जेन्सी । शनि देव कर्मको हिसाबले फल प्रदान गर्ने गर्छन् भन्ने विश्वास गरिन्छ । नराम्रो काम गर्नेहरुसँग शनि देव रिसाउने र सजाय दिन्छन् भन्ने पनि विश्वास गरिन्छ । ज्योतिषका अनुसार शनिवार केही यस्ता कामहरु गर्न हुँदैन । ती कामहरु गर्दा शनि ग्रह कमजोर हुन्छ ।

१) फलामलाई शनिको धातु मानिन्छ । शनिबार फलाम घरमा ल्याउँनुहुँदैन । यस दिन फलामबाट बनेका सामानहरु दान गर्नु शुभ मानिन्छ ।

२) शनिबार मासको कालो दाल किन्न हुँदैन । शनिबार यो दालबाट बनेको खिचडी दान गर्दा शुभ हुने विश्वास गरिन्छ ।

३) शनिबार सरसोँको तेल घरमा ल्याउँनुहुँदैन । तर, यस दिन यो तेल दान गर्न सकिन्छ । शनि देवलाई प्रशन्न बनाउन तेल शनिदेवलाई अभिषेक गराउँन सकिन्छ ।

४) शनिबार जुत्ता चप्पल किन्न हुँदैन । शनिबार जुत्ता चप्पल किन्दा शनिदेव रिसाउने र असफलता मिल्ने विश्वास गरिन्छ ।

५) शनिदेव न्यायका देवता हुन् । शनिवार उनको विशेष पूजाआरधाना हुने भएकाले यो दिन कसैको पनि अपमान गर्नुहुँदैन ।

शनिबार : यसकारण गर्नुस् शनिदेवको पूजा आराधना, दशा कटाउन के गर्ने !

आज शनिबार । शनिबार भगवान शनिदेवको पूजा आराधना गरी ग्रह दशा हटाउने दिन पनि हो । दशा हटाउनको लागि मानिसहरु एकाबिहानै नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिर जाने गर्छन् । यसैबिच काठमाडौंको न्यूरोडमा रहेको संकटा मन्दिरमा निकै भिड लाग्ने गर्छ ।

धार्मिक ग्रन्थहरुमा शनिबारलाई विशेष दिनको रुपमा मान्ने गरिएको छ । त्यसैले पनि यसदिन पुजापाठ बढी गरीन्छ । बिहानै पिपलको बोटमा पानी चढाउनेहरु पनि उत्तिकै हुन्छन् । ब्रमाण्डका नौ ग्रहहरूमा, शनिलाई न्यायाधीश मानिन्छ । त्यसैले उनको पुजा आराधना गर्नाले मनमा शान्ति परिवारमा सुख तथा काममा सफलता मिल्छ ।

के हो साढे सात दशा ?

ज्योतिषका अनुसार साढे सात दशाले ठुलो अनिष्ठ निम्त्याउँछ । मानिसको मृत्युसम्मै हुनसक्ने दशा हो, साढेसाती । शनिको दशा र बक्र दृस्टी जसमा पर्छ उनीहरुले शारीरिक समस्या, मानसिक कष्ट, आर्थिक कष्ट, र रोग आदि लगायतको समस्याहरु झेल्नु पर्छ । शनि ग्रहलाई न्याय र कर्मफलको कारक ग्रहको रुपमा चिन्ने गरिन्छ। अपवादका रुपमा मात्रै मानिसलाई साढे सात दशाले लाभ गर्छ । नत्र तपाईको दशाले पुरै परिवार अनिष्ट गर्छ साढेसातीले । शनिको साढे सातको दशा कुण्डलीको अध्ययन गरेर मात्रै थाहा हुन्छ । ज्योतिषको अनुसार शनि ग्रहको साढे सातको दशा ७ वर्षसम्म चल्छ ।

तर नआत्तिनुहोस् तर शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन सक्नुहुन्छ । शनिको साढे सात दशाको दोष निवारण गर्न पनि सकिन्छ ।

-शनिबार पारेर फलामका सामाग्री शनिदेवको मन्दिरमा चढाउनुपर्छ ।

-हरेक शनिबार शनिको पुजा गर्नुहोस्

-पिपलको बोटमा पनि विशेष पूजा गर्नुहोस् ।

-खुर्सानीमा पानी छर्कनु पनि राम्रो मानिन्छ ।

-शनिबार कालो तिल दान गर्नुहोस्।

-ज्योतिष शास्त्रका अनुसार छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।

-हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्।

-हर शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप बाल्नुहोस् ।

-नुवाईधुवाई गरी हनुमान चालीसाको पाठ गर्नुहोस्

READ MORE NEWS

कोरोना रोकथामको लागि १० लाख सहयोग

भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना रोकथाममा सहयोगका लागि भक्तपुर नगरपालिकालाई दस लाख रुपैयाँं सहयोग गरेको छ। लिमिटेडका अध्यक्ष बलराम प्रजापतिको नेतृत्वमा आएको कार्यकारी समिति टोलीले १० लाख रुपैयाँको आर्थिक सहयोग रकमको चेक भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गरे। भक्तपुरमा कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रणमा भक्तपुर नगरपालिकाले गर्दै आएको काममा सहयोगस्वरुप भक्तपुर साकोस भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो।
त्यस अवसरमा नगर प्रमुख प्रजापतिले नगरपालिकाको कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि भक्तपुरका विभिन्न संघसंस्थाले नगरपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा आर्थिक र भौतिक सहयोग गर्दै आइरहेको बताउँदै कोषमा जम्मा भएको रकम नगरबासी जनताकै हितमा कोरोना रोकथामको लागि खर्च गरिने बताए। नगरपालिकाले नगरवासी संक्रमितहरुलाई छुट्टै एकान्तबास (आइसोलेसन) को व्यवस्था गरेको बताउँदै उनले दिनानुदिन कोभिड १९ रोगका संक्रमितहरूको संख्या वृद्धि भइरहेको हुँदा कोरोना संक्रमणको रोकथामको लागि अझ बढी नागरिक र संघ-संस्थाहरूको योगदानको आवश्यकता भएको बताए।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशी र भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष एवम् सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले कोभिड १९ महामारी रोकथामको लागि नपाद्वारा सञ्चालित आइसोलेसन केन्द्र व्यवस्थापनको लागि गरेको सहयोग सराहनीय भएको बताए। संस्थाका अध्यक्ष बलराम प्रजापतिले आर्थिक सहयोग हस्तान्तरण गर्दै भक्तपुर नपाको सहयोग आह्वानलाई सहर्ष स्वीकार गरी संस्थाको सञ्चालित समितिको बैठकले सामुदायिक विकास कोषको रकम नपाको प्रकोप व्यवस्थापन कोषमा सहयोग गर्ने निर्णयअनुरुप सो रकम हस्तान्तरण गरेको बताए। भक्तपुर नपाले गरिरहेको कामहरु पारदर्शी र जनता केन्द्रित हुने गरेको बताउँदै अध्यक्ष प्रजापतिले कोभिड १९ नियन्त्रणमा नगरपालिकाले उल्लेख्य कामहरु गरिरहेकोमा खुशी व्यक्त गरे।सोही क्रममा नगर प्रमुख प्रजापतिले नगरपालिकाले हालै प्रकाशनमा ल्याएको  २०७२ सालको भूकम्पबाट भत्केका र क्षति पुगेका सम्पदाहरूको संक्षिप्त विवरणसहित नगरपालिकाले हालसम्म सम्पन्न गरेका र निर्माणाधीन केही सम्पदाहरूको विवरण समेटिएको ‘सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार नामक फोटो पुस्तक र नगरपालिकाका केही प्रकाशनहरु अध्यक्ष प्रजापतिलाई प्रदान गरे।


Your Views
Related News