काठमाडौं । भाइबरले प्रयोगकर्ताहरुलाई आफ्ना कार्यहरु र अन्य महत्वपूर्ण कार्यक्रमहरुका लागि रिमाइण्डर राख्न मिल्ने गरेर ‘माइ नोट्स’मा विशेषता थप गरेर प्रस्तुत गरेको छ ।प्रयोगकर्ताको गोपनीयतालाई जोड दिने र चलाउन सजिलो एपको यो नयाँ खुबीले प्रयोगकर्ताहरुलाई उनीहरुको सबै सन्देशहरु र रिमाइण्डरहरु सुरक्षित राख्न मद्दत गर्दछ ।रिमाइण्डरहरु र कार्य सूचीहरुलाई नियन्त्रण गर्नु हाम्रो जीवनमा बढी महत्वपूर्ण भइसकेको छ । यी रिमाइण्डरहरुले जन्मदिन सम्झिन, आउँदै गरेको परिक्षाहरु सम्झिन, र कन्फ्रेन्स् कलहरु सम्झिन मद्दत गर्ने कम्पनीले जनाएको छ ।भाइबरमा माइ नोट्सको नयाँ रिमाइण्डर विशेषताका साथ प्रयोगकर्ताहरुले साथीभाइ, परिवार र सहकर्मीहरुलाई सन्देश पठाउन प्रयोग गर्ने एउटै प्लेटफर्ममा नै उनीहरुका दिनहरुको रेकर्ड राख्न समर्थ बनाइदिन्छ र अहिलेको नयाँ परिस्थितिसँग सहजै अनुकूल हुन मदत गर्दछ ।

READ MORE NEWS

एउटा दलितले मन्दिर बनाउन खोज्दा…

गत वर्ष असोजमा पर्साको वीरगन्ज महानगरपालिका-३१ का राम पासवानकी श्रीमतीले एक राति अचम्मको सपना देखिन्। ४० वर्षीया मन्जुदेवीको सपनामा ब्रह्मबाबाले आफ्नो मन्दिर बनाउनु भने रे।निदाएपछि मान्छेले प्राय: सपना देख्छन्। उठ्दा आधाउधी बिर्सिसक्छन्, नभइ दुई-चार दिनमा त भुल्छन्। मन्जुदेवीले देखेको सपना उनीहरूले कैंयौं दिनसम्म भुल्न सकेनन्। बरू त्यसलाई बिपना बनाउने प्रयासमा लागे। राम र मन्जु जसै  राति देखेको सपना पुरा गर्न लागे त्यसले हाम्रो समाजको विपनालाई छताछुल्ल पारिदियो, ऐनामा झैं छर्लंग देखाइदियो। समाजको त्यही विपनाको ऐंठनले राम र मन्जुलाई अहिलेसम्म झस्काइरहेको छ। मन्जुदेवीको सपनापछि राम पासवानले सोचे- भगवानले आफूहरूलाई मन्दिर बनाउन चुनेका छन्।  उनले वडा नम्बर ३१ भेडियाहीमा रहेको ब्रह्मको गोहबरलाई मन्दिरमा परिणत गर्ने सोच बनाए। त्यसका लागि उनले आफूले जम्मा गरेको झन्डै २ लाख रुपैयाँ खर्चिने निर्णय गरे।मन्दिर बनाउन आएका मिस्त्रीले कम्तिमा साढे तीन लाख लाग्ने बताए। थप डेढ लाख उनीसँग थिएन। रामले चन्दा उठाउने सोचे। वरवरका छिमेकीलाई आफ्नो योजना सुनाए।  उनको योजना सुनेर  गैरदलित छिमकी हाँसे-दलित भएर मन्दिर बनाउने भन्छ! फेरि हामीसँग चन्दा माग्छ।

गैरदलितले हौसला दिनुको साटो खिल्ली उडाएपछि रामले आफ्नै जातका मानिससँगमात्र चन्दा मागे। करिब ५० हजार रुपैयाँ चन्दा उठ्यो। साढे २ लाख रुपैयाँ भएपछि उनले मन्दिर बनाउने आँट गरे। मन्दिर बनाउन लागेको ठाउँमा १२ टिप (ट्रयाक्टर) माटो खसाले। उनले मन्दिर बनाउन सुरू नै गर्न लागेपछि गाउँकै केही व्यक्तिले विरोध गरे। रामले गाउँलेको विरोधलाई महत्व दिएनन् र इँटा पनि मगाए र गोहवर अगाडि झार्न लगाए। गाउँका मान्छेले भने ‘दलितले मन्दिर बनाउन पाइँदैन’ भन्दै  इँटा र बालुवा तुरून्त उठाउन दबाब दिए।रामले  गाउँघरको  विवाद भएकाले  पञ्चायती माग गरे। पञ्चायतीले गरेको निर्णय आफूलाई मान्य हुने बताए। ‘मलाई थाहा थियो मेरो पक्षमा कोही छैनन् तर पनि मैले छलफलका लागि सबैलाई बोलाएँ। तर त्यहाँ कोही उपस्थित भएनन्,’ रामले सेतोपाटीसँग भने। पञ्चायती नै बहिष्कार गरेपछि उनले थप जोखिम लिन सकेनन्।केही समयपछि स्थानीय प्रेमचन्द्र कुशावाहा गोहवर भएको स्थानमा मन्दिर बनाउन विवाद छ भने आफूले भगवानका लागि पाँच धुर निजी जग्गा दिने बताए। ‘मेरो जग्गामा तपाईंले मन्दिर बनाउन सक्नुहुन्छ भनेपछि मेरो त खुसीको सीमा रहेन,’ रामले भनेऽ ‘उहाँ घरनजिकैको जग्गा ब्रह्मबाबाको मन्दिरको नाममा नामसारी गर्न तयार हुनुभयो।’

रामका अनुसार सम्बन्धित व्यक्तिले जग्गादान गर्न इच्छा देखाए पनि वडा नम्बर ३१ का वडाध्यक्ष चुमनदास चौधरीले  जग्गापासका लागि सिफारिस गरिदिन आनाकानी गरे।‘वडाध्यक्षज्यूले एक त गोहवर भएको स्थानमा मन्दिर निर्माण गर्न दिनुभएन,’ रामले भने, ‘अनि निजी जग्गा दान गर्छु भन्दा पनि वडाबाट सिफारिस गर्न मान्नुभएको थिएन।’वडाध्यक्षले आनाकानी गरेपछि उनीहरू वीरगन्जका मेयर विजय सराबगीलाई भेट्न गए। ‘वडामा अरू सीप नलागेपछ मेयरज्यूकोमा पुगेर हारगुहार लगायौँ। उहाँकै दबाबमा मुखियाजीले सिफारिस पत्र दिनुभएको हो,’ रामले भने।प्रेमचन्द्रले मन्दिर बनाउन जग्गासँगै साथै १ लाख रुपैयाँ पनि दिए।त्यति पैसाले रामले मन्दिर बनाए। गत फागुनको अन्तिमति मन्दिर लगभग तयार भयो।  चैत २० गते उद्घाटन कार्यक्रम राखिएको थियो। ‘बाबाको मन्दिर उद्घाटनमा पुगेका गाउँलेले रक्सी खाएर हो-हल्ला गरे। होमजप समेत बर्बाद पारे,’ रामले भने ‘उचनिच र छुवाछुतको भावना बगेकाहरूले ममाथि सक्ने जति शोषण त गरे नै, भगवानलाई पनि छाडेनन्।’भदौमा कृष्णजन्माष्टमीका बेला त आफूमाथि रक्सीका बोतलले टाउकामा हानेको र सिगरेटका ठुटाले शरीरको विभिन्न भागमा पोलेको रामको आरोप छ। ‘सिगरेटको ठुटाले शरीरको विभिन्न भागमा पोलिदिएका थिए,’ उनले भने ‘यतिले मात्र उनीहरूको मन शान्त भएनछ, मन्दिर परिसरभित्रै पिसाब फेरेर गए।’

धार्मिक स्थल निर्माणका लागि जग्गा दान गरेपछि सराहनाको सट्टा प्रताड़ित हुनुपरेको जग्गादाता प्रेमचन्द्र कुशवाहाका छोरा शम्भु कुशवाहा बताउँछन्।’जग्गादान गरेदेखि गाउँकै मान्छेले मानसिक तनाव दिने गरेका छन्,’ उनले भने, ‘ हरेक दिन गाउँले भन्छन्- आजकल त जग्गादाता बनेछ, दलितलाई साथ दिँदैछ। ‘रामले आफूमाथि भएको कुटपिट र धार्मिक सहिष्णुतालाई बिगार्न खोजेको भन्दै १० जनाविरूद्ध इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन्।स्थानीय मनोज गौरो, अमित गौरो, सुहा गौरो, रामशरण गौरो, राजा गौरो, सुरेश राउत कुर्मी, विशुनराउत कुर्मी, रामबाबु राउत कुर्मी , बितेश राउत कुर्मी र शिवजनम राउत कुर्मीविरूद्ध उजुरी दर्ता गराइएको छ। जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तलाई घटनाबारे सोध्दा  आफूलाई यसबारे जानकारी नरहेको प्रतिक्रिया दिइन्। ‘अहिलेसम्म घटनाको विषयमा जिल्लामा कुनै जानकारी आएको छैन्,’ उनले भनिन्, ‘बरू घटना के कसरी भएको हो भन्नेबारे बुझेर भनौंला।’वीरगन्ज महानगरपालिका-३१ का वडाध्यक्ष चुमनदास चौधरीसँग घटनाबारे सोध्दा उनले एउटै गाउँमा ब्रह्मबाबाका दुइटा मन्दिर कहीँ कतै नभएकोले आफ्नो बिमति रहेको बताए। ‘कुनै पनि ठाउँमा ब्रह्मबाबाको एउटै मन्दिर हुन्छ,’ वडाध्यक्ष चौधरीले भने ‘हाम्रो गाउँमा पनि पहिलेदेखि ब्रह्मबाबाको गोहवर थियो नै त्यसैले नबनाउनमात्रै भनेको थिएँ, उहाँहरुले मान्नुभएन पछि मैले नै समिति पनि बनाइदिएँ र समितिमार्फत् मन्दिर निर्माण भयो।’मन्दिर निर्माणका लागि विवाद भएको र उजुरी समेत परेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘उजुरीबारे मलाई थाहा भएन बरू केटाकेटीहरू सामान्य विवाद हुँदा जिल्लामा निवेदन परेको थियो त्यो पनि मैले अस्ति नै सल्टाइदिएँ।’

खसी बोकाको बिक्री कात्तिक ३ गतेदेखि शुरु हुने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ गतेदेखि काठमाडौं उपत्यकामा खसीबोका बिक्री शुरु गर्ने भएको छ । कम्पनीको थापाथली स्थित प्रादेशिक कार्यालय परिसरबाट कात्तिक ३ गतेदेखि दशैंका लागि खसीबोका बिक्री वितरणको काम शुरु हुने भएको हो । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसी, बोका र च्याङग्रा बिक्री गर्दै आएको छ । तर यसपटक प्राविधिक कठिनाइले गर्दा मुस्ताङबाट च्याङग्रा ल्याउन नसकिएको कम्पनीले बताएको छ ।यस्तै दुई हजार खसी बोका र च्याङग्रा बिक्री गर्ने योजना रहे पनि आयातमा कठिनाई हुँदा केही संख्यामा खसी र बोका मात्रै विक्रीमा राखिने कम्नीका बागमती प्रदेश कार्यालयका प्रमुख पवित्र गौतमले बताए । यस बर्ष तुल्सीपुर, दाङ र हेटौंडाबाट १ हजार वटा खसी बोका ल्याइएको उनले बताए ।कम्पनीले यसअघि दशैंको लागि १ हजार वटा खसी बोका र १ हजार वटा च्याङग्रा बिक्री गर्ने बताएको थियो । तर कोराना भाइरसको संक्रमणले गर्दा बजारमा आम उपोभोक्ताको क्रयशक्ति घटेको अनुमान गरिएकाले यसवर्ष कम आपूर्ति गर्न लागिएको बताए । पहिलो चरणमा एक हजार संख्यामा खसीबोका ल्याई बिक्रीमा राखिने र माग बढ्दै गए बजारलाई सन्तुलित राख्न थप आयात गर्न सकिने गौतमले बताए ।
यसवर्ष कम्पनीले खरिद गर्दा नै खसी बोकाको मूल्य गत वर्षभन्दा ४० रुपैयाँ बढी परेकाले अघिल्लो वर्षभन्दा केही बढी मूल्य कायम हुन सक्ने गौतमले बताए । मूल्य निधारण भने आइतबार साँझ मात्रै तय हुने पनि उनको भनाई छ । कम्पनीले गत वर्ष जिउँदो खसीको मूल्य प्रतिकिलो ५ सय ६० रुपैयाँ निर्धारण गर्दै बिक्री वितराण सुरु गरेको थियो ।उक्त मूल्यमा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर बिक्री गरेका थियो । कम्पनीले यसपटक पनि प्रतिकिलो १० रुपैयाँ सहुलियत दिने बताएको छ । दशैंका बेला काठमाडौं उपत्यकामा करिब ५० हजार खसी, बोका र च्याङ्ग्रा खपत हुने अनुमान छ । दसैंलाई लक्षित गरेर निजी व्यवसायीहरुले समेत गाउँ गाउँमा गएर खसीबोका खरिद गरेर बजारमा ल्याउन शुरु गरिसकेका छन् । स्थानीय उत्पादनले माग धान्न नसकेपछि छिमेकी मुलुक भारत र चीनबाट समेत खसीबोका र च्याङ्ग्रा आयात हुने गर्छ ।

Your Views
Related News