अबुधाबी — दिनेश कार्तिकले ब्याटिङमा केन्द्रित हुने बताउँदै कप्तानी पद छाडिदिए । उनको स्थानमा विश्वकप विजयी कप्तान इयोन मोर्गनले कोलकाता नाइट राइडर्सको नेतृत्वको मोर्चा सम्हाले । यसले न कार्तिकको ब्याटिङमा सुधार आयो न त मोर्गनले नै कोलकातालाई जिताउन सके ।

कोलकाता इन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार मुम्बई इन्डियन्ससँग ८ विकेटले पराजित हुन पुग्यो । टस जितेको कोलकाताले अबुधाबीस्थित शेख जायेद रंगशालामा १४८–५ को स्कोरमात्र बनाउन सक्यो । रोहित शर्मा र क्विन्टन डी ककले उत्कृष्ट सुरुआत दिलाएपछि मुम्बईले १६.५ ओभरमै लक्ष्य पूरा गर्‍यो । कप्तान रोहित शर्मा ३५ रनमा आउट भए । डी ककले ४४ बलमा ९ चौका र ३ छक्कासहित अविजित ७८ रन बनाए ।यस जितपछि मुम्बई पुनः अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ । ८ खेलको समाप्तिमा दिल्लीसँगै समान १२ अंक जोडेको मुम्बई राम्रो रनरेटका आधारमा शीर्षस्थानमा छ । कोलकाता ८ अंकसहित चौथो स्थानमा छ । सबै टोलीले समान १४ खेल खेलेपछि शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।कोलकातालाई शीर्ष चारभित्र रहन पुछारका चार टोलीबाट चुनौती आउने निश्चित छ ।कार्तिक ४, एन्ड्रयु रसेल १२, राहुल त्रिपाठी ७, शुभमन गिल २१ र नितिश राना ५ रनमै आउट भएपछि कोलकाताको इज्जत अस्ट्रेलियन बलर प्याट कमिन्सको ब्याटले केही हद जोगायो । उनले ३६ बलमा ५ चौका र २ छक्कासहित अविजित ५३ रन बनाए । नयाँ कप्तान मोर्गनले २९ बलमा २ चौका र २ छक्कासहित ३९ रन बनाए ।

READ MORE NEWS

गुणस्तर नपुगेका सेनिटाइजर कम्पनीमाथि कडाइ

काठमाडौँ — औषधि व्यवस्था विभागले २० वटा सेनिटाइजर कम्पनीलाई कारबाही गर्ने भएको छ । विभागले मापदण्ड नपुर्‍याई सेनिटाइजर उत्पादन गर्ने ती कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए ।‘मापदण्डभित्र नरहेका सेनिटाइजर कम्पनीलाई कारबाही गर्दै छौं,’ ढकालले भने, ‘यस विषयमा अहिले अनुसन्धान हुँदै छ । अहिले जानकारी माग्ने, प्रमाण र सूचना खोज्दै छौं ।’ अहिले २० वटा सेनिटाइजर कम्पनी हेरिरहेका छौं । अरू कम्पनीका विषयमा उत्पादन ल्याबमा टेस्ट गर्ने काम भइरहेको उनले जानकारी दिए ।‘कस्मेटिक, स्वास्थ्य सामग्री र साबुन उत्पादन गरिरहेका उद्योगले पनि सेनिटाइजर बनाएर बेचिरहेका छन्,’ उनले भने, ‘त्यसैले मापदण्डभित्र रहेर गुणस्तरीय सेनिटाइजर उत्पादनका लागि छ महिनाको समय दिएका थियौं । तर उनीहरूले त्यो समयभित्र गुणस्तरयुक्त सेनिटाइजर बनाएनन् ।’विभागले तोकेको मापदण्ड इथानोलबाहेकका अन्य रसायन प्रयोग गरेको पाइएकाले कारबाही गरिएको उनले जानकारी दिए । मापदण्डभित्रमा रहेका सेनिटाइजर उद्योगलाई उत्पादनका लागि अगाडि बडाइरहेको ढकालले बताए । ‘विभागले ७०–८० प्रतिशतको अल्कोहल बेस इन्स्ट्यान्ट ह्यान्ड सेनिटाइजरलाई मान्यता दिएको हो,’ उनले भने, ‘यसका अन्य सूत्र पनि छन् । त्यो पूरा गर्नुपर्छ ।’यी मापदण्ड पूरा गरेका सेनिटाइजर बजारमा बिक्री गर्न पाइन्छ । कोभिड–१९ संक्रमण चुलिएसँगै यति बेला ह्यान्ड स्यानिटाइजरको माग बढेको छ । माग बढेसँगै बजारमा कम गुणस्तर र मापदण्ड बाहिरका सेनिटाइजर खुला रूपमा बिक्री भइरहेको पाइन्छ । गुणस्तरहीन र मापदण्डबाहिरका ह्यान्ड सेनिटाइजरलाई विभागले बिक्रीवितरणमा रोक लगाएको छ । यसैबीच विभागले ४० वटा नयाँ कम्पनीलाई सेनिटाइजर उत्पादनको स्वीकृति दिइसकेको छ । विभागले २०७६ चैत ९ देखि २०७७ असोज २२ सम्म सेनिटाइजर उत्पादन गर्न इच्छुक स्वदेशी उद्योगलाई स्वीकृति दिएको हो ।

२६ करोडको सेनिटाइजर, १४ करोडको मास्क

आर्थिक वर्ष २०७७/७८ को साउन र भदौमा २६ करोड ४८ लाख २४ हजार रुपैयाँ बराबरको सेनिटाइजर र १४ करोड ५२ लाख १४ हजार रुपैयाँ बराबरको फेस मास्क आयात भएको भन्सार विभागको तथ्यांक छ । यो अवधिमा ७ लाख १ हजार ३ सय ८१ किलो सेनिटाइजर र १ करोड ६१ लाख ६७ हजार ९ सय २४ केजी फेस मास्क भित्रिएको छ । साथै ८ करोड ५५ लाख ६९ हजार रुपैयाँ बराबरको २ लाख १६ हजार ८ सय ९२ किलो अन्य किसिमका डिसइन्फेक्टेड आयात भएको विभागको तथ्यांक छ ।सेनिटाइजरबाट विभागले ५ करोड ४४ हजार रुपैयाँ र अन्य डिसइन्फेक्टेडबाट १ करोड ६१ लाख ९० हजार रुपैयाँ भन्सार महसुल संकलन गरेको छ । त्यस्तै फेस मास्कबाट २ करोड ७३ लाख १ हजार रुपैयाँ भन्सार महसुल संकलन भएको छ । यी सेनिटाइजर, डिसइन्फेक्टेड र फेस मास्क चीन, भारत, जापान, मलेसिया, थाइल्यान्डलगायत देशबाट आएको विभागको तथ्यांकले देखाउँछ । कोभिड–१९ को संक्रमण बढेसँगै सेनिटाइजरको प्रयोग, उत्पादन र माग बढेको नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षेत्रीले बताए । ‘नेपालमा उत्पादन गर्ने उद्योग खासै थिएनन्,’ उनले भने, ‘अहिले ३० वटा औषधि उद्योगले अनुमति लिएर सेनिटाइजर उत्पादन गरिरहेका छन् ।’ नेपालमा औषधि उत्पादन र बिक्री वितरण गर्ने उद्योग ६० वटा रहेको उनले जानकारी दिए ।‘आयात गरिएका र केही उद्योगले उत्पादन गरेका सेनिटाइजर कम गुणस्तरका पाइएका छन्,’ उनले भने, ‘संघअन्तर्गतका सेनिटाइजर उत्पादन गर्ने उद्योगलाई गुणस्तरयुक्त र औषधि व्यवस्था विभागले तोकेको मापदण्डमा रहेर उत्पादन गर्न भनेका छौं ।’ नेपाल औषधि लिमिटेडले चैत २ देखि सेनिटाइजर उत्पादन सुरु गरेको थियो । नेपाल औषधि लिमिटेडले चैत २ देखि सेनिटाइजर उत्पादन सुरु गरेको हो । कम्पनीको प्रतिदिन एक सय मिलिलिटरका २० हजार बोटल उत्पादन क्षमता रहेको लिमिटेडका निमित्त महाप्रबन्धक विजयरत्न वज्राचार्यले बताए । ‘हामी अहिले पूर्ण क्षमताको ५० प्रतिशतमा मात्र सेनिटाइजर उत्पादन गरिरहेका छौं,’ उनले भने, ‘प्रतिदिन डेढ–दुई लाख रुपैयाँ बराबरको सेनिटाइजर बिक्री भइरहेको छ ।’ कम्पनीले १ सय, २ सय र ५ सय मिलिलिटर सेनिटाइजरका क्रमशः १ सय २५, २ सय ५० र ४ सय ५० रुपैयाँ मूल्य राखेको उनले जानकारी दिए ।‘५ सय मिलिलिटर डिस्पेन्सरसहितको सेनिटाइजरको मूल्य भने ८ सय ६० रुपैयाँ छ,’ उनले भने, ‘पाँच लिटरको जर्किनको सेनिटाइजरको मूल्य ३ हजार रुपैयाँ पर्छ । यो विशेषगरी संस्थाहरूले लिने गरेका छन् ।’ कम्पनीले ८० प्रतिशत अल्कोहलमा आधारित ह्यान्ड सेनिटाइजर उत्पादन गर्दै आएको उनको दाबी छ । सेनिटाइजर प्रयोग गरिसकेपछि कोभिड–१९ का कीटाणु मर्नुपर्‍यो,’ उनले भने, ‘बजारमा अहिले पनि कम गुणस्तरका ह्यान्ड सेनिटाइजरहरू पाइन्छन् । सर्वसाधारणले तिनको गुणस्तर नाप्न सक्दैनन् । यसमा औषधि विभागले नै कडाइ एवं नियमन गर्नुपर्छ ।’

सुरक्षित भएर किनमेलमा निस्कन आग्रह

काठमाडौँ – सरकारले दशैँको विशेष छुुटका नाममा भीडभाड बढ्दा कोरोना भाइरस फैलिएको भन्दै त्यस्तो भीडभाड रोक्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दशैँ नजिकिँदै गर्दा बजारमा भीड बढेको र व्यापारीले विशेष छुट भन्दै पसल बाहिर सामान बेच्दा भीड बढेसँंगै कोरोनाको जोखिम पनि बढेकाले भीडभाड नियन्त्रणमा ध्यान दिन आग्रह गरे ।
उनले हुल बाँधेर हिँड्ने र बजारमा भीड देख्दा मन्त्रालय अचम्म मात्र होइन, चिन्तित समेत बनेको भन्दै भीडभाडमा नजान आग्रह गरे । प्रवक्ता गौतमले विशेष छुटको लोभमा सामान किन्न जाँदा सङ्क्रमित भइएला भन्ने ध्यान दिन अपिल गरे ।
उनले मास्क नाकमुख छोप्नेगरी लगाएर भौतिक दूरी कायम गरे मात्र कोरोनाबाट बच्न सकिने भन्दै आफू सुरक्षित रहेर मात्र किनमेलमा निस्कन आग्रह गरे । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।

Your Views
Related News