अहिलेको व्यस्त जीवनशैली, अस्वथ्य खानपान, दाँतको सरसफाइको कमि र धूम्रपानजस्ता खराब बानीहरुले हामीलाई क्यानसर जस्तो प्राणघातक रोगको खतरा ज्यादा रहन्छ ।अमेरिकाको टफ्ट्स विश्वविद्यालयको अनुसन्धानमा मुखमा आउने केहि परिवर्तनले फोक्सो तथा कोलोन क्यानसरको संकेत गर्ने बताएको छ । यस्ता क्यानसर हुनअघि देखि नै मुखमा धेरै प्रकारका परिवर्तनहरु आउने बताइएको छ । यस्ता संकेतहरुलाई समयमा पहिचान गर्नसके यसको खतराबाट जोगिने पनि अनुसन्धानले बताएका छन् ।त्यसका लागि अनुसन्धानले पाँचवटा संकेतरु बताएको छ । यी संकेतहरुमा मुखको छालामा लामो समयसम्म घाउ आइरहनु पनि एउटा हो । जसलाई हामी सामान्यतय भिटामिन बि कमप्लेक्सको कमी भनेर वेवास्ता गरिरहन्छौं ।

दोस्रो यदि तपाईलाई आफ्नो चिउँडो या ओठहरु घुमाउन अप्ठ्यारो हुन्छ त्यो पनि क्यानसरको लक्ष्यण हुनसक्छ ।साथै तेस्रोमा यदि लामो समयदेखि तपाईको मुखदेखि ब्लीडिङ भैरहेको छ या गालाका हड्डीहरु सुनिने गरेको छ भने त्यो पनि क्यानसरको संकेत हुनसक्छ ।त्यस्तै मुखभित्रको कुनैपनि हिस्साको रंगमा परिवर्तन आएको छ भने तुरुन्तै चिकित्सकलाई देखाउनुपर्छ यो क्यानसरको संकेत पनि हुनसक्छ ।पाचौंमा लामो समयदेखि तपाईको दाँत या चिउँडोको आसपास असह्य पिडा हुन्छ भने त्यो पनि क्यानसरको संकेत हो ।

READ MORE NEWS

दामनको भर्‍याङ म्युजिक भिडियो छायांकन गर्ने केन्द्र बन्दै


Your Views
Related News