दशै र तिहारलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । भारत र नेपालमा पानी शुद्धीकरणका लागि रुचाएको केन्ट आर.ओ.ले नेपालको दशैं र तिहारलाई लक्षित गर्दै “१०० प्रतिशत शुद्ध पानीको संरक्षणसहित यस उत्सवको मौसम, स्वस्थ रहनुहोस्” भन्ने नारासहित अफर सार्वजनिक गरेको हो ।जसअनुसार केन्टको कुनै पनि आर.ओ.मोडलको खरिदमा चार वटा एल.ई.डी. बल्बको उपहार प्याक प्रदान गरेको छ । यो ग्राहक योजना अश्विन १ देखि नेपालभर सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ ।

आज सफा पिउने पानीे आवश्यकता बनेको छ । प्रत्येक वर्ष लाखौं नेपाली पानीजन्य रोगहरूले संक्रमित हुन्छन् र हजारौंले आफ्नो ज्यान गुमाउँछन् । पिउने पानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुन सक्छ । साथै, घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनहरू मार्फत आउने र अस्वस्थ ट्याङ्कीमा भण्डारण हुने गर्दछ । पिउनु भन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्त्वपूर्ण छ । यसैले, प्रशोधित भएको पानी परिवारको स्वस्थ जीवन र कल्याणको लागि महत्वपूर्ण आवश्यकता भएको छ ।

जेसीजको राष्ट्रिय महाधिवेशन रुपन्देहीमा, सहभागीलाई पीसीआर रिपोर्ट अनिवार्य

३० असोज, बुटवल । नेपाल जेसीजको ४७औं राष्ट्रिय महाधिवेशन रुपन्देहीमा हुने भएको छ । आगामी पुस १ गतेदेदखि ४ गतेसम्म रुपन्देहीको तिलोत्तमामा भलबारी जेसीजको आतिथ्यतामा महाधिवेशन गर्ने तय भएको जेसीजले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।महाधिवेशनमा एकजना अध्यक्ष, चारजना कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष गरी १७ पदमा एक वर्षे कार्यकालका लगि निर्वाचन हुने नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अशोक शंकरले बताए ।महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार भने निर्वाचित अध्यक्षले मनोनित गर्न पाउने जेसीजको विधानमा व्यवस्था रहेको छ ।

एक हजार सात सयजना मतदाता रहेको जेसीज महाधिवेशनमा देशभरका १५७ वटा शाखाका अध्यक्ष, बोर्ड डाइरेक्टर, पूर्वअध्यक्षहरु, उम्मेदवारलगायत तीन सय जनादेखि चार सय जनासम्मको उपस्थिति रहने अध्यक्ष शंकरले जानकारी दिए ।विगतमा प्रतिनिधि र पर्यवेक्षक गरी तीन हजार जनासम्म सहभागी हुने गरेकामा यस वर्ष कोरोना महामारीका कारण न्यून सहभागिता हुने उनले बताए ।नयाँ नेतृत्वका लागि हालसम्म ६० जनाभन्दा बढीले विभिन्न पदमा उम्मेदवारी दर्ता गरिसकेका र अनलाइन भोटिङ वा शाखा अध्यक्षहरु मात्रै सहभागी हुन पाउने विशेष साधारणसभामध्ये कुन विधिबाट मतदान गर्ने भन्ने अझै निश्चित नभएको अध्यक्ष शंकरले बताए ।विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी महाधिवेशन सम्पन्न गर्न सम्बन्धित निकायबाट अनुमति लिइएको राष्ट्रिय उपाध्यक्ष गोविन्द पंगेनीले बताए ।मंगलापुरस्थित बोधी भिल्ला रिसोर्टमा हुने महाधिवेशमा सहभागी हुन दुई दिनभित्रको पीसीआर परीक्षण रिपोर्ट पेस गर्नुपर्ने अनिवार्य गरिएको महाधिवेशन सचिवालयका महासचिव लोकनाथ खनालले बताए ।चारदिनसम्म चल्ने महाधिवेशनमा कोरोना महामारीले पारेको असरबाट अर्थतन्त्रलाई पुर्ववत् अवस्थामा फर्काउन र उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना गर्न सरकार र निजी क्षेत्रले के-के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरी घोषणापत्र जारी गरिने सिनेटर प्रकाश पोखरेलले बताए।

सुनर्या गाउँपालिका अध्यक्ष बिष्टलाई सांघातिक आक्रमण गर्नेहरु सत्ताकै संरक्षणमा, प्रहरी निरीह

काठमाडौं। नेपाली कांग्रेस बैतडीका सचिव एवं सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर विष्टलाई असोज २८ गते सांघातिक आक्रमण गरि निर्घात रुपले कुटपिट गर्नेहरुलाई स्थानिय प्रहरीले अझै नियन्त्रणमा लिएको छैन । गाउँपालिका केन्द्रको विषयमा विवाद हुँदा अध्यक्ष बिष्टलाई केहि अराजक समुहले सांघातिक आक्रमण गरि गम्भिर घाइते बनाएका थिए । बिष्टको टाउकोमा गम्भिर चोट लागेको छ भने जीउमा पनि अनेक ठाउँमा चोट लागेको छ । गाउँपालिका अध्यक्ष बिष्टलाई गम्भीर घाइते बनाएको घटना भएको दुई दिन बितिसक्दा पनि विष्टलाई कुटपिट गर्ने आपराधिक मनोवृत्तिका व्यक्तिहरुलाई राज्यले कार्वाही गर्ने तदारुकता नदेखाउँदा स्थानियहरुले आक्रोश पोखेका छन् । उनीहरुले सत्तारुढ नेकपाको संरक्षणमा आक्रमण भएका कारण आक्रमणकारीहरुलाई प्रसासनले बचाउन खोजेको बताएका छन्। सत्ताको छायाँमा परेर प्रहरी पनि निरिह बनेको स्थानियहरुले बताए।

नेपाली कांग्रेसले एक विज्ञप्ती निकाली घटनाको बिरोध जनाउँदै दुई दिनसम्म पनि आक्रमणकारीहरुलाई कार्वाही प्रक्रिया केहि अघी नबढाइएको गम्भिर आशंका समेत व्यक्त गरेको छ। कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले आक्रमणलाई अत्यन्तै दुःखद घटनाका रुपमा कांग्रेसले लिएको जनाउँदै गाउँपालिका मुकामको सामान्य विषयलाई लिएर जनप्रतिनिधि माथि गरेको कुटपिटको यो घटनामा संलग्न व्यक्तिहरुको तत्काल खोजी गरी कडा भन्दा कडा कानूनी कार्वाही गर्न सरकारसँग माग गरेका छन् ।


Your Views
Related News