डिज्नीले परम्परागत फिल्महरूका लागि सल्लाहकारहरूले तयार पारेको नश्लवादविरुद्धको सुझाव अद्यावधिक गरेको छ। गत वर्षदेखि जारी गरिएको उक्त सुझावमा महत्वपूर्ण सन्देश थपिएको हो।डिज्नी प्लसमार्फत् प्रसारण भएका डम्बो, पीटर प्यान, जंगल बुकलगायत फिल्ममा प्रस्तुत रुढिवादविरुद्ध चेतावनी दिइएको थियो।’यी फिल्महरूले मानिस र उनीहरूको संस्कृतिलाई गलत ढङ्गमा प्रस्तुत गरेका छन्। समूह विशेषलाई नकारात्मक ढङ्गमा प्रस्तुत गरेका छन्’, उक्त चेतावनीमा भनिएको थियो, ‘ती रुढिवाद पहिले पनि गलत थिए र अहिले पनि गलत हुन्।अद्यावधिक गरिएको सन्देशमा फिल्म हटाइनुभन्दा पनि महत्वपूर्ण ती फिल्महरूले पारेका नकारात्मक प्रभावबारे प्रकाश पार्न आवश्यक रहेको बताइएको छ। ‘पहिलेको गल्तीबाट सिक्नुपर्छ। वहस हुनुपर्छ र फिल्महरूलाई समावेशी बनाइनु पर्छ’, भनिएको छ।‘द एरिस्टोक्याट्स’मा बिरालोलाई पहेलो रङको देखाउनु र पिटर प्यानमा नेटिभ अमेरिकनलाई रातो रङको प्रस्तुत गर्नुलाई नश्लवाद प्रोत्साहित गर्नु भनिएको छ।

बेलायती-नाइजेरियन अभिनेता जोन बोएगाले आफूलाई डिज्नीले पन्छाएको आरोप लगाएका थिए। त्यस्तै ‘मोअना’मा प्रयोग कस्ट्युमले खैरो अनुहार भएकाहरू अपमान गरेको आरोप छ।‘लेडी एण्ड द ट्र्याम्प’लाई पनि नश्लवादी भएको र रुढिवादी सोच प्रोत्साहित गरेको आरोपमा चेतावनी दिएको छगत नोभेम्बरमै कम्पनीलाई नश्लवादविरुद्ध सझाव दिइएको थियो। लगत्तै डिज्नीले फिल्महरूको डिस्क्लेमरमा लेखेको थियो यस कार्यक्रम जस्तो निर्माण गरेको त्यस्तै देखाइएको छ। यसमा प्रस्तुत सामाग्रीमा पूराना सांस्कृतिक मान्यताहरू झल्कन सक्छ।‘सङ अफ द साउथ’ लगायत फिल्म त नश्लवादकै कारण डिज्नी प्लसबाट हटाइयो। सन् १९४६ मा सार्वजनिक उक्त फिल्म अमेरिकामा कहिले पनि डिभिडीमार्फत् सार्वजनिक भएन। उक्त फिल्ममा कालो वर्णका अंकल रेमस नामक पात्र दास हुन्छ। र, उ कपास खेतीमै खुशी छ भन्ने देखाउन खोजिएको छ।फिल्म निर्माण कम्पनी वार्नर ब्रोजलाई कम्पनीका कार्टुनहरू ‘नैतिक र जातीय पूर्वाग्रह’ राख्ने भएको बताइएको छ।जवाफमा वार्नर ब्रोजले भनेको छ, ‘ती कार्टुनहरूले हालको समाज चित्रण नगर्ने भएकाले जस्तो बनाइएको हो त्यस्तै प्रस्तुत गरिएको छ। कार्टुनहरू हटाउनुको अर्थ तिनमा प्रस्तुत रुढिवाद कहिल्यै थिएनन् भन्नु सरह हुन्छ।‘

READ MORE NEWS

उड्‌डयन प्राधिकरण भन्छ- ‘हिमालय एअरलाइन्सलाई दिइएको ग्राउन्ड ह्याण्डलिङ अनुमति रोकिएको मात्रै हो’

नेपाल नागरिक उड्‌डयन प्राधिकरणले केही समयलाई अनुमति कार्यान्वयन रोकिएको जनाउँदै उपयुक्त समयमा हिमालय एअरलाइन्सलाई ‘ग्राउन्ड ह्याण्डलिङ’ सेवा सञ्चालन गर्न दिने संकेत गरेको छ।प्राधिकरणले हिमालय एअरलाइन्सलाई २८ भदौमा दिएको ‘सेल्फ ग्राउन्ड ह्याण्डलिङ’ सेवा सञ्चालनको अनुमति केही समयलाई मात्र रोकिएको जानकारी दिएको छ।प्राधिकरणका महमानिर्देशक राजन पोखरेलले प्राधिकरण आफैंले बनाएको ‘ग्राउण्ड ह्याडलिङ’ निर्देशिका २०७२ को परिधिमा रहेर हिमालयलाई ‘सेल्फ ग्राउन्ड ह्याण्डलिङ’को अनुमति दिइएको र हाललाई त्यो अनुमतिको कार्यान्वयन मात्र रोकिएको हिमालखबरलाई बताए।एउटा नेपाली वायुसेवाले अर्कोसँग नभएर विदेशी वायुसेवासँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले नेपाली वायुसेवालाई प्रवर्द्धन गर्न यो निर्णय गरिएको उल्लेख गर्दै उनले भने,  ‘‘नियम अनुसार नै सातामा कम्तिमा २५ वटा उडान गर्ने नेपाली वायुसेवालाई आफ्नो भूमिस्थ प्रबन्ध आफैं गर्ने सेवा सञ्चालन गर्न दिन सकिन्छ भन्ने व्यवस्था छ। त्यही व्यवस्था बमोजिम हिमालय एअरलाइन्सले आफ्नो उडान सीमा पुर्‍याएर अनुमति पाएको हो।’’

हिमाललाई यस्तो अनुमति दिएर नेपाल वायुसेवा निगम (नेवानि)को भाग खोस्न खोजेको र हिमालयलाई व्यावसायिक ग्राउण्ड ह्याण्डलिङमा प्रवेश गराउन खोजिएको भन्दै विरोध भएपछि ११ असोजमा पर्यटनमन्त्री योगेश भट्टराईले उक्त अनुमति तत्काल कार्यान्वयन नगर्न प्राधिकरणलाई निर्देशन दिएका थिए। मन्त्रीकै निर्देशन अनुसार प्राधिकरणले हिमालयलाई दिइएको उक्त अनुमति कार्यान्वयन गर्न रोकेको भएपनि अनुकुल समय मिलाएर सेवा सञ्चालन गर्ने स्वीकृति दिने संकेत गरेको छ।प्राधिकरणले आवश्यक शर्त तोकेर यस्तो अनुमति दिएको थियो। शर्त पूरा गरेर आएमा र आवश्यक उपकरण ल्याएर पूर्वाधार तयार पारेमा हिमालयले आफ्नो भूमिस्थ प्रबन्ध सेवा आफैं गर्नसक्ने प्राधिकरणको भनाइ छ।प्राधिकरणले विदेशी वायुसेवा थाइ एअर र एअर इण्डियालाई वर्षौंदेखि दिएको यस्तो सेल्फ ह्याण्डलिङको सुविधा अब रोक्ने भएको छ। नेपाल वायुसेवा निगमलाई गौतमबुद्ध विमानस्थलको ह्याण्डलिङ दिने र सोही आधारमा हिमालयलाई पनि सेल्फ ह्याण्डलिङ दिइने प्राधिकरणका अधिकारी बताउँछन्।नियम अनुसार कुनै पनि नेपाली वायुसेवालाई तोकिएको सेवा सुविधा दिँदा कुनै समस्या नहुने प्राधिकरणको तर्क छ। हिमालयलाई यस्तो अनुमति दिइएपछि नेपाल वायुसेवा निगमले आफ्नो भाग खोस्न खोजिएको भन्दै औपचारिक रूपमै विरोध गरेको थियो। राष्ट्रिय ध्वजावाहकलाई संकटमा पार्ने निर्णय फिर्ता लिन समेत उसले माग गरेको थियो।

आज राति १ बजेर ५३ मिनेटबाट सकिँदै मलमास

३० असोज, काठमाडौं । एक महिना लामो मलमास शुक्रबार राति १ बजेर ५३ मिनेटपछि सकिँदैछ । चान्द्रमास र सौरमासको समन्वयको लागि हरेक २ वर्ष, ८ महिना, १६ दिन र चार घडी पुगेपछि अधिकमासको योग बन्ने गर्छ ।मलमासकै कारण अरू वर्षभन्दा यो वर्ष दसैं समेत पछि धकेलिएको थियो । मलमास सकिएसँगै शनिबार बिहानैदेखि दसैंको सुरुवात हुने नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक नेत्रप्रसाद अधिकारीले जानकारी दिए ।अधिकारीका अनुसार भोलि (शनिबार) बिहान १ बजेर ५३ मिनेटसम्म औंसी तिथि बाँकी रहेकोले त्यसपछि मात्रै विधिवत रूपमा मलमास सम्पन्न हुनेछ ।

यससँगै भोलिदेखि मलमासका कारण प्रतिबन्धित सबै कर्महरू खुला हुने भएका छन् । जस्तै, दैनिक उपभोग्य वस्तुबाहेक नयाँ सामग्री किन्नको लागि मलमासमा शास्त्रले निषेध गरेको छ । नित्य पूजाबाहेक लग्न हेरेर गर्नुपर्ने सबै किसिमका पूजामा प्रतिबन्ध लगाइएको हुन्छ । यी सबै कर्म भोलिदेखि सुरु हुने अधिकारीले जानकारी दिए ।चान्द्रमासको यो पर्व अशुद्ध पर्व भएकोले यसलाई गणना नगरी नित्यकर्म बाहेकका शुभ कर्म गर्न नहुने विधान हिन्दु शास्त्रमा छ ।हिन्दु पञ्चाङ्ग अनुसार सौरमासको एक वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार ३५४ दिन, २२ घडी, १ पला र २३ विपलाको एक वर्ष हुने गर्छ । हरेक वर्ष सूर्य तथा चन्द्रमासको बीचमा हुने १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तरले महिना छोएपछि एक महिनालाई अशुद्ध मास मानेर गणना नगरी सौरमाससँग समायोजन गर्ने गरिन्छ । यही अशुद्ध भनिएको महिना नै मलमास हो ।

 


Your Views
Related News