१९२१ देखि गान्धीले स्वतन्त्र भारतको अभियानलाई नेतृत्व गरेका थिए । उनले आफ्नो मृत्युको ठिक छ महिना अघि १९४७ मा एकदमै पृथक शैलीद्वारा बेलायती प्रभुत्वबाट भारतको स्वतन्त्रतालाई फिर्ता गराएका थिए ।माथि उल्लेखित कुरा सबैलाई थाहा भएको महान् इतिहास हो । तर यो सबैलाई थाहा नहुनसक्छ कि गान्धीले १९३९ देखि १९४० सम्म जर्मनका तानाशाह एडोल्फ हिटलरलाई श्रृंखलाबद्ध पत्रचारमार्फत युरोपसँग युद्ध नगर्न आग्रह गरिरहेका थिए ।गान्धीले हिटलरलाई शान्ति खोज्न आग्रहमात्र गरेका थिएनन् तर बेलायती नागरिकहरुलाई नाजीका हिटलर र इटालीका मुसोलोनीको द्वन्द्वग्रस्त अवस्थालाई शान्तिपूर्ण माध्यमबाट प्रतिक्रिया दिन पनि हौसला दिएका थिए ।उनले एकवर्षको अन्तरालमा हिटलरलाई त्यस्ता धेरै पत्रहरु लेखेका थिए । उनले उक्त पत्रहरुमा हिटलरलाई सम्बोधन गर्दै लेखेका थिए, ‘शान्तिपूर्ण प्रक्रियामा हार भन्ने त्यस्तो कुनै चिज हुँदैन । यस प्रक्रिया भनेको कसैलाई हानी नोक्सानी नपुर्‍याई गरिने गर या मरको प्रक्रिया हो ।’उनले थप लेखेका थिए,‘यो प्रक्रियालाई पैसा बिना र वास्तवमै तपाईहरुले निर्माण गर्नुभएको विनाशकारी विज्ञानको सहायता बिना नै व्यवहारतः प्रयोग गर्न सकिन्छ ।’‘मलाई यो आश्चर्य लागिरहेको छ कि तपाईले अंगिकार गरिरहनु भएको प्रक्रिया कसैको पनि एकाधिकारमा टिक्दैन भन्नेबारे तपाई नै अनविज्ञ हुनुहुन्छ । यदि बेलायतले यस्तो गर्नसक्दैन भनेपनि एकदिन अवस्य कुनै शक्ति उदाउने छ र तपाईको प्रक्रियालाई अबलम्बन गरेर तपाईको हतियार तपाईमाथि नै प्रहार गर्नेछ ।

तपाईले तपाईको जनतालाई गर्व महसुस हुने किसिमको कुनै विरासत छोडिरहनु भएको छैन ।’उनले हिटलरलाई सम्बोधन गर्दै लेखेका थिए,‘मलाई आशा छ विश्वव्यापी भाईचाराको सिद्धान्तअन्तर्गत बाचिँरहेका मानवताको एउटा असल हिस्साले तपाईको क्रियाकलापलाई कुन रुपमा हेर्ने गरेको छ भनि थाहा पाउन एकदिन तपाईलाई इच्छा र समय मिल्ने छ ।’गान्धीले लेखेका थिए, ‘‘हामीलाई तपाईले आफ्नो मातृभूमीप्रति देखाएको साहस र भक्तिप्रति कुनैपनि शंका छैन र तपाईका प्रतिपक्षीहरुले व्याख्या गरेझै तपाईलाई हामी दानवपनि मान्दैनौं । तर तपाईका आफ्नै लेख र अभिव्याक्तिहरुले तपाईको क्रियाकलापहरु दानवी र मानवहित विपरित भएको भन्नेमा विश्वास नगर्न कुनै ठाउँनै छोडेको छैन विशेषगरी मजस्तो व्याक्तिको आंकलनमा जो विश्वव्यापी भाइचारामा विश्वास राख्दछ । तपाईले गरेको चेक्लोस्लोभाकियाको अपमान, पोल्याण्डको बलात्कार र डेनमार्कलाई निल्ने जस्ता कार्यहरु ।’गान्धीको पत्रमा लेखिएको थियो, ‘बर्बादीलाई नै पवित्र कार्य मान्ने तपाईको जीवनप्रतिको धारणाबारे म विदितै छु । तर हामीलाई सानैदेखि त्यस्ता कार्यहरुलाई मानवतामा स्खलन ल्याउने क्रिया भनेर पढाइदैँ आइएको छ ।’उनले पत्रको अन्तिममा हिटलरलाई आग्रह गर्दै लेखेका थिए, ‘म तपाईलाई मानवताको लागि युद्धलाई रोक्न अपिल गर्दछु । महान् बेलायत र जर्मनबीचको युद्धको विषयहरुलाई दुवैको संयुक्त विकल्प अन्तराष्ट्रिय न्यायधिकरणलाई सुम्पिँदा तपाईहरुले केहिपनि गुमाउनु हुनेछैन । यदि तपाईहरुले युद्धमा जीत हासिल गर्नुभयो भनेपनि यसले तपाईहरु सत्यको पक्षमा नै हुनुहुन्थ्यो भनेर प्रमाणित गर्नसक्दैन । यसले तपाईको विनाशको शक्ति ठूलो थियो भन्ने मात्र प्रमाणित गर्दछ । जहाँसम्म निस्पक्ष न्यायधिकरणको फैसलाले मानवियताको आधारमा कुन पक्ष सहि थियो भन्ने प्रमाणित गर्नसक्छ ।’

READ MORE NEWS

धो–तराप : एक स्वप्न शृंखला

मुगुको गाउँमा एउटा सानो लजालु ठिटो बस्थ्यो र काखीमा रेडियो च्यापेर नारायणगोपालका गीत सुन्दै जंगलमा आफ्नै सुरमा हिँडिराख्थ्यो अनि डाँडाको रूखको टुप्पोमा बाँसुरी बजाएर आफ्नै धुनमा मस्त रहन्थ्यो । उसका सोखहरू अचम्मका थिए— कहिले कुखुराका प्वाँखहरू गनेर बस्थ्यो त कहिले कविता कोरेर जलाउँथ्यो, जमिनमुनि गाड्थ्यो वा खोलामा बगाउँथ्यो ।

दृश्य नं १ : गौशालाको सडक, बिहान– झ्यालको शिशा बन्द छ । बाहिर हेर्दा कफ्र्यु लागेको आभास दिने गरी सुनसान र शान्त छ सडक, एउटा तपस्वीको मनजस्तै । एकै छिनमा साथीको गाडिले त्रिभुवन एयरपोर्टको पार्किङ पुर्‍याइदियो ।

दृश्य नं २ : सिमकोट, दिउँसो– एउटा सानो जहाजले हुम्लाको सिमकोटमा ओराल्यो मलाई करिब एक घण्टा आकाशमा उडाएर । ‘चिसो वर्ष’ को छायांकनस्थल छनोट गर्नका लागि केही स्थानीय साथीहरूसित उकालो चढेँ म, साथमा थिए गाउँपालिकाका अध्यक्ष र उनको जत्था । बाटोमा देखिएका भीमकाय हिमाल र चौँरीका बथानले यति रोमाञ्चित बनायो कि, मलाई सम्झाइदियो सिंगापुरको डिज्नील्यान्डको रोलर कोस्टर चढेको क्षण र बिर्साइदियो खेल्दाको रोमाञ्चक अनुभूति ।पारि पाखामा चरिरहेका चौँरीहरू छेउ गएँ म फोटो खिच्न । साथीले सम्झायो, ‘बिस्तारै जानु, चौँरीहरू तर्सिएर भाग्छन् ।’ म बिस्तारै नजिक पुगेँ– क्लिक ! क्लिक !! क्लिक !!! अचम्म, चौँरीहरू भागेनन् । बरु पल्लोछेउ पालअगाडि बसेका बुढा गोठाला पछि सर्दै मलाई हप्काउन थाले– ‘नजिक नपर्नु चौँरीको ।’ म पछाडि हटेर भिडियो खिच्न थालेँ । एकै छिनपछि ती गोठाला म भएतिर आए र सम्झाउन थाले, ‘सहरबाट आएको मान्छे, रोग ल्याएको हुन सक्छ, चौँरीलाई नसार्नू ।’ तिनको हाउभाउ हेर्दा लाग्थ्यो, आफूभन्दा आफ्ना चौँरीहरूलाई कोरोना सर्ने डर उनमा थियो । बास बसेको ठाउँमा दिउँसोको भिडियो हेर्दा फ्रेमको देब्रेपट्टि उभिएका गोठाला र दाहिनेपट्टि चरिरहेका चौँरी दुवै उत्तिकै निर्दोष र निश्छल लागे । अनि सम्झिएँ— केही दिनअगाडि मात्र सत्यमोहन जोशी, डा. भगवान कोइराला, आनी छोइङ डोल्मा, शृंखला खतिवडा, दीपकराज सापकोटासँगै मैले रेकर्ड गराएको कोरोनासम्बन्धी जानकारीमूलक भिडियो, जुन सहरका टीभीमा घन्कँदै होला सायद । सहरका मान्छेहरूलाई शिक्षा दिने म, गोठालालाई बुझाउन नसक्ने पनि म । आफ्नो सामथ्र्य सम्झिएर एक छिन खिन्न भएँ ।

दृश्य नं ३ : याल्बाङ गुम्बा, बिहान– एकाबिहानै उकालो लागेँ याल्बाङ गुम्बातिर, जहाँ भेट्नु थियो वेन पेमा रिग्त्साल रिम्पोचेसँग र मेटाउनु थियो मनभरिको प्यास, सिध्याउनु थियो वर्षौंको प्रतीक्षा । तर, उहाँ त गुफामा छाम (वर्षौँ लामो तपस्या) बस्नुभएको रहेछ । फेरि मन खिन्न भयो । कथामा ट्विस्ट आउनुपर्छ । लिमी भ्यालीका गाउँहरू पुग्नु केहीअगाडि मेरो यात्रा–कथामा पनि नयाँ ट्विस्ट आयो । फोटो मात्र खिच्नलाई डाँडाहरू उक्लिँदा–उक्लिँदै एक्कासि मानसरोवरको तालवारी पुगेछु, जहाँबाट पारि टल्किएको थियो— विशाल कैलाश । पछि थाहा भयो, त्यो त पालिकाअध्यक्ष बिष्णु लामाको सरप्राइज गिफ्ट पो रहेछ मेरा लागि । वर्षौंदेखि बन्दै/पूरा नहुँदै गरेको मानसरोवर– कैलाश जाने योजना अर्को वर्ष सिनेमा सिध्याएपछि जसरी पनि पूरा गर्ने सुर थियो । त्यही योजना आज नचिताएको अवस्थामा पूरा भएको थियो । केही वर्षअगाडि बुबा–आमाले मानसरोवर जाऊँ भन्दा सिनेमाको कामले भ्याइनँ । उहाँहरू बितेपछि पछुतो भएको थियो । लाग्यो, बुबाआमाले मलाई डोर्‍याएर ल्याउनुभयो यहाँ । अनि धन्य भनेँ त्यो स्वर्गीय संयोगका लागि । कैलाशतिर फर्केर ध्यानमा लीन भएँ– शून्य… शून्य… शून्य…।

दृश्य नं ४ : दुई घण्टाको ध्यानपछि शान्त भएको छ मन । तर, मस्तिष्कचाहिँ डुल्न सुरु गर्छ, मुगु र काठमाडौंतिर । मुगुका खोला किनारहरूमा घन्टौं ध्यानमा लिप्त हुने त्यो बालकलाई पुनर्जन्मका केही छायाहरू मनमा आउँछन् । अनि अनायासै सम्झिन्छु—किशोरावस्थामै वैराग्यले छोपेर ध्यान र साधनाका लागि शिवपुरिको जंगल, तपोवन, मसानघाट, काठमाडौंवरपरका खोला किनार हुँदै उपत्यकाका गुम्बाहरू चहारेपछि मनमा बलियोसँग गड्यो कि अघिल्लो जुनीमा म तिब्बत र उपल्लो डोल्पाको साल्दाङमा थिएँ । मन भन्छ— अहिले नै डोल्पा जा र भेट् आफ्ना आफन्त र आफू खेलेका पाखाहरू । तर, अहँ अहिलेचाहिँ नाइँ, कुनै बेला लामै फुर्सदमा † अहिले त लिमी भ्यालीका सुन्दर गाउँहरू जानु छ अनि खोज्नु छ, सिनेमाको कथाअनुसारका छायांकन गर्ने ठाउँहरू ।

दृश्य नं ५ : रारा ताल– बिहान, दिन र रात । लिमी भ्यालीमा उद्वेलित भएको दिमागभरि कुहिरोझैँ मडारिरहेका विचारहरू यतिखेर राराको सुन्दर अनि शान्त मिली चौरमा एकाग्र बनाउँदै छु । ३/४ दिन भयो ध्यानमा मग्न भएको । यतिखेर मनमा न सिनेमा छ, न कथा र न पात्र नै । छ त केवल द्रष्टाभाव अनि विचार– शून्य शून्य ।

दृश्य नं ६ : त्रिभुवन एयरपोर्ट– बिहान । शान्त मन र खुला दिमाग बोकेर भर्खरै राराबाट फर्केको ठिटोलाई क्याप्टेन सुरेन्द्रले एउटा सानो हेलिकोप्टरमा उपल्लो डोल्पा जान उडाए । जसै म उडेँ मन रोमाञ्चित हुँदै गयो । मुनि लकडाउनले सुनसान काठमाडौं भ्याली देखियो, सधैं गाडीको लर्को देखिने राजमार्ग पनि खुला र शान्त थियो— सँगै बगिरहेको त्रिशूलीझैँ । यात्राभरि क्याप्टेनले अंग्रेजी पप गीतहरू सुनाए– हेडफोनमा । म भने दृश्यमा रमाउँदै थिए, अनि आफूलाई मनपर्ने प्रिय नारायणगोपाल, जोन लेनन र बर्तिका इयम राईका गीतहरू सम्झिँदै र बेलाबेला गुन्गुनाउँदै । डेढ घण्टापछि हेलिकप्टर दुनै बजारको एउटा चौरमा रोकियो ।

दृश्य नं ७ : दुनै, डोल्पा– बिहान । आफ्नो आहरा भरिसकेपछि त्यस सानी चरीले एक्कासि पुर्‍याई पन्ध्र हजार फिटमाथि, जहाँबाट देखिन्थे बिनारूखबिरुवा सुक्खा डाँडा र ती घेरिएका थिए सेता हिमालले । हरेक दृश्यले मनमा लोभ जगाउँथ्यो— यिनै हुन् मेरा सिनेमालाई चाहिने दृश्य । हर्षले आकाश छोएको मन बोकी ओर्लिएँ म उपल्लो डोल्पाको पहिलो गाउँ धो–तराप ।

दृश्य नं ८ : धो–तराप, दिउँसो । अघिजस्तो रहेन मन, धो–तरापका गाउँलेहरूसँग कुरा गरेपछि । बहुपति प्रथाको पृष्ठभूमिमा लेखेको कथाका लागि छायांकन स्थलको खोजीमा आएको म, थाहा भयो कि त्यस गाउँका पुरुषले त आफ्नो पुरानो चलन छाडेर बहुपत्नीको चलन पो बसाइसकेछन् । खिन्न मन बुझाएँ, ‘सधैं सबै आफूले सोचेको अनि खोजेको जस्तो कहाँ हुन्छ र केटा ?’ पहिला–पहिला त्यहाँका मान्छेहरू खेतीपातीमा निर्भर थिए । थोरै भएको जग्गा र सम्पत्ति बन्डा गर्नु नपरोस् अनि महिलाहरू विधवा भएर दु:ख पाउनु नपरोस् भन्ने सोचले ल्याएको चलन थियो । तर, अहिले मान्छेहरूले पैसा कमाए अनि धेरै सम्पत्ति हुनेहरूले धेरै श्रीमती बनाउन थालेछन् । सोचेँ– हिजो बहुपतिदेखि आज बहुपत्नीसम्म आखिर पीडित हुने महिला मात्रै त रहेछन् । मनमा आयो— सायद यही त होला नि आधुनिकता सँगै आएको परिवर्तन । समाजवाद, सरकारले खोजेको समृद्धि अनि तीन दशकदेखि उठेको सांस्कृतिक र सामाजिक क्रान्तिको कुरा पनि मनमा खेल्यो ।

दृश्य नं ९ : छार्का गाउँ, दिउँसो । चीनसँग सिमाना जोडिएको छार्का गाउँ आएपछि मनमा लाग्यो कि यो गाउँचाहिँ मेरो सिनेमाको कथाका लागि सबै किसिमले काइदाको छ । आफूलाई आवश्यक मान्छेहरूसँग भलाकुसारी गरेँ र त्यहाँको स्कुलमा गएँ । पुगेपछि थाहा भयो, त्यहाँका गरिब परिवारका नानीहरू पाँच कक्षापछि सधैँका लागि पढाइ छाड्दा रहेछन् र चौँरी गोठालो बन्दा रहेछन् या घरजम गर्दा रहेछन् । कारण– सरकारले त्यहाँको स्कुल प्राविलाई कहिले पनि मावि बनाएन । पहिले–पहिले एक जना फ्रान्सेली नागरिकले पाँच पास भएका सबै नानीहरूलाई काठमाडौँ लगेर पढाउँदा रहेछन् । तर, उनले स्वास्थ्यका कारण प्रायोजन गर्न नसक्ने भएर हात उठाएछन् । गाउँका केही हुने–खाने बच्चाहरू आफ्नै खर्चमा अहिले पनि काठमाडौंमै पढ्दा रहेछन् भने गरिब परिवरका नानीहरू पढाई छाड्दा रहेछन् । त्यहाँबाट सबैभन्दा नजिक गाउँका निमावि स्कुल पुग्न दुई दिन हिँड्नुपर्दोरहेछ । ‘शिक्षामा समान अवसर’ भन्दै घोक्रो सुक्ने गरी बाल्यकालमा लगाएको नारा मन–मस्तिष्क हुँदै दुवै कानतिर गुन्जियो । आफैँलाई ती पढाइ छाड्ने नानीहरूसँग तुलना गरेँ अनि आफूलाई भाग्यमानी ठानेँ । हामीबीच फरक यत्ति थियो कि, म रहरले स्कुलहरू छा्ड्दै भागेको मान्छे अनि उनीहरू कहरले ।

मोन्टाजहरू – मुगु – फल्यासब्याक

मुगुको गाउँमा एउटा सानो लजालु ठिटो बस्थ्यो र काखीमा रेडियो च्यापेर नारायणगोपालका गीत सुन्दै जंगलमा आफ्नै सुरमा हिँडिराख्थ्यो अनि डाँडाको रूखको टुप्पोमा बाँसुरी बजाएर आफ्नै धुनमा मस्त रहन्थ्यो । उसका सोखहरू अचम्मका थिए— कहिले कुखुराका प्वाँखहरू गनेर बस्थ्यो त कहिले कविता कोरेर जलाउँथ्यो, जमिनमुनि गाड्थ्यो वा खोलामा बगाउँथ्यो । उसको सबैभन्दा मन पर्ने कुरा– दिउँसोमा खोला किनारमा बसेर घण्टौँ बगिरहेको पानी हेर्ने र राति कौसीमा बसेर घण्टौं तारा हेर्दै, गन्दै उज्यालो पार्ने । अपशोच गनेर नसिद्धिँदै भागेर काठमाडौं पस्यो र तारा गन्ने क्रम टुट्यो । डेराको कौसीमा जान पनि निषेध जो थियो । घण्टौँ ध्यान गरेर बस्नु उसको अर्को दैनिकी थियो । काठमाडौं गएर एक दिन सिनेमा बनाउने सपना पनि थियो उसको ।

दृश्य नं १० : छार्का स्कुल, दिउँसो । मुगुतिर डुल्दै गरेको मन एक्कासि वर्तमानमा फर्कियो, स्कुलको मिसले लगाएको दोचा देखेर । अनि सम्झिएँ– फिक्सन डिजाइनर कुमार नगरकोटीलाई । कल्पना गरेँ, नगरकोटीले पनि आफ्नो बाल्यकाल यसरी नै बिताए होलान् डोल्पाका स्कुलहरूमा । म हुम्ला जानु सत्र दिनअघि उनले आफ्नो पुस्तक ‘दोचा’ दिएका थिए अनि डोल्पा आउने अघिल्लो दिन दोचाको कुरा गरेका थिए । कुमारको दोचा, आफ्नै सिनेमाको काम र कथा बिर्सेर मलाई किनकिन स्कुलमा पढाउन मन लागेर आयो । मिसको अनुमति लिएर छिरेँ, कक्षाकोठामा । ध्यान र सिनेमालाई अपवाद मानेर जीवनमा जेसुकै गर्दा पनि मनमा यति आनन्द कहिल्यै आएको थिएन, जुन आनन्द अहिले नानीहरूलाई पढाउँदा आएको छ ।

दृश्य नं ११ : छेलापास, साँझ । १८००० फिटको डाँडामा उभिएर यार्सागुम्बा टिप्ने लोकेसनका लागि भनेर भिडियो खिच्दै गर्दा एक हुल स्थानीय ठिटाहरू आइपुगे । उनीहरू पल्लो गाउँकी केटी भगाउन हिँडेका रहेछन् । भलाकुसारीपछि झोलाबाट आराक निकालेर खान थाले बोतलबाटै । एक जनाले आधा सकिएको बोतल मतिर तेस्र्याउँदै भने, ‘सर यो तपाईंका लागि ।’ लेक लाग्ने डर भए पनि मन राखिदिन एक घुट्की पिएँ अनि फोटो खिच्ने निहँुमा अलि पर गएर पाखामा भेटिएका बुट्यानका फुलहरू टिपेर हालेँ बाँकी रक्सीमा । अनि त्यो बोतल छेलापासको टुप्पोमा रहेको छोर्तेनमा चढाएँ— योचाहिँ मेरा प्रिय कवि विप्लव प्रतीकलाई, जसले केही महिनाअघि मैले रक्सी उपहार दिएमा फूलको सितनसँग खान्छु भनेका थिए, त्यो पनि मध्यराततिर ।

दृश्य नं १२ : अञ्जान गुम्बा, राति । मध्यरात पूर्णिमाको उज्यालोमा म एकतमासले हिँडिरहेको छु, डाँडाको गुम्बातिर । गुम्बाको मूलढोकामा पुगेर टक्क अडिन्छु, जहाँ याकको बडेमानको सिङ झुन्डिएको छ । त्यसको दायाँतिर दलाई लामाको ब्ल्याक एन्ड ह्वाइट तस्बिर छ भने अर्कोपट्टि हिटलरको रंगीन तस्बिर छ । मलाई डर लागेर आयो, एक्कासि ढोका ढक्ढक्याएँ । कसैले ढोका खोल्यो— हातमा दियो लिएर मुसुक्क हाँसिरहेका लामा रहेछन् । म त हेरेको हेर्‍यै भएँ अनि हठात् भक्कानिएर रुन थालेँ । लामाले मेरो दाहिने काँधमाथि हात राखेर सोधे, ‘के भयो ?’ ‘गुरु, यो कोभिडले गर्दा मैले सिनेमा बनाउन नपाउने भएँ,’ मैले भनेँ । उनी बोलेनन्, केबल मुस्कुराइरहे । अनि मचाहिँ बेस्सरी रुँदै थिएँ (स्वप्न शृंखला) ।

दृश्य नं १३ : धो–तराप, बिहान । नेटको खोजीमा एकाबिहानै म क्रिस्टल माउन्टेन स्कुलतिर लाग्छु । मस्तिष्कभरि हिजोको सपना घुमिरहेको छ । करिब पैँतालीस मिनेट हिँडिसकेपछि डाँडामा फर्फराइरहेको लुङ्ताले मेरो ध्यान तान्छ । म झस्किन्छु, सपनामा देखेको गुम्बाजस्तै थियो । उकालो चढ्छु, सरासर । नजिक पुगेर म झसंग हुन्छु, गुम्बाको ढोका देखेर । ढोका बन्द छ अनि ढोकामाथि सपनामाझैँ याकको सिङ झुन्डिएको छ र त्यसको माथिपट्टि दलाई लामाको फोटो छ तर रंगीन । हिटलरको फोटो भने छैन । मनमा अनेक विचार आउँछन्, एक मनले भन्छ— मलाई सपनाले डोर्‍याएर यो सुन्दर गुम्बासम्म ल्याइपुर्‍यायो, जसका लागि धन्य छु । अर्को मन त्यसैत्यसै आत्तिन्छ, डर लागेर आउँछ । बन्द ढोका ढोगेर बेचैन मनसहित फर्किन्छु म ।

दृश्य नं १४ : धो–तराप स्कुल, बिहान । इमेल चेक गरिसकेपछि म मोबाइलमा समाचार पढ्दै छु— डा. केसी अनशनमा– अवस्था गम्भीर, नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नजिक, विज्ञहरूको समूहले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी ऐतिहासिक प्रमाणसहितको प्रतिवेदन सरकारलाई बुझायो, नेपालमा पहिलोपटक २८ वर्षकी महिलाले पाँच बच्चा जन्माइन्, पाँच नम्बर प्रदेशमा विवाद– सदनमै तोडफोड, संक्रमित संख्या बढेसँगै स्वास्थ्य मन्त्रालयले बेहोस हुने अवस्था नआई अस्पताल नजान उर्दी । समाचारहरूले खिन्न भएको मन लिएर म पढाउन कक्षाकोठामा पस्छु अनि मन भुलाउँछु । बाहिर आएर चौरमा बसेर आकाशतिर हेर्छु । नीलो आकाशमा एक टुक्रा सेतो बादल मडारिँदै थियो, सायद आफ्नो अस्तित्व वा गन्तव्य यस्तै केही खोज्दै– मजस्तै । अनायासै मनमा आए प्रिय पात्र विजयकुमार, जो गुम्बाको आँगनमा वा बौद्धका गल्लीमा भेटिँदा होस् या आफ्नो किताबमा अथवा फोनमा नै किन नहोस् हरदम अध्यात्म अनि खुसीको कुरा गरी थाक्दैनन् । यस्तो लाग्छ, उनले जीवनको हाईवे छिटो समाते, अरूजस्तै गल्ली र पेटीहरूमा बिलकुल नअल्मलिईकन ।

दृश्य नं १५ : धो–तराप, दिउँसो । अघि पढेका समाचार र कक्षाका नानीहरू दिमागमा बोकेको म खोला किनारमा गएर बस्छु । एकनासले ओरालो बगिरहेको पानी हेर्दै टोलाइरहेको म । पारिबाट घोडाको लर्को देखिन्छ । उठेर फोटो खिच्न खोज्छु । घोडामा एक जना महिला छिन्, जसको हिजो साँझ खुट्टा भाँचिएको थियो, याक लिन जाँदा भीरबाट लडेर । गाउँको स्वास्थ्य चौकीमा पार नलागेपछि हिँडेका रहेछन् धो गाउँका आम्ची (वैद्य) लाई जँचाउन । मैले फोटो खिच्नलाई हातमा लिएको मोबाइल सर्लक्कै खल्तीमा हालेँ । उनिहरू आफ्नो बाटो लागे, म फर्किएँ आफ्नै प्यारो ठाउँ खोलातिर । खोलामा बगिरहेको पानीमा डा. गोविन्द केसीको प्रतिविम्ब देखेँ अनि सोचेँ— उनी यतै भएको भए । मनमनै भनेँ, ‘अघिल्लो महिना मात्र डोल्पाको तल्लो भेगसम्म आएर पनि तिमी किन यता आएनौ ? अनि ती महिलाको सर्जरी गर्नु पर्दैन तिमीले ?’ तर, अहँ केही महिनाअघि यता काम गर्न नदिई नेताहरूले खेदेर धपाएका पो थिए त उनलाई । अनि सम्झेँ— अहिले त उनी एक जना महिलाका लागि होइन, सारा नेपालीहरूका लागि भोकै लडिरहेका छन् ।

दृश्य नं १६ : धो–तरापको घर, राति । ओछ्यानमा जानेबित्तिकै निदाउने म, आज दुई घण्टा भयो निदाउन सकेको छैन । आफ्नोभन्दा याकको चिन्ता गर्ने लिमी भ्यालीका निर्दोष बाको अनुहार सम्झिएँ, स्कुल छाड्न विवश छार्का गाउँका निश्छल नानीहरू मनमस्तिष्कभरि आउन थाले । समृद्धि, समाजवाद र आर्थिक क्रान्तिले परिवर्तन गरेको याद आयो । आम्चीले माया मारेकी महिला ६ लाख ऋण काढेर काठमाडौं जान हेलिकप्टरको प्रतीक्षामा छटपटाएको पनि याद आयो । यी सबै विषयमाझ म आफ्नो सिनेमा बनाउन यस ठाउँमा आएको छु । तर, यहाँको कथा मेरा पात्र र छायाङ्कनस्थलको कथा र नियति अरू नै केही छ । मनले भन्यो, ‘सक्छस् भने उनिहरूको चहर्‍याइरहेको घाउमा मलम लगा, नत्रभने चुप लागेर बस् ।’ सिनेमा बनाउनु आफ्नो जीवनको सबैभन्दा ठूलो लक्ष्य र सफलता ठान्ने यो मन आज पहिलोपल्ट आफ्नो कामको अर्थ खोज्दै छ । आफैँलाई सोध्छु म, ‘के साँच्चै तँ खुसी छस् त ? सिनेमा बनाएर ?’

इन्सर्ट– धो–तरापको घर, बिहान : फोनको घन्टीले ब्युँझिएँ म । उताबाट एक सासमा बोलिरहेका थिए— डोल्पाका साथी जितेन्द्र झाँक्री, ‘काठमाडौँबाट हेलिकप्टर आउँदै छ, मैले कुरा गर्दिसकेँ । तपाईं तुरुन्त ताक्सी गाउँको खोला छेउको हेलिप्याडतिर जानुस् ।’

दृश्य नं १७ : खोलाको बगर, बिहान : झोला बोकेर म हेलिप्याडतिर जाँदै छु । खोलामा मुख धुँदै थिएँ, पछाडिबाट कसैले भन्यो, ‘दाइ, तपाईंलाई रिन्पोचेले बोलाउनुभएको छ ।’ डोल्पो आम्ची नाम्ग्याल रिन्पोचे आफ्नो गुम्बादेखि हिँडेर मलाई भेट्न हेलिप्याड पारि क्याराभान होटेलमा कुरिरहेका रहेछन् । आश्चर्य र खुसीले म छिरिङ भाइको पछि लागेँ ।

दृश्य नं १८ : क्याराभान होटेल, बिहान : आँगनमा बसेका चीबरधारी रिन्पोचे मतिर आए अनि मेरो अघि टक्क अडिए । आश्चर्य– अस्ति देखेको सपनामा ढोका खोल्न आउने अनुहार र अहिले मेरो अगाडि उभिएका मान्छेको अनुहार दुरुस्त छ । मैले रिन्पोचेलाई ढोगेँ, उनले ढोग फर्काए र भने, ‘म रिबोभुम्पा गुम्बाबाट ।’ स्कुलमाथिको रातो गुम्बा । अब आश्चर्यले सीमा नाघ्यो, सपनामा देखेको गुम्बा उही, भोलिपल्ट विपनामा दर्शन गर्न जाँदा बन्द गुम्बा उही अनि मेरो अगाडि उभिएका रिन्पोचेको गुम्बा उही– एउटै । यो कसरी हुन सक्छ ? कुन सत्य हो ? कुन भ्रम ? अनि कुनचाहिँ काल्पनिक ? म रन्थनिएँ । उनले चिया मगाए अनि कुरा गर्न थाले । म सिनेमा बनाउन आएको उनले सुनेका रहेछन् । मसँग त्यसै विषयमा कुरा गर्न थाले उनी । म भने उनीसँग ध्यान र अध्यात्मको कुरा गर्न चाहन्थेँ । रिम्पोचेले प्रसङ्गवश भने, ‘हामी ध्यान गर्नेभन्दा ठूलो तपस्वी तपाईँ सिनेमा बनाउने मान्छेहरू हुन् । ध्यान गर्नु भनेको तन, मन र आत्मालाई एक ढिक्का बनाउन वर्तमानमा केन्द्रित भई जीवन र जगत्लाई द्रष्टाभावले हेर्नु हो । अनि तपाईंहरू पनि विगत, वर्तमान र भविष्यका वास्तविक वा काल्पनिक घटनालाई एकीकृत बनाई वर्तमानमा बुन्नुहुन्छ । हामीलाई केवल सिर्जित जीवन र जगत्लाई मात्र द्रष्टाभावले हेर्ने छुट छ, तर तपाईँहरू त जीवन र जगतसँगसँगै आफूले सिर्जना गरेका कथा, पात्र, समय र घटनाक्रमहरूलाई वर्तमानमा कथा भन्नुहुन्छ र आफूले कल्पना र सृजना गरेका कुरालाई द्रष्टाभावले हेर्नुहुन्छ ।’ध्यानपूर्वक रिन्पोचेका कुरा सुनिरहेको म एक्कासि झस्किन्छु, हेलिकप्टरको आवाजले । हिँड्ने बेला आफ्नो पहेँलो झोलाबाट एउटा किताब निकालेर दिँदै उनले भने, ‘बाँकी कुरा तपाईं फेरि यता आएपछि ।’

म रिन्पोचेका सामु निहुरिएँ, ढोगेँ र बिदा माग्दै दौडिएर फर्किएँ हेलिकप्टर ओर्लिएको खोलाको बगरतिर… ।

 


Your Views
Related News